राष्ट्रिय
-
२०७६ जेठ २३, बिहिबार
संस्कृत शिक्षाप्रति आकर्षण बढ्दै
पूर्वीय सभ्यता, दर्शन, धर्म र विज्ञानको जननी आमा मानिने संस्कृत शिक्षाको अध्ययनप्रति पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै जान थालेको छ । विसं २०५२ पछि जनयुद्धका क्रममा विस्थापित भएको संस्कृत शिक्षा देशमा शान्ति पुनःस्थापनासँगै आध्यात्मिक चेतनाको विस्तार हुन थालेपछि पुनःपठनपाठन हुन थालेको हो । समाजमा हुने विभिन्न किसिमका धार्मिककार्य, अनुष्ठान र पूजापाठमा ब्राह्मण तथा पुरोहितको उपस्थिति घट्दै...
-
२०७६ जेठ २३, बिहिबार
बजेटले समाजवादको लक्ष्यलाई आत्मसात् गरेको छः अर्थमन्त्री
सरकारले आगामी आर्थिक वर्षको बजेटमा संविधानले आत्मसात् गरेको समाजवादको लक्ष्यलाई पूरा गर्ने गरी बजेट विनियोजन गरिएको स्पष्ट पारेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले उठाएको प्रश्नको जवाफमा अर्थमन्त्री डा युवराज खतिवडाले संविधानले प्रदत्त गरेको मूल्यमान्यतालाई बजेटले सम्बोधन गरेको बताउँदै वित्तीय सङ्घीयता कार्यान्वयनको काम जारी रहेकाले केही विषयमा कमजोरी भएको देखिन सक्ने स्वीकार्नुभयो । ...
-
२०७६ जेठ २३, बिहिबार
एक सय बढीमा पाठेघरको क्यान्सरको आशङ्का
‘स्वस्थ्य नगरपालिका, समृद्ध नगरपालिका’ नाराका साथ सप्तरीको कञ्चनरुप नगरपालिकामा छ दिनसम्म सञ्चालित आङ खस्ने रोग तथा पाठेघर मुखको क्यान्सर जाँच शिविरमा एक हजार २४९ बिरामीले स्वास्थ्य परीक्षण गराएका छन् । स्वास्थ्य शाखा कञ्चनरुपको आयोजनामा कञ्चनरूप–८ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित शिविरमा ८३८ ले आङ खस्ने रोग र ४११ जनाले पाठेघरको मुखको जाँच गराएका नगरपालिकाले जनाएको छ । तीमध्ये १०३ मा...
-
२०७६ जेठ २३, बिहिबार
‘जनता जागरुक बनाउन स्वाभिमान यात्रा’
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आम जनतालाई जागरुक बनाउन र सरकारमाथि दबाब सिर्जना गराउने उद्देश्यले ‘राष्ट्रिय स्वाभिमान यात्रा’ शुरु गरिएको बताउनुभएको छ । मिडिया नेपाल र राप्रपा कास्कीद्वारा संयुक्तरुपमा आज आयोजित कार्यक्रममा उहाँले यात्राको दोस्रो चरणअन्तर्गत भोलि मुस्ताङबाट शुरु भई म्याग्दी, पर्वत, कास्की, तनहुँ, लमजुङ हुँदै गोरखा पुगेर यही जेठ २७ गते सम्पन्न हुने जानकारी...
-
२०७६ जेठ २३, बिहिबार
पुरुषसरह ज्याला पाउँदा महिला खुशी
पातारासी गाउँपालिका– ४ का महिला पहिलोपटक पुरुषसरह ज्याला पाउँदा निकै हर्षित भएकी छिन् । यतिबेला पातारासी गाउँपालिका– ४ मा विउरेनी जलविद्युत्को काम निरन्तर भइरहेको छ । त्यहाँ काम गर्ने महिला पुरुष दुवैले एक दिनको रु ६०० का दरले ज्याला पाउने गरेका छन् । पहिलोपटक पुरुष बराबरको ज्याला पाउँदा निकै हर्ष लागेको पातारासी– ४ का स्थानीय जौकला बुढाले बताउनुभयो । टुकी र झरो बालेर रात कटाउने स्थानीयवासी...
-
२०७६ जेठ २३, बिहिबार
नुवाकोटको दुप्चेश्वरमा प्रहरी चौकी निर्माण
नुवाकोटको दुप्चेश्वर गाउँपालिकास्थित समुन्द्रटारमा सुविधासम्पन्न प्रहरी भवन निर्माण गरिएको छ । सो भवनको बुधबार प्रदेश नं ३ प्रहरी कार्यालय हेटाँैडाका प्रमुख प्रहरी नायब महानिरीक्षक दीपककुमार थापाले उद्घाटन गर्नुभयो । विसं २०७२ वैशाख १२ को भूकम्पका कारण अस्थायी त्रिपाल र कटेजमा बस्दै आइरहेका प्रहरीले अहिले तीनतले नयाँ भवनमा बस्न पाएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कोषको रु ८९ लाख ७७ हजारको...
