राष्ट्रिय
-
२०८० आषाढ १०, आइतबार
शान्ति सुरक्षाको भरपर्दो वातावरण बनाउन सरकार क्रियाशिल छः गृहमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहकार्यको संस्कृतिको सम्मान गर्दै शान्ति सुरक्षाकोभरपर्दो वातावरण बनाउन सरकार क्रियाशील रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकअन्तर्गत गृहमन्त्रालयका बारेमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमानको हितको...
-
२०८० आषाढ ७, बिहिबार
तरकारी र फलफूलमा ‘भ्याट ’नलगाउन माग
उपभोक्ताहित सरोकारसँग सम्बन्धित संस्थाले नयाँ बजेटमा आयातित तरकारी, फलफूल र खाद्य वस्तुमा उपभोक्तालाई १३ प्रशित भ्याट लगाउने नीति खारेज गर्न माग गरेका छन् ।ती संस्थाले उपभोक्तालाई आर्थिक भारपर्ने नीतिको विरोध गर्दै हाल आलुप्याजलगायतका सामानको आयातामा भन्सार बिन्दुमै नौ प्रतिशत कृषि सेवा शुल्क, अग्रिम आयकर एक दशमलव पाँच र १३ प्रतिशत भ्याट थप हुँदा यस्ता वस्तुमा २३ दशमलव पाँच प्रतिशत कर लाग्ने भएको...
-
२०८० आषाढ ७, बिहिबार
पशुपति अध्ययन केन्द्र स्थापना गरिँदै
पूर्वीय दर्शनका बारेमा अध्ययन अनुसन्धान गर्न चाहनेका लागि पशुपति क्षेत्रमा पशुपति अध्ययन केन्द्र स्थापना गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषले प्रस्तावित गुरुयोजनामा समेत पशुपति अध्ययन केन्द्र स्थापना गर्ने अवधारणा अघि सारेको छ । गुरुयोजना पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्बाट पारित भई मन्त्रिपरिषद्बाट पारित हुने क्रममा रहेको जनाइएको छ । नेपाल वेद विद्याश्रमसँगै निर्माण गरिने अध्ययन...
-
२०८० आषाढ ६, बुधबार
ललितपुरमा योग दिवस मनाइयो
ललितपुरमा योग र योगासम्बन्धी अभ्यास छलफल गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुर, यस क्षेत्रमा काम गर्दै आएका सङ्संस्था, प्रहरी, कर्मचारी र समाजसेवीको अगुवाइमा दिवस मनाइएको हो । संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार सन् २०१५ देखि सुरु भएको यो दिवस हरेक वर्ष जुन २१ मा मनाइन्छ । यसवर्ष ‘मानवताका लागि योग’ मूल नाराका साथ नवौं अन्तर्राष्ट्रिय योग दिवस...
-
२०८० आषाढ ६, बुधबार
चार प्रतिशत बालबालिकामा दृष्टिदोष
नेपाल नेत्रज्योति सङ्घ र अर्विसको सहकार्यमा सञ्चालित नेपाल रिच परियोजनाबाट करिब आठ लाख बालबालिका लाभान्वित भएका छन् । आँखा जाँच गरिएकामध्ये चार प्रतिशत बालबालिकामा दृष्टिदोषको समस्या देखिएको छ । अर्विसको आर्थिक सहयोगमा सङ्घले सञ्चालन गरेको उक्त परियोजनामार्फत झापा, मोरङ, पर्सा, सुनसरी र सिराहा जिल्लाका सात लाख ८५ हजार चार सय ६० बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिएको हो । सन् २०१८ देखि २०२२...
-
२०८० आषाढ ५, मंगलबार
राष्ट्रपति पौडेलको मुटुमा राखियो पेसमेकर
काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पेस मेकर राखिएको छ । मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सफलानट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको मुटुमा पेस मेकर राखिएको हो । राष्ट्रपति पौडेलको मुटुको चाल बेलाबखत कम हुने गरेकाले पेस मेकर राखिएको अस्पतालले विज्ञप्ति जारी गरी जनाएको छ । शनिबार राति पौने २ बजे अस्पताल भर्ना भएका पौडेलको मंगलबार मुटुको शल्यक्रिया गरिएको राष्ट्रपतिका हो ।...
