STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ बैशाख ६, शुक्रबार

    राष्ट्रपतिसँगको भेटघाटले जनप्रतिनिधि उत्साहित

    राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटपछि बाँके र बर्दियाका जनप्रतिनिधि उत्साहित भएका छन् । “हाम्रै शहरमा राष्ट्रपतिज्यूले हामीलाई सम्झना गरेर भेटघाट गर्नुभयो, यस क्षेत्रको विकास निर्माणबारे चासो देखाउनुभयो, यो हाम्रो लागि ठूलो अवसर हो,” नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले भन्नुभयो, “राष्ट्रपतिज्यूसँग प्रत्यक्ष रुपमा भेटघाट गरेर विकास निर्माणका सवालमा छलफल गर्न पाउँदा खुशी...

  • २०७६ बैशाख ६, शुक्रबार

    हरेक स्थानीय तहमा स्वास्थ्य चौकी बन्दै

    पाल्पा जिल्लामा एक अस्पताल र अरु नौ वटा स्वास्थ्य चौकीका भवन निर्माणाधीन छन् । चालु आर्थिक वर्षमा दुई वटा स्वास्थ्य चौकीको निर्माण सम्पन्न हुँदैछ ।         निस्दी गाउँपालिकाको वडा नं ६ अर्चलेमा निर्माणाधीन स्वास्थ्य चौकी भवनको काम लगभग अन्तिम चरणमा पुगेको छ । रु एक करोड २४ लाखको लागतमा लोकप्रिय कन्स्ट्रक्सन प्रालिसँग २०६८ चैत ९ गते सम्झौता भए पनि ठेकेदारले काममा चासो नदिँदा ढिलाइ हुन पुगेको हो ।...

  • २०७६ बैशाख ६, शुक्रबार

    नगर प्रहरीको कमी

    ललितपुर महनगरपालिकामा आवश्यकताभन्दा कम नगर प्रहरी कार्यरत हुँदा कार्यसम्पादनमा असर पुगेको छ ।  नयाँ संरचनामा नगर प्रहरीलाई धेरै जिम्मेवारी दिइए पनि दरबन्दी नै कम हुँदा काम गर्न बाधा पुगेको नगर प्रहरी प्रमुख कदमलाल महर्जनले बताउनुभयो । महानगरपालिकामा अहिले २० जना नगर प्रहरी कार्यरत छन् । जनप्रतिनिधि आएपछि पहिलो नगर परिषद्ले नगर प्रहरीको दरबन्दी बढाएर ५० कायम गरेको थियो । उक्त निर्णय भएपनि...

  • २०७६ बैशाख ६, शुक्रबार

    सगरमाथाको चुचुरोबाट पर्यटन जागरणको उद्घोष

    मुलुकभरि नै पर्यटन जागरणको सन्देश फैलाउने उद्देश्यले किर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले ‘मेरो गाउँ, मेरो ठाउँ’ अङ्कित झन्डालाई विश्वकै सर्वोच्च शिखर सगरमाथामा फहराउने भएका छन् । १३ औँ पटक सगरमाथाको सफल आरोहण गरिसकेका शेर्पाको नाउँ गिनिज बुक अफ वल्र्ड रेकड्समा समेत दर्ज छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी वि विल राईज फाउण्डेसन हामी उठ्ने छौँ ले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा ओझेलमा...

  • २०७६ बैशाख ६, शुक्रबार

    सामुदायिक विद्यालयमा पढाउनुपर्ने नगरपालिकाको निर्णय

    सामुदायिक विद्यालयको अवस्था निरन्तर खस्ँिकदै गएपछि चितवनको रत्ननगर नगरपालिकाले नगरभित्रका सरकारी शिक्षक र कर्मचारीले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने भन्दै परिपत्र गरेको छ । वैशाख २ गते परिपत्र गर्दै नगरपालिकाले सरकारी कर्मचारी, शिक्षक, जनप्रतिनिधिलगायत सरकारी तलब भत्ता सुविधा लिने सम्पूर्णले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गराउनुपर्ने निर्देशन दिएको हो । सामुदायिक...

  • २०७६ बैशाख ६, शुक्रबार

    एबियूको पाँचौ सम्मेलन काठमाडौंमा हुने

    एशिया प्यासिफिक ब्रोडकास्टिङ यूनियन एबियू को पाँचौ सम्मेलन काठमाडौँमा हुने भएको छ ।  एबियूमा एशिया–प्रशान्त क्षेत्रका ७६ देश सदस्य रहेका छन् । ‘पाँचौँ एबियू मिडिया समिट क्लाइमेट एक्सन डिजास्टर प्रिपेयरनेश’ शिर्षकको सो कायक्रम विसं २०७२ को महाभूकम्प गएको दिनको सन्दर्भमा आगामी वैशाख १२ र १३ गते दरबारमार्गस्थित ¥याडिसन होटलमा आयोजना हुन लागेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता ऋषिराम...

