राष्ट्रिय
-
२०७६ बैशाख ११, बुधबार
छाप्रो र पालमुनिको स्वास्थ्य सेवा हट्यो
विनाशकारी भूकम्पले क्षति पुगेका अधिकांश स्वास्थ्य सस्थाका सेवा अस्थायी भवनबाट सञ्चालन हुन थालेका छन् । भूकम्प गएको चार वर्षपछि बल्ल पाल, टेण्ट र छाप्रोमा स्वास्थ्य सेवा सञ्चालन गर्नुपर्ने बाध्यता हटेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भूकम्पले क्षति पुगेका अधिकांश स्वास्थ्य भवनको अस्थायी पुनःनिर्माण कार्य सम्पन्न भएको जनाएको छ । विसं २०७२ को विनाशकारी भूकम्पले ३१ जिल्लाका करीब एक...
-
२०७६ बैशाख ११, बुधबार
नेकपाका केन्द्र र जिल्ला कमिटीको अधिवेशन छिट्टै हुने
नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमलदाहाल ‘प्रचण्ड’ ले छिट्टै पार्टीको केन्द्र र जिल्ला कमिटीको अधिवेशन हुने बताउनुभएको छ । महालक्ष्मी नगरपालिका–६ स्थित सिद्धिमङ्गल माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उहाँले नेकपाले हालै जिल्ला अध्यक्ष र सचिवको टुङ्गो लगाएकाले चाँडै कमिटी पूर्ण हुने बताउनुभयो । यस वर्ष पार्टीको सङ्गठन सुदृढीकरण र शुद्धीकरणको हिसाबले महत्वपूर्ण काम हुने...
-
२०७६ बैशाख १०, मंगलबार
संसदीय टोलीद्वारा गुठी समस्याको अध्ययन
गण्डकी प्रदेशको अर्थ विकास समितिको टोलीले म्याग्दीको पिप्ले, भगवती र दोवाको गुठी जग्गाको समस्याको बारेमा स्थलगत अध्ययन गरेको छ । समितिका सभापति दीपक कोइराला नेतृत्वको टोलीले सोमबार गुठीसम्बन्धी समस्या भएको दोवा, भगवती र पिप्लेका बासिन्दा र सरोकारवालासँग भगवतीमा अन्तरक्रिया गरी समस्याको बारेमा जानकारी लिएको हो । विसं १८६३ मा मुक्तिनाथ भ्रमणमा जाने क्रममा तत्कालीन बडामहारानी सुवर्णप्रभादेवी शाहले...
-
२०७६ बैशाख १०, मंगलबार
समृद्धिका लागि साहस र धैर्यता चाहिन्छः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन साहस र धैर्यताको खाँचो रहेको बताउनुभएको छ । प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ औँ वर्षको अवसरमा आयोजित पासाङ प्रतिष्ठा दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले साहसी आरोही पासाङको प्रेरणा र आत्मविश्वासबाट अघि बढ्नसके देशलाई समुन्नत र प्रतिष्ठित बनाउन सकिने बताउनुभयो । “हामी आज राष्ट्र निर्माणको एउटा...
-
२०७६ बैशाख १०, मंगलबार
नेपालीस्याट–१ ः डेढ महिनापछि पृथ्वीको परिक्रमा गर्ने
नेपालले पहिलो पटक प्रक्षेपण गरेको नेपालीस्याट–१ भूउपग्रहले अब डेढ महीनापछि स्वतन्त्र रुपले अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा गर्ने भएको छ । यही वैशाख ४ गते प्रक्षेपित उक्त भूउपग्रह वैशाख ६ गते अपराह्न ३ः३० बजे ९प्रक्षेपण भएको ३६ घण्टा चालीस मिनेटपछि पृथ्वीलाई परिक्रमा गर्ने तल्लो कक्षस्थित अन्तरराष्ट्रिय केन्द्र सिग्नसमा पुगी पृथ्वीको परिक्रमा गर्न तत्पर रहेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
-
२०७६ बैशाख १०, मंगलबार
प्रमुखको अध्यक्षतामा आगामी एक हप्तामा विपत् व्यवस्थापन समिति
काठमाडौँ महानगरपालिका कामपा ले जारी गरेको विपत् व्यवस्थापन ऐन कार्यान्वयनका लागि एक हप्ताभित्र कामपाका प्रमुखको अध्यक्षतामा समिति तयार हुने भएको छ । कामपाको गत चैत २४ गते बसेको चौथो नगरसभाले उक्त ऐन पारित गरेको थियो । अबको एक हप्ताभित्र कामपा प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा उक्त समिति गठन गरिने प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो । समिति ११ सदस्यीय रहने छ । समितिमा कामपाका उपप्रमुख...
