राष्ट्रिय
-
२०७६ जेठ १३, सोमबार
विद्रोही पक्षसँग वार्ता गर्न सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभाको आजको बैठकमा सांसदले राजधानीलगायत जिल्लामा बढ्दै गएको हत्या, हिंसा तथा महिला यौन दुव्र्यवहारका घटना बढ्दै गएकामा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद लालकाजी गुरुङ, बहादुरसिंह लामा, शान्ता चौधरी, सत्यनारायण शर्मा खनाल, सत्य पहाडी समिना हुसेन, सरिताकुमारी गिरी, सीतादेवी यादव, स्मृतिनारायण चौधरी, सुजाता परियार, हरिराज अधिकारी,...
-
२०७६ जेठ १३, सोमबार
युनियनको रजत वर्ष शुभारम्भ गर्दै वाकाथुन
नेपाल प्रेस युनियन चितवनको आयोजनामा आज बिहान यहाँ सामूहिक हिँडाइ वाकाथुन कार्यक्रम सम्पन्न भएको छ । भरतपुरको चौबिसकोठीबाट नारायणगढको पुल्चोकसम्म झण्डै ५०० सहभागीसँगै हिँडेका थिए । युनियनले रजत वर्ष शुभारम्भको अवसरमा कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा प्रदेशसभा सदस्य विजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, नेपाली...
-
२०७६ जेठ १३, सोमबार
प्रस्ताव स्वीकृत
‘गुठी विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट बहुमतले स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेश गर्नुभएको थियो । सो विधेयकमाथिको सैद्धान्तिक छलफलपछि प्रस्ताव बहुमतले स्वीकृत भएको हो । सांसद अनिता देवकोटाले निजी गुठीलाई प्राधिकरणको रूपमा भन्दा पनि...
-
२०७६ जेठ १३, सोमबार
अपाङ्गता भएकालाई स्वरोजगार बनाउन माग
अपाङ्गता भएकाहरुले आफूहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने खालका योजना ल्याउन स्थानीय तहसँग माग गर्न थालेका छन् । कैलालीको जोशीपुरमा जनप्रतिनिधिसँंग गरिएको छलफलमा अपाङ्गता भएकाहरुले आफूहरुलाई उत्प्रेरित गर्ने खालका सीप तथा तालीम प्रदान गर्न बजेटको व्यवस्था गरिदिन माग गरेका हुन् । अपाङ्गता भएकाहरुका अगुवा नन्दराज भट्टले स्थानीय तह, प्रदेश र सङ्घले अपाङ्गता भएकाहरुलाई जीविकोपार्जनमा सघाउन मद्दत...
-
२०७६ जेठ १३, सोमबार
दुई विधेयक विधायन समितिमा
राष्ट्रियसभाको आजको बैठकमा ‘सङ्घ, प्रदेश र स्थानीय तह अन्तरसम्बन्ध व्यवस्थापन विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले...
-
२०७६ जेठ १३, सोमबार
कृष्णसेन ‘इच्छुक’ पत्रकारिता पुरस्कार थापालाई
यस वर्षको ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ सूर्य थापालाई प्रदान गरिएको छ । पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ को १७औँ स्मृति दिवसका अवसरमा आज प्रेस सङ्गठन नेपालले आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थापालाई पुरस्कार प्रदान गर्नुभएको हो । रु ५० हजार राशिको उक्त पुरस्कार हरेक वर्ष प्रदान गरिँदै...
-
२०७६ जेठ १३, सोमबार
शान्ति सुरक्षा सुदृढः गृहमन्त्री थापा
गृहमन्त्री रामबहादुर थापाले ‘विप्लव’ समूहको मूल निशाना उपत्यका बनेकाले शान्ति सुरक्षाको अवस्था सुदृढ बनाइएको बताउनुभएको छ । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिनुहुँदै उहाँले आइतबार राजधानीका विभिन्न स्थानमा भएका विष्फोटमा परी चार जनाको मृत्यु भएको र ती सबै सामान्य नागरिक नभइ घटनामा संलग्नहरु नै रहेको बताउनुभयो । मन्त्री थापाले सो घटनामा घाइते भएकाको वीर...
