STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७५ चैत्र १३, बुधबार

    गोरखापत्रलाई समयसापेक्ष बनाउन सुझाव

    मुख्यमन्त्री लालबाबु राउतले ‘गोरखापत्र’लाई समयसापेक्ष बनाउन सुझाव दिनुभएको छ । गोरखापत्र संस्थानले आजदेखि जनकपुरमा शुरु गरेको दुई दिवसीय प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले आजको प्रतिस्पर्धी युगमा गोरखापत्र संस्थानले पुरानो ढर्रा नत्यागे इतिहासमा सीमित हुनेतर्फ सचेत गराउनुभयो । अनुभव र ऊर्जाले भरिपूर्ण गोरखापत्र अहिले ठेक्कापट्टा र पदपूर्तिसम्बन्धि विज्ञानको पर्याय...

  • २०७५ चैत्र १३, बुधबार

    हाइटेक प्रविधिः तरकारी खेतीका लागि उपयुक्त

    त्रिवेणी नगरपालिकाले हाइटेक प्रविधि प्रदर्शन तथा कृषि पाठशाला कार्यक्रमको शुरुआत गरेको छ । कृषि उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गर्न र आधुनिक तरकारी खेती गर्नका लागि महिलालाई सीप सिकाउने उद्देश्यले सो कार्यक्रमको शुरुआत गरेको हो । नगरपालिकाका कृषि विकास शाखाले कार्यक्रम सञ्चालनका लागि पाँच रोपनी जग्गा भाडामा लिएका छन् । सोही जग्गामा कृषि सम्बन्धी आवश्यक सीप सिकाउन र हाइटेक प्रविधिबाट तरकारी खेती...

  • २०७५ चैत्र १३, बुधबार

    स्वास्थ्य संस्था सूचीकरण गर्न आग्रह

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने सम्पूर्ण संस्थालाई सूचीकरणका लागि आग्रह गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै नेपाल सरकारबाट स्वीकृतिप्राप्त स्वास्थ्य संस्थालाई १० दिनभित्र मन्त्रालयमा सूचीकरण गराउन आग्रह गरेको हो । वैदेशिक रोजगार नियमावली ९चौथो संशोधन० २०६४ को नियम ४५ ९क० तथा वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य...

  • २०७५ चैत्र १३, बुधबार

    नागार्जुनमा गणेशमान उद्यान बन्ने

    नागार्जुन नगरपालिका–६ मा गणेशमान स्मृति उद्यान निर्माण गरिने भएको छ । काठमाडौँ जिल्लाका प्रत्येक नगरपालिकामा ‘एक वडा एक पार्क’ बनाउने काठमाडौँ महानगरपालिकाको नीतिअनुसार नगरपालिका–६ स्थित डाँडापौवामा गणेशमान स्मृति उद्यान निर्माण गरिने नगर प्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । कामपाले उद्यान बनाउन जिल्लाका १० नगरपालिकालाई रु एक एक करोड उपलब्ध गराएको छ । कामपा र नगरपालिकाको सहकार्यमा पूर्वमा...

  • २०७५ चैत्र १३, बुधबार

    नेपाल लगानीका लागि उपयुक्त थलो अर्थमन्त्री

    सरकारले लगानी सम्मेलनलाई एउटा उत्सवका रूपमा सम्पन्न गर्दै नेपाल लगानीका लागि उपयुक्त थलो हो भन्ने तथ्य स्थापित गर्ने भएको छ । अर्थमन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्यलाई पहिल्याउन सम्मेलन महत्वपूर्ण अवसरका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो । सम्मेलन यही चैत १५ र १६ गते आयोजना गरिएको छ । सञ्चार तथा सूचना...

  • २०७५ चैत्र १३, बुधबार

    स्थापना दिवस र पर्व बिदा दिने नगरपालिकाको निर्णय

    मध्यपुरथिमि नगरपालिकाले आफ्नो स्थापना दिवसमा सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले आफ्नै क्यालेण्डर बनाएर पर्व बिदासमेत थप गर्ने तयारी गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय सरकारका रूपमा नगरपालिकाले आफ्नै क्यालेण्डर बनाउने र स्थापना दिवसलगायत बिस्केट जात्रामा चार दिन तथा अन्य स्थानीय पर्वमा बिदा दिने गरी...