-
२०७६ जेठ २३, बिहिबार
सामुदायिक वनको अनुदानले गोबरग्यास प्लान्ट
शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका ६० परिवारका घरमा शौचालयसहितका गोबरग्यास प्लान्ट जडान गरिएका छन् । प्रगति महिला सामुदायिक वन उपभोक्ता समूहले अनुदान रकम उपलब्ध गराएपछि स्थानीय उपभोक्ताले शौचालयसहितका गोबरग्यास प्लान्ट जडान गरेका हुन् । गोबरग्यास प्लान्ट जडानका लागि अनुदान रकम उपलब्ध गराउन निवेदन दिएका उपभोक्तालाई रु पाँच हजारका दरले अनुदान रकम उपलब्ध गराइएको सामुदायिक वनका अध्यक्ष रामबहादुर...
-
२०७६ जेठ २३, बिहिबार
महिला पत्रकारिता तालीम शुरु
नेपाल प्रेस युनियन पर्सा शाखाले आजदेखि दुईदिने लैङ्गिक समता र सुरक्षासम्बन्धी पत्रकारिता तालीम शुरु गरेको छ । महिलालाई पत्रकारिता क्षेत्रमा ल्याएर समाजप्रति उत्तरदायित्व बनाउने उद्देश्यले सञ्चालित सो तालीममा पर्सामा कार्यरत २० जना महिलाको सहभागिता रहेको छ । सो तालीमको उद्घाटन गर्दै नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का सभापति दीपेन्द्र चौहानले तालीमले महिलाको दक्षता वृद्धि गरी समाजप्रति...
-
२०७६ जेठ २२, बुधबार
क्यान्सर पीडितलाई आर्थिक सहयोग
क्यान्सर रोगबाट पीडित तनहुँको बन्दीपुर गाउँपालिका–५ थुम्का निवासी पूर्णप्रसाद रेग्मीको उपचारका लागि रकम प्रदान गरिएको छ । भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत उहाँलाई आर्थिक स्रोत जुटाउन स्थानीयवासी रामप्रसाद तिवारीको सक्रियतामा स्थानीयस्तरमा नै सङ्कलित रु एक लाख १८ हजार २०० सोही वडाका वडाध्यक्ष धु्रव लामिछानेले मङ्गलबार उहाँकी श्रीमती अप्सरा रेग्मीलाई प्रदान गर्नुभएको हो । ...
-
२०७६ जेठ २२, बुधबार
स्वास्थ्य शिविरमा धामीझाँक्री
कुनै समय डाक्टरले निको पार्न नसकेको उपचार आफूले निको पार्न सक्ने दाबी गर्दै आएका यहाँका धामीझाँक्री पछिल्लो समय डाक्टरले सञ्चालन गरेका स्वास्थ्य शिविरमा गएर उपचार गराउन थालेका छन् । आफूमात्र नभई उनीहरु अहिले गाउँका अन्य बिरामीलाई पनि डाक्टर कहाँ गएर औषधोपचार तथा जाँच गराउन सल्लाह दिन थालेका शिखर नगरपालिका–९ का टेकबहादुर रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “धामीलाई देउता काप्न खबर गर्न जाँदा...
-
२०७६ जेठ २२, बुधबार
पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकियो
राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ । बहुप्रतिक्षित उक्त परियोजनाका जनशक्तिका लागि आठदिने तालीम दिइएपछि आउँदो असारभित्र सञ्चालनमा आउने भएको छ । पाइपलाइन सञ्चालनमा आएसँगै नेपाल आयल निगमलाई इन्धन ढुवानीमा भाडा वार्षिक झण्डै दुई अर्ब रुपैयाँ कम हुनेछ ।भारतीय आयल कर्पोरेशन आइओसी सँगको सम्झौताअनुसार परियोजनाको सञ्चालन,...
-
२०७६ जेठ २२, बुधबार
म्याग्दीका अन्तरजातीय विवाह गरेका १५ दम्पती सम्मानित
म्याग्दीमा अन्तरजातीय विवाह गरेका १५ दम्पतीलाई मङ्गलबार सम्मान गरियो । चौधौँ छुवाछूतमुक्त राष्ट्र घोषणा दिवसको अवसरमा जिल्लास्थित संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले बेनीमा आयोजना गरेको कार्यक्रममा उनीहरुलाई सो सम्मान गरेको हो । उक्त समितिका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिाकाका उपप्रमुख सञ्जु बरुवाल, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालु,...


