STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ जेठ २२, बुधबार

    स्याउ सिँचाइ अभाव

    सिँचाइको अभावले जुम्लाका किसानले स्याउबाट सोचेजस्तो आम्दानी लिन सकेका छैनन् । स्याउका बगैँचा भएका ठाउँमा सिँचाइको सुविधा नहुनु र भए पनि बगैँचासम्म पानी ल्याउनका लागि विभिन्न समस्या भएकाले किसानले सिँचाइ गर्न पाएका छैनन् ।    स्याउका बिरुवाको वृद्धि विकास र उत्पादन बढाउन सिँचाइ महत्वपूर्ण हो । बिरुवा लगाउने बेला, मुना पलाउने बेला, फूल फुल्ने बेला, चिचिला तथा फल लाग्ने बेलामा पानीको मात्रा मिलाइ...

  • २०७६ जेठ २२, बुधबार

    किसान लक्षित सुलभ कर्जा सहजीकरण कार्यक्रम

    प्रदेश नं ५ सरकारले आगामी वर्षदेखि किसान लक्षित ‘सुलभ कर्जा सहजीकरण कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । बैंकबाट  किसानले सहजरूपमा कर्जा पाउन नसकेको गुनासो बढेकाले  यसमा सहजीकरण गर्न लागिएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले जानकारी दिनुभयो ।   पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविमा सञ्चालित प्राविधिक तथा व्यावसायिक शिक्षातर्फको कृषि बाली विज्ञानका लागि...

  • २०७६ जेठ २२, बुधबार

    मुक्तिनाथमा भारतीय तीर्थयात्रीको  सङ्ख्यामा वृद्धि

    पछिल्ला वर्षमा मुक्तिनाथ आउने भारतीय तीर्थयात्री बढेका छन् । सन् २०१७ मा २४ हजार ८८८ ले मुक्तिनाथ दर्शन गरेका थिए । अर्को वर्ष उक्त सङ्ख्या बढेर ३३ हजार २०० पुग्यो ।  सन् २०१९ को पाँच महीनामा २० हजार ११९ भारतीयले मुक्तिनाथ भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०, इलाका संरक्षण कार्यालय जोमसोमका अनुसार मे महीनामा मात्र नौ हजार ३७२ मुक्तिनाथ आएका थिए । दोस्रो पर्यटकीय...

  • २०७६ जेठ २२, बुधबार

    पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकियो

    राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ । बहुप्रतिक्षित उक्त परियोजनाका जनशक्तिका लागि आठदिने तालीम दिइएपछि आउँदो असारभित्र सञ्चालनमा आउने भएको छ । पाइपलाइन सञ्चालनमा आएसँगै नेपाल आयल निगमलाई इन्धन ढुवानीमा भाडा वार्षिक झण्डै दुई अर्ब रुपैयाँ कम हुनेछ ।भारतीय आयल कर्पोरेशन आइओसी सँगको सम्झौताअनुसार परियोजनाको सञ्चालन,...

  • २०७६ जेठ २२, बुधबार

    क्यान्सर पीडितलाई आर्थिक सहयोग

    क्यान्सर रोगबाट पीडित तनहुँको बन्दीपुर गाउँपालिका–५ थुम्का निवासी पूर्णप्रसाद रेग्मीको उपचारका लागि  रकम प्रदान गरिएको छ ।  भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत उहाँलाई आर्थिक स्रोत जुटाउन स्थानीयवासी रामप्रसाद तिवारीको सक्रियतामा स्थानीयस्तरमा नै सङ्कलित रु एक लाख १८ हजार २०० सोही वडाका वडाध्यक्ष धु्रव लामिछानेले मङ्गलबार  उहाँकी श्रीमती अप्सरा रेग्मीलाई प्रदान गर्नुभएको हो ।   ...

  • २०७६ जेठ २२, बुधबार

    स्वास्थ्य शिविरमा धामीझाँक्री

    कुनै समय डाक्टरले निको पार्न नसकेको उपचार आफूले निको पार्न सक्ने दाबी गर्दै आएका यहाँका धामीझाँक्री पछिल्लो समय डाक्टरले सञ्चालन गरेका स्वास्थ्य शिविरमा गएर उपचार गराउन थालेका छन् ।  आफूमात्र नभई उनीहरु अहिले गाउँका अन्य बिरामीलाई पनि डाक्टर कहाँ गएर औषधोपचार तथा जाँच गराउन सल्लाह दिन थालेका शिखर नगरपालिका–९ का टेकबहादुर रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “धामीलाई देउता काप्न खबर गर्न जाँदा...

