राष्ट्रिय
-
२०७६ बैशाख ८, आइतबार
कर्मचारी अभावका कारण काममा समस्याः मुख्यमन्त्री पौडेल
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारी अभावका कारण प्रदेश र स्थानीय सरकारले काम गर्न नसकेको बताउनुभएको छ । प्रशासकीय अदालत र उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समिति काठमाडौँद्वारा आज यहाँ आयोजित “प्रशासकीय न्याय र सेवा प्रवाह” विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “कर्मचारीका अभावका कारण प्रदेश र स्थानीय सरकारको काम लथालिङ्ग भएको छ ।” मुख्यमन्त्री...
-
२०७६ बैशाख ८, आइतबार
अन्नपूर्ण पदमार्गमा वन्यजन्तुको सङ्ख्या बढ्यो
विश्वप्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्ग र राउण्ड धौलागिरि क्षेत्रमा समेटिएको म्याग्दीका जङ्गलमा पछिल्लो समय जङ्गली जनावर र पक्षीहरुको सङ्ख्या वृद्धि भएको छ । उत्तरी म्याग्दीका हिस्तान, दोबा, नारच्याङ, घोडेपानी र पश्चिमी म्याग्दीका गुर्जा, मुदी, मुना, ताकम, रुम, ओखरबोट लगायतका जङ्गलमा पछिल्लो समय वन्यजन्तुको सङ्ख्यामा वृद्धि भएको हो । अनुकूल बासस्थान र आहाराको कमीका कारण यस क्षेत्रबाट बसाइ सरेर...
-
२०७६ बैशाख ८, आइतबार
प्राथमिकतामा परेन सडक सुरक्षा
सडक सुरक्षा परिषद् गठन गर्न मन्त्रिपरिषद्ले तीन वर्ष अघि नै निर्णय गरेपनि सरोकारवाला निकायको यसप्रति ध्यान जान सकेको छैन । सडक सुरक्षा विधेयक ल्याउने पहल शुरु भएको चार वर्षसम्म पनि मूर्तरुप लिनसकेको छैन । विसं २०७२ देखि नै परिषद् गठन र विधेयक मस्यौदा गरी संसद् सचिवालयमा दर्ता गर्ने तयारी गरिए पनि हालसम्म सफल हुन सकेको छैन् । जसका कारण प्रत्येक वर्ष सडक दुर्घटना बढ्दो छ । सन् २०१७ अप्रिल १२ मा...
-
२०७६ बैशाख ८, आइतबार
विषादी प्रयोगशाला स्थापना
गण्डकी प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशको प्रवेश नाका तनहुँको आँबुखैरेनीमा विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला स्थापना गरेको छ । तरकारीलगायत खाद्यान्नमा हुने विषादी न्यूनीकरण गर्दै विषादीरहित तरकारी प्रदेशभित्र भित्र्याउने उद्देश्यले मन्त्रालयले प्रदेशको नाका आँबुखैरेनी गाउँपालिका–३ मा विषादी अवशेष दु्रत विश्लेषण प्रयोगाशाला स्थापना गरेको हो । उक्त प्रयोगशालाको...
-
२०७६ बैशाख ८, आइतबार
सवस्टेशन निर्माणको ढिलाइले विद्युत् प्रवाहमा समस्या
वातावरणीय प्रभाव मूल्याङ्कन र लात अनुमान स्पष्ट नहुँदा १३२ केभी प्रसारण लाइनको सवस्टेशन निर्माणमा ढिलाइ भएको छ । ढिलाइका कारण चार जिल्लामा दैनिक विद्युत् आपूर्ति हुन सकेको छैन । त्यस्तै कोहलपुरदेखि जाजरकोटसम्म ३३ केभी प्रसारण लाइनको विद्युत् आपूर्तिमा पनि समस्या आउने गरेको छ । सो प्रसारण लाइनको सवस्टेशन ६० किलोमिटरको दूरीमा राखिनुपर्नेमा कोहलपुरदेखि जाजरकोटसम्म १५० किलोमिटरभन्दा लामो दूरीमा...
-
२०७६ बैशाख ८, आइतबार
जापानीद्वारा विद्यार्थीलाई पोशाक सहयोग
उज्ज्वल आधारभूत विद्यालय पूर्वखोला गाउँपालिका–३ अर्खलडाँडा पाल्पामा अध्ययनरत् विद्यार्थीलाई जापानी नागरिकले विद्यालय पोशाक सहयोग गरेका छन् । यहाँ अध्ययनरत् विद्यार्थीलाई जापानी नगारिक काजुमासा काकीमी ओकेबाजे र मसाहिरो क्युरोको सहयोगमा रु ६० हजार बराबरको विद्यालय पोशाक वितरण गरिएको हो । गरीब, जेहेन्दार, दलित, जनजाति विद्यार्थीलाई नियमित रुपमा विद्यालयमा जाने बानी बसाल्न विद्यालय पोशाक दिएर खुशी...
