राष्ट्रिय
-
२०७६ जेठ २२, बुधबार
प्रयोगविहीन माटाका भाँडा बनाउने उपकरण
माटाका भाँडा बनाउने उपकरण ल्याएको एक वर्ष भइसक्दा पनि तुलसीपुर उपमहानगरपालिका–७ प्रसेनीमा राखिएको सो उपकरण प्रयोगमा आउन सकेको छैन । माटाका भाँडा बनाउन सहज, छिटो, छरितो होस् भनी गरीबी निवारण कोषले एक वर्षअघि उपलब्ध गराएको ती उपकरण प्रयोगमा नआउँदा त्यसै थन्क्याउनुपरेकोे कुमाल अगुवा प्रेम कुमालले बताउनुभयो । “यी सामग्री ल्याएको एक वर्ष भयो”, उहाँले भन्नुभयो, “हामीलाई प्रयोग गर्न आउँदैन,...
-
२०७६ जेठ २२, बुधबार
सामूहिक फूल खेतीतर्फ आमा समूह
गाउँमा फूलको मागलाई आपूर्ति गर्न डाँडागाउँका आमा समूहले सामूहिक फूल खेती शुरु गरेका छन् । घरवासमा आउने पाहुना हुन वा कुनै औपचारिक कार्यक्रममा आवश्यक पर्ने फूल बजारबाट खरीद गरेर होइन आफैँ उत्पादन गर्ने लक्ष्यका साथ सामूहिक फूलखेती शुरु गरिएको हो । कास्कीको पूर्व भेगस्थित मादी गाउँपालिकाको केन्द्र वडा नं– ३ याङ्जाकोटस्थित डाँडागाउँ आमा समूहले थप आयआर्जनका साथै आगन्तुक पाहुनाको स्वागतका लागि गाउँमै...
-
२०७६ जेठ २२, बुधबार
पोखरा–याङ्जाकोट सडक पक्की हुँदै
कास्की जिल्लाको पूर्वी भेगमा अवस्थित मादी गाउँपालिकाको केन्द्र याङ्जाकोटलाई गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने सडक पक्की गरिने भएको छ । पोखरा महानगरपालिका–१३ को विजयपुर खोलादेखि भैँसे, तारकाङ हुँदै याङ्जाकोटसम्म गण्डकी प्रदेश सरकारको रु ३२ करोडको लागतमा सो सडक निर्माण गरिने भएको हो । क्रमागतरुपमा निर्माण गरिने साढे १५ किलोमिटर लम्बाइको सो सडक आर्थिक वर्ष २०७६÷७७ विजयपुर खोलादेखि तारकाङसम्मको...
-
२०७६ जेठ २२, बुधबार
छुवाछूत अन्त्यका लागि सबै हातेमालो गरी अघि बढ्नपर्छ
उत्पीडनमा रहेका दलित समुदायको समस्या सबैको साझा समस्या रहेकाले सो समस्या समाधानका लागि सबैले हातेमालो गरी अघि बढ्न आवश्यक रहेकामा जोड दिइएको छ । दलित र गैरदलितबीच सहकार्य गरेर अभियान सञ्चालन गर्न सके व्यवहारिक रुपमै जातीय छुवाछूतलगायत सामाजिक समस्या हटाउन सकिनेमा पनि यहाँ आयोजित एक कार्यक्रममा सहभागी वक्ताहरूले जोड दिए । दलित अधिकारका लागि साझा अभियान पाल्पा शाखाको आयोजना र जिल्ला समन्वय समितिको...
-
२०७६ जेठ २२, बुधबार
काँक्रेविहारलाई खुल्ला ‘जु’ का रुपमा विकास गर्छौं ः मुख्यमन्त्री शाही
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल काँक्रेविहारलाई खुल्ला ‘जू’ का रुपमा विकास गरिने बताउनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा काँक्रेविहार क्षेत्रमा आज बिहान आयोजित सरसफाइ तथा वृक्षरोपन कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग उहाँले भन्नुभयो, “पुरातात्विक र ऐतिहासिक महत्व बोकेका काँक्रेविहारको संरक्षणमा सम्बन्धित सबै पक्ष लाग्नुपर्छ ।” मुख्यमन्त्री...
-
२०७६ जेठ २२, बुधबार
चितवनको हात्तीबाङ अन्धकारमा
नेपालको सुगम जिल्लाका रुपमा परिचित छ, चितवन । तर सुगम जिल्लाका बासिन्दा अझै पनि उज्योलामा बस्न पाएका छैनन् । धादिङको जोगिमारा हुँदै पुगिने चितवनको इच्छाकामना गाउँपालिका–१ हात्तीबाङमा बिजुलीको पोल गाडेर तार टाँगिएको पाँच वर्ष बितिसक्दा पनि स्थानीयवासीले अहिलेसम्म बत्तीको उज्यालो देख्न पाएका छैनन् । हात्तीबाङ काउलेमा बिजुली बाल्नका लागि पोल गाडिएको छ । पोलमा तारसमेत टाँगिएको छ । तर बत्ती बलेको...
