राष्ट्रिय
-
२०७६ बैशाख ९, सोमबार
सैनिक मुख्यालय भवन तयार, राष्ट्रपतिबाट उद्घाटन हुँदै
नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको अत्याधुनिक प्रविधियुक्त नयाँ भवन तयार भएको छ । गोरखा भूकम्पपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट स्वीकृत भएकामध्ये छोटो अवधिमा गुणस्तरयुक्त ढङ्गबाट निर्माण सम्पन्न भएको यो नै सबैभन्दा ठूलो आयोजना हो । विसं २०७३ जेठ २४ गते निर्माण शुरु भएको उक्त भवन दुई वर्ष १० महीनाको अवधिमा तयार गरेको हो । उक्त भवन निर्माणका लागि दैनिक ४०० को सङ्ख्यामा जनशक्ति अहोरात्र...
-
२०७६ बैशाख ९, सोमबार
नयाँ प्रविधिमा आधारित सिँचाई आयोजना जोखिममा
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीबासमा निर्माणाधीन नयाँ प्रविधिमा आधारित सिँचाइ आयोजना जोखिम अवस्थामा पुगेको छ । तत्कालीन डिभिजन सिँचाइ कार्यालय सेमरी नवलपरासीको कार्यान्वयनमा एक वर्षअघि शुरु भएको उक्त ठूलोटाँडी लिफ्ट नयाँ प्रविधिमा आधारित सिँचाइ आयोजना निर्माणाधीन अवस्थामै जोखिममा पर्ने अवस्था देखिएको हो । आयोजनाअन्तर्गत निमार्ण गरिएको इनार नजिकैबाट नदी जन्य पदार्थ निकालिएपछि...
-
२०७६ बैशाख ९, सोमबार
विधेयक सर्वसम्मत रुपमा पारित
प्रदेश नं ५ को प्रदेशसभाले प्रदेश नं ५ प्रदेश पर्यटनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक आज सर्वसम्मत रुपमा पारित गरेको छ । सभामुख पूर्णबहादुर घर्तीले प्रदेश नं ५, प्रदेश पर्यटनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक निर्णयार्थ प्रदेशसभामा प्रस्तुत गर्नुभएपछि विधेयक पारित भएको थियो । भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले सभामा उक्त विधेयक पारित गरियोस् भन्ने प्रश्ताव प्रस्तुत गर्नुभएको थियो...
-
२०७६ बैशाख ९, सोमबार
उपत्यकामा ‘नो हर्न’ कार्यान्वयन फितलो
काठमाडौँ उपत्यकामा ध्वनि प्रदूषण बढेको भन्दै सवारी साधनलाई हर्न बजाउन निषेध गरेपनि त्यसको कार्यन्वयन फितलो देखिएको छ । काठमाडौँ महानगरपालिकाले २०७४ वैशाख १ गतेबाट काठमाडौँ उपत्यकामा ध्वनि प्रदूषण नियन्त्रणको अभ्यास शुरु गरेको हो । दुई वर्ष बितिसक्दासम्म सडकको मुख्य स्थानमा प्रशस्तै मात्रामा सवारी साधनहरुले ध्वनि प्रदूषण गरिरहेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको अग्रसरतामा कामपा र यातायात...
-
२०७६ बैशाख ९, सोमबार
धर्मका नाममा राजनीति गर्नेलाई प्रतिबन्ध ः मन्त्री राई
शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले संविधानविपरीत धर्मका नाममा राजनीति गर्नेलाई प्रतिबन्ध लगाइने बताउनुभएको छ । नेपाल ख्रिस्टीयन महासङ्घले पुनरुत्थान इस्टर पर्वका अवसरमा आइतबार यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सबैले आ–आफ्ना धर्म मान्न पाउने स्वतन्त्रता भए पनि धर्मका नाममा केही तत्व सल्बलाइरहेको बताउनुभयो । “धर्मका नाममा राजनीति गर्नेलाई पाखा लगाउनुपर्छ, संविधानका दृष्टिमा सबै जातजाति,...
-
२०७६ बैशाख ९, सोमबार
बालुवा र गिट्टी छान्दै ज्येष्ठ नागरिक
साठी वर्षीया हेमादेवी केसी प्रचण्ड गर्मीलाई समेत बेवास्ता गर्दै शनिबार महाकाली नदीको किनारमा बालुवा÷गिट्टी छानिरहेको अवस्थामा भेटिनुभयो । परिवारको आश्रयमा रमाउँदै विश्राम लिनुपर्ने बेलामा नदीको तातो बालुवासित सङ्घर्ष गर्नु उहाँकोे बाध्यता हो । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली किनारमा झुपडी बस्दै आउनुभएका हेमादेवीले बालुवा र गिट्टी सङ्कलन गरेर बिक्री गर्दै आएको नौ वर्ष भयो ।...
