STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्तर्राष्ट्रिय

  • २०७८ आश्विन १७, आइतबार

    ड्रग्स पार्टीबाट शाहरुख खानका छोरा पक्राउ

    भारतको मुम्बईमा नार्कोटिक कन्ट्रोल ब्यूरो–एनसीबी (लागुऔषध नियन्त्रण ब्यूरो)ले शनिबार राति एक क्रुज शिपमा छापा मारेको छ ।  उक्त शिपमा ड्रग्स पार्टी चलिरहेका बेला एनसीबीले छापा मारेको हो ।  त्यसक्रममा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ, जसमा दुई जना युवती पनि छन् ।  स्थानीय मीडियाका अनुसार हिरासतमा लिइएका मध्ये एक बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन पनि छन् ।  एनसीबीका अधिकारीले घटनाबारे थप...

  • २०७८ आश्विन १२, मंगलबार

    कम्युनिष्ट नेता कन्हैया कुमार भारतीय कांग्रेसमा प्रवेश

    भारतको जवाहरलाल विश्वविद्यालय (जेएनयू)को छात्रसंघका पूर्व-अध्यक्ष तथा भारतीय कम्युनिष्ट पार्टी (सीपीआई)का युवा नेता कन्हैया कुमारले कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । मंगलबार उनी आधिकारिकरुपमा कांग्रेसमा प्रवेश गरेका हुन् । भारतीय न्युज एजेन्सी एएनआईका अनुसार उनीसँगै गुजरातका स्वतन्त्र विधायक जिग्नेश मेवाणी पनि कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस आइले ट्वीटमार्फत युवामाझ चर्चित विद्यार्थी...

  • २०७८ आश्विन १०, आइतबार

    तालिवानले चार अपहरणकारीको हत्या गरी चोकमा झुन्डाए

    तालिवानले अपरहणको आरोप लागेका चार जनालाई गोली हानी हत्या गरेर उनीहरुको शब सार्वजनिक स्थलमा झुन्डाएका छन् । तालिवानका एक वरिष्ठ अधिकारीले अपराध गर्नेलाई सरकारले कठोर सजाँय दिने चेतावनी दिएको दुई दिन नबित्दै हेरात सहरमा पछिल्लो घटना सार्वजनिक भएको हो । हत्या गरेपछि तालिवान लडाकुले ती कथित अपहरणकारीमध्ये एक जनाको शव बजारको व्यस्त चोकमा प्रदर्शन गरेका थिए । स्थानीय व्यापारी वाजिर अहमद सिद्दिकीका...

  • २०७८ आश्विन ८, शुक्रबार

    दिल्लीमा अदालत अगाडि गोली चल्दा तीनको मृत्यु

    दिल्लीको रोहिणी अदालत अगाडि गोली चलेको छ । शुक्रबार भएकाे उक्त घटनामा परी तीन जनाको मृत्यु भएको भारतीय समाचार संस्था एएनआईले जनाएकाे छ । शुक्रबार हतियारधारीले चलाएको गोली लागेर ग्याङस्टर जितेन्द्रमान गोगीको मृत्यु भएको र प्रहरीको जवाफी कारबाहीमा दुई आक्रमणकारी पनि मारिएको समाचारमा जनाइएको छ । आक्रमणकारीले वकिलको पोशाक लगाएका थिए । आक्रमणमा एक महिला वकिलसहित तीन जना घाइते भएका छन् ।

  • २०७८ आश्विन ६, बुधबार

    अफगानिस्तानमा मन्त्रिपरिषद् विस्तार, एकजना पनि महिला सत्तामा पुगेन

    अफगानिस्तानमा काम चलाउ मन्त्रिपरिषद् पनि महिलाविहिन भएको छ ।अघिल्लो महिना सत्ता कब्जा गरेर केही हप्ता अगाडी काम चलाउ सरकार बनाएको तालिबानले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दा पनि महिलालाई सहभागी गराएको छैन् । इस्लामिक इमरेट्समा महिलालाई मन्त्री बनाउन नमिल्ने मान्यता अनुरुप महिलाहरुलाई मन्त्रिपरिषद्मा सहभागी नबनाएको बताइएको छ ।तर सूचना तथा सञ्चार राज्यमन्त्री जाबिहुल्लाह मुजाहिद्धिनले भने पछाडी...

  • २०७८ आश्विन ६, बुधबार

    अमेरिका र चीनलाई वार्ता गर्न संयुक्त राष्ट्रद्वारा आग्रह

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार संयुक्त राज्य अमेरिका र चीनलाई वार्तामा संलग्न हुन आग्रह गरेका छन्। उनले तिक्तता र अन्य यस्तै गतिविधिले विश्व विभाजित हुँदै जान सक्नेतर्फ लक्ष्यित गरेका छन्। “यो समस्याको लागि एक प्रारम्भिक विन्दु हो र शीतयुद्धको तुलनामा यस बारे धेरै कम पूर्वानुमान गर्न सकिनेछ । गुटेरेसले संयुक्त राष्ट्रसंघको महासभाको उद्घाटनका क्रममा उक्त धारणा राख्दै भने...

