STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७४ फाल्गुण ८, मंगलबार

    क्रिकेट खेलाडी केसी सम्मानित

    बागलुङ, राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई गृह जिल्ला बागलुङमा आज स्वागत तथा सम्मान गरिएको छ । बागलुङ नगरपालिका र जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित समारोहमा केसी नगद रु ५० हजारसहित सम्मानित हुनुभएको हो । बागलुङ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा सूर्य पाठक, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल र जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष धनबहादुर परियारले संयुक्त रुपमा सम्मानपत्र र...

  • २०७४ फाल्गुण ७, सोमबार

    राष्ट्रपति भण्डारी टुँडिखेलमा आयोजित समारोहमा

    काठमाडौँ,  ६८औँ प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी शहीदमञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ । सो समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश गोपाल पराजुली, मन्त्रीहरु एवम् संवैधानिक निकायका प्रमुखहरुको उपस्थिति छ । सो समारोह जारी छ ।

  • २०७४ फाल्गुण ७, सोमबार

    संघीय संसद्को प्रथम अधिवेशन आह्वान

    काठमाडौँ,  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिशमा यही फागुन २१ गते सोमबार संघीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ । नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा सो दिन ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँवानेश्वरमा संसद्को अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले जारी...

  • २०७४ फाल्गुण ७, सोमबार

    प्रजातन्त्र, यसप्रतिको आस्था र जनसरोकार

    –शुरबहादुर सिंह ,दिपेन्द्र शर्मा सुर्खेत,  (रासस) बुझाइमा प्रजातन्त्र र लोकतन्त्रमा भिन्नता देखिए पनि सामान्यत त्यसको अर्थमा विविधता छैन । अंग्रेजीमा लोकतन्त्र र प्रजातन्त्र दुबैलाई ‘डेमोक्रेसी’ नै भनिन्छ । तर नेपालीमा प्रजातन्त्रभन्दा लोकतन्त्रलाई परिस्कृत शासन व्यवस्थाका रुपमा लिइने गरिएको छ । राजा र प्रजाको ठूलो संघर्षबाट नेपालमा जहाँनिया राणाशासनको अन्त्य गरी २००७ मा स्थापना गरेको...

  • २०७४ फाल्गुण ७, सोमबार

    इरानमा भएको विमान दुर्घटनाबाट राष्ट्रसंघीय महासचिव स्तब्ध

    संयुक्त फागुन (रासस÷एएफपी) ः इरानमा आइतबार भएको यात्रुबाहक विमान दुर्घटनामा परी ६५ जनाको मृत्यु भएको घटनाले आफू स्तब्ध भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले बताउनुभएको छ । इरानको जाग्रोसस्थित पहाडी क्षेत्रमा आइतबार सो विमान दुर्घटनाग्रस्त भएको थियो । असेमान एयरलाइन्सको विमान तेहरानको मेहरावाद विमानस्थलबाट यासुजतर्फ जाँदै गरेको एयरलाइन्स दुर्घटनाग्रस्त भएको छ । सो विमान...

  • २०७४ फाल्गुण ७, सोमबार

    एकै व्यक्तिलाई चार पटकसम्मको फाँसी सजाय

    लाहोर, पाकिस्तान,  पाकिस्तानको एक अदालतले शनिबार एक व्यक्तिलाई फाँसीको सजाय दिएको छ । सो अदालतले ती व्यक्तिलाई चार पटकसम्मको फाँसीको सजाय सुनाएको थियो । एक बालिकाको बलात्कार र त्यसपछि हत्या गरेको आरोपमा फाँसी दिइएको थियो । इम्रान अलि नामक २४ वर्षीय यी व्यक्तिले छ वर्षीया एक बालिकालाई बलात्कार गर्नुका साथै उनको हत्या गरेका थिए । शहरको पूर्वी भागमा छ वर्षीया जाइनाब फतिमा नाम गरेकी ती बालिकाको गत...

