STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ बैशाख १०, मंगलबार

    घरजग्गा व्यवसाय गणना हुँदै

    केन्द्रीय तथ्याङ्क विभागले मुलुकमा पहिलोपटक ‘घरजग्गा खरीद बिक्री व्यवसाय गणना’ गर्ने भएको छ ।  यसबाट राष्ट्रिय अर्थतन्त्रमा पारेको प्रभावको विश्लेषण गर्न मुलुकभर सर्भेक्षण तथा गणनाको तयारी भइरहेको विभागले जनाएको छ । प्रचलित कानूनअनुसार घरजग्गा खरीद बिक्री व्यवसायमा संलग्न कम्पनीलाई गणनामा समावेश गरिने छ ।  यस व्यवसायले सिर्जना गरेको रोजगारी, कूल गार्हस्थ्य उत्पादनमा पु¥याएको योगदानले राष्ट्रिय...

  • २०७६ बैशाख १०, मंगलबार

    गहुँ उत्पादनमा कमि

    महोत्तरी जिल्लामा यसपालि गहुँको उत्पादन निकै घटेको छ । बाली तयार भएर काट्ने बेलामा आएको हावाहुरी र असिनापानीले नोक्सान गरेपछि गहुँको उत्पादनमा  कमि आएको हो ।  जिल्लाको ३० हजार हेक्टर क्षेत्रफलमा लगाइएको गहुँ बालीबाट ६५ हजार मेट्रिकटन उत्पादन हुने लक्ष राखिएको थियो । तर गत चैतको मध्यदेखि नै आएको हावाहुरी र असिनापानीले गहुँ बाली खेतबारीमै लडाएर नोक्सान हुँदा ३५ हजार मेट्रिकटन मात्र उत्पादन हुने...

  • २०७६ बैशाख १०, मंगलबार

    विद्युत् सेवा नियमित गर्न माग

    दिनहुँ पटकपटक विद्युत् सेवा अवरुद्ध हुँदै जान थालेपछि गुल्मीमा अघोषित लोडसेडिङ हटाउनुपर्ने माग राख्दै स्थानीय उपभोक्ताले नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुखलाई तीनदिने ‘अल्टिमेटम’ दिएका छन् । नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रको पटकपटकको लापरवाहीका कारण आम गुल्मेली जनता विद्युत् उपभोगबाट वञ्चित बनेको र लोडसेडिङको मार खेप्नुपरेको भन्दै गुल्मी उद्योग वाणिज्य सङ्घ र...

  • २०७६ बैशाख १०, मंगलबार

    आलेख ः अपहेलित छ लमजुङ दरबार

    सोह्रौं शताब्दीमा निर्माण भएको भनेर दाबी गरिँदै आइएको लमजुङ दरबार नेपालकै पुरानो दरबार हो । बाइसे चौबीसे राज्य अस्तित्वमा रहेका बेला गोरखा दरबार, पाल्पा दरबार, नुवाकोट दरबार, भक्तपुर दरबार जस्तै यो दरबार बनेको थियो । शासक र राज्य व्यवस्था फेरिएसँगै पुराना दरबारहरुको महत्व घट्दै गयो । मुलुककै पुरानो मानिएको बेंसीशहर नगरपालिका–३ गाउँशहरमा रहेको लमजुङ दरबार पनि उपेक्षित रह्यो र अहिले यो जीर्ण...

  • २०७६ बैशाख १०, मंगलबार

    पाँच वर्षदेखि अलपत्र विष्णुमती कोरिडोर

    भूकम्पअघि नै कालोपत्र गर्ने गरी ठेक्का गरिएको विष्णुमती कोरिडोरको करीब छ किमी सडकको काम अहिलेसम्म नसकिँदा बालाजु–टेकु बाटो अवरुद्ध भएको छ । डल्लु पुलबाट टेकुपुलसम्मको यो सडक बन्द हुँदा बालाजुबाट कालीमाटी निस्कने यात्रु चक्रपथ घुमेर जान बाध्य छन् । अरु साना सडक पनि बेलाबखत अबरूद्ध हुने भएकाले यात्रु मारमा पर्ने गरेको काठमाडौँ महानगरपालिका–१९ का अध्यक्ष शशीलाल श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।...

  • २०७६ बैशाख १०, मंगलबार

    रिप, रिङको अभावमा सुरुङको काम रोकियो

    जाजरकोट नलगाड नगरपालिका–७ दल्लीमा निर्माण हुन थालेको नलगाड जलविद्युत् कम्पनीको सुरुङमार्गको काम रोकिएको छ । तीन सय ४५ मिटर लामो भूमिगत सुरुङ निर्माण गरी माटोको अवस्था पत्ता लगाउन विगत ३५ महीनादेखि काम शुरु भएकामा अहिले रिप, रिङ सुरुङभित्र माटो, ढुङ्गा अड्याउने साधन नहुँदा काम रोकिएको छ । एकतीस महीनाभित्र डिपिआर विस्तृत योजना प्रतिवेदन तयार पारेर कम्पनीलाई दिनुपर्ने हो तर निर्धारित अवधिमा छ महीना...

