STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ जेठ २६, आइतबार

    तीन पटक चारै कुनामा फर्केर सर्वसाधारणसँग प्रमाण माग्दै भोटो प्रर्दशन

    राष्ट्रपति विद्यादेवी भण्डारी रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत भोटोजात्रामा आज सरिक हुनुभएको छ । राष्ट्रप्रमुखले भोटोजात्राको अवलोकन गर्ने परम्परा छ । सोही अवसरमा उहाँले पाटनकी कुमारी निहिरा बज्राचार्यको दर्शन पनि गर्नुभयो । अपराह्न ५ः२२ बजेदेखि गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले तीन पटक चारै कुनामा फर्केर १५ मिनेटसम्म सर्वसाधारणसँग प्रमाण माग्दै भोटो देखाउनुभयो । सो अवसरमा...

  • २०७६ जेठ २६, आइतबार

    विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्छ  राष्ट्रपति

    राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्ने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले दिगो विकासका लक्ष्यलाई आत्मसात् गर्दै नवीनतम् खोज र ज्ञानको भण्डारका रुपमा विश्वविद्यालय शिक्षा परिवर्तित हुनुपर्नेमा जोड दिनुभएको छ...

  • २०७६ जेठ २६, आइतबार

    माटो किनेरै भए पनि परम्परा धान्दै सोमबहादुर

    कुमाल समुदायको पुर्खौली पेशालाई जोगाउन रामपुर नगरपालिका–६ तिलकपुरका सोमबहादुर कुमालले माटो किनेर विभिन्न सामग्री तयार पार्नुहुन्छ ।          माटो अभावमा समुदायबाटै पेशा नै लोप हँुदै गएपछि ३१ वर्षीय कुमालले भने माटो किनेर भए पनि जसोतसो पेशालाई निरन्तरता दिँदै आउनुभएको छ । सानै उमेरदेखि बाबुबाट माटोको भाँडा बनाउने सीप सिक्नुभएका कुमालले अहिले व्यावसायिक तवरबाट यो पेशा अँगाल्नुभएको छ ।  पहिले माटो...

  • २०७६ जेठ २६, आइतबार

    गुठी विधेयकको विरोध ,नेवाः आन्दोलनका अग्रज महेशमान श्रेष्ठ पक्राउ

    काठमाडौँको नेवार समुदायले सरकारले हालै ल्याएको गुठी विधेयकको विरोधमा आज यहाँ बृहत् प्रदर्शन गरेको छ । माइतीघर मण्डलमा भएको उक्त विरोध प्रदर्शनमा प्रहरीले बलसमेत प्रयोग गर्नुपरेको थियो । प्रदर्शनका क्रममा प्रहरीले चार आन्दोलनकारीलाई पक्राउ गरेको छ । यसक्रममा दुई जना घाइते भएका छन् । नेवाः आन्दोलनका अग्रज महेशमान श्रेष्ठ, अनिष वैद्य, कृष्ण गोपाल श्रेष्ठ र विकास महर्जनलाई प्रहरीले पक्राउ गरेको छ...

  • २०७६ जेठ २६, आइतबार

    प्रधानमन्त्री दोहाबाट जेनेभा प्रस्थान

    प्रधानमन्त्री केपी शर्मा ओली युरोपका विभिन्न मुलुकको भ्रमणका क्रममा केही बेरअघि कतारको दोहाबाट स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओली जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सङ्गठन आइएलओ को शतवार्षिकी समारोहमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युरोप भ्रमणमा हुनुहुन्छ । प्रधानमन्त्री ओलीले सोमाबार जेनेभामा आयोजना हुने आइएलओको शतवार्षिकी समारोहलाई सम्बोधन गर्नुहुने...

  • २०७६ जेठ २६, आइतबार

    पशुको स्वस्थ्यका लागि परजीवी नियन्त्रण आवश्यक

    पशु स्वास्थ्यमा देखिएको परजीवी प्रकोप नियन्त्रण गर्न सकेमा मुलुकमा पच्चीस प्रतिशतले उत्पादनमा वृद्धि हुने अनुमान गरिएकोे छ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक सङ्घको चौथो स्थापना दिवसका अवसरमा पोखरा–२० स्थित मौजा आँटीघरमा आयोजित सरोकारवालासँगको अन्तरक्रिया तथा पशु स्वास्थ्य, बाँझोपन निवारण शिविरमा उक्त कुरामा जोड दिइएको हो । पशुको स्वास्थ्य परीक्षणमा देखिएको जुका, चुर्नालगायत विभिन्न खालका...

