STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ बैशाख २३, सोमबार

    गाउँपालिकाका विद्यालय समायोजन

    चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाका सात विद्यालय समायोजन गरिएको छ । विद्यार्थीको सङ्ख्या नपुगेपछि राष्ट्रिय आधारभूत विद्यालय९१–३० लाई नजिकको अर्को विद्यालयमा समायोजन गरिएको हो ।  गाउँपालिकाका शिक्षा अधिकृत दीपक सिग्देलका अनुसार वडा नं २ स्थित राष्ट्रिय आधारभूत विद्यालय घुर्केशलाई सोही वडामा रहेको राष्ट्रिय आधारभूत विद्यालय मायाटार, वडा  नं ३ मा रहेको पन्थ राष्ट्रिय आधारभूत विद्यालय डुडेलाई...

  • २०७६ बैशाख २३, सोमबार

    बागलुङ समाज पोर्चुगलमा खड्का

    शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा सहयोग पु¥याउने उद्देश्यका साथ आइतबार बागलुङ जन्म घर भई पोर्चुगललाई कर्मथलो बनाई बस्दै आउनुभएका बागलुङ्गेको भेला पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भयो । भेलाले प्रेमबहादुर खड्काका अध्यक्षतामा बागलुङ समाज पोर्तुगल कार्यसमिति गठन गरेको छ । समितिका उपाध्यक्षमा ज्ञानु गौतम, ओम कार्की, डोलेन्द्र राना, केशवबहादुर केसी र गङ्गा क्षत्री, महासचिवमा विक्रम गौतम,...

  • २०७६ बैशाख २३, सोमबार

    आज साँझबाट सीमा नाका सञ्चालन हुने

    भारतको उत्तर प्रदेशमा हुने निर्वाचनका कारण तीन दिनअघि बन्द गरिएको बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको जमुनहा नाका आज साँझ ६ बजेदेखि खुल्ने भएको छ । तीन दिनअघि वैशाख २१ गते साँझ ६ बजेदेखि नाका बन्द हुँदा नेपालगञ्जको जमुनाहबाट रुपैडिहा हुँदै भारततर्फ जाने सर्वसाधारण, मालबाहक सवारीका साधन अहिले सीमा क्षेत्रमै थन्किएका छन् । भारतबाट औषधि उपचारका लागि गएका र रोजगारीबाट फर्किएका नेपालीलाई पैदल...

  • २०७६ बैशाख २३, सोमबार

    आमाको सम्मान गर्ने संस्कारलाई जीवन्त गर्नुपर्ने

    उमेर ढल्किएर गएसँगै परिवार तथा समाजबाट टाढिएर  एक्लोपनमा जीउन बाध्य वृद्धवृद्धालाई  नेपाल गृहस्थ धर्म सेवा सदनले आश्रय दिँदै आएको छ ।  उक्त सदनले विभिन्न विभिन्न चाड पर्वमा भोजन तथा कपडा वितरण गर्दै आएकामा मातातीर्थ औँशीका अवसरमा कार्यविनायक मन्दिरमा सामाखुशी, रानीवारी, नयाँ बसपार्क, टाउनप्लानिङ तथा अन्य क्षेत्रका ५० वृद्ध तथा असहाय आमालाई भोजन तथा प्रसाद वितरण ग¥यो । उक्त सदनका अध्यक्ष आचार्य...

  • २०७६ बैशाख २३, सोमबार

    अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र

    जिल्लाको शिखर नगरपालिकाले आफ्नो नगरपालिकाभित्रमा रहेका अपाङ्गता भएका व्यक्तिलाई आजदेखि परिचयपत्र वितरण गर्न शुरु गरेको छ । अपाङ्गता भएका व्यक्तिलाई विभिन्न किसिमका सहुलियत दिने उद्देश्यका साथ नगरपालिकाले आफ्नो नगरमा भएका अपाङ्गता भएका सबै व्यक्तिलाई परिचयपत्र दिन शुरु गरेको नगरप्रमुख सीताराम जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क शिक्षा, स्वास्थ्य, नगर...

  • २०७६ बैशाख २३, सोमबार

    कुमारी झरना पर्यटकको रोजाइमा

    उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा रहेको कुमारी झरनाको रुपमा परिचित नारच्याङ झरना आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै जान थालेको छ ।  पहाडको टुप्पोबाट कलकल गर्दै झर्ने निकै सुन्दर, आकर्षक र मनमोहक झरना पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । बेनी–जोमसोम मोटरबाटो कालीगण्डकी करिडोर अन्तर्गत कालीगण्डकी नदीको पारीपट्टी नारच्याङ खण्डमा पर्ने यो झरना...

