STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०८० कार्तिक १८, शनिबार

    जाजरकोट भूकम्पको वितण्डा तस्बिरमा

    जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार राती आएको भूकम्पले भेरी नगरपालिका ३ थाप्लेमा भत्किएका घरहरू । तस्बिर : हेमन्त केसी/रासस

  • २०८० कार्तिक १८, शनिबार

    मेडिकल टोली लिई प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रतर्फ

    काठमाडौं— जाजरकोट र रुकुम पश्चिममा गएराती गएको भूकम्पले पुर्‍याएको क्षतिबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, डाक्टरको टोलीसहित त्यसतर्फ उडेका छन् । भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको र धेरै घाइते भएको कारण डाक्टरको टोली लिएर प्रधानमन्त्री त्यसतर्फ उडेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । ‘प्रधानमन्त्री एकजना सुरक्षाकर्मी र अरु सबै डाक्टरहरू र औषधि...

  • २०८० कार्तिक १८, शनिबार

    मध्यरात गएकाे भूकम्पबाट जाजरकोटमा ८६ र रूकुममा २७ जनाको मृत्यु

    काठमाडौँ - जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर जाजरकोटमा  ८६ र रूकुममा २७ जनाको मृत्यु भएको छ ।  भूकम्पमा परेर मृत्यु हुनेको संख्या ८६ पुगेको जाजरकोटका डिएसपी सन्तोष रोकाले संचार माध्यमलाई बताए ।  भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाढ नगरपालिकामा धेरै क्षति पुगेको छ । शुक्रवार राति ११ बजेर ४७ मिनेटमा ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको हो ।  भूकम्पमा परेर...

  • २०८० कार्तिक १७, शुक्रबार

    मध्यरात काठमाडौंमा भूकम्पको झट्का

    काठमाडौं - काठमाडौंमा शुक्रबार मध्य रातमा भूकम्पको झट्का महसुस गरिएकाे छ । रातकाे ११:४७ को समय गएकाे भूकम्पको झट्का गएकाे थियाे । घटना बारे थप विवरण आउन बाँकी छ ।

  • २०८० कार्तिक १७, शुक्रबार

    आममाफी बदर गर्ने फैसलाले थप साहस दिएको छ : भारती मानन्धर

    काठमाडौं- भारती शेर्पा मानन्धले श्रीमान् चेतन मानन्धरको हत्यारा रिगल डनको आममाफी बदर गर्ने सर्वोच्चको फैसलाले आफूलाई थप साहस दिएको भन्दै खुसी व्यक्त गरेकी छन् ।  काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सिंगो सरकार हत्याराको पक्षमा लाग्दा पनि आफूले न्याय पाएको बताउँदै  अदालतप्रति आम नागरिकको भरोसा बढेको बताइन् । भनिन्, ‘फैसला सुनाउँदा अब न्यायाधीशहरू पनि बिक्छन् होला भन्ने जुन मेरो सोच थियो,...

  • २०८० कार्तिक १६, बिहिबार

    एक सातामै बाह्र हजार चालक कारबाहीमा

    काठमाडौँ - ट्राफिक नियम उल्लङ्घनविरुद्ध काठमाडौँ उपत्यकामा कारबाही अभियान तिब्र पारिएको छ । प्रहरीले एक सातामै उपत्यकाका विभिन्न क्षेत्रबाट १२ हजार सात सय ११ चालकमाथि कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही दसैँलगत्तै कात्तिक ९ देखि आज बिहानसम्म गरिएको कारबाही अभियानका क्रममा उनीहरुलाई कारबाही गरिएको हो । कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले...

  • २०८० कार्तिक १५, बुधबार

    लागुऔषध दुव्र्यसनविरुद्धको अभियानका लागि महोत्सव

    चितवन, नारायणगढको नारायणी नदी किनारमा लागुऔषध दुव्र्यसन विरुद्धको अभियानका लागि महोत्सव हुने भएको छ । रिकभरिङ युनाइटेडको मुख्य आयोजना तथा औद्योगिक शान्ति नेपालको सह–आयोजनामा ‘चितवन रिकभरी जनचेतना, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८०’ हुन लागेको हो ।     महोत्सव मङ्सिर ६ गतेदेखि १६ गतेसम्म हुनेछ । लागुऔषध तथा मद्यपान प्रयोगकर्ताहरुको निःशुल्क उपचार गर्ने लक्ष्यसहित महोत्सव आयोजना...

  • २०८० कार्तिक १४, मंगलबार

    सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्ने महासचिव गुटेरेसको विश्वास

    काठमाडौँ,संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सङ्क्रमणकालीन न्याय जटिल प्रक्रिया भए पनि यसले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, “तपाईँहरू आफ्नो शान्ति प्रक्रियाको अन्तिम चरणमा हुनुहुन्छ, सङ्क्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ निको पार्दै हुनुहुन्छ, सङ्क्रमणकालीन...

  • २०८० कार्तिक १४, मंगलबार

    गुटेरेस अन्नपूर्ण आधार शिविरमा

    काठमाडौ‍ं- एन्टोनिए गुटेरेस अन्नपूर्ण आधार शिविर पुगेका छन् । उनी आज मंगलबार बिहान नेपाली सेनाको होलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेका थिए । अन्नपूर्ण आधार शिविरमा पुगी उनले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेका असर,  हिमालको अवस्थालगायतका विषयमा स्थानीयसँग संवाद गरेका छन् । गुटेरेस त्यहाँकाे हिमाली हावापानी र प्राकृतिक साैन्दर्यमा रमाएका छन् । पदयात्रा पर्यटनमा विश्वमा नै चासो र चर्चा हुने...

  • २०८० कार्तिक १३, सोमबार

    महासचिव गुटेरेस सगरमाथा क्षेत्र जानुहुँदै

    काठमाडौँ,  नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आज सगरमाथा क्षेत्रको अवलोकन भ्रमण गर्दै दिउँसो पोखरा जानुहुने भएको छ । मौसम अनुकूलताअनुसार उहाँ आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सगरमाथा क्षेत्रमा जानुहुने र त्यहाँ जलवायु परिवर्तनले दैनिक जीवनमा असर पारेका विषयमा स्थानीय बासिन्दासँग कुराकानी गर्नुहुने जनाइएको छ  । त्यसपछि ललितपुर पुल्चोकस्थित...

  • २०८० कार्तिक ७, मंगलबार

    इजरायलबाट बाकसमा फर्किदा...

    कञ्चनपुर— मुलुकभर दसैंको रौनक बढिरहेका बेला सोमबार बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका- १५ निम्बुखेडामा सन्नाटा छायो । टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पसबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका दीपेश विष्टको शव निम्बुखेडा पुगेपछि उनको परिवारसँगै सिङ्गो टोल शोकमा डुब्यो । छोराको मृत्युको खबरपछि अर्धचेत अवस्थामा दार्चुलाको लेकम गाउँपालिका- ५ बाट महेन्द्रनगर झरेकी...

  • २०८० कार्तिक ७, मंगलबार

    आज विजयादशमी, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइँदै

    काठमाडौं - आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन। नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ।  टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११:०२ बजेको साइत उत्तम रहेको जनाएको छ। विजयादशमी आफैँमा शुभ...

Pages