राष्ट्रिय
-
२०७६ बैशाख ६, शुक्रबार
नगर प्रहरीको कमी
ललितपुर महनगरपालिकामा आवश्यकताभन्दा कम नगर प्रहरी कार्यरत हुँदा कार्यसम्पादनमा असर पुगेको छ । नयाँ संरचनामा नगर प्रहरीलाई धेरै जिम्मेवारी दिइए पनि दरबन्दी नै कम हुँदा काम गर्न बाधा पुगेको नगर प्रहरी प्रमुख कदमलाल महर्जनले बताउनुभयो । महानगरपालिकामा अहिले २० जना नगर प्रहरी कार्यरत छन् । जनप्रतिनिधि आएपछि पहिलो नगर परिषद्ले नगर प्रहरीको दरबन्दी बढाएर ५० कायम गरेको थियो । उक्त निर्णय भएपनि...
-
२०७६ बैशाख ६, शुक्रबार
एबियूको पाँचौ सम्मेलन काठमाडौंमा हुने
एशिया प्यासिफिक ब्रोडकास्टिङ यूनियन एबियू को पाँचौ सम्मेलन काठमाडौँमा हुने भएको छ । एबियूमा एशिया–प्रशान्त क्षेत्रका ७६ देश सदस्य रहेका छन् । ‘पाँचौँ एबियू मिडिया समिट क्लाइमेट एक्सन डिजास्टर प्रिपेयरनेश’ शिर्षकको सो कायक्रम विसं २०७२ को महाभूकम्प गएको दिनको सन्दर्भमा आगामी वैशाख १२ र १३ गते दरबारमार्गस्थित ¥याडिसन होटलमा आयोजना हुन लागेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता ऋषिराम...
-
२०७६ बैशाख ६, शुक्रबार
सामुदायिक विद्यालयमा पढाउनुपर्ने नगरपालिकाको निर्णय
सामुदायिक विद्यालयको अवस्था निरन्तर खस्ँिकदै गएपछि चितवनको रत्ननगर नगरपालिकाले नगरभित्रका सरकारी शिक्षक र कर्मचारीले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने भन्दै परिपत्र गरेको छ । वैशाख २ गते परिपत्र गर्दै नगरपालिकाले सरकारी कर्मचारी, शिक्षक, जनप्रतिनिधिलगायत सरकारी तलब भत्ता सुविधा लिने सम्पूर्णले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गराउनुपर्ने निर्देशन दिएको हो । सामुदायिक...
-
२०७६ बैशाख ६, शुक्रबार
आयोडिनयुक्त नुनको प्रयोगमा वृद्धि
जिल्लाका ग्रामीण क्षेत्रमा सरकारी अनुदानको आयोडिनयुक्त नुन सहजै पाउन थालेपछि यसको प्रयोग गर्नेहरुको सङ्ख्यामा वृद्धि भएको छ । वर्षौदेखि ढिके नुनको प्रयोग गर्दै आएका यहाँका स्थानीय पछिल्लो समय आयोडिनयुक्त नुनको प्रयोग गर्न थालेका हुन् । सहजै आयोडिनयुक्त नुन पाउन थालेपछि ग्रामीण क्षेत्रमा ढिके नुनको प्रयोग घट्दै गएको जोरायल गाउँपालिका– ५ का स्थानीय लालबहादुर सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “...
-
२०७६ बैशाख ६, शुक्रबार
बैँकले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ–अर्थमन्त्री
अर्थमन्त्री डा युवराज खतिवडाले विकासका साझेदार बैंकले व्यावसायिक र सामाजिक उत्तदायित्व बहन गर्नुपर्छ भन्नुभएको छ । नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय प्रदेश नं–१ द्वारा आज यहाँ आयोजित कृषिलगायत सहुलियत कर्जा वितरण समारोहमा ऋणीलाई ऋण वितरण गर्दै उहाँले उत्पादनशील र पूँजी निर्माण हुने क्षेत्रमा बैँकले लगानी गर्नुपर्छ भन्नुभयो । ‘‘बैंकले आफ्नो कारोबार बढाउनुपर्छ र यसैबाट पूँजीको चलायमान हुन्छ...
-
२०७६ बैशाख ६, शुक्रबार
लगानीसम्मेलन चितवनमा
प्रदेश नं ३ मा लगानी भित्र्याउनका लागि आज र भोलि लगानीकर्तासँग बृहत् अन्तक्र्रिया कार्यक्रम गरिने भएको छ । प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगले लगानी सम्मेलनकै ढाँचामा बृहत् कार्यक्रम गर्न लागेको हो । आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले अन्तक्र्रिया कार्यक्रममा निजी क्षेत्रलाई गुणस्तरीय पूर्वाधार, उद्योग, विशिष्टीकृत सेवा, विशिष्टीकृत कृषि र सम्पदामैत्री पर्यटन गरी पाँच वटा क्षेत्रमा...
