राष्ट्रिय
-
२०७५ चैत्र १२, मंगलबार
पर्यटकीय गन्तव्य बन्दै रानी झरना
जिल्लाको तिनाउ गाउँपालिका–२ ढाबखोलास्थित रानी झरना र तल निलो आकर्षक पोखरी छ । प्राकृतिक रूपमा रहेको झरना र पोखरीले आन्तरिक पर्यटनलाई लोभ्याउँछ । करीब १० वर्षअघि मात्र स्थानीय बासिन्दाले झरना र पोखरीका विषयमा थाहा भएको हो । घाँसदाउरा गर्ने मानिसले देखे पनि यसको प्रचारप्रसार हुन नसक्दा ओझेलमै रहेको थियो । करीब ५० मिटर माथिबाट झरना बगिरहेको छ । वरपर हरियाली जङ्गलको बीचमा भागमा रहेको झरना क्षेत्रमा...
-
२०७५ चैत्र १२, मंगलबार
चिठ्ठाकोे एक किलो सुनबाट एम्बुलेन्स
पृथ्वी राजमार्ग बस सञ्चालक समितिले बम्पर पुरस्कारवापत प्राप्त एक किलो सुनबाट एम्बुलेन्स खरीद गर्ने भएका छन् । समितिको वीरगञ्ज शाखा कार्यालयलाई कान्तिपुर पब्लिकेसन्स प्रालिको ‘कान्तिपुरको स्वर्णपुर २’ ग्राहक योजनामा बम्पर पुरस्कारअन्तर्गत एक किलो सुन प्राप्त भएको छ । उक्त सुनको रकमबाट समितिले एम्बुलेन्स खरीद प्रक्रिया अघि बढाएको समितिका अध्यक्ष एनकुमार साईले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी...
-
२०७५ चैत्र १२, मंगलबार
मौसममा बदली, वर्षाको सम्भावना
मुलुकभरको मौसममा सामान्यदेखिपूर्ण बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशको मध्य र पूर्वी पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने पश्चिमी क्षेत्रमा आंशिक बदली हुने देखिन्छ । मध्य र पुर्वीपहाडी भेगका एक दुइ स्थानमा मेघ गर्जनसहितको छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ...
-
२०७५ चैत्र १२, मंगलबार
अलँैंची खेतीमा किसानको आकर्षण
पछिल्लो समय जिल्लाका किसानको अलँैची खेतीमा आर्कषण बढेको छ । धान, मकै तथा कोदोलगायत अन्न बाली उब्जनी हुने खेतीयोग्य जमीन मासेर किसानले धमाधम अलैंँची लगाउन थालेका छन् । अन्य बालीले भन्दा अलैंँचीको आम्दानी बढी हुने भएकाले पनि अलैंँची खेतीमा किसानको आकर्षण बढेको केआइ सिंह गाउँपालिका काफलीका अलैँली खेतीका किसान नारायण धामीले बताउनुभयो । उहाँले भन्नुभयो “अलैँचीको मूल्य पनि राम्रो भएको र अन्य खेतीजस्तो...
-
२०७५ चैत्र १२, मंगलबार
खेलमैदानसहित पार्क बनाउन जग्गा दान
तनहुँको भिमाद नगरपालिका–९ निवासी दिलबहादुर थापाले सोही वडाको पाथर्दी गाउँलाई तीन रोपनी ९ आना जग्गा दान गर्नुभएको छ । खेलमैदानसहित पार्क निर्माणका लागि थापाले करीब रु १० लाख बराबरको जग्गा खरीद गरी पाथर्दी गाउँलाई दान गर्नुभएको हो । काठमाडाँैमा अपार्टमेन्टको व्यवसाय गर्नुभएका उहाँले आफ्नो गाउँको विकासका लागि खेलमैदान बनाउन जग्गा सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पाथर्दी गाउँमा पर्यटक...
-
२०७५ चैत्र ११, सोमबार
नयाँ पुस्ताका आलुको बीउ उत्पादन
पाँचखालस्थित मसला बाली विकास केन्द्रले विभिन्न जातका आलुको बीउ उत्पादन गरिरहेको छ । वर्षौंदेखि एउटै जात पुस्तान्तरण गरी आलुखेती गर्दा कम उत्पादन हुने भएपछि नयाँ पुस्ताका बीउ उत्पादन गरिएको केन्द्रप्रमुख युवराज पाण्डेले बताउनुभयो । उहाँले केन्द्रमा आलुको पूर्व मूलबीउ र मूल बीउ उत्पादन गरिरहेको जानकारी दिनुभयो । आलुको बीउ उत्पादनका लागि कुनै प्रकारका किरा छिर्न नसक्ने दुईवटा ‘स्क्रिन हाउस’भित्र...
