STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्तर्राष्ट्रिय

  • २०७८ बैशाख ११, शनिबार

    जापानमा सङ्कटकाल

    जापानमा कोरोनाभाइरसको महामारी पुनः तीव्र रुपमा फैलिदै गएपछि फेरि सङ्कटकालको घोषणा गरिएको छ । प्रधानममन्त्री योशिहिडे सुगाले शुक्रबार फेरि सङ्कटकालको घोषणा गर्नु भएको अधिकारीहरूले जानकारी दिएका छन् । देशको केन्द्रीय राजधानी टोकियो र पश्चिमी प्रान्तहरु ओशाका, क्योटो र ह्योगोमा सङ्कटकाल घोषणा गरिएको हो । एसियाली मुलुक जापानमा अहिले तेस्रो पटक सङ्कटकाल घोषणा गरिएको जनाइएको छ । अहिले घोषणा गरिएको...

  • २०७८ बैशाख १०, शुक्रबार

    काेराेना अस्पतालमा आगलागी हुँदा १२ काे मृत्यु

    भारतको मुम्बईस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । मुम्बईको विरारस्थित विजय वल्लभ अस्पतालको आईसीयू वार्डमा आगलागी भएको हो । आगलागीबाट अस्पतालमा उपचाररत १२ जनाको मृत्यु भएको विरार नगर निगमको कोरोना कन्ट्रोल रुमलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । शुक्रबार बिहान करिब साढे ३ बजेतिर आगलागी भएको हो । अग्नि नियन्त्रक र प्रहरीको टोली घटनास्थलमा पुगेका...

  • २०७८ बैशाख ८, बुधबार

    भारतमा संक्रमण बढ्दै : २४ घण्टामा झण्डै तीन लाख संक्रमित

    भारतमा एकैदिन झन्डै ३ लाख जनालाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा २ लाख ९४ हजार २ सय ९० जनालाई सङ्क्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विश्वमा अहिले सबैभन्दा धेरै भारतमा सङ्क्रमण फैलिरहेको छ । गएको २४ घण्टामा अमेरिकामा ६० हजार २ सय ८२ जनामा र ब्राजिलमा ७३ हजार एक सय ७२ जनामा सङ्क्रमण देखिएको छ । अमेरिका विश्वमै कोरोनाबाट प्रभावित देशको पहिलो स्थानमा छ भने भारत...

  • २०७७ चैत्र ३१, मंगलबार

    गाेली लागि अश्वेत युवाकाे मृत्युपछि अमेरिकाका दुई सहरमा कर्फ्यु

    अमेरिकाको दुईवटा शहरमा रात्रिकालीन कर्फ्यु लगाइएको छ । मिनियापलिस र सेन्ट पलका मेयरले रात्रिकालीन कर्फ्यु लगाएका हुन् । प्रहरीको गोली लागी एकजना अश्वेत युवाको मृत्यु भएपछि बढेको तनावका कारण अमेरिकाका ती शहरमा कर्फ्यु लगाइएको हो । आइतबार ट्राफिक नियम उल्लंघन गरेको आरोपमा २० वर्षीय डन्टे राइटलाई प्रहरीले कारबाट बाहिर निकालेको थियो । त्यसक्रममा उनी कारभित्र पस्न खोज्दा प्रहरीको गोली लागेको थियो ।...

  • २०७७ चैत्र ३०, सोमबार

    इन्डोनेसियामा ६ म्याग्नेच्यूडको भूकम्प

    इन्डोनेसियामा ६ म्याग्नेच्यूडको भूकम्प गएको छ । आइतबार जाभा द्वीप केन्द्रबिन्दु भएर गएको उक्त भूकम्पका कारण ७ जनाको मृत्यु भएको छ भने सयौं घरमा क्षति पुगेको छ । अमेरिकी भौगर्भिक सर्भेेका अनुसार भूकम्पको केन्द्र जाभाद्विपको जमिनको सतहबाट करिब ८२ किलोमिटर गहिराइमा थियो । रातको समयमा गएको भुकम्पका कारण भागदौड मच्चिंदा कयौं घाइते भएका छन् । भूकम्पका कराण घरबारबिहीन बनेकाहरुलाई सुरक्षित स्थानतर्फ...

  • २०७७ चैत्र ३०, सोमबार

    भारत उत्तर प्रदेशका सबै स्कुल अप्रिल ३० सम्मका लागि बन्द

    कोरोना भाइरसको महामारी बढ्दै गएपछि भारतको उत्तर प्रदेशका सबै स्कुल अप्रिल ३० तारिखसम्मका लागि बन्द गरिएको छ । कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिरहेकाले जोखिम कम गर्न विद्यालय बन्द गरिएको उत्तर प्रदेश सरकारलाई उदृत गर्दै बीबीसीले जनाएको छ । तर भौतिक दूरी कायम राखेर परीक्षा भने सञ्चालन हुनेछन् । यस्तै पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका क्षेत्रमा रात्रिकालिन कर्फ्यु लाग्ने भएको छ । लखनउ,...

