राष्ट्रिय
-
२०७४ फाल्गुण ४, शुक्रबार
काँग्रेसी कार्यकर्ताले आफैँ भित्रबाट प्रेरणाको खोजी गर्नुपर्ने
पोखरा, नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली काँग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । काँग्रेस कास्कीका सभापति कृष्ण केसीको सभापतित्वमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टी पूर्वमहामन्त्री सिटौलाले संविधानको कार्यान्वयन एवं राष्ट्र एवं जनताका हितमा सरकारलाई सही बाटामा हिँडाउन काँग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले...
-
२०७४ फाल्गुण ४, शुक्रबार
‘ग्याल्बो ल्होसार’ सम्पन्न
काठमाडौँ, हिमाली भेग तथा त्यस वरपर क्षेत्रमा बसोबास गर्ने समुदायले ‘ग्याल्बो ल्होसार’ आज मनाएका छन् । विशेषगरी बौद्ध धर्मको महायानी सम्प्रदायका शेर्पा जातिले नयाँ वर्षका रुपमा आज ल्होसार पर्व मनाए । बाह्र जनावरका नामबाट वर्ष परिवर्तन हुने विश्वासका अनुसार चरा वर्ष आजदेखि कुकुर वर्षमा प्रवेश गरेको छ । । शेर्पा जातिको नयाँ वर्ष ग्याल्बो ल्होसारले धर्मसंस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा...
-
२०७४ फाल्गुण ४, शुक्रबार
एकाध दिनमै पार्टी एकता टुंगिन्छ– अध्यक्ष दाहाल
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा(एमाले)सँगको पार्टी एकतालाई केही दिनभित्रै टुंग्याउने गरी पहल भइरहेको बताउनुभएको छ । पार्टी सम्बद्ध एकीकृत अखिल नेपाल शिक्षक संगठनको महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो, “पार्टी एकताका पक्षमा सघनरुपमा छलफल भइरहेको छ । विवाद भएर वा कुरा नमिलेर होइन, सबै विषयलाई एकमुष्ठरुपमा मिलाउन लागिएकाले केही समय लागेको जस्तो...
-
२०७४ फाल्गुण ४, शुक्रबार
प्रदेश नं ३ को राजधानी सार्नुपर्नेमा सांसदहरुको जोड
प्रदेश नं ३ को स्थायी राजधानी हेटाँैडाबाट अन्यत्रै सार्नुपर्नेमा प्रदेश नं ३ का प्रतिनिधि तथा प्रदेश सांसदहरुले जोड दिएका छन् । उनीहरुले यसअघिको काम चलाउ सरकारले जनताको भावना र चाहना विपरित भौगोलिक अवस्थालाई समेत मूल्यांकन नगरी हचुवाको भरमा हेटाँडालाई अस्थायी राजधानी तोकेकाले अन्यत्रै राजधानी सार्नुपर्नेमा जोड दिएका हुन् । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा प्रदेश नं ३ को...
-
२०७४ फाल्गुण ४, शुक्रबार
मिथिला परिक्रमाका श्रद्धालु जनकपुरबाट कल्याणेश्वर प्रस्थान
हिमांशु चौधरी जनकपुरधाम, ४ फागुन,‘अनेकतामा एकता’को विशिष्ट उदाहरणको रूपमा रहेको मिथिला परिक्रमाका श्रद्धालु आज जनकपुरधामबाट कल्याणेश्वर प्रस्थान गरेका छन् । पन्ध्र दिने उक्त परिक्रमा फागुन प्रतिपदामा शुरु भई पूर्णिमाका दिन सम्पन्न हुन्छ । सो अनुसार बुधबारबाट शुरु हुने भनिएको परिक्रमा तिथिमितिमा घटबढका कारण बिहीबारबाट शुरु भएको छ । मिथिला महात्म्यकाअनुसार मिथिलापुरीको यात्राफल राम्रो मानिन्छ ।...
-
२०७४ फाल्गुण ४, शुक्रबार
हरेक पाँचमध्ये एक जनामा मानसिक समस्या
काठमाडौँ, नेपालमा हरेक पाँच जनामध्ये एक जनामा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, प्राथमिक तथा पुनर्जागरण महाशाखाद्वारा पहिलो पटक आयोजित “अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन— २०१८” मा नेपालमा मानसिक रोगको समस्या उच्च रहेको जनाएको छ । सो अवसरमा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले मानसिक समस्या भएका व्यक्ति सामाजिक सोचका...
