STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ जेठ ६, सोमबार

    गाउँमा बिजुली पुगेपछि ३५ घरधुरीमा खुशियाली

    लामो समयको प्रतिक्षापछि बिजुली पुगेपछि यहाँको गाउँमा खुशी छाएको छ । स्याङ्जाको चापाकोट नगरपालिका–७ का गहते, टाङ्ले र कोकमाडीमा पहिलो पटक बिजुली पुगेपछि स्थानीय ३५ घरधुरीमा खुशियाली छाएको हो ।    चापाकोट नगरपालिकाको दुर्गममा पर्ने यस ठाउँका बासिन्दा छिमेकी जिल्ला पाल्पाको रामपुर र अर्को छिमेकी जिल्ला तनहुँको भिमाद नगरपालिकाको डुम्रेबँेसीमा बलेको उज्यालो हेरेर रात कटाउनुपर्ने बाध्यतामा रहेको...

  • २०७६ जेठ ६, सोमबार

    वन वातावरण र भूमिसम्बन्धी विधेयक प्रतिनिधिसभामा

    प्रतिनिधिसभाको आजको बैठकमा वन, वातावरण संरक्षण र भूमि सम्बन्धी आठौँ संशोधन विधेयक, २०७५ पेश भएको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ‘वन विधेयक, २०७५’ र ‘वातावरण संरक्षण विधेयक, २०७५’ एवं भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ‘भूमि सम्बन्धी आठौँ संशोधन विधेयक, २०७५’ सदनमा पेश गर्नुभयो । वन र वातावरण संरक्षण विधेयक प्रस्तुत गर्नुहुँदै मन्त्री बस्नेतले...

  • २०७६ जेठ ६, सोमबार

    ल्याण्डफिल्ड साइट नहुँदा बस्ती नजिकै फोहर

    तनहुँको भिमाद नगरपालिकामा ल्याण्डफिल्ड लाइटको अभावमा बस्ती नजिकै फोहरमैला फालिँदा स्थानीयवासी मर्कामा परेका छन् । भिमाद बजारमा सङ्कलित फोहरमैला भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाको सिमानास्थित सेती नदीको तिरमा फालिँदा स्थानीयवासी मर्कामा परेका हुन् । स्थानीयवासी एकबहादुर रानाले फोहर जलाएको धुवाँ र दुर्गन्धले गर्दा यहाँका स्थानीयवासीलाई सास्ती भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नदी छेउमा...

  • २०७६ जेठ ६, सोमबार

    बालसघन उपचार कक्ष सञ्चालनमा ल्याइने

    भरतपुर अस्पतालले बालसघन उपचार कक्ष सञ्चालनमा ल्याउने भएको छ । अस्पतालका नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेले बालसघन उपचार कक्ष स्थापना गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै बालसघन उपचार कक्षको अभावमा उपचार सम्भव नभएपछि एक महीनादेखि १४ वर्ष उमेर समूहका धेरै बालबालिकालाई अन्यन्त्र पठाउनुपरेको जानकारी दिनुभयो ।  उहाँले बालसघन उपचार कक्ष स्थापनाका लागि चाँडै नै आवश्यक प्रक्रिया...

  • २०७६ जेठ ६, सोमबार

    मानवअधिकार संवद्र्धनमा सबैको योगदान आवश्यक

    सरोकारवाला विज्ञहरुले मानवअधिकारको संरक्षण र संवद्र्धनका लागि सबै क्षेत्रको योगदान आवश्यक रहेको बताउनुभएको छ । काठमाडौँ जेसिजको ‘जेसिज सप्ताह २०७६’ का सन्दर्भमा यहाँ आयोजित ‘व्यापार र मानवअधिकार’ विषयक अन्तक्र्रिया कार्यक्रमका सहभागीले व्यापार क्षेत्रले पनि मानव अधिकारका लागि महत्वपूर्ण योगदान दिनसक्ने उल्लेख गर्नुभयो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले नेपालमा मानव...

  • २०७६ जेठ ६, सोमबार

    आलेख ः मानसरोबर जाने मार्ग अब नेपालगञ्ज

    कैलाश मानसरोवर पुग्न चाहने तीर्थालुहरुका लागि हिजोआज नेपालगञ्ज केन्द्र बन्न थालेको छ । नेपालगञ्जमा पर्यटकको ओइरो लाग्न थालेपछि यहाँ एक पछि अर्को नयाँ होटलहरु बनिरहेका छन् । पर्यटनसँग सम्बन्धित अनेक व्यवसाय चम्किएका छन् । लाग्छ, नेपालगञ्जमाथि कैलाशपति महादेवको बरदान वर्षिएको छ । नेपालगञ्जको भाग्य चम्किनुको अर्को कारण हो, मुगुको राराताल । यो ताल हेर्न जाने स्वदेशी तथा विदेशी पर्यटकको प्रवेशद्वार...