  • २०७४ फाल्गुण ७, सोमबार

    समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भः प्रम ओली

    काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लामो समयदेखि अपेक्षा गरिरहेको राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “जनतामा निहित सार्वभौमसत्ता, गणतन्त्र र संघीयता, सामाजिक न्याय, समावेशी शासन प्रणाली र अग्रगामी परिवर्तनसहितको नेपालको संविधान नेपाली जनताको प्रतिनिधिबाट निर्माण भई कार्यान्वयनमा आइसकेको छ । तीनवटै तहको...

  • २०७४ फाल्गुण ७, सोमबार

    क्यानडा प्रजातन्त्र दिवस

    काठमाडौँ,  अठसट्ठिऔँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा क्यानडाको ओटवास्थित नेपाली राजदूतावासमा आज एक कार्यक्रम आयोजना गरियो । त्यस अवसरमा क्यानडाका लागि नेपाली राजदूत कालीप्रसाद पोखरेलले प्रजातन्त्र प्राप्तिको लडाइँमा प्राण उत्सर्ग गर्नुभएका ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै क्यानडासँग नेपालको व्यापार, लगानी र पर्यटन प्रवद्र्धनका साथै पारस्परिक सम्बन्धलाई थप सुदृढ तुल्याउन...

  • २०७४ फाल्गुण ७, सोमबार

    ‘प्रदेश सरकार समावेशी बन्न सकेन’

    सुर्खेत,  प्रदेश नं ६ का सांसदले प्रदेश सरकार समावेशी नभएको गुनासो गरेका छन् । समावेशीको कुरा गर्ने वाम गठबन्धनको सरकार बने पनि समावेशी बन्न नसकेको सांसदले आरोप लगाएका छन् । सो प्रदेशमा गठन भएको प्रदेश सरकारका लागि नेकपा (एमाले)ले चार र नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्रीसहित तीन मन्त्री पाएका छन् । माओवादी केन्द्रले आफूले पाएको भूमि व्यवस्थापन र कृषि तथा सहकारी मन्त्रालयमा रुकुमकी विमला...

  • २०७४ फाल्गुण ६, आइतबार

    अध्यक्ष दाहाल संसदीय दलका नेता निर्वाचित

    नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पार्टीको संसदीय दलको नेतामा चुनिनुभएको छ । माओवादी केन्द्र संसदीय दलको आज बसेको बैठकले पार्टी अध्यक्षलाई सर्वसम्मत रुपमा दलको नेता चुनेको पार्टी प्रवक्ता पम्फा भुसालले राससलाई जानकारी दिनुभयो । बैठकले वैचारिक पाटालाई एमाले र माओवादी केन्द्रबीचको वार्ता र सहमतिबाट टुंगाउन पहल गर्ने र पार्टी एकता तथा सरकारमा हुने सहभागितालाई सँगै लैजाने...

  • २०७४ फाल्गुण ६, आइतबार

    पाठ्यक्रममा भक्तपुरको पहिचान समेट्न सुझाव

    नगरकोट, शिक्षकहरुले विद्यालयका पाठ्यक्रममा भक्तपुरको पहिचान, इतिहास, स्थानीय सीप र प्रविधि, पर्यटन र स्थानीय खेलका विषयवस्तु समेट्नुपर्ने सुझाव दिनुभएको छ । भक्तपुर नगरपालिकाले यहाँ आयोजना गरेको कार्यशालामा शान्ति निकेतन माविका प्रअ महेन्द्रगोपाल कर्माचार्यले भक्तपुरको पहिचान, वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले भक्तपुरको इतिहास र वासु माविका प्रअ अम्बिका न्याइच्याइँले स्थानीय सीप र...

  • २०७४ फाल्गुण ६, आइतबार

    ‘नारायणगढ–मुग्लिन सडकखण्डको म्याद थपिँदैन

    धादिङ, रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेलले नारायणगढ–मुग्लिन सडकखण्डको करार अवधि अब नथपिने बताउनुभएको छ । तेस्रो पटक थपिएको म्याद यही फागुन ८ गते समाप्त हुँदैछ । प्रेस सेन्टर धादिङले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयको कामसमेत गर्दै आउनुभएको मन्त्री जमरकट्टेलले श्रमजीवी पत्रकारको उचित पारिश्रमिकको व्यवस्था र मिडिया मैत्री कानूनको...

Pages