  • २०७५ चैत्र १३, बुधबार

    सूक्ष्म प्रकाशकीय चिपको विकास

    नेपाली वैज्ञानिकले अतिसूक्ष्म प्रकाशकीय चिपको विकसित गरेका छन् । पहिलो पटक विकसित भएको सो चिपले बायोप्सी९शरीरको अङ्ग झिकेर परीक्षण गर्ने काम० नगरी सिटी स्क्यान उपकरणले जस्तै भित्री तन्तुको जानकारी लिन सहयोग पु¥याउँछ । सो चिपलाई नेपालमा गणितीय परीक्षण गरी बेलायतमा सिलिकन वेफरमा रसायनबाट कँुद्ने काम गरिएको हो । फुटुङ रिसर्च इन्ष्टिच्यूटमा कार्यरत वैज्ञानिकले सफलतापूर्वक उक्त प्रविधिको विकास गरेका...

  • २०७५ चैत्र १३, बुधबार

    एक हजार चार सय व्यवसायमा अनुगमन

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यसवर्ष एक हजार चार सय व्यवसायमा अनुगमन गरेको छ । चालु आवमा दुई हजार आठ सय व्यवसायको अनुगमन गर्ने विभागले जनाएको छ । साना र ठूला दुवै खालका व्यवसायमा अनुगमन गरिरहेको विभागका निर्देशक रघुनाथ महतले बताउनुभयो । उहाँका अनुसार विभागले नियमितरूपमा विभिन्न निकायसँगको समन्वयमा अनुगमन गर्दै आएको छ । चाडपर्वलगायतका समयमा खाद्यान्नमा बढी अनुगमन भइरहे पनि अरु...

  • २०७५ चैत्र १२, मंगलबार

    मौसममा बदली, वर्षाको सम्भावना

    मुलुकभरको मौसममा सामान्यदेखिपूर्ण बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशको मध्य र पूर्वी पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने पश्चिमी क्षेत्रमा आंशिक बदली हुने देखिन्छ । मध्य र पुर्वीपहाडी भेगका एक दुइ स्थानमा मेघ गर्जनसहितको छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ...

  • २०७५ चैत्र १२, मंगलबार

    अलँैंची खेतीमा किसानको आकर्षण

    पछिल्लो समय जिल्लाका किसानको अलँैची खेतीमा आर्कषण बढेको छ । धान, मकै तथा कोदोलगायत अन्न बाली उब्जनी हुने खेतीयोग्य जमीन मासेर किसानले धमाधम अलैंँची लगाउन थालेका छन् । अन्य बालीले भन्दा अलैंँचीको आम्दानी बढी हुने भएकाले पनि अलैंँची खेतीमा किसानको आकर्षण बढेको केआइ सिंह गाउँपालिका काफलीका अलैँली खेतीका किसान नारायण धामीले बताउनुभयो । उहाँले भन्नुभयो “अलैँचीको मूल्य पनि राम्रो भएको र अन्य खेतीजस्तो...

  • २०७५ चैत्र १२, मंगलबार

    खेलमैदानसहित पार्क बनाउन जग्गा दान

    तनहुँको भिमाद नगरपालिका–९ निवासी दिलबहादुर थापाले सोही वडाको पाथर्दी गाउँलाई तीन रोपनी ९ आना जग्गा दान गर्नुभएको छ । खेलमैदानसहित पार्क निर्माणका लागि थापाले करीब रु १० लाख बराबरको जग्गा खरीद गरी पाथर्दी गाउँलाई दान गर्नुभएको हो । काठमाडाँैमा अपार्टमेन्टको व्यवसाय गर्नुभएका उहाँले आफ्नो गाउँको विकासका लागि खेलमैदान बनाउन जग्गा सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पाथर्दी गाउँमा पर्यटक...

  • २०७५ चैत्र १२, मंगलबार

    बेरोजगारको तथ्याङ्क सङ्कलन हुन सकेन

    चितवन जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनामा अझै बेरोजगारको तथ्याङ्क सङ्कलन शुरु हुन सकेको छैन । चैत १ गतेदेखि देशभर शुरु भएको तथ्याङ्क सङ्कलन उक्त गाउँपालिकामा भने सम्बन्धित कर्मचारीे अनुपस्थितिका कारण हुन नसकेको हो । गाउँपालिकाको रोजगार संयोजकमा नियुक्त भई आउनुभएका अधिकृत तहका कर्मचारी पवन खरेल एक दिनमात्र हाजिर गरी बिदामा बस्नुभएकाले आएका सयौँ बेरोजगारले फाराम भर्न पाएका छैनन् । वडा वडामा...

Pages