-
२०७६ बैशाख ९, सोमबार
छन्द दिवसका अवसरमा ‘नमोबुद्ध साहित्य गोष्ठी’
पुराना पुस्ताका आख्यानकारले नयाँ पुस्तालाई साधना र गहन अध्ययनबाट मात्रै सो विधामा लाग्नुपर्ने सुझाव दिएका छन् । छन्द दिवसको अवसर पारेर नमोबुद्ध नगरपालिका र रोशी वाङ्मय प्रतिष्ठान भकुण्डेको संयुक्त आयोजनामा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेमा भएको ‘नमोबुद्ध साहित्य गोष्ठी’ कार्यक्रममा साहित्यकार एवं निबन्ध तथा उपन्यासकार रेशम विरही र विप्लव प्रतीकले यस्तो सुझाव दिनुभएको हो ।...
-
२०७६ बैशाख ९, सोमबार
कैदीबन्दीको समयलाई सदुपयोग गर्नुपर्ने
कारागार शाखा कास्की, पोखरामा कारखानाको अभावमा कैदीबन्दीको रुपमा रहेका युवाको जनशक्ति खेर हुँदै गइरहेको देखिएको छ । सो कारागारमा मुढा निर्माण र महिला झोला बुन्ने कामबाहेक अन्य साना उद्योग केही नरहेकाले कारागारका युवालाई समय बिताउन कठिनाइ भएको छ । कुनै व्यावसायिक कार्य नभएकाले आयआर्जन पनि गर्न नसक्ने अवस्था रहेको छ । उक्त कारागारमा ७५५ जना कैदीबन्दी रहेकामा अधिकांश कैदीबन्दी २०देखि ४० वर्षको...
-
२०७६ बैशाख ९, सोमबार
ट्राफिक प्रहरीले चालकलाई गर्ने व्यवहार नम्र हुनुपर्छ ः महानिरीक्षक
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई देशभरिकै नमूना र अनुकरणीय बनाउनुपर्ने बताउनुभएको छ । महानिरीक्षक खनालले आइतबार महानगरीय ट्राफिक प्रहरी महाशाखाका ट्राफिक अधिकृतलाई सम्बोधन गर्दै देशभरकै नमूना ट्राफिक व्यवस्थापन गर्नुपर्ने बताउनुभएको हो । “ट्राफिक प्रहरीले चालकलाई गर्ने व्यवहार नम्र र शालिन हुनुपर्छ, हाम्रो सेवाले जनतालाई मुस्कुराउँदै जाने वातावरण बनाउनुपर्छ”,...
-
२०७६ बैशाख ९, सोमबार
विद्यार्थीको चाप बढेपछि भर्ना रोकियो
“विद्यार्थीको सङ्ख्या बढाउँछौँ अङ्ग्रेजी माध्यममा पढाइ शुरु गर्दैछौँ भन्दा कहाँबाट विद्यार्थी ल्याउँछौ भनेर आशङ्का व्यक्त गरियो । अहिले भर्ना नै रोक्नुपरेको छ ।” यो भनाइ हो चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित राष्ट्रिय आधारभूत विद्यालय फिस्लिङका शिक्षक भविश्वर गुरुङको । यस शैक्षिक सत्र २०७६ बाट नर्सरी केजी र कक्षा १ मा विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेको छ । नर्सरी केजी र कक्षा १...
-
२०७६ बैशाख ९, सोमबार
‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ को उपलब्धि सार्वजनिक
कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ को उपलब्धि सार्वजनिक गरेको छ । पर्यटन मन्त्रालयले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी पर्यटन वर्ष शुभारभ्म र समापनका बीचमा भएका उपलब्धि सार्वजनिक गरेको हो । पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको कर्णाली प्रदेश सरकारले ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ मा चार लाख ५४ हजार ८६४ आन्तरिक र २१ हजार २९१...
-
२०७६ बैशाख ९, सोमबार
तरकारी खेतीमा वडाध्यक्ष
बिहानीको झिसमिसेमै तरकारीले भरिएका झोलासहित होटल र तरकारी पसल पुग्नुहुन्छ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का वडाध्यक्ष दिलबहादुर बुढाको दैनिकी बनेको छ । खेतमा तरकारी रोप्नेदेखि गोडमेल गर्ने, उत्पादित तरकारी टिप्ने र बजारमा बिक्री गर्नेसम्मका कार्यका लागि तन्नेरी झै पाँच दशक काटी सक्नुभएका वडाध्यक्ष बुढा आफै खटिनुहुन्छ । स्थानीय झलारी, कलुवापुर र वनसमिति बजारका होटल र तरकारी पसलमा उहाँले...


