STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७९ फाल्गुण २४, बुधबार

    नारी दिवसको अवसरमा तीन पत्रकारलाई साधना पत्रकार सम्मान

    नेवाः पत्रकार राष्ट्रिय दबूले १ सय १३औं अन्तर्राष्ट्रिय नारी दिवसकाे अवसरमा तीन जना महिला पत्रकारलाई साधना महिला पत्रकारिता सम्मान प्रदान गरेकाे छ । सम्मानित पत्रकार त्रय मध्ये थाहा एफएमका सञ्चुकुमारी लामा, नेपाल टेलिभिजनका अञ्जना शिल्पकार र गाेर्खापत्रका फाेटाेपत्रकार कविता थापा रहेका छन् ।  ललितपुरकाे पुल्चोकस्थित अक्षेयश्वर महाविहारमा बुधबार सम्पन्न एक समाराेहकाबीच पत्रकार राष्ट्रिय दबूका...

  • २०७९ फाल्गुण २३, मंगलबार

    महामूर्ख मेयर साह, पटमूर्ख ऋषि धमला !

    काठमाडौं -यस वर्षको महामूर्खको उपाधि जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहलाई प्रदान गरिएको छ । होली पर्वको अवसरमा मिथिला नाटयकला परिषद (मिनाप)ले प्रत्येक वर्ष मनाउँदै आएको दुई दिवसीय होरी (होली) महोत्सव अन्तर्गत आज (मङ्गलबार ) महामुर्ख सम्मेलनमा यस वर्षको महामूर्खको उपाधि मेयर साहलाई प्रदान गरिएको हो । मधेस प्रदेशका उद्योग, पर्यटन तथा वातावरणमन्त्री सुनिता यादवले उल्लु स्वरूपको टोपी र परवलको...

  • २०७९ फाल्गुण २३, मंगलबार

    आज तराईका विभिन्न जिल्लामा हाेली मनाइँदै

    काठमाडौं - फागुपूर्णिमा अर्थात होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर  मनाइँदै छ । सोमबार हिमाली एवं पहाडी जिल्ला सो पर्व मनाइएको  थियो  ।  वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रूपमा  मनाउने प्रचलन रही आएको छ । त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले...

  • २०७९ फाल्गुण २२, सोमबार

    मर्यादित बन्दै होली

      काठमाडौँ - विगत केही वर्षअघिसम्म फागुपूर्णिमा (होली) पर्वको एक साताअघिदेखि नै राजधानीमा युवतीको आवागमन बन्द हुन्थ्यो । काम विशेषले निस्कनै पर्ने युवतीले घर फर्कंदा निथ्रुक्क हुनुपर्ने बाध्यता थियो । फागुन शुक्ल अष्टमीको बिहान हनुमानढोका दरबार क्षेत्रमा चीर गाडेपछि युवतीलाई पानी भरेको लोलाले हिर्काउने परम्परा नै बनेको थियो । यो विकृति क्रमशः अन्त्य हुन थालेको छ । केही वर्षअघिसम्म फागुपूर्णिमाका...

  • २०७९ फाल्गुण १७, बुधबार

    बलात्कार घटनामा सन्दीपकाे फैसला विवादमा

    काठमाडौं - बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले विदेश जान अनुमति मात्रै नदिई बलात्कार आरोपमाथि नै प्रश्न उब्जाउने गरि गरेको फैसला विवादित बन्न पुगेको छ । किशोरीको यौनाङ्गमा विर्य नदेखिएको, रुममेटसँगको सम्वादमा खुशी छु भन्दै म्यासेज गरेको र उनको उमेरमाथि प्रश्नसहितका कारण देखाउदै विदेश यात्रा अनुमति दिएपछि सर्वोच्चको फैसलामाथि टिप्पणी शुरु भएको हो । बलात्कार आरोपमा गौशाला...

