STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्तर्राष्ट्रिय

  • २०७७ चैत्र ८, आइतबार

    भारतका आठ राज्यमा सङ्क्रमण तीव्र, कतै लकडाउन - कतै रात्रीकालीन कर्फ्यू

    भारतका आठ राज्यमा कारोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिएको छ । त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्र, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र हरियाणामा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ । सङ्क्रमण फैलिएपछि केही ठाउँमा लकडाउन गरिएको छ भने केही ठाउँमा कडाइ गरिएको छ । मध्य प्रदेशको भोपाल, इन्दोर र जबलपुरमा पूरै लकडाउन छ । महाराष्ट्रको नागपुरमा...

  • २०७७ चैत्र ५, बिहिबार

    भारतमा २४ घण्टामा थपिए ३५ हजार नयाँ कोरोना संक्रमित

    भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३५ हजार ८३८ नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार महिनायताकै सबैभन्दा बढी संक्रमित थपिएका हुन् । त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट १७१ जनाको मृत्यु भएको छ । भारतले मुलुकमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन तीव्र गतिमा गरेपनि पछिल्लो केही समययता कोरोना संक्रमितको संख्यामा बढ्दो क्रममा छ । अघिल्लो २४...

  • २०७७ चैत्र ५, बिहिबार

    भारतमा फेरी बढ्दो कोरोना सङ्क्रमण दर

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका विभिन्न सहरमा बढ्दो क्रममा रहेको कोरोना सङ्क्रमण नियन्त्रणबारे विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग छलफल गरेका छन् । भर्चुअल माध्यमबाट भएको छलफलमा मुख्यमन्त्रीहरुसँग कोरोना सङ्क्रमण नियन्त्रणको प्रयास र खोप वितरणको योजनाबारे छलफल गरेको बीबीसीले जनाएको छ । छलफलका क्रममा भारतीय प्रधानमन्त्री मोदीले पछिल्लो पटक केही राज्यहरुमा फेरि सङ्क्रमण बढ्न थालेकाले...

  • २०७७ चैत्र ३, मंगलबार

    बुर्कामाथि प्रतिबन्ध लगाउने श्रीलंकाको निर्णयमा पाकिस्तानको आपत्ति

    सार्वजनिक स्थलमा बुर्कामाथि प्रतिबन्ध लगाउने श्रीलंकाको निर्णयमा पाकिस्तानले आपत्ति जनाएको छ । श्रीलंकाका लागि पाकिस्तानी उच्चायुक्त साद खट्टकले बुर्कामा प्रतिबन्धको निर्णयको विरोध गर्दै यसले मुलुकभित्र र बाहिरका मुस्लिमको भावनामा ठेस लागेको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् खट्टकले भनेका छन्, ‘एकातर्फ पहिला नै महामारीको कारण श्रीलंका आर्थिक समस्याको सामना गरिरहेको छ, अर्कोतर्फ...

  • २०७७ चैत्र १, आइतबार

    श्रीलंकामा बुर्का लगाउन प्रतिबन्ध : हजार बढी इस्लामिक विद्यालयहरु बन्द हुने

    श्रीलंका सरकारले महिलाहरुलाई बुर्का लगाउन प्रतिबन्ध लगाउनुका साथै १ हजारभन्दा बढी इस्लामिक विद्यालयहरु बन्द गर्ने तयारी गरेको छ। श्रीलंकाका पब्लिक सेक्युरिटी मन्त्री सरथ वेरासेकरले बुर्का लगाउन प्रतिबन्ध लगाउने प्रस्तावित कानुनमा आफूले हस्ताक्षर गरेको बताएको अलजजीराले जनाएको छ। उनले पहिला बुर्का लगाउन चलन नै नभएको भन्दै बुर्का लगाउनुलाई धार्मिक अतिवादको संज्ञा समेत दिए। यो कानुन मन्त्रिपरिषद र...

  • २०७७ फाल्गुण २४, सोमबार

    स्विजरल्याण्डमा सार्वजनिक ठाउँमा अनुहार छोप्न प्रतिबन्ध, मुस्लिम समुदायले भने 'कालो दिन'

    काठमाडौँ – स्विजरल्याण्डमा सार्वजनिक ठाउँमा अनुहार छोप्ने विषयमा जनमत सङ्ग्रह भएको छ । मुस्लिम महिलाहरूले लगाउने अनुहार छोप्ने बुर्का जस्ता पोसाकहरुको पहिरनमा प्रतिबन्ध लगाउने पक्षमा समर्थन गरिएको छ । प्रतिबन्धको पक्ष र विपक्षमा २ प्रतिशतमात्रै मतान्तर रहेको छ । समर्थनमा ५२ र विपक्षमा ४८ प्रतिशत मत खसेको बीबीसीले जनाएको छ । दक्षिणपन्थी स्वीस पिपल्स पार्टीले अघि सारेको प्रस्तावमाथि जनमत सङ्ग्रह...

