STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०८० कार्तिक ५, आइतबार

    आज महाअष्टमी पर्व मनाइँदै

    काठमाडौं - बडादसैंको आठौं दिन महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक विशेष पूजा आराधना गरी देशभर महाअष्टमी पर्व मनाइँदै छ । यो दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमीमा नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी...

  • २०८० कार्तिक ५, आइतबार

    हमास आक्रमणमा मारिएका ४ जनाको शव आज नेपाल ल्याइँदै

    काठमाडौं - हमास आक्रमणमा ज्यान गुमाएका चार जना नेपालीको शव आज नेपाल ल्याइँदै छ। शव लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि इजरायली राजदूत जाने छन्। इजरायलको तेल अविवस्थित नेपाली दूतावासले कानुनी प्रक्रिया पूरा भएका चार जना नेपाली विद्यार्थीको शव शनिबार फ्लाई दुबईबाट नेपाल पठाइएको हो। परराष्ट्र मन्त्रालयका अनुसार नारायण न्यौपाने, लोकेन्द्रसिंह धामी,...

  • २०८० कार्तिक ३, शुक्रबार

    इजरायलले ४ नेपालीको शव दूतावासलाई बुझायो, पर्सि काठमाडौं पुग्ने

    काठमाडौं- प्यालेस्टाइनी हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका ४ जना नेपालीको शव आइतबार बिहान काठमाडौं पुग्ने भएको छ । आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये ४ जनाको शव आइतबार काठमाडौं पुग्ने तेलअविवस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ । दूतावासले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भोलि दिउँसो १:२५ बजेको फ्लाइ दुबईको उडानबाट नेपाल पठाउन लागिएको जानकारी गराइएको छ । इजरायलबाट दुबईसम्म र...

  • २०८० कार्तिक ३, शुक्रबार

    हाइजेनिक वर्ड अर्गनाईजेशनद्वारा अपांग तथा असहायहरुलाई भाेजन

    हाईजेनिक वर्ड अर्गनाईजेशनले अपांग तथा असहाय व्यक्तिहरुलाई भाेजन वितरण गर्दै बडा दशैंको  शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ । विजयादशमी २०८० काे अवसरमा  अपांग सराेकार केन्द्रमा दशै भाेजकाे आयाेजना गरेकाे हाे । अपांग सराेकार केन्द्रमा करिव ४५ जना अपांगहरु आश्रीत रहँदै आएका छन् ।  भाेजन वितरण कार्यक्रम गरेकाेमा  खुसी व्यक्त गर्दै संस्थाका अध्यक्ष तेजेन्द्र गिरीले आयाेजक संस्थालाई ...

  • २०८० कार्तिक ३, शुक्रबार

    राष्ट्रपतिले विजय दशमीको दिन २ देखि ५ बजेसम्म टीका लगाइदिने

    काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले दसैंको अवसरमा  विशिष्ट व्यक्ति र सर्वसाधारणहरूलाई टीका लगाइदिने भएका छन्। राष्ट्रपति कार्यालयबाट बिहीबार जारी प्रेस नोटअनुसार शीतलनिवासमा दिउँसो २ बजेदेखि ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको छ। राष्ट्रपतिबाट विशिष्ट व्यक्तिहरूलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ बजेदेखि ५ बजेसम्म टीका प्रसाद प्रदान गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले...

  • २०८० कार्तिक ३, शुक्रबार

    गाजामा सर्वसाधारणको ज्यान जानेगरी भएको आक्रमणप्रति नेपाल सरकारको निन्दा

    काठमाडौं - सयौं सर्वसाधारणको ज्यान जानेगरी गाजास्थित एक अस्पतालमा भएको आक्रमणप्रति नेपाल सरकारले निन्दा गरेको छ। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै निर्दोष सर्वसाधारणको हत्या गरिएको भन्दै सरकारले गहिरो संवेदनासमेत व्यक्त गरेको छ। 'गाजाको एक अस्पतालमा निर्दोष नागरिकको हत्या भएकोमा नेपाल सरकार स्तब्ध भएको छ। अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको यस आक्रमणको हामी...

  • २०८० कार्तिक ३, शुक्रबार

    चिनीको हाहाकार कहिले सम्म?