-
२०७६ बैशाख ६, शुक्रबार
कीर्तिपुरको सांस्कृतिक इतिहास’ प्रकाशनमा ल्याइने
कीर्तिपुर नगरपालिकाले त्यस क्षेत्रको स्थापना, सभ्यता, संस्कृतिलगायत इतिहासलाई समेटेर ‘कीर्तिपुरको सांस्कृतिक इतिहास’ प्रकाशनमा ल्याउने भएको छ । लिच्छिवीकालको उतराद्र्धमा करीब ११औँ शताब्दीमा शिवदृव तेस्रोले स्थापना गरेको उक्त स्थानमा पाइएका लिपी, शिलापत्र, ताम्रपत्र, थ्यासपुःको अध्ययनका आधारमा रहस्मय संस्कृतिको अनुसन्धान समावेश गरी कृति प्रकाशन गर्न लागिएको हो । नेपाल भाषा एकेडेमीले उक्त कृति...
-
२०७६ बैशाख ६, शुक्रबार
तेमाल जात्रामा भक्तजनको भीड
दिवङ्गत पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा लाखौँ विशेष गरी तामाङ समुदायका भक्तजनले दीप प्रज्वलन गरेका छन् । प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीका दिन बौद्ध चैत्यमा आई दियो बाले दिवङ्गत पितृको आत्माले शान्ति पाउने बौद्ध धार्मिक मत छ । यसै विश्वासका आधारमा बिहीबार तीन लाख बढी भक्तजनले बौद्ध चैत्यमा आई बत्ती बालेको बौद्धनाथ क्षेत्र विकास समितिले जनाएको छ । तेमालका अन्तिम राजा रिञ्जिन दोर्जे...
-
२०७६ बैशाख ६, शुक्रबार
आदिकवि क्याम्पस र मिजौरी सदनबीच सम्झौता
तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस र अमेरिकाको मिजौरी सदन स्टेट विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि हस्ताक्षर भएको छ । आदिकवि भानुभक्त क्याम्पसमा बिहीबार आयोजित कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसका तर्फबाट अध्यक्ष रामचन्द्र बस्नेत र मिजौरी सदन स्टेटका तर्फबाट उपाध्यक्ष ब्राड हडसनले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौता पश्चात दुवै शैक्षिक संस्थाका...
-
२०७६ बैशाख ६, शुक्रबार
जनताको जलविद्युत्मा सभामुख महरा सहभागी
सरकारले नेपाली जनतालाई जलविद्युत् आयोजनाको शेयरधनी बनाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउने लक्ष्यका साथ सुरु भएको जनताको जलविद्युत् कार्यक्रममा उत्साहपूर्ण सहभागिता हुने क्रम बढ्दै गएको छ । देशका महत्वपूर्ण पदमा आसिन हुनुभएका व्यक्तिले नै सो कार्यक्रममा सहभागी भई जनतालाई सहभागिताका लागि आग्रह गर्नुले पनि त्यसको महत्व बढ्दै गएको छ । स्वदेशी लगानीमा नै जलविद्युत् आयोजना निर्माण गर्ने र त्यसको...
-
२०७६ बैशाख ६, शुक्रबार
गयल शिक्षकको तलब कट्टा
नयाँ शैक्षिक सत्रदेखि तेमाल गाउँपालिकाले निवेदन र सूचना बिना बिदामा बस्ने शिक्षकको तलब कट्टा गर्नेभएको छ । नयाँ शैक्षिक सत्रदेखि यस्तो नियम लागू गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत नवीन लामाले बताउनुभयो । उहाँका अनुसार गत शैक्षिक सत्रमा गरिएको अनुगमनका आधारमा यस्तो नियम बनाइएको हो । लामाले भन्नुभयो, “शिक्षक बिदामा बसेको प्रधानाध्यापकलाई समेत थाहा नहुनु गम्भीर लापर्वाही हो, अब निवेदन र सूचना...
-
२०७६ बैशाख ६, शुक्रबार
मिलेनियम ट्रेकमा आन्तरिक भ्रमण वर्ष र भिजिट नेपाल लक्षित पूर्वाधार
मिलेनियम ट्रेक व्यवस्थापन समितिले गण्डकी प्रदेशको आन्तरिक भ्रमण वर्ष २०१९ र ‘भिजिट नेपाल २०२०’ लाई लक्षित गरी पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिएको छ । तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको पदयात्रा मार्ग९मिलेनियम ट्रेक०का विभिन्न चार ठाउँमा पदयात्रा मार्ग सुधारका साथै शौचालय लगायतका अत्यावश्यकीय पूर्वाधारलाई अघि बढाइएको हो । मिलेनियम ट्रेक व्यवस्थापन समितिका...


