राष्ट्रिय
-
२०८० मङ्सिर ११, सोमबार
सकिमना पुन्ही मनाउँदै नेवार समुदाय
कात्तिक शुक्ल पूर्णिमाको अवसरमा आज नेवार समुदायले घरघरमा पिँडालु र सख्खरखण्ड उसिनेर खाँदै ‘सकिमना पुन्ही’ अर्थात पिँडालु उसिन्ने पूर्णिमा मनाउँदैछन् ।यो पुन्ही नेवार समुदायका भजन खलः, दाफा भजन खलःहरुले पर्वको रुपमा मनाउने गर्दछन् । कोजाग्रत पूर्णिमाको दिन सुरु गरिएको एक महिने रात्रिकालीन भजनकीर्तनलाई समापन गर्ने दिनको रुपमा आज पिँडालु उसिनेर खाने र नसाः ९मकै, भटमास, गहुँ र ताय०बाट भगवानका आकृति...
-
२०८० मङ्सिर ११, सोमबार
चिसोबाट जाजरकोट भूकम्पपीडितको मृत्यु
काठमाडौं - भूकम्पले घरमा क्षति पुर्याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले चदाराको सोमबार राति चिसोबाट मृत्यु भएकोे जानकारी दिए । नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले भने “घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ ।”...
-
२०८० मङ्सिर १०, आइतबार
मिथिलामा छठपछि सनेसको चटारो
महोत्तरी, छठपर्व सकिएको एक साता हुनै लागेको छ । पर्व सकिए पनि मधेसको प्राचीन मिथिला क्षेत्रमा अझै छठको ‘सनेस’ कोसेलीको मौसम कायमै छ । छठ मनाइएका सबैजसो घरमा सनेसका रुपमा ‘ठकुवा’ ९छठको मुख्य प्रसाद मानिने गहुँको पिठो र सख्खर मुछेर बनाइने मिष्ठान्न परिकार पाकिरहेका छन् । छठ सकिएसँगै मिथिलाका गृहिणीलाई सनेसका लागि ठकुवा पकाउने र आफन्त कहाँ पठाउने चटारो सुरु हुन्छ । पर्वको सनेस विवाहित छोरीचेली,...
-
२०८० मङ्सिर ७, बिहिबार
नेपाल संवत्लाई सरकारी दस्तावेजमा उल्लेख गर्न नेवार समुदायको भूमिका महत्त्वपूर्ण छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको मौलिक संवत्का रूपमा नेपाल संवत् स्थापित भएको बताएका छन् । नेपाल संवत् मूल समारोह समितिद्वारा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीले हरेक राष्ट्रको मौलिक संवत् प्रचलनमा रहेको सन्दर्भमा नेपाल संवत् पनि नेपालको मौलिक संवत् भएको बताएका छन् । विसं २०६५ मा आफू नेतृत्वको सरकारले नै नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरेको स्मरण गर्दै...
-
२०८० मङ्सिर ७, बिहिबार
चित्लाङ आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प
काठमाडौँ - मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहान १ बजेर १९ मिनेटमा ४ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको हो । भूकम्पको केन्द्रबिन्दु काठमाडौँ नजिकै भएकाले कडा धक्का महसुस भएको थियो । यसअघि गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्द्र भएर शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पबाट ठुलो धनजनको क्षति भएको थियो ।
-
२०८० मङ्सिर ७, बिहिबार
आज दुर्गा प्रसाई र महेश बस्नेत आमने सामने
काठमाडौँ - नेकपा एमालेका नेता महेश बस्नेत र विवादीत मेडिकल व्यवसायी दुर्गा प्रसाईँबीच आन्दोलनको जुहारी चलेको छ । एकले अर्कोलाई सकेसम्म तेजोबोध गर्ने प्रपञ्चमा लाग्दा हिंसा भड्किने खतरा समेत उत्तिकै छ । आज मंसिर ७ गते उनीहरुले गर्ने भनेको जनप्रदर्शनमा काठमाडौं प्रशासनले लिएको निर्णय र यस्तो आन्दोलनको सुत्रपात किन र कसरी भयो त ? राजसंस्था फर्काउने र नागरिक बचाउने नाममा अराजक गतिविधिलाई पछ्याउदै...
