राष्ट्रिय
-
२०७६ बैशाख ८, आइतबार
स्थानीयवासीसँग विकास योजना माग
काठमाडौँ महानगरपालिकाले सबै वडाका बासिन्दासँग आगामी आर्थिक वर्षको विकास योजना लिएर आउन आग्रह गरेको छ । आआफ्नो वडाको विकासका लागि आवश्यक माग लिएर आउन सबै वडालाई यही वैशाख १२ गतेसम्मको समय दिइएको छ । आगामी आव २०७६÷०७७ का लागि तयार गरिने वार्षिक बजेट, नीति तथा कार्यक्रममा सबै नागरिकको भावना समेट्न नागरिकसँग विकास योजना माग गरिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो । उहाँका...
-
२०७६ बैशाख ६, शुक्रबार
चिराइतो खेतीबारे तालीम
अपी हिमाल गाउँपालिकामा किसानलाई चिराइतो खेती उत्पादनसम्बन्धी तालीम दिइएको छ । उच्च हिमाली क्षेत्रको सो ठाउँमा चिराइतो उत्पादन हुने भएकाले किसानलाई ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना र उक्त गाउँपालिकाले संयुक्तरूपमा सो तालीम दिएको हो । तालीममा चिराइतोको बीउ उत्पादन, नर्सरी निर्माण, तथा बिक्री वितरणबारे जानकारी दिइएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका जीविकोपार्जन अधिकृत राजेन्द्रप्रसाद...
-
२०७६ बैशाख ६, शुक्रबार
जिल्ला प्रशासनमा हतियार बुझाइयो
मोरङ जिल्ला प्रशासन कार्यालय विराटनगरमा बिहीबारसम्ममा विभिन्न १७ थान हात हतियार बुझाइएको छ । गृहमन्त्रालयको निर्देशनबमोजिम हातहतियार बुझाउने बिहीबार अन्तिम दिनसम्ममा उक्त हतियार बुझाइएको हो । गृह मन्त्रालयले विसं २०७५ चैत १ गतेदेखि ३५ दिने सूचना निकालेर विभिन्न हातहतियार बुझाउन निर्देशन गरे बमोजिम उक्त हतियार बुझाइएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओलीले बताउनुभयो । बुझाइएका...
-
२०७६ बैशाख ६, शुक्रबार
शरणार्थीका लागि विभिन्न कार्यक्रम
पूर्वी नेपालका भुटानी शरणार्थी शिविरमा रहेका साढे छ हजार शरणार्थीको समस्या समाधानका लागि विभिन्न कार्यक्रम सञ्चालनमा ल्याइएको छ । झापा र मोरङको दुईवटा शिविरमा बस्दै आएका शरणार्थीको नेपाल सरकार र शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चाायुक्तको कार्यालयले आंशिक रुपमा स्वदेश फिर्ती, तेस्रो मुलुक पुनार्वास र परिचयपत्रका लागि छानबिन प्रक्रिया थालनी गरेको हो । भुटानी शरणार्थीको समस्या समाधानका...
-
२०७६ बैशाख ६, शुक्रबार
स्थानीय तहमा छैन लेखा समिति
तनहुँको १० स्थानीय तहमध्ये आठ वटा स्थानीय तहमा अझैपनि लेखा समिति गठन हुन सकेको छैन । स्थानीय तह सभा सञ्चालक ऐनको धारा ३५ को उपधारा १ मा प्रत्येक स्थानीय तहमा लेखा समिति गठन गर्नुपर्ने व्यवस्था भए पनि जिल्लाको ब्यास नगरपालिका र भिमाद नगरपालिकाबाहेक अन्य स्थानीय तहमा लेखा समिति गठन हुन नसकेको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २२ मा गाउँ तथा नगरसभाले आफ्नो कार्यप्रणालीलाई व्यवस्थित गर्न...
-
२०७६ बैशाख ६, शुक्रबार
नेपालमा उत्पादन प्रवद्र्धन गर्न ताइवानी उत्साहित
ताइवान एक्स्टर्नल ट्रेड डेभलपमेन्ट काउन्सिलको नेतृत्वमा आएको व्यापारिक प्रतिनिधिमण्डल र नेपाली व्यवसायीबीच उच्चस्तरीय अन्तरक्रिया सम्पन्न भएको छ । ताइवानका प्रतिष्ठित उत्पादक तथा आपूर्तिकर्ताहरू सम्मिलित सो प्रतिनिधिमण्डलले काठमाडौँको दरबारमार्गस्थित याक एण्ड यती होटलमा नेपाली व्यवसायीहरूसँग हालै प्रत्यक्ष भेटघाट गरी व्यापारिक सम्भावनाबारे अन्तक्रिया गरेका छन् । काउन्सिलको नेतृत्वमा नेपाल आएका...
