STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७५ फाल्गुण ८, बुधबार

    विवादमा तानिँदै ‘छाया सेन्टर’

     पर्यटकीय क्षेत्र ठमेलमा हालै सञ्चालनमा आएको ‘छाया सेन्टर’ स्थानीयवासीको विरोधपछि विवादमा तानिएको छ । करीब ३० व्यवसायीको रु पाँच अर्बभन्दा बढी लगानी रहेको सो भवनलाई स्थानीयवासीले आक्रमणको निशाना बनाएको सेन्टरका सञ्चालकको आरोप छ । ठमेलभित्रको ठूलो परियोजना सरकारी निकायले पूरा गर्नुपर्ने भन्दै सबै प्रक्रिया सकेर निर्माण गरिएको छाया सेन्टरलाई स्थानीयवासीले अनर्गल प्रचार गरी आक्रमणको निशाना बनाएको...

  • २०७५ फाल्गुण ८, बुधबार

    मगर महोत्सव शुरु

    लोप हुँदै गएको समुदायको संस्कृति संरक्षण गर्दै सङ्ग्रहालय बनाउने उद्देश्यले यहाँ प्रथम मगर महोत्सव शुरु भएको छ । पुन युवा क्लबद्वारा आयोजित महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको छ । महोत्सव उद्घाटन गर्दै उहाँले गण्डकी प्रदेश आर्थिक समृद्धि हासिल गर्ने पहिलो प्रदेश बन्ने दाबी गर्नुभएको छ । प्रदेशलाई समृद्ध बनाउन चालू आर्थिक वर्षमा घोषणा गरेका कार्यक्रमसमेत...

  • २०७५ फाल्गुण ७, मंगलबार

    राष्ट्रिय समाचार समितिको ५८औँ वार्षिकोत्सव मनाइँदै

    मुलुकको एक मात्र आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति ९रासस० स्थापनाको ५८औँ वार्षिकोत्सव आज मनाइँदैछ । विसं २०१७ फागुन ७ गते ९१८ फेब्रुअरी १९६२० मा निजी क्षेत्रका दुई नेपाल संवाद समिति र सगरमाथा संवाद समिति गाभिएर सरकारी स्वामित्वमा राससको स्थापना भएको हो । राससका संस्थापक रामराज पौड्याल हुनुहुन्छ भने उहाँको अध्यक्षतामा गठन भएको समितिमा नेपाल संवाद समितिका गोविन्द वियोगी तथा सगरमाथा...

  • २०७५ फाल्गुण ७, मंगलबार

    वरिष्ठतम् न्यायाधीश जोशीद्वारा राजीनामा

     सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश जोशीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिनुभएको हो । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि जोशीको नाम अनुमोदन नगरेपछि न्याय सम्पादन गर्ने वा नगर्ने विवादका बीच उहाँले सर्वोच्च अदालतमा काम गरिरहनुभएको थियो...

  • २०७५ फाल्गुण ७, मंगलबार

    आइपुगे मणिपुरबाट उद्धार गरिएका १७९ नेपाली

    मानव बेचविखनको जोखिममा परेका १७९ नेपालीलाई उत्तरपूर्वी भारतको मणिपुरबाट उद्धार गरी आज नेपाल ल्याइएको छ । तीमध्ये १४७ महिला र ३२ पुरुष छन् । माइती नेपाल र नेपाल सरकारको पहलमा मणिपुरको राजधानी इम्फालबाट उद्धार गरी ल्याइएका उनीहरुलाई आजै काठमाडौँ लगिने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसालले बताउनुभयो । उनीहरु चढेको छ भारतीय बस आज बिहान ९ बजे पूर्वीनाका...

  • २०७५ फाल्गुण ७, मंगलबार

    प्रजातन्त्र दिवसमा ज्ञात–अज्ञात शहीदहरूप्रति उच्च सम्मान अर्पण

    राष्ट्रपति विद्यादेवी भण्डारी ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित प्रजातन्त्र दिवस मूल समारोहमा सरिक हुनुभयो । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र प्रजातन्त्रको थालनी भएको स्मरणमा हरेक वर्ष फागुन ७ गतेका दिन राष्ट्रिय प्रजातन्त्र दिवसको रूपमा मनाउने गरिन्छ । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री एवं राष्ट्रिय...