  • २०७६ जेठ ६, सोमबार

    काङ्ग्रेसद्वारा दुःख व्यक्त

    नेपाली काङ्ग्रेसले पार्टीका नेता सर्लाही निवासी रामबालक सिंहको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्तिमार्फत उहाँको आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभयो । केही समयदेखि पक्षघातबाटपीडित सिंहको आइतबार सर्लाहीको बलरास्थित आफ्नै निवासमा निधन भएको हो । विसं १९८८ मा जन्मनु भएका स्व सिंह विसं २००७ को...

  • २०७६ जेठ ६, सोमबार

    ट्राफिक नियम उल्लङ्घनको राजश्व अनलाइनमार्फत

    ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गर्ने सवारी साधनलाई अनलाइनमार्फत राजश्व तिर्ने व्यवस्था ल्याउन लागेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी नियम उल्लङ्घन गरेवापत कारवाहीमा परेका सवारी चालकलाई सजिलोका लागि अनलाइनमार्फत राजश्व तिर्ने व्यवस्था गर्न लागेको हो । महाशाखाका प्रमुख, प्रहरी वरीष्ठ उपरीक्षक वसन्तकुमार पन्तले कारवाहीमा परेका चालकको सहजताका लागि साउनदेखि अनलाइनमार्फत राजश्व तिर्न...

  • २०७६ जेठ ६, सोमबार

    पुर्पुरोमा हात राख्नुपर्ने दिन गए ः मुख्यमन्त्री राई

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अब नेपाली जनताका दुःखका दिन समाप्त हुँदै गएको बताउनुभएको छ । रुम्जाटारबाट राजधानी फर्कनेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विकासको अभावमा नेपाली जनताले भोग्नुपर्ने दुःख अब सकिएको बताउनुभएको हो ।    केन्द्र, प्रदेश र स्थानीय सरकारले समृद्धिको साझा अभियानमार्फत ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियान चलाएकाले नागरिकको चाहनाअनुसारको विकास हुनेमा जोड दिँदै...

  • २०७६ जेठ ६, सोमबार

    सार्वजनिक खरीद नियमावलीप्रति महासङ्घको आपत्ति

    स्वदेशी निर्माण व्यवसायीलाई पेशाबाटै पलायन गर्ने गरी हालै सरकारले जारी गरेको सार्वजनिक खरीद छैठौँ संशोधन नियमावली २०७५ का केही बुँदाप्रति नेपाल निर्माण व्यवसायी महासङ्घले आपत्ति जनाएको छ ।    महासङ्घलगायत यससँग प्रत्यक्ष सरोकार भएका निकायको राय सुझावलाई बेवास्ता गर्दै जारी भएको नियमावलीका केही बुँदाले स्वदेशी व्यवसायीलाई पेशाबाटै विस्थापित गर्ने र विदेशी व्यवसायीलाई प्राथमिकता दिने महासचिव रोशन...

  • २०७६ जेठ ६, सोमबार

    ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्योपचार सेवा

    घरदैलोमै स्वास्थ्योपचार सेवा पाउन थालेपछि म्याग्दी रघुगङ्गा गाउँपालिकाका ज्येष्ठ नागरिक दङ्ग परेका छन् । शारिरीक अशक्तताका कारण स्वास्थ्य संस्थामा गएर उपचार गराउन नसक्ने ज्येष्ठ नागरिकलाई लक्षित गरी रघुगङ्गा गाउँपालिकाले घरदैलोमै स्वास्थ्योपचार सेवा शुरु गरेपछि उनीहरु दङ्ग परेका हुन् ।   गाउँपालिकाको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ज्येष्ठ, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई घर आँगनमै पुगेर...

  • २०७६ जेठ ६, सोमबार

    उन्नत जातको धानको बीउ वितरण

    रामपुरका किसानलाई उन्नत जातको धानको बीउ वितरण गरिएको छ । रामपुर नगरपालिका कृषि शाखाले ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण गरेको हो । किसानको निवेदन मागको आधारमा आधुनिक कृषिखेती कार्यक्रम अन्तर्गत एक कृषि सहकारी, आठ किसान समूह, ८१ जना किसानलाई धानको बीउ वितरण गरिएको हो ।   शाखाले धान उत्पादन वृद्धि गराउने उद्देश्यले चार हजार ९०० केजी सावित्री, आठ सय ७५ केजी रामधान र आठ सय ७५ केजी सावा मन्सुली...

Pages