  • २०७६ जेठ २२, बुधबार

    तामाखानी सञ्चालन गर्न माग

    जिल्लाको राङ्खानीका स्थानीयवासीले तामाखानी सञ्चालनमा ल्याउन माग गरेका छन् । राज्यलाई कर तिर्न नसकेका कारण अहिलेभन्दा ११६ वर्षपहिले उत्खनन बन्द भएको तामाखानी सञ्चालनका लागि स्थानीयवासीले माग गरेका हुन् । जैमिनी नगरपालिका–१० मा पर्ने राङ्खानीमा रहेको तामाखानी राज्यलाई १४ धार्नी कर बुझाउन नसक्दा बन्द भएको बुढापाकाले बताएका छन् । स्रोतको अभावका कारण कर बुझाउन नसकेर बन्द भएको आफूले सुनेको स्थानीयवासी...

  • २०७६ जेठ २२, बुधबार

    म्याग्दीका अन्तरजातीय विवाह गरेका १५ दम्पती सम्मानित

    म्याग्दीमा अन्तरजातीय विवाह गरेका १५ दम्पतीलाई मङ्गलबार सम्मान गरियो । चौधौँ छुवाछूतमुक्त राष्ट्र घोषणा दिवसको अवसरमा जिल्लास्थित संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले बेनीमा आयोजना गरेको कार्यक्रममा उनीहरुलाई सो सम्मान गरेको हो । उक्त समितिका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिाकाका उपप्रमुख सञ्जु बरुवाल, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालु,...

  • २०७६ जेठ २२, बुधबार

    वातावरण दिवसमा हनुमन्ते नदी सफाइ

    खानेपानीमन्त्री वीना मगरले मानिसमा रहेको विकृति र नकारात्मक सोचलाई सफा गर्नसके सरकारले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई पूरा गर्न सकिने बताउनुभएको छ ।  ४६ औँ विश्व वातावरण दिवसको अवसरमा आज भक्तपुरको सूर्यविनायकमा हनुमन्ते नदी सफाइ अभियानले आयोजना गरेको सरसफाइ, वृक्षरोपण तथा पार्क शिलान्यास कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री मगरले भन्नुभयो, “बाहिर देखिएका...

  • २०७६ जेठ २२, बुधबार

    युवा वैज्ञानिक सम्मेलन शुरु

    विज्ञान प्रविधिमा आधारित विकासले मात्र आर्थिक एवं सामाजिक रुपान्तरण हुने भएकाले आर्थिक समृद्धि  हासिल गर्न विज्ञान तथा प्रविधिमा लगानी बढाउनुपर्ने खाँचो औँल्याइएको छ ।  दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क क्षेत्रमा विज्ञान तथा प्रविधिमा भएका पछिल्लो खोज, अनुसन्धान तथा उपलब्धिको अनुभव आदानप्रदान गर्न आजदेखि यहाँ शुरु भएको युवा वैज्ञानिक सम्मेलनका सहभागीले प्रविधिमा आधारित विकासले मात्र...

  • २०७६ जेठ २२, बुधबार

    मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम निस्दीमा

    पूर्वी पाल्पाको निस्दी गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम शुरु गरिएको छ । कार्यक्रमअन्तर्गत  गाउँपालिकाका अति विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । सदरमुकाम तानसेनदेखि करीब ७० किलोमिटर पूर्व विकट भेगमा रहेको निस्दी गाउँपालिका वडा नं ७ ज्यामिरेका सरस्वती माध्यमिक विद्यालय र सृष्टि प्राथमिक विद्यालयका दुई सय विद्यार्थीलाई सामग्री वितरण गरिएको हो ।  स्थानीय...

  • २०७६ जेठ २२, बुधबार

    सरकारी शिक्षकका छोराछोरीले सरकारी विद्यालयमा पढ्नुपर्ने

    शैक्षिक क्षेत्रको अन्यौल न्यूनीकरण गर्न भन्दै सिन्धुपाल्चोकमा सरकारी विद्यालयका शिक्षकका छोराछोरीलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने नियम लागू हुने भएको छ ।   जिल्ला शिक्षा समिति, स्थानीय तहका प्रमुख, शिक्षा क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी कार्यालयबीच नौ बुँदे साझा प्रतिबद्धतासहित सो नियम ल्याइन लागिएको हो । भेलामा सहभागीले शैक्षिक विकासका लागि उक्त प्रतिबद्धता...

Pages