-
२०८० मङ्सिर ६, बुधबार
चिसोले जाजरकोटमा मृत्यु हुनेको संख्या १३ पुग्यो
जाजरकोट- अत्यधिक चिसोका कारण जाजरकोटको नलगाड नगरपालिका-४ पीपलचौरमा त्रिपालमुनि बस्दै आएकी महिलाको मृत्यु भएको छ । वडाध्यक्ष बद्री पन्तका अनुसार मुटु तथा बाथरोगपीडित २८ वर्षीय धनकुमारी खत्रीको बुधबार बिहान मृत्यु भएको हो । धनकुमारी बारेकोट गाउँपालिका-८ लैखम नजिकै अँधेरीखोलामा माइतीघरमा श्रीमान् विष्णु खत्रीसँगै कुखुरापालन व्यवसाय गर्दै आएकी थिइन् ।खत्री दम्पती घर भत्किएपछि कात्तिक २५ गते नै...
-
२०८० मङ्सिर ६, बुधबार
भारतले दिएको १५ वटा मुर्रा राँगा नेपाल आइपुग्दै
काठमाडौं - भारतले अनुदानमा दिएको उन्नत जातको १५ वटा मुर्रा राँगा बुधबार नेपाल ल्याइँदैछ । गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल–भारत कृषि तथा पशुपन्छीको क्षेत्रमा सहकार्यको समझदारी भएको थियो । जसअनुसार भारतले नेपालको दुग्ध र मासु विकासका लागि उन्नत जातको मुर्रा राँगा उपलब्ध गराउने घोषणा गरेको थियो । नेपाल–भारत कृषि तथा पशुपन्छीको क्षेत्रमा सहकार्यको...
-
२०८० मङ्सिर ५, मंगलबार
टिकटक प्रतिबन्धमा सर्वोच्चले दिएन अन्तरिम आदेश
काठमाडौं- सर्वोच्च अदालतले टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अस्वीकार गरेको छ । न्यायाधीश विनोद शर्माको इजलासले रिट निवेदकको माग अनुसार सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयले अभिव्यक्ति स्वतन्त्रता हनन गरेको भन्दै...
-
२०८० मङ्सिर ५, मंगलबार
बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली
काठमाडौं - बीबीसीकाे सन् २०२३ मा विश्वका सबैभन्दा प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली परेकी छन् । बीबीसीले सार्वजनिक गरेको सय प्रभावशाली महिलाको सूचीमा नेपालकी कपाली पनि अटाएकी हुन् । ट्रान्सजेन्डर मानवअधिकारवादी अभियन्ता कपालीले यौनिक तथा अल्पसंख्यक लैंगिक समूहकाे अधिकारका लागि लड्दै आएकी छिन् । नेपालकै स्थानीय नेवार समुदायकी कपालीले हुर्किँदै गर्दा आफ्नो परिचयबारे...
-
२०८० मङ्सिर ३, आइतबार
अस्ताउँदो सूर्यलाई अर्घ दिई सकियो छठ पर्व
काठमाडौं- छठ पर्वका तेस्रो दिन व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । छठ पर्वको मुख्य दिन कात्तिक शुल्क षष्टिमा अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिने चलन छ । छठ कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व हो । तराई मधेसका जिल्लाहरूमा खोला, नदी, तलाउ, पोखरीमा विशेष सजिसजाउ गरी धूमधामका साथ पूजा आराधना भइरहेको छ । व्रतालु पुरुष तथा महिलाहरूले...
-
२०८० मङ्सिर २, शनिबार
जाडो छल्न नेपाल आइपुगे चरा
बेलबारी - जाडो छल्न चरा विगतमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । मङ्सिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरू भएको हो । सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको बासस्थान बनेको छ । कोशीटप्पुमा बर्सेनि नयाँनयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि विगत वर्षमा झैँ झुण्डझुण्डमा आउने चराको सङ्ख्यामा भने कमी आएको राष्ट्रिय...


