STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ बैशाख २२, आइतबार

    ‘माक्र्सवाद गतिशील समाज विज्ञान’ ः मन्त्री रावल

    कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले ‘माक्र्सवाद गतिशील समाज विज्ञान’ भएको बताउनुभएको छ । काल माक्र्सको २०१ औँ जन्मदिनको अवसरमा कर्णाली खोज, अनुसन्धान तथा अध्ययन केन्द्रद्वारा आज यहाँ आयोजित विचार गोष्ठीमा उहाँले माक्र्सवादले मानव चिन्तनको उज्ज्वल र प्रगतिशील परम्परालाई आत्मसात् गरेको बताउनुभयो ।  मन्त्री रावलले माक्र्सवादका प्रतिपादक तथा वैज्ञानिक साम्यवादका सिद्धान्तकार कार्ल...

  • २०७६ बैशाख २२, आइतबार

    मौसमी रोगका बिरामी बढे 

    जाडो सकिएसँगै गर्मीयाम लागेपछि जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा विभिन्न मौसमी रोगका बिरामी बढेका छन् । झाडापखाला, टाइफाइड, भाइरल ज्वरो, रुघाखोकी, आउँ र हैजाजस्ता रोग देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका सूचना अधिकारी कुलबहादुर रावलले बताउनुभयो । अहिले स्थानीयवासिन्दा दिनहुँजसो ज्वरो आउने, रुघाखोकी लाग्ने, कडा टाउको दुख्नेजस्ता लक्षण लिएर उपचारमा पुग्ने गरेका छन् । एकसातादेखि मौसमी रोगका...

  • २०७६ बैशाख २२, आइतबार

    क्रसर उद्योग सञ्चालनपछि पानीको हाहाकार

    चितवनको कालिका नगरपालिकामा पानीको मुहान नजिकै क्रसर उद्योग सञ्चालनका लागि संरचना बनाउँदा खानेपानीको मुहान नै सुकेको छ । वडा नं–८ जुटपानी बजार नजिकै रहेको दुई वटा खानेपानीको मुहानमा क्रसर सञ्चालन हुँदा गाउँमा खानेपानीको हाहाकार भएको हो । मुहान सुकेपछि बाँसघारी मझुवा बुलबुले खानेपानी उपभोक्ता समूह र मझुवा बुलबुले खानेपानी उपभोक्ता समूहका उपभोक्ता खानेपानीको समस्यामा परेका छन् । मनकामना क्रङ्क्रिट...

  • २०७६ बैशाख २२, आइतबार

    ख्वपद्वारा छात्रवृत्ति प्रदान

    भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज तथा शारदा क्याम्पसले स्नातक तह पहिलो र दोस्रो वर्ष, बिबिएम पहिलो सेमेष्टर तथा स्नातकोत्तर तह दोस्रो सेमेष्टरमा अध्ययनरत गरीब तथा जेहेन्दार ८० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।  आज कलेजमा आयोजना गरेको छात्रवृत्ति वितरण कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले सो छात्रवृत्ति वितरण गर्नुभएको हो । ...

  • २०७६ बैशाख २२, आइतबार

    गाउँपालिकाद्वारा खसभाषाको पाठ्यपुस्तक छपाइ शुरु

    जुम्लाको तातोपानी गाउँपालिकाले १ देखि ३ कक्षासम्मको पाठ्यपुस्तकको छपाइ कार्य शुरु गरेको छ । स्थानीय खसभाषामा तयार पारेको पाठ्यपुस्तकको छपाई कार्य सुरु गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिनुभयो । छपाइको कार्य शुरु भएकाले जेठ पहिलो हप्ताबाट पढाइ शुरु गर्ने योजना गाउँपालिकाले बनाएको छ । तातोपानी गाउँपालिकामा रहेको ऐतिहासिक, धार्मिक र स्थानीय भाषाशैली समावेश भएको पाठ्यपुस्तक छपाइको...

  • २०७६ बैशाख २२, आइतबार

    ६ वर्ष भयो विन्दवासिनीले आँखा नचिम्लेको

    सानै उमेरमा चोट, हण्डर र ठक्करको सामना गर्न पुगेकी विन्दवासिनी कंसाकारलाई मास्क, स्कार्फ, चश्मा अनि, क्याप लगाएर हेटाँैंडाको सडकमा हिँड्दा धेरैले दोहो¥याएर वा तेहे¥याएर हेर्ने गर्छन् । कतिपयले दयाभाव देखाउँछन्, चुकचुकाउँछन् र सहानुभूति पनि दिन्छन् तर, विन्दवासिनीलाई न त दयाभाव चाहिएको छ, न सहानुभूति । आत्मविश्वाससहित लक्ष्य प्राप्तिका लागि यात्रारत विन्दवासिनीलाई चाहिएको छ त केवल ‘न्याय’ । एक...

