राष्ट्रिय
-
२०७६ जेठ १३, सोमबार
तातोपानी नाका खुल्ने खबरले दिएको खुशी
यही साता, चार वर्षपछि तातोपानी नाका सञ्चालनमा आउँदैछ । ‘गोरखा भूकम्प’का कारण बन्द भएको नेपाल र चीन जोड्ने पुरानो नाका बन्द हुँदा त्यसको सबैभन्दा ठूलो प्रभाव मुलुकको अर्थतन्त्रमा प¥यो । व्यापार व्यवसायको प्रवद्र्धनका लागि अग्रपङ्क्तिमा रहेका निजी क्षेत्र पनि समस्यामा परे । सोही नाका भएर सञ्चालित एक हजार बढी ट्रक तथा कन्टेनर अन्यत्रै पलायन भए । प्राकृतिक विपत्तिले दिएको पीडाको आम नेपाली भुक्तभोगी...
-
२०७६ जेठ १३, सोमबार
नेपाल भारतको दशगजा क्षेत्रमा सीमास्तम्भ निर्माण
नेपाल भारत सीमासँग जोडिएको दशगजा क्षेत्रमा एक हजार २२४ वटा सीमास्तम्भ निर्माण भइसेको छ । निर्माण भएका नयाँ स्तम्भबाट सजिलैसँग सीमा छुट्याउन र सीमालाई व्यवस्थित गर्न मद्दत पुगेको छ । झापा, मोरङ र सुनसरीमा गएको चार वर्षदेखि शुरु भएको स्तम्भ निर्माण अनुसार झापामा ९८८ वटामा १४०, मोरङमा १२२ वटामा १० र सुनसरीमा २८८ वटामा २४ स्तम्भ निर्माण हुन बाँकी रहेको नापी विभागका प्रमुख नापी अधिकृत शिवप्रसाद...
-
२०७६ जेठ १३, सोमबार
प्राविधिक शिक्षालय बढे
सरकारले प्राविधिक र व्यावसायिक शिक्षाको धारलाई प्राथमिकता दिन थालेपछि यस धारको शिक्षाको पठनपाठन हुने विद्यालयको सङ्ख्या ४३४ पुगेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षण, २०७५÷०७६ ले विगतका १५० प्राविधिक विद्यालयसहित प्राविधिक धारको शिक्षाको पठनपाठन हुने विद्यालयको सङ्ख्यामा वृद्धि भएको देखाएको हो । सरकारले विद्यालय शिक्षामा ७० प्रतिशतसम्म...
-
२०७६ जेठ १३, सोमबार
आदेश्वर पार्कको निर्माण शुरु
धार्मिक तथा ऐतिहासिक महत्व बाकेका नागार्जुन नगरपालिका–५ स्थित आदेश्वरमा ‘पार्क’ निर्माणको कार्य शुरु गरिएको छ । नगरपालिकाको रु ५० लाखको लागतमा निर्माण गर्न लागिएको उक्त पार्क करीब २२ रोपनी क्षेत्रफलमा फैलिएका छन् । पार्कमा ऐतिहासिक तथा धार्मिक महत्व झल्किने खालका वस्तु राखिने छ । पार्कमा हरियाली वातावरणसँगै वनभोज स्थल, स–साना कार्यक्रम आयोजना गर्न डबली, मन्दिर÷स्मारक र बालबालिकाका लागि खेलकूद...
-
२०७६ जेठ १३, सोमबार
सात प्रतिशत आर्थिक वृद्धिदर रहने
आर्थिक वर्ष २०७५÷०७६ मा सात प्रतिशत आर्थिक वृद्धिदर रहने प्रारम्भिक अनुमान गरिएको छ । सरकारले चालू आवको आठ महीनाको आर्थिक सर्वेक्षण आज सार्वजनिक गर्दै यस अवधिमा औसत मुद्रास्फीति दर चार दशमलव दुई प्रतिशत रहने जनाएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिभामा सार्वजनिक गर्नुभएको आर्थिक सर्वेक्षणअनुसार चालू आवमा मुलुकका अधिकांश आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचक उत्साहजनक...
-
२०७६ जेठ १३, सोमबार
आर्च ब्रिज सञ्चालनमा आउने
पृथ्वी राजमार्गको मुग्लिनस्थित इच्छाकामना र तनहुँको आँबुखैरहनी गाउँपालिका जोड्ने पुल आर्च ब्रिज यही असार पहिलो साताबाट सञ्चालनमा आउने भएको छ । पुलको रङगरोगनको काम र तनहुँतर्फ राजमार्गसँग जोड्नका लागि बाटो बनाउने काम बाँकी रहेको छ । सडक विभागको पुल योजना सेक्टर नम्बर २ का प्रमुख अङ्गलाल रोकायाका अनुसार रङ्गरोगनको काम केही दिनमा शुरु हुँदैछ । तनहुँतर्फ पुल भन्दा सडक दुई मिटर अग्लो भएकाले सडक गहिरो...
