STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साहित्य-कला

  • २०७९ पौष १८, सोमबार

    सबैभन्दा ठुलो अवार्ड भनेर दाबी गरिएको अवार्ड माघ २९ मा

    संसार क्रिएशन्सको आयोजनामा हुन गइरहेको नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड्सलाई संसारकै सबैभन्दा ठुलो र लामो अवार्ड कार्यक्रम भनी दावी गर्दै आगामी माघ २९ गते पुरस्कार कार्यक्रम हुने भएको छ । सोही अवार्डको शनिबार कीर्तिपुरमा आयोजित कार्यक्रममा अवार्डका लागि  टप टेन  नोमिनेसन परेकाहरुलाई  प्रमाण पत्र र मेडल वितरण कार्यक्रम सम्पन्न भएको छ । सो समारोहमा  बोल्दै संसार क्रिएशन्सका क्रिएटिभ डाइरेक्टर...

  • २०७९ पौष १६, शनिबार

    नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्ड्का प्रतिस्पर्धिहरु लाई शनिबार मनोनयन प्रमाण पत्र

    नेपालभाषाको गीत - संगीत र चलचित्र क्षेत्रकै सबैभन्दा ठुलो पुरस्कार समारोह भनेर दाबी गरिएको नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्ड्सको दोश्रो संस्करणको पुरस्कारको प्रतिस्पर्धामा रहेकाहरुको मनोनयन विभिन्न सामाजिक सन्जाल मार्फत सार्वजनिक नभइसकेको छ भने  शनिबार किर्तिपुर सिनेप्लेक्समा मनोनयनमा परेका हरुलाई प्रमाण पत्र गरिने भएको छ  मनोरन्जन क्षेत्रमा सकृयता देखाउँदै आएको  संसार्स क्रिएसनले  शनिबार...

  • २०७९ पौष १६, शनिबार

    गायक तथा सन्चारकर्मि सुरज ब्यञ्जनकारको सहभागीतामा वडा नं ९ पुरस्कृत

    ओउक्रु नेपाल oucru Nepal को आयोजनामा सम्पन्न भएको "World Antimicrobial Awareness Week - 2022” को सुखद् उपलक्ष्यमा भएको एन्टिबायोटिक सम्बन्धि गीत प्रतियोगितामा ललितपुर महानगरपालिका वडा नंं. ९  प्रथम पुरस्कार जित्न सफल भएको छ ।  प्रथम हुने वडा नं. ९ टिममा  गायनमा ख्याति कमाउनु भएका सुरज ब्यञ्जनकार का साथमा राजकुमार महर्जन , सिद्धी महर्जन, विन्देश्वरी शाक्य , रसिता अवाले ले स्वर दिनु भएको थियो भने...

  • २०७९ पौष १६, शनिबार

    त्रिमूर्ति निकेतनमा १३९ औं लेखनाथ जयन्ती सम्पन्न

    त्रिमूर्ति निकेतनद्वारा आयोजित एक समारोहको बीच कविशिरोमणि लेखनाथ पौड्यालको १३९ औँ जयन्ती मनाएको छ । सोही उपलक्ष्यमा सञ्चारग्रामस्थित लेखनाथ पौड्यालको पूर्णकदको सालीकमा शुक्रबार निकेतनका  अध्यक्ष इन्दिरा प्रसाईले माल्यार्पण गर्नुभयो । सोही अवसरमा उहाँले नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदको सालीकमा पनि माल्यार्पण गर्नुभयो ।  त्रिमूर्ति निकेतनद्वारा आयोजित सो...

  • २०७९ पौष १६, शनिबार

    श्रीपुरुष ढकाललाई लाइफटाइम र पत्रकार तुलाधरलाई रजत सम्मान गर्दै पचास विधामा सगरमाथा अवार्ड

    सहारा एप चौथो ‘सगरमाथा म्युजिक अवार्ड २०७९’ राजधानीमा भब्य रुपमा सम्पन्न भएको छ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृतिको संरक्षण-प्रवर्धन हाम्रो अभियान’ भन्ने नाराको साथ आयोजना गरिएको सो अवार्ड ‘अर्थ नेपाल प्रालि’को आयोजनामा सम्पन्न भएको हो ।  सो अवार्ड समारोहमा विशिष्ट गीतकार श्रीपुरुष ढकाललाई नगद रु.१७,६९६/- सहित ‘सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्ड’ द्वारा सम्मान गरिएको थियो । गीतकार...

  • २०७९ मङ्सिर २८, बुधबार

    बज्राचार्य अवार्ड्सको दोश्रो संस्करण शनिबार हुने

    शैक्षिक क्षेत्रमा सफलता हासिल गर्ने बज्राचार्यहरुलाई दिईँदै आएको बज्राचार्य अवार्ड्सको दोश्रो संस्करण यही पुस २ गते शनिवार आयोजना हुने भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा एक भव्य समारोहको आयोजना गर्दै अवार्ड वितरण गर्न लागिएको हो । शैक्षिक क्षेत्रमा केन्द्रीत हुँदै बज्राचार्य समुदायमा वितरण गरिँदै आएको अवार्डमा यसपटक एक सय जनाभन्दा बढी विद्यार्थीहरु पुरस्कृत हुन लागेको कार्यक्रम संयोजक...