-
२०७६ बैशाख ८, आइतबार
भीमसेन मन्दिरको पुनःनिर्माण शुरु
पाटन दरबार क्षेत्रस्थित भीमसेन मन्दिरको पुनःनिर्माण कार्य शुरु भएको छ । आफ्नो ठाउँको सम्पदा आफैँले बनाऔं भन्ने उद्देश्यले पुनःनिर्माण थालिएको भीमसेन मन्दिर पुनःनिर्माण सरोकार समितिले जनाएको छ । भूकम्प गएको झण्डै चार वर्षपछि स्थानीयवासीको अग्रसरतामा अहिले तीन तले सो मन्दिरको माथिल्लो भाग भत्काउने काम भइरहेको छ । पहिले भारत सरकारले मन्दिर पुनःनिर्माणमा आर्थिक सहयोग गर्ने बताए पनि प्रक्रिया अघि...
-
२०७६ बैशाख ८, आइतबार
दोस्रो किस्ता नपाएपछि एघार सय दलितका घर अलपत्र
जनता आवास कार्यक्रमबाट निर्माण हुन लागेका डोल्पाका एक हजार एक सय घर अलपत्र परेका छन् । त्रिपुरासुन्दरी नगरपलिका–१ त्रिपुराकोट रल्लीस्थित राजा रानी क्षेत्रमा निर्माण हुन लागेका जनता आवासका बस्ती पूर्ण रुपमा निर्माण नभई अलपत्र परेका छन् । पहिलो किस्ता रकम दिएर पाँचवर्षे योजना बनाइ जनता आवास कार्यक्रम सञ्चालन गरिएको थियो । तर पहिलो किस्ताको रकम दिएर, दोस्रो किस्ता नदिँदा यहाँ निर्माण भएका आधा घर...
-
२०७६ बैशाख ८, आइतबार
संस्कृत शिक्षाप्रति आकर्षण बढ्दै
विद्यार्थीको अभावमा देशका विभिन्न स्थानका संस्कृत विद्यालय बन्द हुने अवस्थामा पुगेपछि पोखरास्थित संस्कृत माध्यमिक विद्यालयमा भने विद्यार्थी तथा अभिभावकको आकर्षण बढ्दो छ । केहीवर्ष अघिसम्म विद्यार्थीको सङ्ख्या न्यून हुँदै गएको यस विद्यालयमा पछिल्ला वर्षमा भने विद्यार्थी बढ्दै गएका छन् । भाषा पाठशालाका रुपमा स्थापित पोखराको संस्कृत माविले यस क्षेत्रकै शिक्षाको विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै...
-
२०७६ बैशाख ८, आइतबार
एक दशकदेखि महिला बन्दी गृह निर्माण अलपत्र
साबिकको धौलागिरि अञ्चलका चार जिल्ला पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई समेट्ने गरी निर्माण थालिएको एक मात्र महिला बन्दी गृह झण्डै एक दशकदेखि अलपत्र अवस्थामा छ । दश वर्ष अगाडि रु ७२ लाखको योजनामा बन्दी गृह निर्माणको काम शुरु गरिएको थियो । तत्कालीन अवस्थामा रु १४ लाख मात्र बजेट आएपछि सोही रकमले मात्र निर्माण थालिएको बन्दी गृह नै अलपत्र परेको हो । रु १४ लाखमा गृह निर्माणस्थल सम्याउने, जग राख्ने र...
-
२०७६ बैशाख ८, आइतबार
स्थानीयवासीसँग विकास योजना माग
काठमाडौँ महानगरपालिकाले सबै वडाका बासिन्दासँग आगामी आर्थिक वर्षको विकास योजना लिएर आउन आग्रह गरेको छ । आआफ्नो वडाको विकासका लागि आवश्यक माग लिएर आउन सबै वडालाई यही वैशाख १२ गतेसम्मको समय दिइएको छ । आगामी आव २०७६÷०७७ का लागि तयार गरिने वार्षिक बजेट, नीति तथा कार्यक्रममा सबै नागरिकको भावना समेट्न नागरिकसँग विकास योजना माग गरिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो । उहाँका...
-
२०७६ बैशाख ८, आइतबार
श्रीलङ्काका होटल र चर्चमा बिस्फोट, ४२ जनाको मृत्यु
श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर चर्च मा आइतबार भएका शृङ्खलाबद्ध बिस्फोटमा कम्तीमा ४२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बिस्फोटका कारण अरु सयौं व्यक्ति घाइते भएका छन् । पहिलो बिस्फोटन राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको सेन्ट सेबास्टियन चर्चमा भएका थिए । सेन्ट एन्थोनी बिस्फोटमा कम्तीमा १६० जना घाइते भएका र उनीहरुलाई उपचारका लागि कोलम्बो नेसनल...