-
२०७६ बैशाख ६, शुक्रबार
विपन्नलाई खाद्यान्न र कपडा
गलकोट नगरपालिका–९ छिसका विपन्न दम्पत्तिलाई खाद्यान्न र बिछ््यौनाका सामग्री सहयोग गरिएको छ । ७८ वर्षीय चन्द्रबहादुर रामजाली र उहाँकी श्रीमती ८० वर्षीया सरस्वतीलाई घुम्टे युवा परिवार, मल्मले बिहीबार सहायता सामग्री उपलब्ध गराएको हो । रु दश हजार बराबरको खाद्यान्न र कपडा प्रदान गरिएको परिवारका अध्यक्ष थम्मन थापाले बताउनुभयो । वडा नं– ७ का अध्यक्ष टीकाबहादुर थापा र वडा नं– ९ का वडासदस्य धर्मदत्त...
-
२०७६ बैशाख ६, शुक्रबार
मालपोत कार्यालयले खोज्यो राष्ट्रिय परिचयपत्र
मालपोत कार्यालयले जग्गा किनबेच गर्न आउने सेवाग्राहीबाट राष्ट्रिय परिचयपत्र खोजी गर्न थालेको छ ।जग्गा धनीपुर्जाको विवरणसमेत परिचयपत्रमा राख्न सकिने भएकाले सो परिचयपत्र माग्न थालिएको कार्यालयका प्रमुख बाबुराम पोखरेले बताउनुभयो । पाँचथरबाटै परिचयपत्र वितण शुरु गरिएको हुँदा उक्त कार्यालयले जग्गाको सम्पूर्ण कामकाज अनलाइन प्रणालीबाट गरिरहेकाले पनि परिचयपत्र खोजी गर्न थालिएको उहाँको भनाइ थियो । ...
-
२०७६ बैशाख ६, शुक्रबार
मन्त्री यादवद्वारा नेपालमा लगानी गर्न आग्रह
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विभिन्न देशका मन्त्रीहरुसँग नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ । मन्त्री यादवले बहराइनका उद्योग तथा पर्यटनमन्त्री जायद आर अलजायनी, मौरिटसका व्यापार, उद्यम तथा सहयोगमन्त्री सोमिलदूथ भोलाह र श्रीलङ्काका विकास योजना तथा अन्तर्राष्ट्रिय व्यापार सहायकमन्त्री नलिन बनडारासँग भएको द्विपक्षीय भेटका क्रममा लगानी गर्न आग्रह गर्नुभएको बहराइनस्थित...
-
२०७६ बैशाख ६, शुक्रबार
बाइसधारा मेलामा भक्तजनको घुइँचो
प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन बालाजुमा लाग्ने ‘बाइसधारा मेला’ आज लागेको छ । काठमाडौँ उपत्यकाको पश्चिम उत्तरतिर नागार्जुन पर्वतमुनि पर्ने बालाजुमा मेला भर्न काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रबाट बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आजको दिन स्नान गरी पवित्र भएर यहाँको नारायण मन्दिरमा तथा स्थानीय जामाचो डाँडामा रहेको मन्दिरमा भक्तजनले मेला भर्ने प्रचलन छ । हिन्दू तथा बौद्ध...
-
२०७६ बैशाख ६, शुक्रबार
लेखिँदै जुम्ली खस शब्दकोश
कर्णाली प्रदेशको प्रमुख केन्द्र जुम्लाको सिञ्जालाई नेपाली खस भाषाको उद्गमस्थल मानिन्छ । यहाँबाट शुरु भएको खस भाषा अहिलेको नेपाली भाषाका रूपमा बोलिँदै आएको छ । जुम्लालगायत कर्णाली क्षेत्रमा बालबालिकादेखि बूढापाकासम्मले खस भाषा बोल्ने गर्छन् तर युवा पुस्तामा खस भाषाको आकर्षण देखिँदैन । जुम्लामा पनि विभिन्न स्थानमा फरक शैलीमा खस भाषा बोलिन्छ । चार दरा रहेको जुम्लामा सिञ्जा दरामा खस साम्राज्य भएका...
-
२०७६ बैशाख ६, शुक्रबार
कालीगण्डकीको अस्तित्वलाई बचाउन राम्दी मालुङ्गादेखि पुट्टारघाट सम्म जलयात्रा
कालीगण्डकीको अस्तित्व बचाउन र पर्यटन विकासका लागि पाल्पाको राम्दी मालुङ्गाघाटदेखि पुट्टारघाटसम्म जलयात्रा हुँदैछ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा पाल्पाको रामपुर नगरपालिकाको आयोजना तथा रम्भा गाउँपालिका, स्याङजाको चापाकोट नगरपालिका, तनहुँको घिरिङ गाउँपालिकाको सहआयोजनामा जलयात्रा आयोजना गरिएको हो । निजी सङ्घ संस्थाद्वारा यसभन्दा अगाडि कालीगण्डकीमा जलयात्रा निकालिए पनि सरकारी तवरबाट भने पहिलो...