-
२०७६ बैशाख १०, मंगलबार
सेनाले छोड्यो १८ वर्षपछि कोल्टी
नेपाली सेनाको टोली कोल्टी छोडेर अछाम फिर्ता गएकोे छ । सेनाको ब्यारेक राख्ने उचित स्थान नपाएपछि सेना १८ वर्षपछि कोल्टी छोडेर फर्किएको हो । ब्यारेक राख्ने जमीन उपलब्ध गराउनु सेनाले स्थानीयवासीलाई आग्रह गरे पनि उपयुक्त जमीन नभेटिएपछि अछाम फर्किएको सेनाको भनाइ छ । पुरानो ब्यारेक बसेको स्थान बस्नलायक नभएको र वर्षात्को समयमा असुरक्षित भएकाले अर्को स्थानमा ब्यारेकका लागि जमीन दिन माग गरेको थियो । ...
-
२०७६ बैशाख १०, मंगलबार
अझै सुध्रेन सीमान्तकृत चिडिमारको अवस्था
मुलुकमा अनेक राजनीतिक प्रणाली फेरिए पनि नेपालगञ्जमा बसोवास गर्दै आएका सीमान्तकृत चिडिमार चरा मार्ने समुदायको जीवनमा खासै सुधार आउन सकेको छैन । नेपालगञ्ज उपमहानगरपालिका–१२ मा वसोवास गर्ने यस समुदाय अहिले पनि परम्परागत ढङ्गबाटै जीवनयापन गर्दछन् । चरा मार्ने जाति भनेर चिनिने यो जाति सीमान्तकृत समुदायमा पर्छ । नेपालगञ्जको वडा नं १२ चिडिमार समुदायको पुरानो थातथलो हो । करीब १५ सयको सङ्ख्यामा यो समुदाय...
-
२०७६ बैशाख १०, मंगलबार
पर्वतका आधा दर्जन ठूला योजना लामो समयदेखि अलपत्र
बजेट अभाव र निर्माणको जिम्मा लिएकाहरुको लापरवाहीका कारण पर्वतका विभिन्न छ ठूला योजना अलपत्र बनेका छन् । कतिपय योजना सम्पन्न भएर पनि अलपत्र परेका छन् भने कतिपय निर्माणाधीन अवस्थामै अलपत्र परेका हुन् । निर्माण समयमा प्राविधिक पक्षलाई ध्यान नदिइएका कारण करोडौँ खर्चेर निर्माण सम्पन्न भएका योजना त्यसै छोडिएका छन् । जिल्लामा अलपत्र अवस्थामा रहेका योजनामध्ये साविकको धवलागिरि अञ्चलको एक मात्र महिला...
-
२०७६ बैशाख १०, मंगलबार
पम्परागत कर्णालीको हुड्के नाच हराउँदै
जुम्ला जिल्लाको पम्परागत हुड्के नाच हराउँदै गएको छ । जुम्लालगायत अन्य जिल्लामा पनि विवाह, व्रतबन्धलगायत समारोहमा पञ्चैबाजासँगै हुड्के नाच पनि निकै प्रचलनमा थियो । पछिल्लो समय यस्ता कार्यक्रममा पञ्चैबाजासँगै हुड्के नाचको माग हुन छाडेकाले लोप हुने अवस्थामा पुगेको हो । बजारमा सजिलै उपलब्ध हुने आधुनिक गीत सङ्गीत र बाजाको प्रभावसँगै परम्परागत रूपमा बजाइने मौलिक लोकबाजा हराउन थालेका हुन् । केही वर्ष...
-
२०७६ बैशाख १०, मंगलबार
चीनले बिआरआईमार्फत गरीबी निवारणका अनुभव साझेदारी गर्ने
चीनले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ एक क्षेत्र एक मार्ग मार्फत गरीबी निवारणको आफ्नो अनुभवलाई विश्वसामु साझेदारी गर्दै उपयोग गर्न चाहेको छ । यसै साता बेइजिङमा आयोजना हुने ‘अन्तरराष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च कार्यक्रम’मा यसको प्रत्यक्ष अनुभव हुने अपेक्षा विशेषज्ञले गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी उक्त मञ्चका साथै तीन प्रमुख कार्यक्रममा भाग लिन चीनको राजकीय भ्रमणका...
-
२०७६ बैशाख १०, मंगलबार
विप्लव समूहका जिल्ला जनपरिषद् प्रमुखसहित दुई पक्राउ
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई गोरखाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्लाका जनपरिषद् प्रमुख विष्णु रिजाल र विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ईश्वर पाण्डे रहेका छन् । प्रहरीले जनपरिषद् प्रमुख रिजाललाई सोमबार जिल्लाको गण्डकी गाउँपालिका–७ घ्याल्चोकबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका रिजाललाई राजद्रोहअन्तर्गत मुद्दा दर्ता गरी कारवाही...


