STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिनेमा

  • २०७९ आश्विन १५, शनिबार

    शंकर अधिकारी ‘घायल’ को “चाल” बनाउने तयारीमा

    कांचुलि , आरोप लगायतका चलचित्रहरुका निर्देशक एवं चर्चित गीतकार  शंकर अधिकारी ‘घायल’ को निर्देशनमा अब नयाँ चलचित्र "चाल” बन्ने भएको छ । बक्स अफिस ग्रुप प्रा. लि. को ब्यानरमा बन्ने उक्त चलचित्रमा उद्वव भट्टराई, मोहन गमाल, यज्ञराज सेडाइको निर्माण तथा  तारा प्रसाद निरौला (सन्तोष)को प्रस्तुति रहने छ। निर्देशक घायलले दिएको जानकारी अनुसार निर्माणधीन चलचित्र "चाल” पारिवारिक सत्य घटनामा आधारित कथावस्तुमा...

  • २०७९ आश्विन ११, मंगलबार

    राष्ट्रिय नवदुर्गा सम्मान : नौ अभिनेत्री सम्मानित

    काठमाडौं - ‘तेस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७९’ मा नौ अभिनेत्री सम्मानित भएका छन् । काठमाडौंस्थित चलचित्र विकास बोर्डको हलमा रेजिना इन्टरटेनमेन्ट र शहीद फिल्म्सको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा नौ अभिनेत्रीलाई उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान गरेका हुन् । चलचित्र क्षेत्रमा योगदान पुर्‍याएबापत अभिनेत्रीहरू भारती घिमिरे, झरना थापा, श्वेता खड्का, ऋचा शर्मा, मेनुका प्रधान, प्रियङ्का...

  • २०७९ आश्विन ५, बुधबार

    कमेडियन राजु श्रीवास्तवको निधन

    एजेन्सी - बलिउडका हास्यकलाकार राजु श्रीवास्तवको निधन भएको छ । उनको बुधबार बिहान नयाँ दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो । ५८ वर्षीय राजुलाई ४३ दिनअघि १० अगस्टमा हृदयाघात भएको थियो । उनी आइसीयुमा राखेको १३ दिनपछि होसमा आएका थिए । तर, झन्डै डेढ महिना अस्पतालको कोमामा बसेका उनी अन्ततः महाप्रस्थान गरेका छन् । लखनउको कानपुरका राजु अमिताभ बच्चनको ‘दिवार’ फिल्म हेरेपछि अभिनेता बन्न मुम्बई आएका थिए...

  • २०७९ आश्विन ३, सोमबार

    नेपालभाषाको ‘इन्दिरा घिमे मैँचा’ फिल्मको शुटिङ्ग भक्तपुरबाट आरम्भ

    नेपालभाषाको फिल्म ‘इन्दिरा घिमे मैँचा’ को भक्तपुरको कमलविनायकमा शुभ मुहूर्त गरिएको छ । फिल्म ‘इन्दिरा घिमे मैँचा’ नेपालको पहिलो महिला धिमे बादक इन्दिरा लाछिमस्यूको जीवनीमा आधारित रहने छ । बिके फिल्मस्को ब्यानर निर्माण हुने फिल्ममा सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशन रहनेछ । गोपाल काजी कायस्थ प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र शाक्य निर्माता हुन् । आगामी असोज १० गते बाट फिल्म छायांकनमा जाने...

  • २०७९ आश्विन १, शनिबार

    प्रदीप खड्काद्वारा भुवन केसीको राजीनामा माग

    काठमाडौं - ‘प्रेमगीत’फेम अभिनेता प्रदीप खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा माग गरेका छन् । शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभिनेता प्रदीपले बोर्डका अध्यक्ष केसीको राजीनामा माग गरेका हुन् । अभिनेता प्रदीपले कात्तिक १ गतेदेखि (आज)बाट लागू हुने गरी राति ११ बजेपछि फिल्म हल बन्द हुने निर्णय गरेको भन्दै विकास बोर्डका अध्यक्ष केसीको राजीनामा मागेका हुन् । विकास बोर्डको...

  • २०७९ आश्विन १, शनिबार

    राष्ट्रिय व्यक्तित्व सम्मान २०७९ समारोह सम्पन्न

    जनजातिखबरका संरक्षक सम्मानित एभर ग्रीन वर्ल्ड वाईड इन्टरटेन्मेन्ट  दशाै बर्ष प्रवेश को ग अवसरमा   राष्ट्रिय व्यक्तित्व सम्मान २०७९ तथा विविध सांस्कृतिक कार्यक्रम समारोहको आयोजना गरिएको छ ।  आयोजक संस्थाका अध्यक्ष प्रसिद्ध हास्य कलाकार गोपाल ढकाल छन्दे को सभापतित्वमा सम्पन्न सो समारोहमा प्रमुख अतिथी  प्राज्ञ तथा अति विशिष्ट चलचित्रकर्मि  नीर शाह रहनु भएको थियो ।   प्रमुख अतिथी शाहले नेपालको मौलिक...

