STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिनेमा

  • २०८३ जेठ ५, मंगलबार

    चलचित्र निर्देशक समाजकाे अध्यक्षमा अरुण कुमार प्रधान विजयी

    चलचित्र निर्देशक समाजकाे , मंगलबार सम्पन्न निर्वाचनमा कुल खसेको मत १५९ छ भने बेलुकी ९:३० बजे  प्राप्त अन्तिम  परिणाम अनुसार अध्यक्ष पदमा अरुण कुमार प्रधान विजयी भएका छन् भने प्राप्त मत संख्या यश प्रकार रहेको छ । अध्यक्ष जनकदीप पराजुली- ४६ अरुणकुमार प्रधान -१०९ (बिजयी) उपाध्यक्ष:- सुभास गजुरेल- ९५ (बिजयी) देवेन्द्र पान्डे- ५७ दीपक वली- ७१ (बिजयी) ऋषिराज आचार्य- ३२ राज बस्न्यात- २२ महासचिव समुन्द्र...

  • २०८३ जेठ ५, मंगलबार

    नेपाली चलचित्रको विश्व बजार यात्रामा बोर्डको ऐतिहासिक पहल स्वरुप कान्समा पहिलो आधिकारिक स्टल

    काठमाडौं। फ्रान्सको कान्स शहरमा भइरहेको ७९औं कान्स फिल्म फेस्टिभलमा चलचित्र विकास बोर्डले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नेपालको तर्फबाट पहिलोपटक आधिकारिक स्टल राखी उपस्थिति जनाएको छ। बोर्डले यसलाई नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन, छायांकन सम्भावना, सांस्कृतिक पहिचान तथा सह–निर्माणको अवसरलाई विश्व बजारसम्म पुर्‍याउने ऐतिहासिक पहलका रूपमा लिएको छ। चलचित्र विकास बोर्डद्वारा...

  • २०८३ जेठ ४, सोमबार

    अनुभवी निर्देशक नीर शाहले सार्वजनिक गरे फर्स्ट लुक

    नेपाली चलचित्र क्षेत्रमा अनुभवी निर्देशक नीर शाहले नयाँ चलचित्र ‘कमला मिस’मार्फत पुनः निर्देशनमा सशक्त पुनरागमन गरेका छन् । साउन २२ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक भएसँगै दर्शकमाझ उत्सुकता थपिएको छ । सार्वजनिक पोस्टरमा मुख्य अभिनेत्री बासना तिमिल्सिनालाई विशेष मनोवैज्ञानिक भावभंगिमामा प्रस्तुत गरिएको छ, जसले चलचित्रको कथावस्तु गहिरो, रहस्यमय र...

  • २०८३ जेठ ४, सोमबार

    चलचित्र निर्देशक समाजको अध्यक्षमा पाँचजनाबीच प्रतिस्पर्धा

    चलचित्र निर्देशक समाजको चुनाव ५ जेठमा राजधानीमा हुदैछ । समाजको १८ औं साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने छ ।समाजको नयाँ अध्यक्षका लागि अहिलेसम्म ५ जना निर्देशकले उम्मेदवारी घोषणा गरेका छन् । समाजको दोश्रो पटक नेतृत्व गर्ने उत्कट चाहना वर्तमान अध्यक्ष जनकदीप पराजुलीले  देखाएका छन्   । उनले आफूले पहिलो कार्यकालमा सुरु गरेका केही कामहरु गर्न समय लाग्ने भएकाले दोश्रो कार्यकालको इच्छा ब्यक्त गरेको...

  • २०८३ जेठ ३, आइतबार

    चलचित्र पत्रकारिता दिवसको अवसरमा सम्मान र पुरस्कार प्रदान गरिने

    देश भरीका चलचित्र पत्रकारहरुकाे छाता संगठन चलचित्र पत्रकार संघ नेपालले यस वर्षको राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा गरेको छ। संघका अध्यक्ष समीर बलामीको अध्यक्षतामा शुक्रबार काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा बसेको कार्यसमिति बैठकले जेठ ७ गते आयोजना हुने २७ औं वार्षिक उत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गर्ने...

  • २०८३ जेठ २, शनिबार

    चलचित्रकर्मीहरूको अन्तिम श्रद्धाञ्जलीका लागि सविन श्रेष्ठद्वारा कर्रा हस्तान्तरण

    कलाकार सविन श्रेष्ठ र अनु शाहले चलचित्रकर्मीहरूको अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आवश्यक सामग्री (कर्रा) पशुपति विकास क्षेत्र कोषलाई हस्तान्तरण गरेका छन् । कलाकारद्वयले पशुपति विकास क्षेत्र कोषका अधिकृत सुर्य भाटलाई पाशुपत क्षेत्रमै उक्त सामग्री हस्तान्तरण गरेका हुन् । महिलाहरूलाई स्यानिटरी प्याड वितरण, अपाङ्ग बालबालिकालाई आर्थिक तथा जिन्सी सहयोग लगायत विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका...