  • २०७६ जेठ २६, आइतबार

    सभा भवन अलपत्र

    सभा सम्मेलन हुँदै आएको जिल्लाकै गहनाको रूपमा रहेको धुञ्चेस्थित सभा भवन अहिले अलपत्र परेको छ ।विसं २०७२ को भूकम्पले सामान्य क्षति बनाएको उक्त भवन मर्मत र संरक्षण नगरिँदा अहिले छानाको जस्ता तथा काठपातसमेत हराउँदै गएको र भित्री भागमा पानी चुहिन थालेको स्थानीय बासिन्दाले बताए । उक्त भवनमा पालेको व्यवस्था नहुँदा छानामा बालबालिकाले ढुङ्गा हानेर भरिदिएका छन् । रसुवामा मोटर बाटो निर्माण हुनुपूर्व सभा÷...

  • २०७६ जेठ २६, आइतबार

    खच्चडमा सामग्री लगेर मन्दिर पुनःनिर्माण

    पर्यटकीय लेक घुम्टेस्थित सिद्ध र भैरव मन्दिरको पुनःनिर्माण भइरहेको छ । सडक नुपगेकाले घुम्टेमा निर्माण सामग्री पु¥याउनै हम्मे पर्छ । खच्चडले बालुवा, ढुङ्गा, सिमेन्ट र फलामका रड दैनिक खेप गर्छन् ।  करीब तीन हजार १२० मिटर उचाइमा मजदूर काममा खटेका छन् । तलैबाट अन्नपानी बोकेर लगेका छन् । टहरामा रात बिताउँछन् । कठिन परिस्थितिका बीच मन्दिर पुनःनिर्माणले भने गति लिएको छ । पर्यटन मन्त्रालयको रु २० लाख...

  • २०७६ जेठ २६, आइतबार

    मन्त्रीहरुद्वारा सरसफाइ

    विश्व वातावरण दिवस २०१९ को अवसर पारेर ललितपुरको पुल्चोकस्थित मन्त्रीनिवास परिसरको सरसफाइ गरिएको छ । वन तथा वातावरण मन्त्रालयको अग्रसरतामा आज बिहान मन्त्रीनिवास परिसर क्षेत्रको सरसफाइ गरिएको हो । पुल्चोकदेखि शुरु भएको सरसफाइ मन्त्री निवास पुगेर समापन भएको थियो । प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेतृत्व गर्नुभएको सरसफाइ कार्यक्रममा...

  • २०७६ जेठ २६, आइतबार

    किसानलाई वर्गीकरण गरी पहिचान गर्ने –कृषि मन्त्री खनाल

    कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रको दिगो विकासका लागि सरकारले  किसानलाई वर्गीकरण गरेर योजना अघि सार्ने निर्णय गरेको बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले कृषिको दिगो विकासका लागि संसारभरी नै किसान वर्गीकरणको व्यवस्था रहेको उल्लेख गर्दै कृषिको दिगो विकासका लागि किसानको वर्गीकरण गर्ने योजना सरकारको छ, यसपछि मात्र किसानको पहिचान हुने र योजना...

  • २०७६ जेठ २६, आइतबार

    भरतपुर विमानस्थलको धवनमार्गमा कालोपत्र थपिँदै

    बजेट अभावले लामो समयदेखि रोकिएको भरतपुर विमानस्थलको धवनमार्गमा कालोपत्र थप्ने काम शुरु भएको छ ।नेपाल नागरिक उड्डयन प्रधिकरणले उक्त विमानस्थललाई रु नौ करोड उपलब्ध गराएकाले १७ वर्षपछि धवनमार्गमा कालोपत्र थप्ने काम ‘ओभरले’ गर्न थालिएको हो ।भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले सामान्यतया विमानस्थल निर्माण भएको सातदेखि १० वर्षभित्र कालोपत्र गरिनुथ्र्यो भन्नुभयोे । प्रधिकरणले देशभरकै विमानस्थललाई...

  • २०७६ जेठ २६, आइतबार

    स्पोर्टस अवार्डमा गोल्डस्टारले साथ दिने

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खेलमार्फत विशेष योगदान पु¥याउने खेलाडीलाई सम्मान गर्न गोल्डस्टार जुत्ताले रु ११ लाख सहयोग गर्ने भएको छ ।    पल्सर स्पोर्टस् अवार्डका लागि किरण शुु म्यानुफ्याक्चरको उत्पादन गोल्डस्टार जुत्ताले सो सहयोग गर्ने भएको हो । नेपाल खेलकूद पत्रकार मञ्च एनएसजेएफ ले प्रदान गर्ने उक्त अवार्डलाई आठ लाख नगदसहित ११ लाख बराबरको सह प्रायोजना गर्ने विषयमा आज यहाँ आयोजित...

Pages