    काठमाडौं- अहिले देशभर चिनीको हाहाकार छ । दसैँ, तिहारजस्ता नेपालीहरूको मुख्य चाडपर्वमा बजारमा भइरहेको चिनीको अभावप्रति सरकारले ध्यान नदिएको उपभोक्ताको गुनासो छ । सरकार भने बजारमा देखिएको चिनीको अभाव कम गर्ने प्रयास जारी रहेको दाबी गर्छ ।  व्यापारीहरू बजारमा देखिएको चिनीको अभाव कृत्रिम नभइ वास्तविक नै भएको बताउँछन् । बजारमा चिनीको अभाव हुनुमा उनीहरु सरकारलाई दोष दिन्छन् । खुद्रा व्यापार सङ्घका...

  • २०८० कार्तिक १, बुधबार

    इजरायलबाट दिल्ली आइपुगे थप १८ नेपाली

    काठमाडौं - भारत सरकारमार्फत युद्धग्रस्त इजरायलबाट थप १८ नेपालीको उद्धार गरिएको छ । उद्धार गरिएका उनीहरू मंगलबार मध्यराति दिल्ली आइपुगेका छन् । भारत सरकारले आफ्ना नागरिकको उद्धारका लागि पठाएको विशेष विमानबाटै नेपाली नागरिकलाई पनि ल्याएको हो । दिल्लीस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सुरेन्द्र थापाले भारत सरकारसँग समन्वयमा १८ जना नेपाली नागरिक आइपुगेको बताए । गत साता हमासले इजरायलमाथि आक्रमण...

  • २०८० आश्विन २९, सोमबार

    आजदेखि नयाँ नोट साट्न पाइने

    काठमाडौं- आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सोमबारदेखि नयाँ नोट साट्न थालेको हो । काठमाडौं उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखा मार्फत नयाँ नोट सटही गर्न सकिनेछ ।  काठमाडौं उपत्यका बाहिर राष्ट्र बैङ्कको प्रदेशमा रहेका कार्यालय वा वाणिज्य बैङ्कका शाखा कार्यालयमा गई नोट साट्न सकिने...

  • २०८० आश्विन २५, बिहिबार

    अलपत्र विद्यार्थी लिन परराष्ट्रमन्त्री इजरायल गए

    काठमाडौं- स्वदेश फर्कन चाहने करिब साढे दुई सय विद्यार्थीलाई ल्याउन परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली इजरायल प्रस्थान गरेको छ । नेपाल एअरलाइन्सको विमानबाट उनी बिहीबार बिहान दुबई हुँदै इजराइलका लागि उडेका हुन् । कृषि पढ्न इजरायल गएका विद्यार्थीलाई दुई दिनभित्र स्वदेश फर्काइने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्रीलाई इजरायल पठाउने निर्णय बुधबार मन्त्रिपरिषद् बैठकले गरेको थियो । ...

  • २०८० आश्विन २३, मंगलबार

    इजरायलबाट छिटो शव ल्याउन संसदीय समितिको निर्देशन

    काठमाडौँ - प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायल आक्रमणमा परी निधन भएका नेपालीहरुको शव यथाशीघ्र स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको छ । मंगलवार बिहान सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । सरकारलाई समितिको तर्फबाट निर्देशन दिँदै समिति सभापति राजकिशोर यादवले घाईतेहरुको स्वास्थ्योपचार गर्न,बेपत्ता भएका नेपालीहरुको तत्काल खोजि गर्न र...

  • २०८० आश्विन २३, मंगलबार

    आन्दोलनरत स्थानीय तहका कर्मचारीलाई सरकारले वार्तामा बोलायो

    काठमाडौं- सरकारले आन्दोलनरत स्थानीय तहका कर्मचारीलाई वार्तामा बोलाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले, एक विज्ञप्ति जारी गर्दै मागको सम्बोधन छलफलबाट नै हुने भन्दै वार्तामा आउन आग्रह गरेको हो ।  वार्ताबाटै समस्याको समाधान हुने प्रतिवद्धतासहित कर्मचारीलाई काममा फर्कन समेत सरकारले आग्रह गरेको छ । मन्त्रालयले स्थानीय तहका कर्मचारीका मागका सम्बन्धमा छलफल गरी उपयुक्त निकास निकाल्न...

Pages