  • २०७९ भाद्र २५, शनिबार

    सोमबार हल बन्द गर्ने निर्णय फिर्ता

    काठमाडाैं - नेपाल चलचित्र संघले सोमबार देशभरका फिल्म हलहरू बन्द गर्ने निर्णय फिर्ता लिएको छ। शुक्रबार बसेको संघको कार्यसमिति बैठकले एक विज्ञप्ति जारी गर्दै हल बन्द गर्ने निर्णय फिर्ता लिएको हो। बलिउड फिल्म 'ब्रह्मास्त्र' सेन्सर नभएपछि बिहीबारसम्म नेपाली फिल्मको अग्रिम टिकट बुकिङ खुला गरिएको थिएन। नेपाली फिल्मको टिकट बुकिङ खुला नभएपछि चौतर्फी विरोध भयो। व्यवसाय नै संकटमा परेको भन्दै संघले सोमबार...

  • २०७९ भाद्र २५, शनिबार

    सोमबार देशभरिका फिल्म हल बन्द हुने

    काठमाडौं - सोमबार देशभरिका फिल्म हल बन्द हुने भएका छन्। नेपाल चलचित्र संघले विगत केही समयदेखि चलचित्र क्षेत्रका केही व्यक्तिहरुले संघका सदस्यहरुको मानमर्दन हुनेगरी अनर्गल आरोप लगाएको भन्दै विरोधस्वरुप फिल्म हल बन्द गर्ने निर्णय गरेको हो। संघका महासचिव नरेन्द्र महर्जनले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाली दर्शकहरुलाई उच्च प्राथमिकतामा राख्दै र विशेषगरी युवा वर्गहरुको चलचित्र हेर्ने...

  • २०७९ भाद्र २४, शुक्रबार

    ‘लाखे आजु’ फर्स्टलुक पोस्टर सार्वजनिक

    नेपाल भाषाको फिल्म ‘लाखे आजु’ फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । शुक्रबार परेको इन्द्रजात्राको अवसर पारेर फिल्मको पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा लाखे र मुख्य कलाकार सोहित मानन्धर र आशिष्मा नकर्मी प्रधानलाई स्थान दिइएको छ । बिके फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मलाई आर्यम नकर्मीले निर्देशन गरेका हुन् । गोपाल काजी कायस्थ, प्रदीप कुमार उदय, नरेन्द्र महर्जन, आशिष्मा नकर्मी...

  • २०७९ भाद्र २४, शुक्रबार

    नेपाली चलचित्रको श्रीबृद्धिका लागि एक हुन परिवर्तन नेपालको आह्वान

    नेपाली चलचित्रलाई धराशायी पार्ने षडयन्त्र र बिदेशी चलचित्रको पक्ष पोषण गर्ने हालैको कृयाकलाप प्रति नेपालको कला , संस्कृतिको क्षेत्रमा सकृय रहँदै आएको परिवर्तन नेपाल  ले आफ्नो ध्यानाकर्षण भएको कुरा केन्द्रिय अध्यक्ष मोहन निरौलाले एक विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ । अस्पष्ट सरकारी नीति,चलचित्रकर्मीहरूको उदाशीनता,बिदेशी चलचित्रको अनाधिकृत प्रभाव र सरोकारवालाको संवेदनहिनताको कारण नेपाली चलचित्र...

  • २०७९ भाद्र २३, बिहिबार

    नेपालभाषाको बहुचर्चित र बहुप्रतिक्षित चलचित्र "लाखे आजु”को फर्स्टलुक पोस्टर सार्वजनिक

    नेपालभाषामा निर्माण भएको बहु चर्चित र बहु प्रतिक्षित चलचित्र "लाखे आजु”को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । शुक्रबार परेको इन्द्रजात्राको अवसर पारेर चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा लाखे परम्परागत मुकुण्डो का साथमा मुख्य कलाकार सोहित मानन्धर र आशिष्मा नकर्मी प्रधानलाई स्थान दिइएको छ । बिके फिल्मस्को व्यानरमा निर्माण भएको यो चलचित्र नेपालभाषाका ख्यातिप्राप्त निर्दशक...

  • २०७९ भाद्र २१, मंगलबार

    बाल यौन दुरुपयोगकाे मुद्दामा पल शाहलाई साढे २ वर्ष कैद सजाय

    काठमाडौं - नाबालिग जबर्जस्तीकरणी अभियोगमा जेल चलान भएका अभिनेता पल शाहले बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सजायँ पाएका छन् । जिल्ला अदातल, नवलपुरका यज्ञप्रसाद आचार्यको मंगलबारको इजलासले उक्त फैसला गर्दै पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन पनि आदेश दिएको छ । गत चैतमा पीडितका बाबुले प्रहरीमा उजुरी दिएपछि अभिनेता शाह आफैँ प्रहरीकहाँ उपस्थित भएका थिए ।...

Pages