  • २०८३ बैशाख ३१, बिहिबार

    चलचित्र कलाकार संघमा चुनावमा उत्तम केसी र सबिन श्रेष्ठबीच प्रतिस्पर्धा

    नेपाली चलचित्र कलाकार हरुकाे छाता संगठन नेपाल चलचित्र कलाकार  संघको  आगामी जेठ ३ गते  चुनावी साधारण सभा हुँदैछ । उक्त सभाले १७ सदस्यीय नयाँ कार्यसमिति चुन्नेछ । र यसको लागि चलचित्र कलाकारबीच अहिले चुनावी सरगर्मी बढेको  छ । यस पटक बरिष्ठ कलाकार उत्तम केसी र संघका वर्तमान महासचिव सविन श्रेष्ठ अध्यक्षका आकांक्षी हुन् । यी दुईबीच नै नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा हुने देखिएको छ । दुवै पक्षले आ–...

  • २०८३ बैशाख २८, सोमबार

    शिव श्रेष्ठकाे पहिलो चलचित्र "जीवन रेखा " नारायणघाटमा प्रदर्शन

    शिव श्रेष्ठ फाउन्डेशनको आयोजना र  चलचित्र विकास बोर्डको सहकार्यमा अनि लायन्स क्लब चितवनको व्यवस्थापनमा  प्रकाश थापा द्वारा निर्देशित ‘जीवनरेखा’ , जलमा हल नारायणघाटमा विशेष प्रदर्शन गरियो। यस्का लागि डिजिटल सिनेमा नेपाल (डीसीएन ) को पनि सहयोग रहेको थियो। याे चलचित्र ४४ वर्ष अघि वि सं २०३९ सालमा प्रदर्शन भएको थियो । नेपाली चलचित्र इतिहासका महत्वपूर्ण कृतिहरूलाई संरक्षणसँगै नयाँ पुस्तासम्म पुर्‍...

  • २०८३ बैशाख २८, सोमबार

    नेवा: राष्ट्रिय संकिपा दबूले सार्वजनिक गर्याे आगामी कार्ययोजना

    नेवा: चलचित्रको प्रवर्द्धन र विकासका लागि क्रियाशील संस्था नेवा: राष्ट्रिय संकिपा दबूले  आइतबार बसेकाे बैठकले  आफ्ना आगामी विभिन्न गतिविधि र कार्यक्रमहरूको कार्यतालिका सार्वजनिक गरेको छ। संस्थाको सचिवालयलाई थप व्यवस्थित बनाउँदै नेवा: चलचित्र क्षेत्रलाई व्यावसायिक र उचाइमा पुर्‍याउने उद्देश्यले यी कार्यक्रमहरू तय गरिएका हुन्  भन्ने बताईएकाे छ  । आइतबार    सार्वजनिक तालिका अनुसार नेवा:...

  • २०८३ बैशाख २६, शनिबार

    पाँच दिने अभिनय कला तालिम शुभारम्भ

    चलचित्र विकास बोर्ड र भुजेल चलचित्रकर्मी संघको संयुक्त आयोजनामा पाँच दिने अभिनय कला तालिम शुभारम्भ गरिएको छ। जातीय तथा मातृभाषी चलचित्र क्षेत्रको क्षमता विकास, नयाँ कलाकारहरूको सीप अभिवृद्धि तथा समुदायको भाषा, संस्कृति र पहिचानलाई चलचित्रमार्फत प्रवर्द्धन गर्ने उद्देश्यसहित तालिम आयोजना गरिएको हो। भुजेल चलचित्रकर्मी संघका अध्यक्ष अमृत सिं भुजेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा चलचित्र...

  • २०८३ बैशाख २४, बिहिबार

    पोखरामा सात दिने अभिनय प्रशिक्षण कार्यशाला सम्पन्न

    गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान) को आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा पोखरामा सञ्चालन भएको सात दिने अभिनय प्रशिक्षण कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ। बैशाख १६ गतेदेखि २२ गतेसम्म हंशध्वनि थिएटर, नदीपुर–३ पोखरामा सम्पन्न साे  कार्यशालामा वरिष्ठ रंगकर्मी तथा अभिनय प्रशिक्षक अनुप बरालद्वारा प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रममा गुरुङ चलचित्र क्षेत्रका कलाकार, नयाँ पुस्ताका...

  • २०८३ बैशाख १८, शुक्रबार

    पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सवमा नजीर हुसेन र सुरक्षा पन्त पुरस्कृत

    सेलिब्रेटी नेपालको आयोजनामा, चलचित्र विकास बोर्ड र चन्द्रनगर गाउँपालिकाको सहकार्यमा पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) भव्य रूपमा सम्पन्न भएको छ। तीन दिनसम्म चलेको यस महोत्सवमा १७ वटा चलचित्र प्रदर्शन गरिएको थियो। कार्यक्रममा विभिन्न जातजातिका पारम्परिक पहिरनसहित झाँकी प्रस्तुत गरिएको थियो भने मधेशका कथा   मुख्य विषय बनाएर विभिन्न संवाद कार्यक्रमहरू पनि आयोजना गरिएका थिए। पहिलो पटक...

Pages