राष्ट्रिय
-
२०७९ पौष २१, बिहिबार
राहदानी सफ्टवेयर कम्पनीले पठायो हेडक्वार्टरबाट विशेषज्ञ टोली
काठमाडाैं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएपछि राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले आफ्ना उच्च तहका प्राविधिकलाई नेपाल पठाएको छ । त्रिपुरेश्वरस्थित राहदानी विभागको सफ्टवेयरमा समस्या देखिएको भन्दै विभागले पूर्ण सेवा दिन नसकिने सूचना जारी गरेपछि प्रधानमन्त्री कार्यालयले तत्परता लिँदै सफ्टवेयर र प्रणालीको अनुगमन र निरीक्षण गरेपछि कम्पनीले आफ्ना...
-
२०७९ पौष २१, बिहिबार
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा ‘समय कार्ड’ लागू
काठमाडाैं - जिल्ला प्रशासन कार्यालय काठमाडौँले नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउन आजदेखि विभिन्न सेवा प्रवाहमा ‘समय कार्ड’ लागू गरेको छ । यस्तै गुनासो सुन्न प्रजिअ आफैँ सक्रिय हुनुहुनेछ भने ६५ वर्षमाथिका नागरिकलाई सेवा दिन सहयोगी खटाउन थालिएको छ । अन्य अशक्त, दूधे बालक बोकेका महिलालगायतलाई भने लाइनमा नराखी सेवा प्रवाह गर्ने व्यवस्था पनि मिलाइएको छ । यसले प्रशासनको सेवा प्रवाहलाई चुस्त...
-
२०७९ पौष २१, बिहिबार
पत्रकार दबूको महाधिवेशनमा एक पद बाहेक सबैमा निर्विरोध
नेवाः पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको चौंथो महाधिवेशन यही पुस २३ गते हुने भएको छ । ललितपुरको ज्वागल बैंक्वैटमा हुने महाधिवेशनमा प्रथम मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्य तथा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको फोटोमा माल्यार्पण गरी कार्यक्रम शुरु गर्ने कुरा दबू सुत्र ले जानकारी दिएको छ । यसै महाधिवेशनले आगामी तीन बर्षका लागि नयाँ...
-
२०७९ पौष २०, बुधबार
चितवनमा बौलाहा कुकुर आतंक, २ घण्टामै २५ जनालाई टोक्यो
चितवन - बौलाहा कुकुरले टोक्दा २५ जना घाइते भएका छन् । जिल्लाको इच्छाकामना गाउँपालिकाको विभिन्न गाउँमा बौलाहा कुकुरले उनीहरुलाई टोकेको हो । गाउँपालिकाको वडा नं ३ अन्तर्गत माझगाउँ, नागदह, ढाप, चिसापनीमा बौलाहा कुकुरले आतङ्क मच्चाएको थियो । घरमा काम गरिरहेको र बाटामा हिँडिरहेका व्यक्तिलाई बौलाहा कुकुरले टोकेको थियो । गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालका अनुसार दुई घण्टाको बीचमा बौलाहा कुकुरले...
-
२०७९ पौष १२, मंगलबार
संस्कृति संरक्षण र आर्थिक उपार्जन गर्न स्थानीय मेला जात्रा
छन्त्याल, थकाली, मगरलगायत विभिन्न जनजातिको बसोबास रहेको म्याग्दीमा स्थानीय लोककला र संस्कृतिको संरक्षण गर्न जिल्लाका विभिन्न स्थानमा परम्परागत मेला जात्रा लाग्ने गरेका छन् । जिल्लाका बेनी, गलेश्वर, वरङ्जा, नारच्याङ, दोवा, पाखापानी, कुँइनेमङ्गले लगायतका स्थानमा जातीय संस्कृति झल्कने र सामाजिक सद्भाव कायम हुने खालका मेला लाग्ने गरेका छन् । त्यसका साथै तीज, जनैपूर्णिमा, माघेसङ्क्रान्ति,...