  • २०७९ फाल्गुण १५, सोमबार

    वाङ्मय शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीलाई मरणोपरान्त ‘नइ कीर्ति रत्न’

    वाङ्मय शताब्दी पुरुष  सत्यमोहन जोशीले साहित्य,कला, संस्कृतिको क्षेत्रमा जीवन पर्यन्त गर्नु भएको अतुलनीय योगदानको कदर स्वरुप मरणोपरान्त ‘नइ कीर्ति रत्न’ विभुषणबाट विभूषित गरिने भएको छ। नेपाली भाषा, साहित्य, कला, संस्कृति, ज्ञानविज्ञान, खेलकुद, समाजसेवाजस्ता क्षेत्रमा योगदानका पुर्‍याएकाे भन्दै नई प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाई को अध्यक्षतामा बसेको बैठकले जाेशीलाई विभुषणबाट विभुषित गर्ने निर्णय...

  • २०७९ फाल्गुण १५, सोमबार

    आजदेेखि फागु सुरु, हनुमानढोकामा चीर ठड्याइयो

    काठमाडौँ - आजदेखि विधिवत रुपमा फागु अर्थात् होली पर्व सुरु भएको छ । काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याएर होली सुरु गरिएको हो । वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ आज (सोमबार) तीनतले चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व शुरु भएको मान्ने गरिन्छ । आज बिहान ७ः४५ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएर र एक–अर्कालाई अबिर दलेर...

  • २०७९ फाल्गुण १४, आइतबार

    सामाजिक सञ्जाल दर्ता गराउनुपर्यो - मेयर बालेन

      काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी तथ्याङ्कलाई थप सुरक्षित बनाउन देशभरका सबै स्थानीय तहको तथ्याङ्क व्यवस्थापन एउटै सफ्टवेयरबाट गर्ने तयारी भइरहेको बताएकी छन्। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सिंहदरबारस्थित मन्त्रालयमा आज उनीसँग गरेको भेटमा सरकारका प्रवक्ता शर्माले भनिन्, “फरकफरक डाटा सेन्टर हुँदा सरकारी तथ्याङ्क असुरक्षित देखिएकाले सरकारले आफ्नै...

  • २०७९ फाल्गुण १४, आइतबार

    लाइसेन्समा पास हुने २० प्रतिशतसम्म बढे

    काठमाडाैँ - चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै चालक अनुमतिपत्र पास हुनेको सङ्ख्या १० देखि २० प्रतिशतसम्म बढेको छ । बागमती प्रदेश सरकारले गरेको निर्णयका आधारमा काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले यो महिनाको सुरुदेखि नै ७० प्रतिशत ल्याउँदा पास हुने नियम लागू गराएका हुन् । नियम लागू भए पनि दुई पाङ्ग्रे...

  • २०७९ फाल्गुण १४, आइतबार

    प्रधानमन्त्री फागुन १९ गते कतार जाँदै

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारको दोहामा हुने अतिकम विकसित मुलुकहरु (एलडिसिज)को पाँचौँ सम्मेलनमा सहभागी हुन यही फागुन १९ गते त्यसतर्फ जाने भएका छन् । प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी हुन फागुन १९ गते त्यसतर्फ जानुहुने र फागुन २२ गते स्वदेश फर्कने कार्यक्रम तय भएको पररराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनका क्रममा उनी संयुक्त...

  • २०७९ फाल्गुण ११, बिहिबार

    पोखरा विमानस्थलमा आजदेखि रात्रिकालीन उडान सुरु

    काठमाडौं - देशकै तेस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान सुरु हुने भएको छ । यसअघि उक्त विमानस्थलमा बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै जहाज उडान गरिँदै आएको भए पनि आजदेखि रात्रिकालीन सेवा दिन सुरु गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले बताए । उनले भने, “आइएफआर प्रणाली लागू भएसँगै अब...

  • २०७९ फाल्गुण ११, बिहिबार

    अब शनिबारबाहेक सार्वजनिक बिदाका दिन पनि सरकारी कार्यालय खुल्ने

    काठमाडौं- मन्त्रिपरिषदको बैठकले शनिबारबाहेक सार्वजनिक बिदाका दिन पनि अत्यावश्यक सरकारी कार्यालय खोल्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले छलफलपश्चात् उक्त निर्णय गरेको हो । बैठकमा सार्वजनिक बिदा धेरै भएको र सार्वजनिक बिदाका विषयमा अनेकन् आलोचना भइरहेकालाई त्यसलाई मध्यनजर गर्दै शनिबारबाहेकका बिदाका दिन पनि महत्त्वपूर्ण सरकारी कार्यालय खोल्ने विषयमा छलफल भएको थियो । यससँगै...

Pages