-
२०७६ जेठ १३, सोमबार
वित्तीय क्षेत्रमा उल्लेखनीय सुधार –अर्थमन्त्री खतिवडा
अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७५÷७६ मा वित्तीय क्षेत्रमा उल्लेखनीय सुधार भएको दाबी गर्नुभएको छ । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा उहाँले संसद्मा ‘आव २०७५÷७६ को आर्थिक सर्वेक्षण’ पेश गर्दै १८ प्रतिशत जनतामा बीमाको पहुँच पुगेको, धितोपत्र बजार सुधारोन्मुख हँुदै गएको, स्थानीय तहमा वाणिज्य बैंकको सङ्ख्या ७१३ पुगेकाले वित्तीय क्षेत्रमा क्रमशः सुधार हुँदै गएको दाबी गर्नुभएको हो...
-
२०७६ जेठ १३, सोमबार
वनको वैज्ञानिक व्यवस्थापन
वनलाई व्यवस्थित गरी बढीभन्दा बढी फाइदा लिने उद्देश्यसहित तनहुँका १२ वटा सामुदायिक वनको वैज्ञानिक व्यवस्थापन कार्य शुरु गरिएको छ । सामुदायिक वनलाई हराभरा बनाउने र उपभोक्तालाई आम्दानीको स्रोत बढाउने उद्देश्यसहित जिल्लाका १२ वटा सामुदायिक वनको वैज्ञानिक व्यवस्थापन गरिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । सहायक वन अधिकृत बाबुराम उप्रेतीका अनुसार व्यास नगरपालिकाको राजापानी, गलेखाम, सपनकोट,...
-
२०७६ जेठ १३, सोमबार
हर्दवामा कागतीखेती
प्रदेश नं ५ सरकारले स्मार्ट कृषि गाउँका रुपमा छनोट गरेको दाङ लमही– ९ हर्दवाका किसानलाई कागतीखेती गर्न सिकाउन थालिएको छ । उक्त गाउँलाई स्मार्ट कृषि गाउँ घोषणा गरिएकोले त्यहाँ कागतीको उत्पादन बढाउन किसानलाई आधुनिक कागती खेतीतर्फ उन्मुख गराउन थालिएको हो । प्रदेश सरकारको रु ५० लाख बजेटमा तालीम शुरु भएको प्रदेशसभा सदस्य रेवतीरमण शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “उक्त गाउँको कृषि क्षेत्रको...
-
२०७६ जेठ १३, सोमबार
बन्दको आंशिक प्रभाव
नेत्रविक्रम चन्द समूहले आज आह्वान गरेको बन्दबाट विराटनगरमा आंशिक प्रभाव परेको छ । बन्दको कारण शैक्षिक प्रतिष्ठान र औद्योगिक प्रतिष्ठान ठप्प छन् । बजारमा पसल खुला छन् । लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् । सडकमा जीप, कार, भ्यान, सिटीसफारी, मोरटरसाइकल, रिक्सा, साइकलजस्ता सवारीसाधन निर्वाधरुपमा चलिरहेका छन् । जिल्लामा कुनै अप्रिय घटना नभए पनि विराटनगर महानगरपालिका वडा नं ४ र १ को...
-
२०७६ जेठ १३, सोमबार
सगरमाथाको फेदीबाट उपप्रधानमन्त्रीको आह्वान ‘वातावरण संरक्षणमा जुटौँ’
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वच्छ वातावारण र दीर्घ जीवन चाहने संसारभरका मानिसलाई सगरमाथा हिमाल सफाइ अभियानमा जोडिन आह्वान गर्नुभएको छ ।सगरमाथा हिमाल सफाइ अभियान–२०७६ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “ वातावरण र हिमाल संरक्षणमा रुचि राख्ने विश्वभरकै मानिसका लागि यो अभियान जनचेतना जगाउने अभियानका रुपमा रहेको छ ।” नेपालका गौरवपूर्ण इतिहास बोकेका प्राकृतिक...
-
२०७६ जेठ १३, सोमबार
दफावार छलफलका लागि एघार विधेयक समितिमा
प्रतिनिधिसभाको आजको बैठकमा सम्बन्धित समितिमा ११ विधेयक दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत भएका छन् । ‘राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक, २०७५’, ‘प्रहरी समायोजन विधेयक, २०७५’ ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पहिलो संशोधन विधेयक, २०७५’, ‘औद्योगिक व्यवसाय विधेयक २०७५’, ‘ज्येष्ठ नागरिक पहिलो संशोधन विधेयक, २०७५’ ‘वन विधेयक, २०७५’ वातावरण संरक्षण विधेयक, २०७५’ लाई कानून...