  • २०७७ फाल्गुण २०, बिहिबार

    सम्भावित हिंसात्मक घटनालाई ध्यान दिएर वाशिङ्टनको सुरक्षा व्यवस्था कडा

    संसद् भवन क्षेत्र (क्यापिटल हिल्स) मा हुन सक्ने सम्भावित हिंसात्मक घटनालाई ध्यान दिएर राजधानी वाशिङ्टनमा सुरक्षा व्यवस्था कडा पारिएको छ । पूर्वराष्ट्रपति ट्रम्प समर्थकहरूले हिंसात्मक गतिविधि गर्ने सम्भावनाका आधारमा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको बीबीसीले जनाएको छ । मिलिसिया ग्रुपहरूले बिहीवार राजधानी वाशिङ्टनमा प्रदर्शन गर्ने योजना बनाएको र यसमा हिंसात्मक गतिविधि पनि हुने गुप्तचरको सूचनाका...

  • २०७७ फाल्गुण १७, सोमबार

    म्यानमारमा गोली लागेर १८ प्रदर्शनकारीको मृत्यु

    म्यानमारमा प्रहरीले चलाएको गोली लागेर १८ जना प्रदर्शनकारीको ज्यान गएको छ । ३० जनाभन्दा धेरै प्रदर्शनकारी घाइते भएका बीबीसीले जनाएको छ । याङ्गुन, दाबेई र म्यान्डलेसहित विभिन्न सहरमा भएका प्रदर्शनमा अश्रु ग्यास प्रहार गर्दा पनि प्रदर्शन नरोकिएपछि प्रहरीले गोली चलाएको खबरमा उल्लेख छ । यसअघि पनि भएको प्रदर्शनमा तीन जना प्रदर्शनकारीको ज्यान गएको थियो । संयुक्त राष्ट्र सङ्घले सैन्य ’कू’ को विरोध...

  • २०७७ फाल्गुण ९, आइतबार

    फेसबुकले बन्द गरिदियो म्यानमार सैनिकको पेज

    सामाजिक सञ्जाल फेसबुकले म्यानमार सैनिकको पेज बन्द गरिदिएको छ। फेब्रुअरी १ मा भएको सैन्य कूको विरोधमा उत्रिएका दुईजना प्रदर्शनकारीको प्रहरीले हानेको गोली लागेर मृत्यु भएको अर्को दिन फेसबुकले हिंसा भड्काउने कुरालाई प्रतिबन्ध गर्ने आफ्नो विश्वव्यापी मापदण्डअनुसार सैनिकको पेज बन्द गरिएको जनाएको छ। म्यानमारको सैनिकलाई तात्मादअ भनेर चिनिन्छ। उसको ट्रु न्युज पेज आइतबारदेखि फेसबुकमा देखिएको छैन ।...

  • २०७७ फाल्गुण ८, शनिबार

    बेलायती राजकुमार ह्यारी दम्पतीको मान पदवी खारेज

    बेलायती राजकुमार ह्यारी दम्पतीको मान पदवी खारेज भएको छ । बेलायतका महारानी एलिजावेथले द्वितीय राजकीय सदस्यबाट हटाउँदै राजकुमार ह्यारी र उनकी श्रीमती मेघन मर्केलको मान पदवी खारेज भएको घोषणा गरेकी छन् । बेलायती राजदरबार बकिङ्घम दरबारले अहिलेसम्म विचाराधीन अवस्थामै राखेको उनीहरुको मान पदवी खारेज भएको घोषणा गरेको हो । मान पदवी खारेज भएको घोषणासँगै यसलाई बेलायती राजसंस्थाको इतिहासमा अविस्मरणीय घटनाको...

  • २०७७ फाल्गुण ७, शुक्रबार

    म्यानमार प्रदर्शनमा गोली लागी एक महिलाको मृत्यु

    म्यानमार सेनाले कू मार्फत् सत्ता हत्याएपछि भएको प्रदर्शनमा सहभागी एक महिलाको सुरक्षाकर्मीको गोलीबाट मृत्यु भएको छ। समाचार संस्था एएफपीका अनुसार २० वर्षीया ती महिलाको उपचारका क्रममा शुक्रबार मृत्यु भएको अस्पतालले जनाएको छ। फेब्रुअरी १ मा सेनाले सत्ता लिएपछि प्रदर्शनकारीको मृत्यु भएको यो पहिलो पटक हो। ती महिलालाई अघिल्लो साता प्रदर्शनका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेको थियो। जननिर्वाचित...

  • २०७७ फाल्गुण ६, बिहिबार

    भारत पश्चिम बंगालमा मन्त्रीमाथि बम आक्रमण

     काठमाडौँ – भारतको पश्चिम बंगालका एक मन्त्रीमाथि बम आक्रमण भएको छ । पश्चिम बंगालका श्रममन्त्री जाकिर हुसेनमाथि बम आक्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गएराति मुर्सिदावादको रेलवे स्टेशनमा भएको बम आक्रमणमा मन्त्री हुसेन घाइते भएका छन् । पेटमुनि चोट लागेका उनलाई जांगीपुर सबडिभिजन अस्पतालमा भर्ना गरिएको छ । स्थानीय प्रहरीकाअनुसार आक्रमणमा अन्य दुई जना पनि घाइते भएका छन् । कलकत्ता जानका लागि...

Pages