-
२०७५ चैत्र ११, सोमबार
स्थायी बसपार्क कार्यान्वयनमा समस्या
हालै सञ्चालनमा ल्याइएको पाँचथरको फिदिम–२, पल्लोटारस्थित स्थायी बसपार्कको कार्यान्वयनमा समस्या देखिएको छ । शहर विस्तार हुने अनुमानका आधारमा फिदिम बजारबाट झण्डै डेढ किलोमिटर दूरीमा रहेको पल्लोटारमा निर्माण गरिएको बसपार्क कार्यान्वयनमा समस्या भएको हो । दुई दशक अघि निर्माण थालेर गत मङ्सिरबाट सञ्चालनमा ल्याइएको बसपार्कमा यात्रु पुग्न कठिनाइ परेको छ । मानवीय चाप नहुँदा सवारी साधन समेत यहाँ पार्किङ हुन...
-
२०७५ चैत्र ११, सोमबार
मौसम बदलीसँगै हल्का वर्षाको सम्भावना
पश्चिमी वायुको प्रभावले आज मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । आज बिहानबाट नेपाल भित्रिएको पश्चिमी वायुको प्रभावले पश्चिमी भेगका केही स्थान र पहाडी क्षेत्रका एक÷दुई स्थानमा मेघ गर्जनसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार...
-
२०७५ चैत्र ११, सोमबार
बृहत् योग शिविर शुरु
बाजुराको सदरमुकाम मार्तडीमा बृहत् योग शिविर सञ्चालन भएको छ । बडिमालिका नगरपालिका र पतञ्जली योग समिति बाजुराको संयुक्त आयोजना र क्रिएटर जोन ऐकेडेमीको व्यवस्थापनमा शिविर सञ्चालन भएको योग समिति बाजुराका अध्यक्ष लालबहादुर ओलीले बताउनुभयो । शिविर आजबाट एक हप्तासम्म मार्तडीस्थित क्रिएटर जोन ऐकेडेमीमा सञ्चालन भएको छ । शिविर हरेक दिन बिहान ५ बजेबाट शुरु हुने समिति अध्यक्ष ओलीले जानकारी दिनुभयो । चञ्चल...
-
२०७५ चैत्र ११, सोमबार
राज्य चूप लागेर बस्न मिल्दैन ः नेपाल
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता माधवकुमार नेपालले राज्य निरीह संस्था नभएकाले यसलाई कसैले चुनौती दिन्छ भने चूप लागेर बस्न नमिल्ने बताउनुभएको छ । यहाँ आज पत्रकारसँगको भेटघाटमा उहाँले आपराधिक गतिविधि गर्ने जोकोहीप्रति राज्य निरीह बन्न नसक्ने बताउनुभयो । पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, “राज्य भनेको निरीह संस्था होइन, राज्यलाई कसैले चुनौती दिन्छ भने चूप लागेर बस्ने कुरा हुँदैन ।”...
-
२०७५ चैत्र ११, सोमबार
नेपाल र जापानबीच श्रमिक पठाउने समझदारी
नेपाल र जापान सरकारबीच नेपाली कामदारलाई जापानमा रोजागारीको अवसर उपलब्ध गराउने सम्बन्धी ‘सहयोग समझदारी’ भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा आज नेपाली श्रमिक जापान पठाउनेसम्बन्धी सो समझदारी पत्रमा श्रम मन्त्रालयका निमित्त सचिव डा रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत मासामिसी साइगोले हस्ताक्षर गर्नुभयो । हस्तारक्षरसँगै नेपाली कामदारलाई जापानको श्रम...
-
२०७५ चैत्र ११, सोमबार
भेडापालेर राम्रो आम्दानी
उमेरले ७२ काट्नुभएका कृष्णमुरारी श्रेष्ठको दिन प्राय भेडिगोठमै बित्ने गरेको छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा देउरालीका श्रेष्ठले भेडा पाल्न थाल्नुभएको ३६ वर्ष भयो । बिहान र बेलुकी घरको धन्दा गर्नु र दिनभर गोठमा रहेका भेडालाई चाराउनका लागि नजिकैकको जङ्गलमा पग्नु उहाँको पेशा हो । गोठभर भेडा पालेर त्यसैबाट हुने आम्दानीले गुजारा गर्दै आउनुभएका कृष्णमुरारी भेडा बिक्री गरेर मासिक रु ४० हजार...