  • २०७६ बैशाख १०, मंगलबार

    असहाय वृद्ध दम्पतीलाई घर उपहार

    दाङको घोराही उपमहानगरपालिका–१२ सिस्नेरीमा बस्दै आएका असहाय वृद्ध दम्पतीका लागि घर निर्माण गरिदिइएकोे छ । सन्तान र आफन्त कोही नभएका असहाय वृद्ध दम्पतीलाई विभिन्न व्यक्तिको सहयोगमा घर निर्माण गरिइएको हो ।     घोराही बजारदेखि करीब १५ किलोमिटर उत्तर पश्चिममा पर्ने विकट क्षेत्र सिस्नेरीस्थित जीर्ण घरमा वस्दै आएका ६० वर्षीय तीर्थराम महरा र ५८ वर्षीया रमा महराको सुरक्षित आवास निर्माणका लागि ए–वान...

  • २०७६ बैशाख १०, मंगलबार

    ठेकेदारले काम नगर्दा मध्य भोटेकोशी समस्यामा

    आगामी असारदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण व्यवसायीको लापरवाहीका कारण समस्यामा परेको छ ।   निर्माण व्यवसायीले समयमा काम नगर्दा आयोजनाको भौतिक प्रगति मात्रै ४२ प्रतिशत हुन पुगेको छ । निर्माण सम्पन्न हुने बेलामा भौतिक प्रगति ५० प्रतिशतभन्दा कम हुनु दुर्भाग्यपूर्ण रहेको प्रवद्र्धक संस्थाको भनाइ छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी मध्य...

  • २०७६ बैशाख १०, मंगलबार

    शववाहन हस्तान्तरण

    विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा गठित क्यान्सर सेवा समाजलाई चितवन इँटा उद्योग व्यवसायी सङ्घले शववाहन हस्तान्तरण गरेको छ । सङ्घका अध्यक्ष नारायणप्रसाद सापकोटाले सोमबार एक समारोहका बीच शववाहनको साँचो अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आचार्यलाई हस्तान्तरण गर्नुभएको हो । सोही अवसरमा आचार्यले क्यान्सर सेवा समाजका अध्यक्ष चिजकुमार मास्केलाई साँचो हस्तान्तरण गर्नुभएको थियो । अस्पतालको...

  • २०७६ बैशाख १०, मंगलबार

    एक वर्षदेखि ट्रमा सेन्टर अलपत्र

    एक वर्षअघि निर्माण भएको ट्रमा सेन्टर आवश्यक उपकरण र बजेटको अभावमा अझै सञ्चालनमा आउन सकेको छैन । अमेरीकी राजदूतावासले सशस्त्र प्रहरी बलको विपत् व्यवस्थापन तालीम शिक्षालय कुरिनटारमा उक्त ट्रमा सेन्टर निर्माण गरी हस्तान्तरण गरेको थियो । पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा हुने दुर्घटनाका घाइतेलाई लक्ष गरी निर्माण गरिएको उक्त सेन्टर २५ श्ययाको छ । शिक्षालयका समादेशक सशस्त्र प्रहरीका वरिष्ठ...

  • २०७६ बैशाख १०, मंगलबार

    ठेकेदारले काम नगर्दा मध्य भोटेकोशी समस्यामा

    आगामी असारदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण व्यवसायीको लापरवाहीका कारण समस्यामा परेको छ ।   निर्माण व्यवसायीले समयमा काम नगर्दा आयोजनाको भौतिक प्रगति मात्रै ४२ प्रतिशत हुन पुगेको छ । निर्माण सम्पन्न हुने बेलामा भौतिक प्रगति ५० प्रतिशतभन्दा कम हुनु दुर्भाग्यपूर्ण रहेको प्रवद्र्धक संस्थाको भनाइ छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी मध्य...

  • २०७६ बैशाख १०, मंगलबार

    तीन करोड दान

    जिल्लाका पाँच र ललितपुरको एउटा रोटरी क्लबले यहाँ निर्माण गर्न लागेको स्पाइनल इञ्जुरी हस्पिटल तथा पुनःस्थापना केन्द्रका लागि स्थानीय उदयकुमार पियाले रु तीन करोड प्रदान गर्ने हुनुभएको छ । सोमबार साँझ यहाँ आयोजित एक कार्यक्रममा उहाँले रोटरी क्लबका तर्फबाट चितवन रोटरी क्लबका अध्यक्ष कपिलबाबु खनाललाई रु ५० लाखको चेक हस्तान्तरण गर्नुभएको छ । सोही समारोहमा केन्द्र स्थापनाका लागि विभिन्न चरणमा रु तीन...

Pages