STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ जेठ १५, बुधबार

    इदमा सार्वजनिक बिदा दिन माग

    नेपाल मुस्लिम सङ्घले मुस्लिम धर्मावलम्बीहरुको इद पर्वका अवसरमा सार्वजनिक बिदा दिन माग गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै सङ्घका केन्द्रीय अध्यक्ष अब्दुल सतारले यसअघि दिँदै आएको बिदा कटौती फिर्ता लिन सरकारलाई आग्रह गर्नुभएको हो । मुस्लिम समुदायको पहिचानलाई स्थापित गर्ने सार्वजनिक बिदा कटौतीले मुस्लिम धर्मावलम्बीलाई चोट पुगेको भन्दै इद पर्वमा बिदा दिन माग गर्नुभयो । ‘रमजान तथा बकरइद...

  • २०७६ जेठ १४, मंगलबार

    ‘हिमालय पर्यटन सहकार्य’बारे अन्तर्राष्ट्रिय सम्मेलन बुधबार

    नेपालमा पहिलोपटक ‘हिमालय पर्यटन सहकार्य’सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय हिमालय पर्यटन सहकार्यको आयोजना तथा नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट नाट्टा को सहकार्यमा जेठ १५ गते उक्त सम्मेलन हुनलागेको हो । होटल याक एण्ड यतीमा हुने उक्त सम्मेलनमा १० देशका विभिन्न हिमाल क्षेत्रमा काम गर्ने सङ्घसंस्थाका १५० भन्दा बढी प्रतिनिधिको सहभागिता रहने...

  • २०७६ जेठ १४, मंगलबार

    वैदेशिक रोजगारीमा ४३ लाख युवा

    युवालाई स्वरोजगार बनाउन विभिन्न कार्यक्रम ल्याएइपनि स्वदेशमा रोजागरीका उपयुक्त अवसर नभएको भन्दै ४३ लाख युवा रोजगारीको खोजीमा विदेशिएका छन् ।  आर्थिक वर्ष २०७४÷७५ सम्म ४३ लाख ६५ हजार ४१५ युवा वैदेशिक रोजगारीमा गएको सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । तीमध्ये ४१ लाख ६७ हजार ३१० पुरुष र एक लाख ९८ हजार १०५ महिला रहेका छन् । वैदेशिक रोजगारीमा जानेमध्ये दक्ष कामदारको सङ्ख्या निकै...

  • २०७६ जेठ १४, मंगलबार

    कानूनी अस्पष्टताका कारण स्थानीय तहको विकासमा समस्या

    कानूनी अस्पष्टता, कमजोर आन्तरिक आय, कर्मचारी र जनप्रतिनिधिबीचको सहकार्यको अभावका कारण स्थानीय तहको अपेक्षाअनुरुप विकास हुननसकेको बताइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र विकास पत्रकार मञ्च फोडेज नेपालले सोमबार यहाँ आयोजना गरेको ‘चालू आर्थिक वर्षको सिकाइ, आगामी आर्थिक वर्षको सोचाइ’ विषयक छलफल कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले उक्त विचार राख्नुभएको हो ।...

  • २०७६ जेठ १४, मंगलबार

    विद्यालय निर्माण सम्बन्धी सम्झौता

    जिरी नगरपालिका–६ स्थित जिरी माविको सुविधा सम्पन्न भवन निर्माण हुने भएको छ ।  चीन सरकारको रु एक अर्ब १७ करोडको आर्थिक सहयोगमा सो भवन निर्माण हुन लागेको हो । भक्तपुरको सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सो सम्बन्धी आज भएको सम्झौतापत्रमा केन्द्रका महानिर्देशक बाबुराम पौडेल, चिनियाँ राजदूतावासका कन्सुलर झाङ्ग फान र तिब्बत इन्टरनेशनल एक्सचेञ्ज सर्भिसकी विन झेनले हस्ताक्षर गर्नुभयो...

  • २०७६ जेठ १४, मंगलबार

    लैङ्गिक न्यायसम्बन्धी प्रदेशस्तरीय प्रशिक्षण

    लैङ्गिक तथा बाल न्यायसम्बन्धी प्रदेशस्तरीय प्रशिक्षण बुटवलमा सोमबारदेखि शुरु भएको छ । महान्यायाधिवक्ताको कार्यालय काठमाडौँको आयोजनामा शुरु भएको प्रशिक्षणमा प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अनुसन्धान अधिकृत, सरकारी वकिल र कर्मचारीको सहभागिता रहेको छ । प्रशिक्षणको उद्घाटन कार्यक्रममा उच्च अदालत तुलसीपुर–बुटवल इजलासका न्यायाधीश रमेश खत्रीले कानून अनभिज्ञता क्षम्य नहुने भएकाले सबैले...