  • २०७६ बैशाख ६, शुक्रबार

    बैँकले  उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ–अर्थमन्त्री

    अर्थमन्त्री डा युवराज खतिवडाले विकासका साझेदार बैंकले व्यावसायिक र सामाजिक उत्तदायित्व बहन गर्नुपर्छ भन्नुभएको छ । नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय प्रदेश नं–१ द्वारा आज यहाँ आयोजित कृषिलगायत सहुलियत कर्जा वितरण समारोहमा ऋणीलाई ऋण वितरण गर्दै उहाँले उत्पादनशील र पूँजी निर्माण हुने क्षेत्रमा बैँकले लगानी गर्नुपर्छ भन्नुभयो ।  ‘‘बैंकले आफ्नो कारोबार बढाउनुपर्छ र यसैबाट पूँजीको चलायमान हुन्छ...

  • २०७६ बैशाख ६, शुक्रबार

    आयोडिनयुक्त नुनको प्रयोगमा वृद्धि

    जिल्लाका ग्रामीण क्षेत्रमा सरकारी अनुदानको आयोडिनयुक्त नुन सहजै पाउन थालेपछि यसको प्रयोग गर्नेहरुको सङ्ख्यामा वृद्धि भएको छ । वर्षौदेखि ढिके नुनको प्रयोग गर्दै आएका यहाँका स्थानीय पछिल्लो समय आयोडिनयुक्त नुनको प्रयोग गर्न थालेका हुन् । सहजै आयोडिनयुक्त नुन पाउन थालेपछि ग्रामीण क्षेत्रमा ढिके नुनको प्रयोग घट्दै गएको जोरायल गाउँपालिका– ५ का स्थानीय लालबहादुर सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “...

  • २०७६ बैशाख ६, शुक्रबार

    कीर्तिपुरको सांस्कृतिक इतिहास’ प्रकाशनमा ल्याइने

    कीर्तिपुर नगरपालिकाले त्यस क्षेत्रको स्थापना, सभ्यता, संस्कृतिलगायत इतिहासलाई समेटेर ‘कीर्तिपुरको सांस्कृतिक इतिहास’ प्रकाशनमा ल्याउने भएको छ । लिच्छिवीकालको उतराद्र्धमा करीब ११औँ शताब्दीमा शिवदृव तेस्रोले स्थापना गरेको उक्त स्थानमा पाइएका लिपी, शिलापत्र, ताम्रपत्र, थ्यासपुःको अध्ययनका आधारमा रहस्मय संस्कृतिको अनुसन्धान समावेश गरी कृति प्रकाशन गर्न लागिएको हो । नेपाल भाषा एकेडेमीले उक्त कृति...

  • २०७६ बैशाख ६, शुक्रबार

    तेमाल जात्रामा भक्तजनको भीड

    दिवङ्गत पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा लाखौँ विशेष गरी तामाङ समुदायका भक्तजनले दीप प्रज्वलन गरेका छन् । प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीका दिन बौद्ध चैत्यमा आई दियो बाले दिवङ्गत पितृको आत्माले शान्ति पाउने बौद्ध धार्मिक मत छ । यसै विश्वासका आधारमा बिहीबार तीन लाख बढी भक्तजनले बौद्ध चैत्यमा आई बत्ती बालेको बौद्धनाथ क्षेत्र विकास समितिले जनाएको छ । तेमालका अन्तिम राजा रिञ्जिन दोर्जे...

  • २०७६ बैशाख ६, शुक्रबार

    लगानीसम्मेलन चितवनमा

    प्रदेश नं ३ मा लगानी भित्र्याउनका लागि आज र भोलि लगानीकर्तासँग बृहत् अन्तक्र्रिया कार्यक्रम गरिने भएको छ । प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगले लगानी सम्मेलनकै ढाँचामा बृहत् कार्यक्रम गर्न लागेको हो । आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले अन्तक्र्रिया कार्यक्रममा निजी क्षेत्रलाई गुणस्तरीय पूर्वाधार, उद्योग, विशिष्टीकृत सेवा, विशिष्टीकृत कृषि र सम्पदामैत्री पर्यटन गरी पाँच वटा क्षेत्रमा...

  • २०७६ बैशाख ५, बिहिबार

    तेस्रो संस्करणको मिस नेवाः हुने, विजेताले स्कुटी पाउने

    नेवार समुदायका किशोरीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ विराटनगरमा तेस्रो संस्करणको ‘मिस नेवाः २०७६’ हुने भएको छ । विगत तीन वर्षदेखि आयोजना हुँदै आएको मिस नेवाःको तयारी पूरा भएको मञ्जिला मुभिज क्रिएसनद्वारा बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । क्रिएसनका प्रबन्ध निर्देशक जतिन ताम्राकारले तेस्रो संस्करणको विजेताले स्कुटी प्राप्त गर्ने र अन्य विजेतालाई आकर्षक उपहारसमेत...

Pages