-
२०७९ पौष १२, मंगलबार
सङ्घीय संसद्को अधिवेशन पुस २५ गते आह्वान
राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस २५ गते सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । उहाँले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही पुस २५ गते सोमबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा संसद् अधिवेशन आह्वान गर्नुभएको हो । यसैबीच, सङ्घीय संसद् सचिवालयले राष्ट्रपतिबाट अधिवेशन आह्वान भएकाले उक्त, मिति, समय र स्थानमा उपस्थितिका लागि सबै संसद्...
-
२०७९ पौष ७, बिहिबार
रात्रिबस नयाँबसपार्कमा मात्र पार्किङ
काठमाडाैं - काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा मात्र रात्रिबस पार्किङ गर्न पाइने भएको छ । ट्राफिक प्रहरीले सरोकारवाला निकायसँग छलफल गरी मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट देशका विभिन्न जिल्लाका लागि छुट्ने रात्रिबस गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र पार्किङ गर्न पाइने व्यवस्था गरेको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले रात्रिबस...
-
२०७९ पौष ५, मंगलबार
नारायणगढ–मुग्लिङ सडक आजबाट बिहान ११ बजेदेखि ३ बजेसम्म बन्द
काठमाडौं - नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ। सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो। आजदेखि एक महिना दैनिक चार घण्टा सडक बन्द रहने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए। सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुनेछ। भौगोलिकरूपमा कठिन...
-
२०७९ पौष ४, सोमबार
सांसदहरुको शपथ तयारी अन्तिम चरणमा
काठमाडौं - संघीय संसद सचिवालयले सांसदहरुको शपथको तयारी अन्तिम चरणमा पुर्याएको छ । संघीय संसदका महासचिव भरतराज गौतमले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको समन्वयमा शपथको समय समेत करिब करिब टुंगो लगाएको संसद सचिवालयका अधिकारीहरु बताउँछन् । उनीहरुका अनुसार सांसदहरूको शपथ पुस ६ वा ७ गते दिउँसो १ बजे गर्ने तयारी छ । तर, सांसदहरुको शपथ भन्दा अगाडि निर्वाचितहरुमध्ये...
-
२०७९ पौष १, शुक्रबार
मनाइयो पाँचौं राष्ट्रिय झण्डा दिवस
काठमाडौं - राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको सम्झनामा हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस मनाउने गरिन्छ । शुक्रबार देशैभर विभिन्न कार्याक्रम आयोजना गरि पाँचौ राष्ट्रिय झण्डा दिवस मनाइएको छ । संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको सम्झनामा हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस...
-
२०७९ पौष १, शुक्रबार
बलिउड अभिनेता विवेक ओबरोय र अध्यक्ष दाहालबीच भेटवार्ता
काठमाडौं - बलिउड अभिनेता विवेक ओबरोयले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । नेपालमा भ्रमणमा रहेका अभिनेता विवेक आफ्नो बुवा तथा टेलिभिजन पर्सनालिटी सुरेश ओबरायसँगै अध्यक्ष दाहाललाई भेट्न खुमलटार पुगेका हुन् । हिजो मात्रै परिवारसहित नेपालमा आइपुगेका ओबरोय बाबु–छोरा र अध्यक्ष दाहालबीचको भेटवार्ताको तस्वीर दाहालपुत्री गंगा दाहालले सामाजिक सञ्जालमार्फत् सार्वजनिक...
-
२०७९ मङ्सिर २८, बुधबार
निर्वाचनको अन्तिम परिणाम सार्वजनिक
काठमाडौं - निर्वाचन आयोगले गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बुधबार पत्रकार सम्मेलन गरी प्रतिनिधिसभातर्फको चुनावको परिणाम घोषणा गरेका हुन्। दलहरुले बन्दसूचीमा रहेका समानुपातिक सांसदहरुको नाम सच्चाएर पठाएपछि आयोगले आज निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको हो। आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी...