-
२०७४ फाल्गुण ४, शुक्रबार
अमेरिकामा सामान्य बन्दैछ विद्यालयमा हुने गोलीकाण्ड
वासिङ्टन, अमेरिकामा विद्यालयमा गोलीकाण्ड हुने र विद्यार्थी तथा साना बालबालिकाको ज्यानजाने जस्ता घटना समान्यजस्तो हुदै गएको पाइएको छ । यस्ता डरलाग्दा घटनाहरु दोहोरिन थालेका छन् । जसले गर्दा यहाँको सरकारलाई विद्यालयमा अपनाउनुपर्ने सुरक्षा व्यवस्थाका बारेमा सोच्नुपर्ने भएको छ । अमेरिकाको फ्लोरिडामा अवस्थित एक विद्यालयमा बुधबार बन्दुकधारीले गोली चलाउदा कम्तीमा १७ जना विद्यार्थीको ज्यान गएको समाचार...
-
२०७४ फाल्गुण २, बुधबार
पुनःनिर्माणका लागि गोरखा दरबार भत्काइयो
भूकम्पले क्षति पुगेको ऐतिहासिक महत्व बोकेको गोरखा दरबार भत्काइएको छ । करिब चार सय वर्ष पुरानो गोरखा दरबार भत्काएर जगदेखि नै पुनःनिर्माण गर्न लागिएको हो । विसं १९९० को भूकम्पले क्षति नपुगेको दरबार बारपाक केन्द्र रहेर २०७२ बैशाख १२ मा गएको गोरखा भूकम्पले क्षति पुगेको थियो । विसं १६८६ मा गोरखाका राजा राम शाहको पालामा यो दरबार बनाइएको थियो । दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालका अनुसार...
-
२०७४ माघ २८, आइतबार
नेपालमा ३२ हजारभन्दा बढी एचआईभी संक्रमित
भक्तपुर, २८ माघ (रासस) ः नेपालमा एचआईभी संक्रमितको संख्या ३२ हजार नाघेको छ । अन्तर्राष्ट्रिय कण्डम दिवसका अवसरमा आज भक्तपुरमा शुरुवात नामक संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराईएको हो । कार्यक्रममा एड्स हेल्थ केयर फाउण्डेसन (एएचएफ) का प्रतिनिधि रवि सिंहले हालैको तथ्याङ्कअनुसार ३२ हजार ७३५ एचआईभी संक्रमित रहेको र त्यसमध्ये २३ हजार एचआईभी संक्रमितको पहिचान भएको र अझै १०...
-
२०७४ माघ २५, बिहिबार
उत्तर कोरियाले गर्ने भो ओलम्पिकको पूर्वसन्ध्यामा सैन्य परेड
अन्ततः शीतकालीन ओलम्पिक गेमको पूर्वसन्ध्यामा उत्तर कोरियाले सैन्य परेड गर्ने भएको छ । उत्तर कोरियाले आफ्नो सेना स्थापना दिवसको अवसरमा हरेक वर्षको फेब्रुअरी ८ मा सैन्य परेड आयोजना गर्ने गरेको भए पनि यस वर्ष शीतकालीन ओलम्पिकका कारण नगर्ने बताएको थियो । उत्तर कोरियाले सैन्य परेडमाथि भइरहेका आलोचना खारेज गर्दै यसमाथि बोल्ने अधिकार कसैमाथि पनि नभएको टिप्पणी गरेको छ । विश्वका केही देशहरुले उत्तर...
-
२०७४ माघ २५, बिहिबार
ताइवान भूकम्पमा ९ जना जापानीहरु घाइते, आधुनिक भवन ढले
शक्तिशाली भूकम्पपछि ताइवानमा उद्दार र राहत जारी छ । तर, निरन्तर आइरहेको परकम्पले दुःख दिइरहेको छ । बिहीबार बिहानै ५.७ म्याग्निच्यूडको परकम्पले ताइवानको पूर्वी क्षेत्रलाई फेरि बेस्सरी हल्लायो । मंगलबार राति ११ बजेर ५० मिनेटमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो, जसमा कम्तीमा नौ जनाले ज्यान गएको छ भने ३ सय बढि घाइते छन् । हुआलिनमा अझै ५८ मानिसहरु अझै हराइरहेका छन्, जसमध्ये धेरै जना भुकम्पले...
-
२०७४ माघ २५, बिहिबार
अदालतबाटै बंगलोदशकी पूर्वप्रधानन्त्री खालिदा जिया पक्राउ, ५ वर्ष जेल सजाय
बंगलादेशका पूर्वप्रधानमन्त्री खालिदा जियालाई भ्रष्टाचारको मुद्दामा ५ वर्ष जेल सजाय सुनाइएको छ । अदालतको आदेश लगतै प्रमुख विपक्षी दलकी नेत्री समेत रहेकी ७४ वर्षीया जियालाई पक्राउ गरिएको छ । जेल जाने क्रमा गहभरी आँसु बनाएका उनले आफन्तलाई चिन्ता नगर्न र हिम्मत नहार्न आग्रह गरेकी थिइन् । आफूमाथि राजनीतिबाट प्रेरित भएर आरोप लगाइएको भन्दै उनले आफू फर्किएर आउने बताएको डेलिस्टारले जनाएको छ ।बच्चाहरुका...


