STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०८० बैशाख ८, शुक्रबार

    उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा

    काठमाडौं - प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो । बारा जिल्ला क्षेत्र नं २, चितवन जिल्ला क्षेत्र नं २ र तनहुँ जिल्ला क्षेत्र नं १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा हुने...

  • २०८० बैशाख ७, बिहिबार

    वसुन्धराश्री पुरस्कार सन्दुक रुइत र मानश्री पुरस्कार महावीर पुनलाई प्रदान गरिने

    काठमाडौं - वसुन्धरा–मान प्रज्ञा–प्रतिष्ठानले विसं २०८० को वसुन्धराश्री पुरस्कार वरिष्ठ चिकित्सक डा सन्दुक रुइत र मानश्री पुरस्कार वरिष्ठ वैज्ञानिक डा महावीर पुनलाई प्रदान गर्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीको अध्यक्षतामा आज बसेको विशेष बैठकले स्वास्थ्य शिक्षा, स्वास्थ्य चेतना र नेत्र चिकित्साको सेवाद्वारा नेपाली समाजलाई स्वस्थ, समृद्ध र समुन्नत बनाउन महत्त्वपूर्ण योगदान...

  • २०८० बैशाख ५, मंगलबार

    देशभर ६४ स्थानमा डढेलो

    काठमाडौं– काठमाडौं उपत्यकासहित देशका अधिकांश ठूला सहरमा घाम लागिरहेको छ तर, मौसम धुम्म देखिन्छ। सास फेर्न गाह्रो भएजस्तो हुने, नाकका प्वाल पोल्ने र आँखा पिरपिराए जस्तो हुने क्रम केही दिनदेखि चलिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार वायुमण्डलमा प्रदूषणको मात्रा अधिक हुँदा यस्तो भइरहेको हो। देशका विभिन्न स्थानमा डढेलो लाग्दा मौसममा खराबी आएको बताइएको छ। अहिले हावाहुरी चल्ने समय हो। जमिनको धुलो...

  • २०८० बैशाख ५, मंगलबार

    काठमाडौँ–तराई मधेस द्रुतमार्गको अवलोकनमा प्रधानमन्त्री प्रचण्ड

      काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार निर्माणाधीन काठमाडौँ—तराई मधेश द्रुर्तमार्गको अवलोकन गरेका छन् । मंगलवार प्रधानमन्त्री दाहालसहित उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासहितिको टिमले राष्ट्रिय गौरवको सो परियोजनाको अवलोकन एवं निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा प्रधानमन्त्री दाहालले द्रुतमार्गको हालसम्मको उपलब्धिबारे जानकारी लिएका थिए । प्रधानमन्त्री दाहालसँगै...

  • २०८० बैशाख ५, मंगलबार

    आर्थिक समृद्धिका लागि बिजुलीको निर्यात आवश्यक: प्रधानमन्त्री प्रचण्ड

      काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीतिगत एवम व्यावहारिक रुपमा नै सरकारले ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधारका रुपमा मान्यता दिई काम कारबाही अगाडि बढाएकाले यसमा थप लगानी गर्नु आजको प्रमुख कार्यभार भएको बताएका छन् । आजदेखि यहाँ सुरु भएको ‘पावर समिट(२०२३’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मुलुकलाई आर्थिक रुपमा सबल बनाउँदै अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्न पनि हरित...

  • २०८० बैशाख १, शुक्रबार

    २०८० मा कुन दिन के को सार्वजनिक बिदा ?

    काठमाडाैँ– नेपाल सरकारको गृह मन्त्रालयले सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि संवत् २०८० साल बैशाख १ गतेदेखि चैत्र मसान्तसम्मको सार्वजनिक एवम् पर्व बिदाहरूको सूचना प्रकाशन गरेको छ । १) नयाँ वर्ष – बैसाख १ गते शुक्रबार । २) विश्व मजदुर दिवस – (मे १) – बैशाख १८ गते सोमबार । ३) बुद्ध जयन्ती – बैशाख २२ गते शुक्रबार । ४) राई, लिम्बू, याक्खा, सुनुवारलगायतका किराँत समुदायको उभौली पर्व – चण्डी...

  • २०८० बैशाख १, शुक्रबार

    राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीले दिए २०८० सालकाे शुभकामना

    काठमाडौं– नयाँ वर्ष विस २०८० सालको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री,सभामुख र दलका नेताहरुले छुट्टाछुट्टै रुपमा शुभकामना व्यक्त गरेका छन् । यसै अवसरमा शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र आरोग्यताको शुभकामना व्यक्त गर्दै राष्ट्रका अपार स्रोत, सम्पदा र सम्भावनाको उद्घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण...

  • २०८० बैशाख १, शुक्रबार

    आजबाट विक्रम सम्वत २०८० साल शुरु

    काठमाडाै– आज विक्रम सम्वत् २०८० सालको पहिलो दिन। नयाँ वर्ष २०८० साल आजदेखि सुरु भएको छ। सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्ति भनिन्छ। नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ। नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्तै गर्दै र मिस्ठान्न भोजन, भेटघाट गर्दै...

  • २०७९ चैत्र २८, मंगलबार

    नेपालका बैंकहरूको अवस्था सुरक्षित छ– गभर्नर अधिकारी

    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको समयमा नेपालका बैंकहरूको अवस्था सुरक्षित रहेको बताउनुभएको छ । केन्द्रीय बैंकद्वारा आज चालु आर्थिक वर्षको पहिलो आठ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले वित्तीय सूचकमा देखिएका सुधारले समग्र बैंकहरूको अवस्था सुरक्षित रहेको बताउनुभएको हो । राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्थाले वित्तीय सूचक...

  • २०७९ चैत्र २७, सोमबार

    लिङ्ग पहिचानको असर जनगणनामा

    सरकारले सुरक्षित गर्भपतनलाई कानुनी मान्यता दिएको छ । तर यही कानुनी मान्यताबाट फाइदा उठाउँदै भ्रुण पहिचान गरी छोरी भएमा भ्रुण हत्या गर्ने गरिएको पाइएको छ । गर्भमा नै लिङ्ग पहिचान गर्ने र छोरी भए गर्भपतन गराउने तथा छोरालाई जन्मिन दिने गर्नाले यसको असर राष्ट्रिय जनगणनामा पनि देखिएको हो । लिङ्ग पहिचान गरेर छोरीको हत्या गरेपछि नेपालमा छोरी छोराको तुलनामा कम जन्मिने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ...

  • २०७९ चैत्र २४, शुक्रबार

    नेपाली नागरिकतासहित तिब्बतियन शरणार्थी पक्राउ

    काठमाडौं -उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले नेपाली नागरिकतासहित तिब्बतियन शरणार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिब्बतमा जन्म भई शरणार्थीका रुपमा काठमाडौँस्थित बौद्ध तुसाल क्याम्पमा बसोबास गर्ने २७ वर्षीया निमाल्हामो गुरुङ रहेको प्रहरीले जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार निज शरणार्थी तिब्बतबाट भारतको विहार, दिल्ली हँदै आई विगत दुई वर्षदेखि बौद्धको बुद्ध...

  • २०७९ चैत्र २४, शुक्रबार

    कोशी आन्दोलनमा ज्यान गुमाएका लिम्बूलाई शहीद घोषणा गर्ने सरकारकाे निर्णय

    काठमाडौँ - सरकारले कोशी नामाकरणको विरोधमा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । आज (शुक्रवार) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । उनले मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि...

Pages