राष्ट्रिय
-
२०७६ जेठ २४, शुक्रबार
ट्राफिकले लगायो सवारी साधनमा स्टिकर
‘सीमित गतिमा सवारी चलाआँै दुर्घटनाबाट बचाँै र बचाआँै’ भन्ने मूल नाराका साथ आज जिल्ला ट्राफिक कार्यालयले सवारी साधनमा सूचनामूलक नारा लेखिएको स्टिकर टासेको छ । जिल्लामा चल्ने नगरका चारपाङ्ग्रे र दुईपाङ्ग्रे करीब ९० सवारी साधनमा स्टिकर लगाइएको सो कार्यालयले जनाएको हो । सवारी साधनबाट हुने दुर्घटनालाई कसरी न्यूनीकरण गर्ने र ट्राफिक नियमको पालना कसरी गर्ने भन्नेजस्ता विषयमा सवारी चालक, धनीलाई जानकारी...
-
२०७६ जेठ २४, शुक्रबार
व्यावसायिक खेतीका लागि माटो परीक्षण
माटोको उर्वराशक्तिअनुसार व्यावसायिक खेती लगाउने उद्देश्यले जन्तेढुङ्गा गाउँपालिकामा माटो परीक्षण शुरु गरिएको छ । गाउँपालिकाभित्रका हरेक ठाउँका माटोको अवस्था र उर्वराशक्तिबारे जानकारी लिएर सोहीअनुसारको खेती गर्ने उद्देश्यले माटो परीक्षण शुरु गरिएको हो । गाउँपालिकाभित्रका छ वटै वडाका माटोको प्रकृति पत्ता लगाएर सो स्थानमा उत्पादन हुने उपयुक्त कृषि बाली सिफारिशका लागि यही जेठ १९ गतेदेखि किटबक्स विधि...
-
२०७६ जेठ २४, शुक्रबार
जनचासोका विषयमा कलम चलाउनुहोस् ः मन्त्री बाँस्कोटा
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जनचासोका विषयमा कलम चलाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय समाचार समिति दाङको कार्यालयको आज अवलोकन तथा निरीक्षणका क्रममा उहाँले पत्रकारले दलका नेताका भाषणभन्दा जनताका समस्या बाहिर ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रिय समाचार समिति र गोरखापत्रमा दिइने सामाचार विश्वसनीय र फरक कोणका हुनुपर्ने बताउँदै भन्नुभयो, “राससमा आउने...
-
२०७६ जेठ २४, शुक्रबार
स्थानीय पाठ्यक्रम निर्धारण गरी लागू गरिने
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले यसै वर्ष वैज्ञानिक स्थानीय पाठ्यक्रम निर्धारण गरी लागू गर्ने भएको छ । नगरपालिकाको शिक्षा शाखाले आयोजना गरेको नगर शैक्षिक सम्मेलनले आठ बुँदे प्रतिबद्धतापत्र घोषणा गर्दै यस्तो निर्णय गरेको हो । सम्मेलनले यसै वर्षभित्र स्थानीय पाठ्यक्रम निर्माण गरी आगामी शैक्षिकसत्रबाट लागू गर्ने निर्णय गरेको छ । विद्यालयकोे भौतिक पूर्वाधार निर्माणमा विशेष जोड दिँदै सम्मेलनले...
-
२०७६ जेठ २४, शुक्रबार
माछापुच्छे« द्धारा विपन्न परिवारको स्वास्थ्य बीमा
जिल्लाको माछापुच्छ« गाउँपालिकाले विपन्न तथा गरीब घरपरिवार छनोट गरी उनीहरुको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । गाउँपालिकाले चालू आवमा वडा नं १ देखि ६ सम्मका १४२ घरधुरी छनोट गरी उनीहरुको स्वास्थ्य बीमा गरेको हो । आर्थिक अभावमा स्वास्थ्य सेवा पाउनबाट गाउँपालिकाभित्रका कोही पनि नागरिक वञ्चित हुन नपरोस् भनेर गरीब परिवार यकिन गरी यही जेठ महीनादेखि लागू हुने गरी उनीहरुका सदस्यको स्वास्थ्य बीमामा...
-
२०७६ जेठ २४, शुक्रबार
आर्सेनिक प्रभावित वडा शुद्ध खानेपानीबाट बञ्चित
पश्चिम नवलपरासीस्थित नेपालकै सर्वाधिक आर्सेनिक रहेको रामग्राम नगरपालिका वडा नं १२ र १३ का बासिन्दा अझै पनि शुद्ध पिउने पानीबाट बञ्चित छन् । दुई दशकअघि गरिएको परीक्षणका क्रममा सो वडामा नेपालमा सबैभन्दा बढी आर्सेनिक रहेको प्रमाणित भएको थियो । आर्सेनिक पत्ता लागेको लामो समय बितिसक्दा पनि उक्त गाउँमा आर्सेनिकरहित शुद्ध खानेपानीको व्यवस्थापन हुन नसक्दा स्थानीयवासी आर्सेनिकयुक्त पानी नै प्रयोग गर्न...