  • २०७७ चैत्र २५, बुधबार

    इथियाेपियाकाे झडपमा सय बढी नागरिक मारिए

    काठमाडौं - इथियोपियाका अफार र सोमाली प्रान्तबीच भएको झडपमा परी एक सयभन्दा धेरै आम नागरिकको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार आगामी जुनमा निर्वाचन हुन गइरहेको अवस्थामा इथियोपियाका दुई प्रान्तबीचमा हिंसा भड्किएको हो । गत शुक्रबारदेखि सुरु भएको झडपमा मृत्यु हुनेमा अधिकांश गोठाला छन् । मंगलबार अफार प्रान्तका प्रहरी कमिश्नरले सोमाली प्रान्तको फौजले पहिला आक्रमण गरेको दाबी...

  • २०७७ चैत्र २४, मंगलबार

    भारतको राजधानी नयाँदिल्लीमा रात्रिकालीन कर्फ्यू

    कोरोना भाइरसको संक्रमण बढेपछि भारतको राजधानी नयाँदिल्लीमा रात्रिकालीन कर्फ्यू लगाइने भएको छ। दिल्ली सरकारले मंगलबारदेखि लागू हुने गरी रात्रिकालिन कर्फ्यू जारी गर्ने घोषणा गरेको हो। राति १० बजेदेखि बिहान ५ बजेसम्मका लागि रात्रिकालिन कर्फ्यू जारी गरेको एनडिटिभीले जनाएको छ। कर्फ्यू अप्रिल ३० सम्म जारी रहनेछ। मुख्यमन्त्री अरविन्द केजरीवालले गत शुक्रबार कोरोनाको चौंथो लहरबाट जाँदै गरेको तर लकडाउन...

  • २०७७ चैत्र १९, बिहिबार

    फ्रान्समा फेरि चार हप्ताका लागि लकडाउन

    फ्रान्समा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि चार हप्ताका लागि लकडाउन गरिएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोले पर्सि शनिवारदेखि चार हप्ता लकडाउनको घोषणा गरेका हुन् । एक टेलिभिजनमा सम्बोधन गर्दै उनले लकडाउनको अवधिमा अत्यावश्यक वस्तुका पसल खुला रहने तर तीन हप्तासम्म स्कुल भने बन्द हुने बताएका बीबीसीले जनाएको छ । लकडाउनको अवधिभर मानिसले घरमै बसेर काम गर्नु पर्नेछ । सार्वजनिक ठाउँमा सभा, भेला गर्न...

  • २०७७ चैत्र १६, सोमबार

    मोदीविरुद्ध बंगलादेशमा जारी आन्दाेलनमा मृत्यु हुनेकाे संख्या १३ पुग्यो

    बंगलादेशमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरुद्धमा सुरु भएको आन्दोलनमा आइतबार थप दुईजनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म बंगलादेशमा उक्त भ्रमणको विषयलाई लिएर भएको आन्दोलनमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ । विशेषगरी इस्लामिक कट्टरपन्थी हेफाजत ई इस्लाम समुहले हिन्दू–राष्ट्रवादी भारतीय प्रधानमन्त्रीको भ्रमणको विरोधमा आन्दोलन गरिरहेको छ । मोदी गत...

  • २०७७ चैत्र १५, आइतबार

    भारतको महाराष्ट्रमा रात्रिकालीन कर्फ्यू

    भारतको महाराष्ट्र राज्यमा आइतबारदेखि रात्रिकालीन कर्फ्यू जारी लगाइएको छ। कोरोनाभाइरसको संक्रमण बढेपछि महाराष्ट्र सरकारले राति ८ देखि बिहान ७ बजेसम्म कर्फ्यू आदेश जारी गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ। रात्रिकालीन कर्फ्यू अप्रिल १५ सम्म रहनेछ। महाराष्ट्रका मुख्यमन्त्री उद्धव थाक्रेले शुक्रबार आइतबारदेखि रात्रिकालीन कर्फ्यू जारी गर्ने घोषणा गरेका हुन्। महाराष्ट्र सरकारले बगैंचा, समुद्री...

  • २०७७ चैत्र १३, शुक्रबार

    भारतले लगायो कोरोनाविरुद्धको खोप निर्यातमा रोक

    भारतले कोरोना भाइरसविरुद्धको खोपको निर्यातमा रोक लगाएको छ । भारतले अक्सफोर्ड-एस्ट्राजेनेकाले विकसित कोरोना खोप ‘कोभिसिल्ड’ को निर्यातमा अस्थायी रूपमा रोक लगाएको हो । भारतमा संक्रमण तीव्र भएसँगै खोप अभाव हुन सक्ने भन्दै निर्यातमा रोक लगाइएको भारतीय विदेश मन्त्रालय स्रोतको भनाइ उद्धृत् गर्दै बीबीसीले जनाएको छ । आगामी साता भारतमै खोपको माग बढ्ने भएकाले तत्काललाई निर्यात रोकिएको विदेश मन्त्रालयले...

Pages