-
२०८० आषाढ ५, मंगलबार
मातृभाषा बोल्न र बुझ्न सक्ने भए दुरा
दमौली, ५ असार (रासस) एक महिना अघिसम्म मातृभाषाबारे ज्ञान नभएकी तनहुँको व्यास नगरपालिका–४ निवासी लिला दुरा अहिले मातृभाषा बोल्न थाल्नुभएको छ । उहाँले अहिले मातृभाषामा गीत गाउन, बोल्न जान्नुका साथै बोलेको कुरा बुझ्न सक्ने हुनुभएको छ । उहाँले भन्नुभयो, “एक महिना अगाडीसम्म मातृभाषा कसरी बोलिन्छ भन्ने जानकारी थिएन, एक महिनाको प्रशिक्षणपछि अहिले त धेरै कुरा जाने ।” उहाँले दुरा भाषामा गीत गाउन पनि...
-
२०८० आषाढ ३, आइतबार
बाढीपहिरोबाट भएको क्षतिबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण
सङ्खुवासभाको हेवाखोलामा गए राति आएको बाढीले पुर्याएको क्षतिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गरिइएको छ । सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आज बिहान प्रधानमन्त्री दाहाललाई भेटेर सङ्खुवासभामा भएको क्षतिका बारेमा अवगत गराउँदै सरकारले क्षतिको निरीक्षण गर्न आग्रह गरेको थियो । भेटमा सांसद खड्काले सङ्खुवासभामा आएको बाढीले दर्जनौँ जलविद्युत्गृहमा क्षति...
-
२०८० आषाढ १, शुक्रबार
तथ्याङ्कमा जातजातिलाई फुटाउने काम हुँदैनः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा रहेका जातजातिलाई तथ्याङ्कमा नाममा फुटाउने काम नहुने बताउनुभएको छ । नेपाल मगर सङ्घले भूम्या पर्व –२०८० का अवसरमा आज खुलामञ्चमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “फुटाउने काम हुँदैन, देशलाई जातिलाई फुटाउन हुँदैन भन्नेमा म स्पष्ट छु ।” उहाँले मगरलगायत अरु आदिवासी समुदायलाई केन्द्रीय तथ्याङ्क कार्यालयले जनगणनाका क्रममा...
-
२०८० जेठ ३१, बुधबार
नेपालमा मनसुन प्रवेश
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार मनसुन नेपाल प्रवेश गरेको हो। महाशाखाले कोशी प्रदेश, मधेश प्रदेशको पूर्वी भूभाग, बागमती प्रदेशको अधिकांश भूभाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा मनसुन आइपुगेको जानकारी दिएको छ। मनसुन जेठ २५ गते भारतको केरला पुगेको थियो । त्यहाँबाट नेपालमा पाँच दिनपछि आइपुगेको हो। मनसुन पूर्वबाट झापा हुँदै नेपाल प्रवेश गर्ने मनसुन नेपालभरी फेलिन केही...
-
२०८० जेठ ३०, मंगलबार
साउदीकाे भिसा दिन शैक्षिक प्रमाणपत्र अनिवार्य नहुने
काठमाडौं - नेपालस्थित साउदी दूतावासले शैक्षिक प्रमाणपत्र अनिवार्यको निर्णयबाट पछि हटेको छ । दूतावासले सोमबार भिसा जारी गर्नका लागि शैक्षिक प्रमाणपत्र अनिवार्य गराएको थियो । अन्तिममा आएर शैक्षिक प्रमाणपत्र दूतावासमा भिसाका लागि पेश गरिएका निवेदनहरूलाई शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको छैन । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले आजदेखि लागू गर्ने भनेको शैक्षिक प्रमाणपत्र...
-
२०८० जेठ ३०, मंगलबार
देशभर तापक्रम बढ्दै
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा आगामी पाँच दिनसम्म तातो हावा ९लू०को सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो । “आगामी पाँच दिनसम्म देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भू–भागमा अधिकतम र न्यूनतम...