  • २०७८ आश्विन ४, सोमबार

    नेवाः गुठी न्युयोर्कको अध्यक्षमा विजयमान सिंह

    अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएका नेवार समुदाय को संगठनको रुपमा रहेको नेवाः गुठी न्युयोर्कको आठौँ महाधिवेशन न्युयोर्कको ज्याक्सन हाइटस्थित थकाली रेस्टुरेन्टमा भव्यरुपमा सम्पन्न भएको छ । गुठीका संस्थापक  बीके नेवाः प्रमुख अतिथिको रुपमा रहेको सो महाधिबेशनको प्रमुख अतिथीले पानसमा बत्ती बाली कार्यक्रम शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा गुठीका उपाध्यक्ष विजयमान सिंहले स्वागत भाषण गर्नुभएको...

  • २०७८ आश्विन ४, सोमबार

    अफगानी महिला कर्मचारीलाई कार्यलय जान प्रतिबन्ध

      अफगानिस्तानको राजधानी काबुलका नयाँ मेयरले महानगरका सम्पूर्ण महिला कर्मचारीलाई घरमै बस्न निर्देशन दिएका छन् । मेयर हामदुल्लाह नोमानीले केही समयका लागि महिला कर्मचारीलाई कार्यलय नजान निर्देशन दिएका हुन् । काबुल महानगरका कूल तीन हजार कर्मचारीमध्ये एकतिहाई महिला छन् । कट्टर मुस्लिम सरकारले अफगान महिलामाथि लगाएको यो पछिल्लो प्रतिबन्ध हो । सन् १९९० को दशकमा सत्तामा रहँदा तालिवानले महिलालाई विद्यालय...

  • २०७८ भाद्र २८, सोमबार

    तालिबानको नयाँ नियम : महिला पुरुष सँगै पढ्न नपाइने

    तालिबानले अफगानिस्तानका विश्वविद्यालयहरूलाई लिंगका आधारमा विभाजित गरी अध्ययन अध्यापन गराइने घोषणा गरेको छ ।  साथै विश्वविद्यालयलमा नयाँ इस्लामी ड्रेस कोडको सुरुवात गरिने पनि तालिबानले जनाएको छ ।  नवनियुक्त शिक्षामन्त्री अब्दुल बकी हक्कानीले देशमा अब सहशिक्षा अर्थात पुरुष र महिलालाई एकसाथ अध्धयनको अनुमति दिइने छैन ।  हक्कानीले महिलाहरूले पढ्न पाउने भए पनि पुरुषहरूसँगै अध्ययन गर्न भने नपाउने बताएका...

  • २०७८ भाद्र २२, मंगलबार

    अफगानिस्तानमा तालिबानको सरकार घोषणा

    आन्दोलनमार्फत अफगानिस्तानलाई नियन्त्रणमा लिएको तालिबान समूहले सरकारको घोषणा गरेको छ । अफगानिस्तान कब्जा गरेको तीन सातापछि तालिबानले सरकारको घोषणा गरेको हो ।  केही दिनदेखि सरकार घोषणा गर्ने बताएको तालिबान अन्तत: मंगलबार यसको घोषणा गरेको हो ।  तालिबानले घोषणा गरेको सरकारका प्रधानमन्त्री मुल्लाह हसन अखुन्द बन्‍ने भएका छन् । यस्तै उपप्रधानमन्त्रीमा तालिबानका संस्थापक मुल्लाह गनी बरादर हुने बताइएको छ...

  • २०७८ भाद्र २०, आइतबार

    तालिवानले कब्जा गर्न नसकेकाे पञ्जशीरमा भीषण युद्ध जारी

    अफगानिस्तानको राजधानी काबुलको उत्तरमा अवस्थित पञ्जशीर उपत्यका अफगानिस्तानको सबैभन्दा सानो प्रान्त मध्ये एक हो । यो एक मात्र यस्तो प्रान्त हो जसलाई तालिबानले अहिलेसम्म कब्जा गर्न सकेको छैन । तालिबान र स्थानीय विद्रोहीबीच पञ्जशीर कब्जाका लागि लडाई जारी छ । शनिबार पनि भीषण युद्ध भएकाे खबर छ । दुवै पक्षले पञ्जशीर आफ्नाे नियन्त्रणमा आइसकेकाे दाबी गरे पनि त्यहाँकाे  स्थिति स्पष्ट नरहेकाे...

  • २०७८ भाद्र १८, शुक्रबार

    बेलायतले लगायो म्यानमारमाथि प्रतिबन्ध

    बेलायत सरकारले म्यानमारमाथि नयाँ प्रतिबन्ध लगाएको छ । बेलायतले म्यानमारको जुन्ता सरकारको प्रमुख व्यापार साझेधार कम्पनी होतु ग्रुप र त्यसका संस्थापक ते जामाथि प्रतिबन्ध लगाएको हो । संस्थापक जाले सेनाको जुन्ता सरकारलाइ हतियार उपलब्ध गराउन सम्झौता गरेको बेलायतको आरोप छ । म्यानमारका अल्पसंख्यक रोहिन्जा समुदाय दमन गर्न सो समूहले सन् २०१७ मा हतियार उपलब्ध गराएको पनि बेलायतको आरोप छ । सेनाको दमनका कारण...

Pages