  • २०७६ जेठ १४, मंगलबार

    च्याउ उत्पादन परीक्षण सफल

    हुम्लाको उच्चहिमाली क्षेत्रमा कन्ये जातको च्याउ उत्पादन परीक्षण सफल भएको छ । वर्षमा एक पटक मात्र च्याउ खेती गरिँदै आएकोमा यसपटक नयाँ जातको च्याउ परीक्षण गर्दा दुई पटकसम्म उत्पादन गर्न सकिने देखिएको छ । फागुनदेखि कार्तिकसम्म नौ महीनामा दुई पटकसम्म कन्ये च्याउको खेती गर्न सकिने परीक्षणबाट देखिएको सिमकोट गाउँपालिका कृषि शाखाका संयोजक नेत्रबहादुर शाहीले बताउनुभयो । यसअघि साउनदेखि कार्तिकसम्म मात्र...

  • २०७६ जेठ १४, मंगलबार

    काङ्ग्रेस वडाध्यक्षको असन्तुष्टि

    पोखरा महानगरका गतिविधिमा नेपाली काङ्ग्रेसबाट प्रतिनिधित्व गर्ने वडाध्यक्षले असन्तुष्टि व्यक्त गरेका छन् । पोखरा महानगरपालिकामा जनप्रतिनिधि पदस्थापना भई काम गरेको दुई वर्ष कार्यकाल बितेको अवस्थामा वडा नं २, ३, ४, ६, ९, १०, ११, १२, २३, २७ र ३२  का नेपाली काङ्ग्रेसका नेता तथा सचेतक रामराज लामिछानेले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । विसं २०७४ वैशाख ३१ गते निर्वाचन...

  • २०७६ जेठ १४, मंगलबार

    आलेख ः कैलाश मानसरोवर जाने यात्री बढे

    हुम्लाको सदरमुकाम सिमकोट भएर कैलाश मानसरोवर जाने भारतीय  तीर्थयात्रीको सङ्ख्या एक हप्तामा ८०० पुगेको छ ।  कैलाश मानसरोवर दर्शनका लागि उपयुक्त समय शुरु भएलगत्तै भारतीय नागरिकले सिमकोटका होटेल र विमानस्थल यतिबेला भरिभराउ भएको छ । भारतीय तीर्थयात्री र अन्य देशबाट आउने पर्यटकका सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको सिमकोट विमानस्थल स्रोतले जनाएको छ ।  बुधबारसम्म मानसरोवर कैलाश यात्राका लागि सिमकोटको बाटो...

  • २०७६ जेठ १४, मंगलबार

    गण्डकीमा तीन दिवसीय कार्यक्रमसहित गणतन्त्र दिवस मनाइने

    गण्डकी प्रदेश सरकारले तीन दिनसम्म विभिन्न कार्यक्रमसहित गणतन्त्र दिवस २०७६ मनाउने भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा प्रदेशमा गठन गरिएको मूल समारोह समितिले जेठ १४, १५ र १६ गते तीन दिन गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो । जसअनुसार जेठ १४ गते आज पोखरा महानगरपालिका र सुरक्षा निकायको आयोजनामा बिहान शहीदचोकदेखि मुस्ताङचोकसम्म सरसफाइ गर्ने र त्यसपछि प्रदेश सरकारमातहतका सम्पूर्ण...

  • २०७६ जेठ १४, मंगलबार

    छ करोडको लागतमा सडक विस्तार शुरु

    सङ्घीय सरकारको रु छ करोडको लागतमा सूर्यविनायक नगरपालिका–२ बालकोट हँुदै वडा नं १ सिरुटारबाट बिरुवासम्मको सडक विस्तारकार्य शुरु भएको छ । उक्त सडक करीब छ किलोमिटर लम्बाइ र फुटपाथसहित ३६ फिट चौडाइ रहने गरी सडक विस्तारसँगै कालोपत्र गर्ने कार्य आजबाट शुरु भएको हो । सडक विस्तारको कार्यको शिलान्यास कार्यक्रममा हिजो सोमबार साँझ भक्तपुर क्षेत्र नं २ का सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले विकासमा...

  • २०७६ जेठ १४, मंगलबार

    पाँचखालमा चोरी बढ्दै

    पाँचखाल नगरपालिका क्षेत्रमा केही दिनयता चोरीका घटना बढ्दै गएका छन् । विशेषगरी अरनिको राजमार्गअन्तर्गत पाँचखाल नपाको बजार क्षेत्रमा पार्किङ गरी राखिएका सवारीसाधनमा चोरी भएको हो । जेठ १२ गतेसम्म विभिन्न मितिमा रातको समयमा पाँचखाल बजार, तामाघाट र तीनपिप्ले बजारमा पार्किङ गरिएको करीब दर्जन डोजर र स्काभेटरका ब्याट्री तथा इन्धनसमेत चोरी भएको पाँचखाल प्रहरी चौकी इन्चार्ज प्रहरी नायब निरीक्षक शिवहरि...

Pages