राष्ट्रिय
-
२०७६ बैशाख १३, शुक्रबार
दिवङ्गत बुबाआमाको स्मृतिमा कोष स्थापना
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँट निवासी इञ्जिनीयर चन्द्रकुमार सुवेदीको परिवारले दिवङ्गत बुबाआमाको स्मृतिमा रु पाँच लाखको अक्षयकोष स्थापना गरेको छ । स्व बुबा खडानन्द र आमा केशरकुमारी शर्मा सुवेदीको स्मृतिमा सुवेदी परिवारले ‘खडानन्द केशरकुमारी शर्मा सुवेदी स्मृति प्रतिष्ठान’ दर्ता गरी रु पाँच लाख राशिको कोष स्थापना गरेको हो । सो कोषको ब्याज रकमबाट स्थानीय ज्ञानोदय माविमा निजी स्रोतका...
-
२०७६ बैशाख १३, शुक्रबार
चरा प्रेमीहरुको चहलपहल हुन्छ माघी होमस्टेमा
कैलालीको घोडाघोडी–४ मा चरा हेर्न आउने पर्यटकले माघी घरबास ९होमस्टे० चलेको छ । घोडाघोडी नगरपालिकाको वडा नं ४ माघी गाउँमा रहेको माघी सामुदायिक वनमा चरा अवलोकन गर्न आउनेहरु नै माघी होमस्टेमा बास बस्ने गर्दछन् । त्यहाँ १५ घरमा होमस्टे सेवा सञ्चालन गरिएको छ । होमस्टेसँगै जोडिएको माघी सामुदायिक वनमा ५० प्रजातिका चरा अवलोकन गर्न पाइन्छ । चरा संरक्षण तथा जैविक विविधताका लागि महत्वपूर्ण मानिएको माघी...
-
२०७६ बैशाख १३, शुक्रबार
राष्ट्रपति भण्डारी बिआरआई बैठकमा सहभागी
चिनियाँ राष्ट्रपति सी चीनफिङले शुक्रबार यहाँ प्रमुख मन्तव्य दिँदै अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड फोरम आरम्भ गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन समारोहमा भाग लिनुभयो । समारोहमा चिनियाँ राष्ट्रपति सीले बेल्ट एण्ड रोड इनिसिएटिभमा उच्च गुणस्तरको दिगोपनाका आधारभूत संरचना, जोखिम सहन सक्ने क्षमता, उचित मूल्य, समावेशीपना तथा पहुँच हुनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा...
-
२०७६ बैशाख १२, बिहिबार
तरकारी खेतीले महिलामा आर्थिक सबलता
हिमा गाउँपालिका–७ की अम्बिका अधिकारी तरकारी किसान हुन् । तरकारी खेतीबाट मनग्ये आम्दानी गरिरहेका उहाँलाई मौसम वा बेमौसम कुनै बेला फुर्सद हुँदैन । दशकअघिसम्म श्रीमान्को कमाइमा निर्भर रहने उनी अहिले आफूले कमाएर श्रीमान्लाई खर्च दिनुहुन्छ । “पहिले चुलो–चौकोमै सीमित थियौँ, अहिले आयआर्जनका क्रियाकलापमा संलग्न छौँ, परिवारको समृद्धिका लागि व्यावसायिक रुपमा अघि बढेका छौँ”, उहाँले भन्नुभयो । बिहान...
-
२०७६ बैशाख १२, बिहिबार
राष्ट्रपति भण्डारीबाट ‘ता सियान बौद्ध’ मन्दिरको अवलोकन
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिहान ता सियान बौद्ध मन्दिरको अवलोकन गर्नुभयो । मन्दिर परिसरमा आइपुग्दा उहाँलाई त्यहाँका प्रमुख चेन किङले स्वागत गर्नुभयो । साथै मन्दिरका विषयमा राष्ट्रपति भण्डारीलाई जानकारी दिइएको थियो । चीनमा बौद्ध धर्मावलम्बीका लागि यो राम्रोसँग संरक्षण गरिएको प्राचीन धार्मिक मन्दिर हो । यो शहरबाट करीब चार किलोमिटर दक्षिणी बाहिरी भागमा अवस्थित छ । ता सियान मन्दिरले...
-
२०७६ बैशाख १२, बिहिबार
अर्चलेमा पहिलोपटक बस पुग्यो
निस्दी गाउँपालिका–६ को अर्चलेमा पहिलोपटक बस पुगेको छ । पश्चिमाञ्चल बस व्यवसायी समितिद्वारा सञ्चालित लु१ख ४६९७ नंको बस बुधबार पहिलोपटक पुगेको हो । गाउँमा पहिलोपटक बस पुगेपछि बस चालक र समितिका पदाधिकारीलाई यहाँका स्थानीयवासीले खुशी हुँदै स्वागत गरेका थिए । बालबालिकादेखि युवायुवती, वृद्धवृद्धा बस आएको देखेपछि खुशीले उत्साहित हँुदै हेर्नेको ठूलो भीड रहेको होम राई मगरले बताउनुभयो । पुलबजार, डियाङ्बारी...