  • २०७६ बैशाख २३, सोमबार

    प्रअमाथि कुटपिटमा संलग्न दुई जना पक्राउ

    म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कवाङको भेडिखाल्टामा जातीय विभेदका आधारमा प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ परेका छन् ।  जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रघुगङ्गा गाउँपालिका–८ का ४२ वर्षीय रेशबहादुर विश्वकर्मालाई जातीय विभेद गर्दै कुटपिट गर्ने स्थानीय बलबहादुर रोका र जीतेन्द्र जुग्जालीलाई प्रहरीले पक्राउ गरेको हो ।  आइतबार पक्राउ परेका रोका र जुग्जालीलाई जिल्ला अदालतबाट...

  • २०७६ बैशाख २३, सोमबार

    ललितपुरका सडकको पाँच वर्षमा पनि प्रगति न्यून

    चापागाउँका नीरज तामाङ घरबाट सातदोबाटो पुग्दासम्म धुलाम्मे हुनुहुन्छ । सडक विस्तारका लागि सडक खनेपनि थप काम हुन नसक्दा उहाँ धुलाम्मे हुने गर्नुभएको छ । लगनखेलस्थित एउटा सहकारी संस्थामा कार्यरत उहाँ धुलोकै कारण बाहिरबाट थप एक जोर लुगा लगाउने गरेको बताउनुहुन्छ ।  झण्डै चार वर्ष अघि सडक विस्तार शुरु भए पनि सम्पन्न हुन नसक्दा तामाङजस्तै धेरै नगरवासी हैरान छन् । जिल्लाका विभिन्न स्थानका गरेर पाँच सडक...

  • २०७६ बैशाख २३, सोमबार

    घोडेपानीलाई हिमाली देवताको आर्शिवाद 

    शिरमा रहेको पुनहिलबाट हात अघि बढाए छोइएला झै लाग्ने धौलागिरि, निलगिरि, अन्नपूर्ण, गुर्जा टुकुचे, माछापुच्छ« लगायतका हिमाल । तिनै हिमाललाई हेर्नका लागि आउने विश्वभरका लाखौं पर्यटकलाई सेवा र सहयोग गर्न आवश्यक सुविधाको चाँजोपाँजो मिलाउन सधैँ व्यस्त हुने गर्छन विश्वविख्यात घोडेपानीका होटल व्यवसायी ।  घोडेपानीका होटल व्यावसायीहरु मगर जातीका छन् । उनीहरु सधैं पर्यटकको खानपान, खाजानास्ता र वासका लागि...

  • २०७६ बैशाख २३, सोमबार

    अज्ञात रोगले गाउँले धमाधम बिरामी

    जुम्लामा अज्ञात रोगका कारण तातोपानी गाउँपालिका–७ सर्मीका स्थानीय धमाधम बिरामी पर्न थालेका छन् । पहिचान नभएको रोगबाट सिङ्गो गाउँनै प्रभावित भएको जनता सेवक आधारभूत विद्यालय काटिया सर्मीका शिक्षक हेमराज कुँवरले बताउनुभयो ।  प्रत्येक घरमा बिरामी खाली नभएको उहाँले बताउनुभयो । रोग पहिचान नभए पनि प्रत्येक बिरामीलाई शुरुमा ज्वरो आउने, रिङ्गटा लाग्ने, वाकवाकी लाग्ने, खाना नरुच्नेजस्ता लक्षण देखिएको...

  • २०७६ बैशाख २३, सोमबार

    गर्मीसँगै आँखा पाक्ने रोग 

    जिल्लामा पछिल्लो समय गर्मी बढैसँगै आँखा पाक्ने रोग फैलिएको छ । शुरु शुरुमा आँखा चिलाउने तथा पछि गएर आँखा रातो हुने र आँखाबाट पानी बग्ने यसको प्रमुख लक्षण भएको शैलेस्वरी अस्पताल जिल्ला अस्पताल डोटीका डा भुषण मिश्रले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्मीसँगै दूषीत हावापानीका कारण यो रोग सर्छ, दिउँसो घाममा हिड्दा चस्मा प्रयोग गरौँ ।” अस्पतालका अनुसार गर्मीका कारण आँखा पाक्ने बिरामीको सङ्ख्या बढ्ने...

  • २०७६ बैशाख २३, सोमबार

    दूध र मासु उत्पादन बढ्यो

    सुनसरीमा पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै जिल्लामा दूध, मासु तथा माछाको उत्पादनमा वृद्धि भएको पाइएको छ । जिल्लामा गाईभँैसीको दूध तथा माछामासुको उत्पादनमा वार्षिक रुपमा वृद्धि हुँदै गएको पशुसेवा ज्ञान केन्द्र सुनसरीको तथ्याङ्कले देखाएको छ । चालू आर्थिक वर्षको आठ महीनाको अवधिमा गाई र भैसी गरी जम्मा ३४ हजार ६८ मेट्रिकटन दूध उत्पादन भएको सुनसरी केन्द्रका डा मनोजकुमार महतोले जानकारी दिनुभयो । गत...

Pages