  • २०७९ मङ्सिर २६, सोमबार

    मिसेस नेपाल वर्ल्ड दिक्षा केसी मिसेस वर्ल्डमा सहभागी हुन अमेरिकातिर

    वाई वाई मिसेस नेपाल  वर्ल्ड  दिक्षा केसी नेपालको प्रतिनिधित्व गर्दै यस वर्षको मिसेस वर्ल्डमा सहभागी हुन हिजो राती अमेरिका प्रस्थान गरेकी छन् ।   उनी आगामी डिसेम्बर १७ मा अमेरिकाको लस भेगासस्थित वेस्ट गेट रिसोर्टमा हुने मिसेस  वर्ल्डमा नेपालको तर्फबाट स्पर्धा गर्दैछिन्।  सन् १९८४ बाट सञ्चालन हुँदै आएको मिसेस  वर्ल्ड विवाहित महिलाको पहिलो सौन्दर्य प्रतियोगिताका साथै विवाहित महिलाहरु बीचको सर्वाधिक...

  • २०७९ मङ्सिर २३, शुक्रबार

    सुन्दरीहरूले मनाए यःमरि पुन्हि

    नेप्लीज फेसन होमले हरेक वर्ष यो वर्ष पनि मिस नेवाः नेपाल, मिस लिटील नेवाः र किड क्वीनका विजेता, उपविजेता र सहभागीका साथमा यस वर्ष हुने मिस लिटील नेवाः का प्रतियोगीहरुले बिहीबार यःमरि बनाउने विधि सिक्दै र सिकाउँदै यःमरि पुन्हि मनाएका हुन्।  राजधानीको डिल्लीबजारस्थित नेप्लीज फेसन होमको कार्यालयमा रहेको प्रशिक्षण कक्षमा जम्मा भएका नेवार सुन्दरीहरुले बिहीबार दिनभर चामलको पिठो मुछेर रोटी बनाई चाकु र...

  • २०७९ मङ्सिर २२, बिहिबार

    बज्राचार्यलाई सत्यमोहन जोशी साहित्य सिरपा प्रदान

    पहिलो सत्यमोहन जोशी साहित्य सिरपा ९पुरस्कार०– ११४३ साहित्यकार एवं भाषाथुवाः फणिन्द्ररत्न बज्राचार्यलाई प्रदान गरिएको छ। नेपाल भाषा मंकाः खलः यलले बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा एक समारोहको आयोजना गरी सो पुरस्कार प्रदान गरिएको हो । सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले साहित्यकार बज्राचार्य लाई दोसल्ला ओढाई नगद राशि ५१ हजार रुपैयाँ सहित सम्मानपत्र प्रदान गर्नुभयो । वाङमय शताब्दी पुरुष...

  • २०७९ मङ्सिर १५, बिहिबार

    अग्रज स्रष्टा पवन जोशीको ७१ अौं गीत तयार

    नेपालभाषा तथा नेपाली चलचित्र क्षेत्रमा सक्रिय अग्रज स्रष्टा वरिष्ठ कलाकार, निर्देशक तथा लेखक पवन जोशीद्वारा रचित ७१औं गीत हालै काठमाडौको अन्नपूर्ण रेकर्डिङ स्टुडियो रेकर्डिङ सम्पन्न भएको छ ।  उदियमान गायक कृष्ण महर्जनको स्वर रहेको यो नयाँ देशभक्ती गीत “ जवंखवंया पंगः चिइका..” बोलको गीतमा सोनी राजभण्डारी, लजना मानन्धर र राजेन्द्र शाक्य ले पनि गायक कृष्ण महर्जनलाई साथ दिएका छन् । वरिष्ठ कलाकार,...

  • २०७९ मङ्सिर १५, बिहिबार

    नेपाल साँस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौंथौं संस्करण मंसीर २२ देखि

    नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा  यहि  मंसिर २२ गतेदेखि २४ गतेसम्म तीन दिन सम्म हुने चौथों नेपाल साँस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०७९ मा ३४ राष्ट्र सहभागी हुने भएका छन् ।  तीन दिने यो चौथो चलचित्र महोत्सव काठमाडौंको राइजिङ मलस्थित क्यु एस हलमा उद्घाटन समारोह हुनेछ । चलचित्र विकास बोर्ड, राइजिङ मल र राष्ट्रिय नाचघर गरी तीन स्थानमा चलचित्र प्रदर्शन गर्ने आयोजक संस्थाका...

  • २०७९ मङ्सिर १५, बिहिबार

    समावेशी म्युजिक अवार्डकोलागि अनलाईन मार्फत पनि आवेदन गर्न सकिने

    नेपालको पहिलो समावेशी म्युजिक अवार्डको रुपमा विगत ५ वर्ष अगाडि थालनी गरेको ‘राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्ड २०२३’ कालागि आवेदन खुल्ला गरिएको कुरा कार्यक्रम संयोजक कमला जोशीले जानकारी दिएकी छन् । उनले जानकारी दिए अनुसार निम अवार्डको छैठौं संस्करणको अर्वाडका लागि यही मंसिर १५ गतेबाट आवेदन फारम खुल्ला गरिएको छ । विगत ५ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको निम अवार्डको यो छैठौं संस्करण हो। उक्त...

Pages