-
२०७६ जेठ २२, बुधबार
विश्व वातावरण दिवसमा वृक्षरोपण
विश्व वातावरण दिवसका अवसर पारेर आज चन्द्रगढी सामुदायिक वनको परिसरमा जिल्लाका सबै सरकारी कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीयवासी भएर वृक्षरोपण गरेका छन् । डिभिजन वन कार्यालय र सामुदायिक वनको संयुक्तरूपमा आयोजित कार्यक्रममा पानीसाझ र लामपाते जातका बिरुवा रोपिएको छ । १२ बिघा क्षेत्रफलमा रहेको सो सामुदायिक वनको चार बिघा जग्गामा प्रदेश नं १ का सांसद गोपाल बुढाथोकी, जिल्ला...
-
२०७६ जेठ २२, बुधबार
प्रदेश सरकारद्वारा विभिन्न योजनामा लगानी
मानव विकास सूचाङ्कका हिसाबले निकै पछि परेको पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकालाई चौतर्फी विकास गर्ने उद्देश्यले प्रदेश नं ५ सरकारले विभिन्न योजना अघि बढाएको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षमा कार्यान्वयन गर्ने उद्देश्यअनुरुप शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पशु, खेलकूद र पूर्वाधार विकासअन्तर्गतका विभिन्न योजना अघि बढाएको हो । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमदेखि अन्य चौतर्फी क्षेत्रमा...
-
२०७६ जेठ २२, बुधबार
प्रधानमन्त्रीद्वारा सिंहदरबारमा एभोकाडोको बिरुवा रोपण
प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष शुभारम्भ गरिएको ‘एक नेपाली एक फलफूलको विरुवा रोपण अभियान’लाई सिंहदरबार परिसरमा एभोकाडोको विरुवा रोपी निरन्तरता दिनुभएको छ । प्रधानमन्त्री ओलीबाट गत वर्ष विश्व वातावरण दिवस ९ जुन ५० का अवसरमा सिंहदरबार परिसरमा फलफूलका विरुवा रोपण गरी सो अभियान आरम्भ गर्नुभएको थियो । सरकारले आगामी आर्थिक वर्षलाई वृक्षरोपण वर्षका रुपमा मनाउन नीति तथा कार्यक्रम र बजेटमार्फत...
-
२०७६ जेठ २२, बुधबार
अर्ना संरक्षित क्षेत्रमा बोरिङबाट पानी आपूर्ति
चितवन राष्ट्रिय निकुञ्जको अर्ना संरक्षित क्षेत्रको खोलामा खडेरीले पानी सुकेपछि बोरिङबाट पानी आपूर्ति गरिएको छ । पहिलोपटक खडेरीले त्यहाँको खहरे र बाह्रमासे खोला सुकेपछि दुई हप्तादेखि बोरिङमार्फत १२ अर्नालाई चाहिने पानी आपूर्ति गरिएको हो । खडेरीकै कारण निकुञ्जको अन्य खोलाका मुहान पनि सुक्दै जाने क्रममा रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिनुभयो । पुरानो...
-
२०७६ जेठ २२, बुधबार
सामाजिक मान्यताले छेक्दैन पौरखी महिलालाई
कैलाली जिल्लाको लम्की चुहा नगरपालिकामा ‘किशोर हेयर कटिङ’ हेयर शैलुन पसल छ । यहाँ पुरुषहरुको दा¥ही बनाउने, कपाल काट्ने काम हुन्छ । हीरा चौधरीले विगत १३ वर्षदेखि यो काम गर्दै आउनुभएको छ । कैलालीकै एक संस्थाले हीरासहित तीन महिलालाई कपाल काट्ने, दा¥ही बनाउने तालीम दियो । अन्य साथीले यो काम गर्न लाज माने तर, उहाँलाई लाग्यो पुरुषले गर्ने सम्पूर्ण काम महिलाले पनि गर्न सक्छ । यसै विश्वासका साथ ब्यवसाय...
-
२०७६ जेठ २२, बुधबार
सडक विस्तारका लागि रुख काटियो
उपत्यकाको ट्राफिक व्यवस्थालाई चुस्त तथा दुरुस्त बनाउन करिडोर निर्माणको कामलाई तीव्रता दिइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक सुधारका लागि अगाडि सारेको तीन महीने कार्ययोजनाअन्तर्गत करिडोर निर्माण कार्यलाई तीव्रता दिएको हो । करिडोर निर्माणका क्रममा महाशाखाले आज काठमाडौँ महानगरपालिकाको सहकार्यमा बालाजु गुरु नानक मठ अगाडि रहेको रुख काटेर बाटो फराकिलो बनाएको हो । उक्त...


