सिनेमा
-
२०८३ जेठ १४, बिहिबार
चीनमा सम्पन्न एभरेष्ट फिल्म फेस्टिभल’ सहभागी फिल्मलाई धन्यवाद ज्ञापन
चीनको हुनान प्रान्तमा सम्पन्न २०२६ नेपाल ‘एभरेष्ट फिल्म फेस्टिभल’ बारे काठमाडौंमा प्रेस विज्ञप्ति सार्वजनिक गरिएको छ। आज चलचित्र विकास बोर्डको प्रेक्षालय, चाबहिलमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक समितिले चीनमा नेपाली चलचित्र प्रदर्शन, नेपाल–चीन चलचित्र सहकार्य, फिल्म पर्यटन र चिनियाँ बजारमा नेपाली चलचित्रको सम्भावनाबारे औपचारिक जानकारी गराएको हो। नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको...
-
२०८३ जेठ १४, बिहिबार
छैठो आदिवासी चलचित्र महाेत्सव जेठ १७ गतेदेखि हुने
आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा “छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव – २०८३” आगामी जेठ १७, १८ र १९ गते काठमाडौंस्थित चलचित्र विकास बोर्डमा आयोजना हुने जानकारी गराउन पाउँदा हामी गौरवान्वित छौं । नेपालमा आदिवासी चलचित्र निर्माणको चार दशक लामो यात्रामा हालसम्म करिब डेढ हजारभन्दा बढी आदिवासी चलचित्र निर्माण भइसकेका छन् । विगतका प्रयासहरूले आदिवासी पहिचानलाई दृश्यता दिने प्रारम्भिक...
-
२०८३ जेठ १३, बुधबार
कान्स विजेतालाई निफले गरे सम्मान
काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान (NFCA) र नेपाल अन्तर्राष्ट्रिय चलचित्र महाेत्सव आयाेजक (NIFF) ले नेपाली चलचित्रको टोलीलाई सम्मान गर्न विशेष अभिनन्दन कार्यक्रम आयोजना गरेका छन् । उक्त चलचित्रले सन् २०२६ को मा प्रतिष्ठित ‘अन सर्टेन रिगार्ड’ खण्डअन्तर्गत जुरी अवार्ड र उत्कृष्ट ध्वनि निर्माण पुरस्कार जित्दै नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्याएको थियो ।...
-
२०८३ जेठ १३, बुधबार
नेवार युवाका लागि पाँच दिने छायांकन तालिम सम्पन्न
चलचित्र विकास बोर्डको सहकार्य तथा नेवाः फिल्म सोसाइटीको आयोजनामा नेवाः समुदायका युवालाई लक्षित गर्दै सञ्चालन गरिएको चलचित्र छायांकन तालिम तथा कार्यशाला गोष्ठी मंगलबार सम्पन्न भएको छ । तालिमको अन्तिम दिन वरिष्ठ भिजुअल एडिटर मानिकरत्न तुलाधर ले तालिमको महत्वबारे प्रकाश पार्दै सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए । गत जेठ ८ गतेदेखि १२ गतेसम्म सञ्चालन भएको उक्त तालिम तथा कार्यशाला काठमाडौं...
-
२०८३ जेठ १२, मंगलबार
गंगारानीमा वर्षा शिवाकोटी
अभिनेत्री वर्षा शिवाकोटी सिनेमा ‘गंगा रानी’मा अनुबन्धित भएकी छन् । अभिनेत्री शिवाकोटीलाई औपचारिक रूपमा स्वागत गर्दै निर्माण टिमले एक पोस्टर सार्वजनिक गरेको छ । रातो पहिरनमा देखिएकी वर्षा सिवाकोटी पोस्टरमा आत्मविश्वासी र आकर्षक अवतारमा प्रस्तुत भएकी छन् । उनको हेराइ र अभिव्यक्तिले सिनेमाभित्र प्रेम, रहस्य र संघर्षको संकेत दिन्छ । त्यसैगरी पोस्टरको अगाडि एक युवकको कालो छायाँ देखाइएको छ, जसले...
-
२०८३ जेठ ११, सोमबार
किरात राई चलचित्रकर्मी सङ्घले दिए तालिम
चलचित्र विकास बोर्डको आर्थिक सहयोग तथा किरात राई चलचित्रकर्मी सङ्घ को आयोजनामा आदिवासी जनजाति मातृभाषी चलचित्र सङ्घसंस्थाहरूको विकास, विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित ७ दिने चलचित्र लेखन तथा निर्देशन कार्यशाला आइतबाार काठमाडौंमा सम्पन्न भएको छ। कार्यशालामा २० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो। कार्यक्रममा प्रशिक्षकका रूपमा नवीन सुब्बा, महेश त्रिपाठी, वेदना राई, पशुपति राई,...