-
२०७६ बैशाख १२, बिहिबार
शुक्रबारदेखि पर्यटन ‘मार्ट’
नेपालको विविध पर्यटकीय उत्पादन र वस्तुहरुलाई एउटै स्थलमा प्रर्दशन गरी पर्यटकलाई जानकारी गराउने उदेश्यले राजधानीमा शुक्रबारदेखि ‘डोमेस्टीक टुरिजम मार्ट’ आन्तरिक पर्यटन मेलाको आयोजना गर्न लागिएको छ । गन्तव्य नेपाल ग्रुपअन्तर्गत गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले समग्र निजी क्षेत्रको प्रतिनिधित्व गर्दै पहिलोपटक भृकुटीमण्डपको प्रदर्शनी हलमा आयोजना गर्न लागेको दुईदिने पर्यटन मेलामा देशका सात वटै...
-
२०७६ बैशाख १२, बिहिबार
तनहुँ जलविद्युत आयोजनाको बाँध बनाउन पुनः बोलपत्र
इटालीको ठेकेदार कम्पनी सिएमसीले काम नै शुरु नगरी अलपत्र पारेको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणका लागि नयाँ प्रक्रिया शुरु भएको छ । कूल १४० मेगावाट क्षमताको सो आयोजनाको बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि आज पुनः विश्वव्यापी बोलपत्र आह्वान गरिएको प्रवद्र्धक तनहुँ हाइड्रोपावर लिमिटेडले जनाएको छ । इटालियन कम्पनी सिएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएपछि कम्पनीले पुनः...
-
२०७६ बैशाख १२, बिहिबार
‘एक घर एक धारा’ आयोजना सञ्चालन
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा गाउँवासीलाई खानेपानी उपलब्ध गराउन ‘एक घर एक धारा’ आयोजना अघि बढाइएको छ । गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा सो आयोजना अघि बढाइएको हो । चालू आर्थिक वर्षका लागि वडा कार्यालयले गौरवको आयोजनाको रुपमा छनोट गरेको ‘एक घर एक धारा’ अभियानमा रघुगङ्गा गाउँपालिकामार्फत रु ५५ लाख बजेट विनियोजन भएको छ भने प्रदेशसभा सदस्य विनोद केसीको पहलमा प्रदेश सरकारबाट रु...
-
२०७६ बैशाख १२, बिहिबार
‘संवैधानिक आयोगले तोकिएको अधिकार प्रयोग गरी काम गर्नुपर्ने’
कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संवैधानिक आयोगलाई निश्चित अधिकार तोकिएको र त्यसैमा रहेर उसले कामकारवाही गर्नुपर्ने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक द्वारा आज आयोजित छलफल कार्यक्रममा मन्त्री ढकालले केही समय अघि सङ्घीय संसद्मा दर्ता भएको राष्ट्रिय मानवअधिकार आयोगसम्बन्धी विधेयकका सन्दर्भमा आयोगले ‘सरकारले सिफारिश कार्यान्वयन नगर्दा कारवाही जरिवानासमेत गर्ने...
-
२०७६ बैशाख १२, बिहिबार
सामुदायिक विद्यालयप्रति आकर्षण
सरकारी सामुदायिक विद्यालयमा पढाइको स्तर कम भएको भन्ने गुनासो बढिरहँदा रुकुमपूर्वको एक विद्यालयमा भने शिक्षाको गुणस्तर अब्बल भएपछि विद्यार्थीको आकर्षण बढीरहेको छ । सिस्ने गाउँपालिका–५ मा रहेको रुक्मिणी माध्यामिक विद्यालय केही वर्ष यतादेखि अभिभावक र विद्यार्थी दुवैको रोजाइ बन्न थालेको हो । प्रशस्त कक्षा कोठा, विद्यालय हाताभित्रै खाजाघर, शौचालय, पिउने पानीको व्यवस्था, अनुशासित वातावरणमा पढाइ र...
-
२०७६ बैशाख १२, बिहिबार
यार्सा टिप्न नजान शैक्षिक अभियान
यार्सा टिप्ने याम शुरु भएपछि यहाँका बालबालिकालाई पाटनतिर लैजाने क्रम रोक्नाका लागि जुम्लाको पातारासी गाउँपालिकाले शैक्षिक अभियान शुरु गरेको छ । बालबालिकालाई विद्यालय नछाड्न उक्त गाउँपालिकाले विद्यालयमै पुगेर यार्सा टिप्न भन्दा शैक्षिक भविष्य सुनिश्चित गर्नाका लागि अभिभावकलाई आग्रहसमेत गरेको छ । गाउँपालिकाले तल्फीस्थित सरस्वती मावि, लोठचौरस्थित मालिका मावि, डिल्लीचौरस्थित ऋणमोक्ष माविलगायतमा...