  • २०७५ फाल्गुण ६, सोमबार

    तीनदिन प्रजातन्त्र दिवस मनाइने

    ६९औँ प्रजातन्त्र दिवस सोमबारदेखि तीनदिनसम्म विभिन्न कार्यक्रम गरी मनाउन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा ५०१ सदस्यीय प्रदेश समारोह समिति गठन गरिएको छ । समितिले तीन दिन सरकारी कार्यालय, औद्योगिक प्रतिष्ठान, शैक्षिक प्रतिष्ठान र निजी क्षेत्रका प्रतिष्ठानमा दीपावली, प्रभातफेरी, सरसफाइ गर्ने र बाल सुधारगृह तथा कोशी अञ्चल अस्पतालमा फलफूल वितरण गर्ने निर्णय गरेको छ भने नेपाल पत्रकार...

  • २०७५ फाल्गुण ५, आइतबार

    सः छगू फरक अभिब्यक्तिमा मथुरा साय्मि

    सः छगू फरक अभिव्यक्ति अन्तर्गत मथुरा साय्मिको प्रस्तुतिको रुपमा तेश्रो नेपालभाषा साहित्य गोष्ठी हालै सम्पन्न भयो । शनिबार पाटनमा भएको सो कार्यक्रममा वरिष्ठ साहित्यकार तथा कथाकार मथुरा साय्मिले एकल कथा वाचन गरिएको थियो । लेखक साय्मिले बाध्यात्मक रुपमा चली आएको कुसंस्कारलाई नाग्न नसकेर आफ्नी मातालाई औषधीमुलो गर्न नसकेर बचाउन नसकेको गरिबको मनमा वाण हान्ने खालको कथा, विकासको नाममा सरकारले...

  • २०७५ फाल्गुण ५, आइतबार

    ‘माय् औसं च्वनेगु’

    प्रा. वीणा पौड्याल  सनातन धर्मावलम्बीका विभिन्न पुराण फरक–फरक समयमा लिपिबद्ध भएका छन् । स्वस्थानी व्रतकथा संस्कृत र नेपाली भाषासँंगै नेपाल भाषा (नेवारी भाषा) मा पनि श्रवण गर्न सकिने भएकाले काठमाडौंमा यस पुस्तकको महत्त्व विशेष छ । स्वस्थानी १४ औंर१५ औं शताब्दीमा लेखिएको पुराण हो । स्वस्थानी व्रतकथालाई साहित्यिक दृष्टिकोणबाट विश्लेषण गर्दा यसका धेरै प्रसङ्ग महिलामैत्री छैनन् । देव, दानव र मानव...

  • २०७५ फाल्गुण ५, आइतबार

    सुदूरपश्चिमका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन

    सङ्घीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयले सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्बन्धित गाउँसभा तथा नगरसभाबाट सिफारिश एवं प्रदेशमार्फत सिफारिशबमोजिम सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा, डोटी र बाजुराका विभिन्न स्थानीय तहका नाम र केन्द्र परिवर्तन गरिएको हो । सुदूरपश्चिमका सात स्थानीय तहको केन्द्र, दुई तहको नाम र...

  • २०७५ फाल्गुण ५, आइतबार

    मन्दिरमा बालविवाह रोक्दै पुजारी

    पुजारीले मन्दिरमा उमेर नपुगी विवाह गर्न आएका जोडीको विवाह रोक्दै आएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री बनाउने योजनाअनुसार बालविवाह न्यूनीकरण गर्न मन्दिरका पुजारीलाई अभिमुखीकरण तालीम प्रदान गरेपछि पुजारी नै बालविवाह रोक्न सक्रिय बनेका हुन् । तुलसीपुर क्षेत्रमा सबैभन्दा बढी विवाह हुने त्रिशिद्धेश्वरी मन्दिरबाट चालू आर्थिक वर्षको अहिलेसम्म २८ बालविवाह रोकिएको पुजारी बुद्धिराम...

  • २०७५ फाल्गुण ५, आइतबार

    सोमबारदेखि पुनः वर्षा र हिमपात दोहोरिने

    पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपरान्ह्पछि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज मौसममा केही सुधार भई घाम लागे पनि भोली सोमबारबाट देशभरीकै मौसम पुन ः प्रभावित भई झरी पर्ने मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार पश्चिमी वायुको नयाँ प्रणाली सोमबार बिहानबाट भित्रिँदैछ ।...

Pages