STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७५ चैत्र १०, आइतबार

    मन्त्रीद्वारा अस्पतालमा छड्के

    गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले बागलुङ जिल्लास्थित धवलागिरि अञ्चल अस्पतालको शनिबार छड्के अनुगमन गर्नुभएको छ । ताराखोला गाउँपालिकाको अमरभूमि स्वास्थ्यचौकीको शनिबार उद्घाटन गरेर फर्कर्ने क्रममा सामाजिक विकासमन्त्री पुन सुटुक्क अञ्चल अस्पतालभित्र पस्दा अस्पताल प्रशासनले पत्तै पाएन । मन्त्री पुनले अञ्चल अस्पतालले प्रदान गरिरहेको सेवासुविधाको विषयमा बिरामीलाई सर्वसाधारण भएर जानकारी...

  • २०७५ चैत्र १०, आइतबार

    बालश्रममा प्रयोग गरिएका ८४ बालबालिकालाई पुनःमिलन

    बालश्रममा प्रयोग गरिएका रोल्पाका ८४ बालबालिकालाई परिवारमा पुनःमिलन गराइएको छ । परिवारको आर्थिक अवस्था कमजोर भई काठमाडाँैका विभिन्न इँटाभट्टा, होटल–रेष्टुराँ तथा गाडीमा काम गर्दै आएका त्यस्ता बालबालिकालाई फिर्ता गरी परिवारमा पुनःस्थापना गरिएको हो । परिवारमा पुनःस्थापनापछि उनीहरुमध्ये अधिकांश विद्यालय भर्ना भएको पाइएको सेभ द चिल्ड्रेन रोल्पाले जानकारी दिएको छ । “विद्यालय उमेरका त्यस्ता बालबालिका...

  • २०७५ चैत्र १०, आइतबार

    पशुपति महायज्ञका लागि प्रचार अभियान

    काठमाडौँको पशुपतिमा शुरु हुनलागेको विराट ज्ञान महायज्ञको प्रचारप्रसार अभियानसँगै भेटघाट कार्यक्रम तीव्र पारिएको छ । विभिन्न उपसमिति बनाएर प्रचारप्रसारका कार्यक्रम तीव्र पारिएको हो । चितवन, तनहुँ र देवघाटको सङ्गम देवघाटमा सुन्दर पार्कसहित अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माण गर्न आर्थिक तथा धातु सङ्कलन गर्ने उद्देश्यले आगामी वैशाखमा हुनलागेको महायज्ञका विषयमा शनिबार वन तथा वातावरण...

  • २०७५ चैत्र ८, शुक्रबार

    खानेपानीको बीमा

    कर्णालीमै पहिलो पटक जुम्लाका दुई खानेपानी आयोजनाको बीमा गरिएको छ । कुनै पनि प्राकृतिक प्रकोपका कारण खानेपानी आयोजनामा क्षति पुग्न गई खानेपानीबाट स्थानीय वञ्चित हुन नपरोस् भन्ने ध्येयले कर्णालीमै पहिलो पटक जुम्लाका दुई खानेपानी आयोजनाको बीमा गरिएको हो । हिमा गाउँपालिका– ३ स्थित रु ५२ लाख ३० हजारको जोगिबाडा खानेपानी आयोजना र वडा नं– ७ स्थित रु ५५ लाख २२ हजारको माथिकुडू खानेपानी आयोजनाको बीमा गरिएको...

  • २०७५ चैत्र ८, शुक्रबार

    धनगढी–अछामबीच हवाई सेवा सञ्चालन

    सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीदेखि अछामको साँफेबगरसम्म पहिलोपटक हवाई सेवा शुरु भएको छ । निजी हवाई कम्पनी समिट एयरले पहिलोपटक धनगढीदेखि साँफेबगरसम्मको उडान सञ्चालनमा ल्याएको हो । यस क्षेत्रका यात्रुको सहजताका लागि आजदेखि धनगढीदेखि साँफेबगरका लागि नियमित उडान भर्न शुरु गरिएको समिट एयरका अछाम प्रतिनिधि दीपक दुवालले जानकारी दिनुभयो । समिट एयरमा धनगढी–साँफेबगरसम्म १७ मिनेटमै यात्रा गर्न...

  • २०७५ चैत्र ८, शुक्रबार

    चन्द समूहलाई संवैधानिक दायरामा आउन आग्रह

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा चन्द समूह आपराधिक गतिविधि छाडेर संवैधानिक दायराभित्र रही सार्वभौमसत्ता रक्षा र स्वाधीनताको पक्षमा लाग्नुपर्ने बताउनुभएको छ । उहाँले सो समूहलाई आपराधिक गतिविधि नगर्न आग्रह गर्दा विरोध गरिनु आश्चर्यको विषय हो भन्नुभयोे । उहाँले सिके राउत समूह विखण्डनको राजनीति छाडेर मूलधारको राजनीतिमा आएकैले उक्त समूहसँग सरकारले सम्झौता गरेको पनि स्मरण गराउनुभयो । उहाँ...