-
२०७६ जेठ १३, सोमबार
बालमैत्री घोषणा अभियानको गति सुस्त
नेपालगञ्ज उपमहानगरपालिकामा ‘बालमैत्री स्थानीय शासन’ घोषणा अभियान सफल नहुनेमा आङ्शका गर्न थालिएको छ । “सबै वडालाई बालमैत्री घोषणा गरेपछि मात्र नेपालगञ्ज उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने हो, तर अहिलेसम्म एउटा वडा पनि बालमैत्री हुनसकेको छैन”, महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाहको भनाइ छ । बिडम्बना त के छ भने दुई वर्षअघि सन् २०१७ मै पूरा हुनुपर्ने यो अभियानअन्तर्गत अहिलेसम्म...
-
२०७६ जेठ १३, सोमबार
बलपूर्वक व्यक्ति बेपत्ता पार्नेलाई सजाय हुन्छ ः मन्त्री ज्ञवाली
पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बलपूर्वक व्यक्ति बेपत्ता पार्ने पीडकलाई कारवाही गरिने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र एड्भोकेसी फोरम नेपालले संयुक्तरूपमा आयोजना गरेको ‘एशियामा बलपूर्वक बेपत्ताः प्रचलित कानून, चुनौती तथा समाधानका उपाय’ विषयक कार्यशाला गोष्ठी शुभारम्भ गर्दै उहाँले बलपूर्वक व्यक्ति बेपत्ता पार्ने पीडकलाई कानूनी रुपमै दण्डको व्यवस्था गरिएको छ...
-
२०७६ जेठ १३, सोमबार
नेपाल भारतको दशगजा क्षेत्रमा सीमास्तम्भ निर्माण
नेपाल भारत सीमासँग जोडिएको दशगजा क्षेत्रमा एक हजार २२४ वटा सीमास्तम्भ निर्माण भइसेको छ । निर्माण भएका नयाँ स्तम्भबाट सजिलैसँग सीमा छुट्याउन र सीमालाई व्यवस्थित गर्न मद्दत पुगेको छ । झापा, मोरङ र सुनसरीमा गएको चार वर्षदेखि शुरु भएको स्तम्भ निर्माण अनुसार झापामा ९८८ वटामा १४०, मोरङमा १२२ वटामा १० र सुनसरीमा २८८ वटामा २४ स्तम्भ निर्माण हुन बाँकी रहेको नापी विभागका प्रमुख नापी अधिकृत शिवप्रसाद...
-
२०७६ जेठ १३, सोमबार
तातोपानी नाका खुल्ने खबरले दिएको खुशी
यही साता, चार वर्षपछि तातोपानी नाका सञ्चालनमा आउँदैछ । ‘गोरखा भूकम्प’का कारण बन्द भएको नेपाल र चीन जोड्ने पुरानो नाका बन्द हुँदा त्यसको सबैभन्दा ठूलो प्रभाव मुलुकको अर्थतन्त्रमा प¥यो । व्यापार व्यवसायको प्रवद्र्धनका लागि अग्रपङ्क्तिमा रहेका निजी क्षेत्र पनि समस्यामा परे । सोही नाका भएर सञ्चालित एक हजार बढी ट्रक तथा कन्टेनर अन्यत्रै पलायन भए । प्राकृतिक विपत्तिले दिएको पीडाको आम नेपाली भुक्तभोगी...
-
२०७६ जेठ १२, आइतबार
विकास सम्भव नभएपछि चेपाङबस्ती स्थानान्तरण तयारी
दक्षिणी धादिङको विकट तथा डाँडाको चुचुरोमा रहेको बेनिघाट रोराङ गाउँपालिका–२ ब्रुसवाङको ३६ घर चेपाङ समुदायमा विकास पु¥याउन नसकिने भएपछि बस्ती नै स्थानान्तरणको तयारी गरिएको छ । खाद्यान्न अभाव, पिउने पानी, शिक्षा र स्वास्थ्यको पहुँचबाट धेरै टाढा रहेका चेपाङ समुदायले वषैँदेखि विकासका लागि याचना गर्दै आए पनि सरकारले कुनै पनि योजना पूरा गर्न नसकेकाले स्थानान्तरण गर्नुपर्ने अवस्था आएकोे जिल्ला समन्वय...