-
२०७६ जेठ २४, शुक्रबार
तातोपानीको रेन्बो ट्राउट व्यवसाय
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीका दुई युवा यस क्षेत्रका प्रेरणाको स्रोत बनेका छन् । स्थानीयवासी सुजन राम्जाली र इन्द्र थापाले रु २० लाखको लगानीमा गत वर्षदेखि व्यावसायिक रुपमा शुरु गरेको रेन्बो ट्राउट माछापालन विदेश नगई स्वदेशमा नै केही गरौँ भन्ने युवाका लागि प्रेरणाको स्रोत बनेको हो । राम्जाली र थापाले तातोपानी रेन्बो ट्राउट फार्म दर्ता गरी आठ वटा पक्की पोखरीमा शुरु गरेको यस...
-
२०७६ जेठ २४, शुक्रबार
चार वर्षदेखि पीडामा राउटे युवा
विसं २०७२ पुसको पहिलो साता राउटे युवा कपिल शाही आगोले जलेर गम्भीर घाउते भए । अछामको पियालतडामा रहँदा आगो ताप्ने क्रममा कपिल जलेर घाइते भएका थिए । त्यतिबेला गम्भीर अवस्थामा रहेका कपिललाई दुई महीना काठमाडौँमा राखेर उपचार पनि गराइएको थियो । आफ्नो बस्तीभन्दा बाहिर बास बस्नै नमान्ने राउटे समुदायलाई राउटे उत्थान प्रतिष्ठानको पहलमा दुई राउटेसँगै पठाएर कपिलको काठमाडौँमा उपचार गरिएको थियो । कपिललाई...
-
२०७६ जेठ २४, शुक्रबार
आरन चलिरह्यो, जीवन चल्न मुस्किल
तनहुँको भानु नगरपालिका–५ मैवलका दलसिं विक आरन पेशा सङ्कटमा परेपछि चिन्तित हुनुभएको छ । पुख्र्यौली पेशाका रुपमा आरनबाट परिवार पाल्न नसक्ने स्थिति आएपछि विक चिन्तित हुनुभएको हो । पुर्खादेखि गर्दै आएको आरन पेशाले परिवार पाल्न गाह्रो भएपछि पेशाबाट नै विस्थापित हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो । लामो समयदेखि हँसिया, खुर्पा, बञ्चरो बनाएर परिवार पाल्दै आउनुभएका विकले बजारमा आएको आधुनिक सामग्रीका...
-
२०७६ जेठ २४, शुक्रबार
यातायातमा प्राविधिक नहुँदा काम ठप्प
गलकोट नगरपालिका–१ का वीरबहादुर कार्की सदरमुकाम बागलुङ बजारमा रहेको यातायात व्यवस्था कार्यालय धाउन थालेको दुई हप्ता भयो । सवारीचालक अनुमतिपत्रका लागि लिखित परीक्षा दिएर प्रयोगात्मकका लागि उहाँ यातायात व्यवस्था कार्यालय बागलुङ धाउने गर्नुभएको छ । सवारीचालक अनुमतिपत्र मात्रै होइन, उहाँले भर्खरै खरीद गरेको मोटरसाइकल पनि दर्ता गराउनुपर्नेछ । दुई हप्तासम्म कार्यालयमा धाइरहनुभएका कार्कीका दुवै काम भएका...
-
२०७६ जेठ २४, शुक्रबार
काष्ठमण्डप पुनःनिर्माण ३० प्रतिशत
काष्ठमण्डप पुनःनिर्माणको काम लक्ष्यअनुरुप अघि बढिरहेको बताउँदै पुनःनिर्माण समितिले हालसम्म ३० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । असार मसान्तसम्ममा पहिलो तलाको काम सक्नेगरी काम तीव्ररुपमा भइरहेको जनाइएको छ । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार निर्माणको कामअन्तर्गत अहिले चौघेरामा गारो लगाउने र बिम राख्ने काम भइरहेको छ । शाक्यले भन्नुभयो, “निर्माणको समयमा समितिले लिएको...
-
२०७६ जेठ २४, शुक्रबार
शिक्षकलाई प्रारम्भिक कक्षा पठनसीप तालीम
प्रारम्भिक कक्षा पठनसीप विकास कार्यक्रमलाई सघाउ पु¥याउने हेतुले कक्षा १ र २ का नेपाली भाषा शिक्षकलाई तालीम प्रदान गरिएको छ । रुम टु रिडको आर्थिक सहयोगमा पढ्नका लागि कोठाको प्राविधिक सहयोग र रुडेक नेपालको व्यवस्थापनमा सञ्चालन हुँदै आएको साक्षरता कार्यक्रमअन्तर्गतका ७८ सामुदायिक विद्यालयका शिक्षकलाई पठनसीप विकाससम्बन्धी तालीम प्रदान गरिएको हो । साक्षरता कार्यक्रम लागू भएका ७८ विद्यालयका शिक्षकलाई...