  • २०७५ चैत्र ८, शुक्रबार

    पुल निर्माण अलपत्र

    निर्माण कम्पनीको ढिलासुस्ती र डिजाइनमा देखिएको समस्या लगायतका कारणले कञ्चनपुर–कैलालीमा करीब १४ वटा पुल निर्माण अलपत्र परेका छन् । साना र ठूला गरी कञ्चनपुरमा ४० र कैलालीमा १५ वटा पुल चालु आर्थिक वर्षमा निर्माणाधीन अवस्थामा छन् । जसमध्ये १४ वटा पुल विविध कारणले निर्माणमा ढिलाइ भएको डिभिजन सडक कार्यालय भीमदत्तनगरले जनाएको छ । पुल निर्माणमा ५५ प्रतिशत भौतिक प्रगति भएको छ । डिभिजन सडक कार्यालय...

  • २०७५ चैत्र ८, शुक्रबार

    भारतीय भन्सारमा रोकिएका ट्याङ्कर नेपाल भित्रिए

    भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै रुपैडिहामा रोकेका पेट्रोलियम पदार्थ बोकेका १४० ट्याङ्कर नेपाल भित्रिएका छन् । अनलाइनमा समस्या आएपछि ट्याङ्करसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक पनि दुई दिनसम्म सीमामै रोकिएका थिए । नेपालगन्ज भन्सार कार्यालयका अधिकृत शरदकुमार केसीका अनुसार पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर भारतीय भन्सारमा अनलाइन सेवा सञ्चालन भएपछि बिहीबार राति नेपाल...

  • २०७५ चैत्र ८, शुक्रबार

    छात्रा र शिक्षिकालाई सेनेटरी प्याड

    पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा छात्रा र शिक्षिकालाई सेनेटरी प्याडको व्यवस्थापन गरिएको छ । विशेष गरी ग्रामीण क्षेत्रका स्कुले छात्रा महिनावारी भएको बेला विद्यालय आउन छाड्ने समस्यालाई मध्यनगर गरी सबै सामुदायिक विद्यालयमा सेनेटरी प्याडको व्यवस्थापन गरिएको हो । महिनावारी भएको बेला विभिन्न कारणले विद्यालय नआउने छात्रालाई विद्यालय आउने वातावरण सिर्जना गर्न आवश्यकता अनुसार...

  • २०७५ चैत्र ८, शुक्रबार

    कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर अनलाइनबाटै बुझाउन सकिने

    रोजगार अनुमति प्रणाली ९इपिएस० अन्तर्गत कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर सेवाग्राहीको सहजताका लागि अनलाइनबाटै बुझाउन सकिने व्यवस्था मिलाइएको छ । विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएका संस्था इ–सेवा, आइएमई–पे, फोन–पे, ग्लोबल अनाइन, ग्लोबल स्मार्टलगायत प्रणालीबाट आवेदकले कुनै लाइन नबसी दरखास्त दस्तुर बुझाउन सक्ने इपिएस कोरिया शाखाले जनाएको छ । शाखाका निर्देशक कृष्णप्रसाद खनालले गतवर्षदेखि...

  • २०७५ चैत्र ८, शुक्रबार

    राउटेलाई सामान्य जीवनमा ल्याउन जोड

    नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले मुलुकको विकास र समृद्धिका लागि अहिलेको सरकारसँग स्पष्ट दृष्टिकोण रहेको बताउनुभएको छ । राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले यहाँ आज आयोजना गरेको ‘आदर्श दम्पती तथा युवा सम्मान’कार्यक्रममा उहाँले मुलुकमा ठूलो राजनीतिक परिवर्तन भए पनि आर्थिक र सांस्कृतिक रुपान्तरण हुन नसकेकाले कम्युनिष्ट नेतृत्वको सरकारले सामाजिक रुपान्तरण गर्ने...

  • २०७५ चैत्र ८, शुक्रबार

    “जातीय विभेद अन्त्य गर्न सोचमै परिवर्तन ल्याउनु आवश्यक छ”ः मन्त्री रावल

    जातीय विभेद अन्त्य गर्न सोचमै परिवर्तन ल्याउनु आवश्यक रहेकोमा जोड दिइएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको आयोजनामा झलारीमा बिहीबार मनाइएको ५४औँ अन्तर्राराष्ट्रिय जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवसका सहभागीले जोड दिएका हुन् । सुदूरपश्चिम प्रदेशका वन, वातावरण, पर्यटन तथा उद्योग राज्यमन्त्री प्रकाश रावलले भित्री हृदयबाटै जातीय छुवाछुत गर्ने छैन भनेर सबैले प्रण गरे मात्रै दलित समुदायमाथिको...

Pages