-
२०८३ जेठ ११, सोमबार
कान्समा जूरी प्राइज विजेता 'एलिफेन्ट्स इन द फग' लाई सरकारद्वारा पुरस्कृत गर्ने
अन्तर्राष्ट्रिय रुपमा प्रतिष्ठित ७९औँ कान्स फिल्म फेस्टिभलको 'अन सर्टेन रिगार्ड' विधामा ऐतिहासिक 'जुरी प्राइज' जित्न सफल नेपाली चलचित्र 'एलिफेन्ट्स इन द फग' (तिनीहरू) को टोली साेमबार नेपाल आइपुगेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्देशक अविनाश विक्रम शाह र मुख्य अभिनेत्री पुष्पा थिङ लामासहितको टोलीलाई स्वागतका लागि सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमल्सिना, संस्कृति, पर्यटन तथा...
-
२०८३ जेठ १०, आइतबार
नेवाः युवा लच्छित पाँचदिने चलचित्र छायाङ्कन तालिम शुरु
चलचित्र विकास बोर्डको सहकार्य तथा नेवाः फिल्म सोसाइटीको आयोजनामा नेवाः युवा लच्छित पाँचदिने चलचित्र छायाङ्कन तालिम तथा कार्यशाला गोष्ठी सुरु भएको छ। २०८३ जेठ ८ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने उक्त तालिम तथा कार्यशाला गोष्ठी केलटाेल जनबहाल–२५, मछिन्द्र क्लब, काठमाडौंमा आयोजना गरिएको हो। नेवाः युवाहरुमा नेपाली चलचित्र क्षेत्रकाे छायाङ्कनसम्बन्धी प्राविधिक ज्ञान, सिर्जनात्मक दृष्टि र व्यावहारिक...
-
२०८३ जेठ १०, आइतबार
चलचित्र निर्माण र प्रदर्शनका चुनौती तथा समाधान' बारे अन्तरक्रिया
नेपाल चलचित्र निर्माता संघको आयोजनामा शुक्रबार 'चलचित्र निर्माण र प्रदर्शनका चुनौती तथा समाधान' विषयक एक महत्त्वपूर्ण अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी. को प्रमुख आतिथ्यता तथा चलचित्र निर्माता संघका पूर्व अध्यक्ष एवं विशिष्ट अतिथि युवराज लामाको विशेष उपस्थिति र ५० जना सक्रिय निर्माताहरूको प्रत्यक्ष सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न...
-
२०८३ जेठ ८, शुक्रबार
चलचित्र पत्रकार संघले पत्रकारहरुलाई सम्मानित गर्दै मनाए वार्षिकोत्सब
चलचित्र पत्रकार सघले जेठ ७ गते बिहीवार २७औँ चलचित्र पत्रकारिता दिवस २०८३ मनाउने क्रममा दिवंगत पत्रकार तथा संघका पूर्व अध्यक्ष सिटौलालाई मरणोप्रान्त उक्त सम्मान अर्पण गरेको छ । स्मरणीय कुरा के छ भने पत्रकार सिटौलाले आफ्नो पत्रकारिताको करियरमा कहिले पनि कुनै पनि सम्मान तथा पुरस्कार ग्रहण गरेका थिएनन् । कार्यक्रमका विशेष अतिथि महानायक राजेश हमाल, प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी...
-
२०८३ जेठ ७, बिहिबार
नेपाली चलचित्र Elephants In The Fog कान्समा प्रिमियर
यतिबेला फ्रान्समा विश्व प्रसिद्ध कान्स फिल्म फेस्टिभल भइरहेको छ । ७९औँ संस्करणको उक्त फेस्टिभलमा निर्देशक अविनाश विक्रम शाहको फिल्म ‘एलिफेन्ट्स इन द फग’ को प्रिमियर भएको छ । त्यसअघि उक्त फिल्मका कलाकारहरु र निर्माण टिमले कान्समा आयोजित फोटो सेसन कार्यक्रमा सहभागी जनाउनु भएको थियो । । चलचित्र ‘एलिफेन्ट्स इन द फग’ फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधातर्फबाट छानिएको हो। यो फेस्टिभलको मुख्य...
-
२०८३ जेठ ७, बिहिबार
तुलसी घिमिरे र निरुता सिंहलाई सम्मानार्थ परिचय पत्र प्रदान
चलचित्र विकास बोर्डद्वारा आज बोर्ड परिसरमा आयोजित कार्यक्रममा विभिन्न विधाका १२१ जना चलचित्रकर्मीलाई आधिकारिक परिचयपत्र प्रदान गरिएको छ। बोर्ड अध्यक्ष श्री दिनेश डीसीले चलचित्रकर्मीहरूलाई परिचयपत्र हस्तान्तरण गर्दै यो परिचयपत्र केवल कार्ड नभई चलचित्रकर्मीको आधिकारिक पहिचान, सम्मान, अभिलेखीकरण र पेसागत मर्यादाको प्रमाण भएको बताउनुभयो। बाेर्डले मानार्थ श्रेणी: अन्तर्गत वरिष्ठ निर्देशक तुलसी...