  • २०७६ बैशाख २२, आइतबार

    ५६ हजारले लिए राष्ट्रिय परिचयपत्र

    पाँचथरबाट शुरु भएको राष्ट्रिय परिचयपत्र वितरणमा हालसम्म ५५ हजार ९१५ पाँचथरवासी नेपाली नागरिक समेटिएका छन् । गत असार ५ गतेबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्न थालिएकामा मङ्सिर ३ गतेदेखि सो परिचयपत्र वितरण गर्न थालिएको थियो । हालसम्मम ५५ हजार ९१५ ले उक्त परिचयपत्र लिइसकेका र करीब १९ हजार परिचयपत्र छपाइ भइसकेको जनाइएको छ । एक लाख १० हजार जिल्लावासी नेपाली नागरिकलाई उक्त परिचयपत्र वितरण...

  • २०७६ बैशाख २२, आइतबार

    काबेली कोरिडोर विद्युत् लाइनको परीक्षण प्रशारण

    पूर्वी पहाडमा निर्माणाधीन काबेली कोरिडोर १३२ केभी प्रशारण लाइन आयोजना निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । ९०।०२१ किलोमिटर लामो कोरिडोरको दोस्रो खण्डमा शनिबारबाट परीक्षण प्रशारण शुरु गरिएको छ । मुआब्जा वितरण, रुख कटानीलगायतका समस्याका कारण लामो समय अवरोध भएको कोरिडोरको इलाम–फिदिम खण्ड निर्माण पूरा भई शनिबारबाट परीक्षण प्रसारण शुरु गरिएको हो । ४२।८८ किलोमिटर लामो यस खण्डमा सोमबारबाट लाइन चार्ज...

  • २०७६ बैशाख २२, आइतबार

    जीवनस्तर सुधार्दै मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम

    मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम लागू भएपछि  दुर्गम बस्तीका जनता लाभान्वित हुन थालेका छन् । विकास र सामाजिक दृष्टिकोणले पछाडि परेका जिल्लाका तीन गाउँपालिकाले सो कार्यक्रमलाई स्थानीयवासीको जीवनस्तर सुधार्ने माध्यम बनाउन थालेका छन् । प्रदेश नं ५ सरकारले प्रदेशका १२ वटै जिल्लामा सञ्चालन गरेको सो कार्यक्रमअन्तर्गत  जिल्लाका बबई, राजपुर र बङ्गलाचुली गाउँपालिकाले योजना छनोट गरेर स्थानीयवासीको जीवन...

  • २०७६ बैशाख २२, आइतबार

    शिक्षक अभावमा विद्यालय बन्द हुने अवस्थामा

    तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित छ सामुदायिक विद्यालय शिक्षक अभावमा बन्द हुने अवस्थामा पुगेको छ । आँबुखैरेनी गाउँपालिका–२ को इच्छाकामना प्राथमिक विद्यालय, छिम्केश्वरी प्राथमिक विद्यालय, वडा नं ४ को रुद्रदेवी प्राथमिक विद्यालय, इन्द्रादेवी प्राथमिक विद्यालय, वडा नं ६ को मिलन प्राथमिक विद्यालय र कृष्ण प्राथमिक विद्यालय शिक्षक अभावमा बन्द हुने अवस्थामा पुगेको हो । गाउँपालिकाका शिक्षा शाखा प्रमुख...

  • २०७६ बैशाख २२, आइतबार

    एउटै खोलाबाट पाँच लघुजलविद्युत्

    रुकुमपूर्वको लुकुम खोलामा झण्डै आधादर्जन लघु जलविद्युत् आयोजना सञ्चालनमा छन् । भूमे गाउँपालिकाको बीच भागबाट बग्ने यो खोलामा पाँचवटा लघुजलविद्युत् आयोजना निर्माण भएका छन् भने दुईवटा ठूला आयोजनाको काम पनि भइरहेको छ । गाउँलाई उज्यालो बनाउने योजनासहित यस खोलामा करोडांै बजेट लगानी गरिएको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताउनुभयो । बागलुङ र रुकुमपूर्वको सीमा भूमे–१ लुकुम गाउँलाई शिर बनाएर...

  • २०७६ बैशाख २२, आइतबार

    परम्परागत संस्कृति मासिदै

    धार्मिक समारोह तथा उत्सवमा गाइने भजन, विवाहमा दुलही लिन जन्ती गएपछि दुलाहाको घरमा भेला भएर महिलाले गाउने रत्यौलीलगायतका नृत्य म्याग्दीमा हराउँदै जान थालेका छन् । प्राचीनकालदेखि नै निरन्तरता पाइरहेका यस्ता संस्कृतिका ठाउँमा आयातित संस्कृतिको बर्चस्व स्थापित हुँदा मौलिक पहिचान, ठेट नेपाली शब्द र पुख्र्यौली जीवन संस्कृति पनि लोप हुँदै गएकामा स्थानीय सरोकारवाला भने चिन्तित बनेका छन् । बेनी नगरपालिका–...

Pages