अन्तर्राष्ट्रिय
-
२०७६ श्रावण ५, आइतबार
तातो हावाका कारण अमेरिकामा छ जनाको मृत्यु
अमेरिकामा तातो हावाका कारण छ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । तीमध्ये चार जनाको पूर्वी राज्य मेरील्याण्डमा, एक जनाको पश्चिमी राज्य एरिजोनामा र अर्का एक जनाको मध्य क्षेत्रको राज्य अर्कान्सासमा भएको हो । अमेरिकी फुटबल खेलाडी ३२ बर्षीय मिच पेट्रुसको बिहीबार बेलुका आफ्नो पसलबाट बाहिर निस्केको बेलामा मृत्यु भएको बताइएको छ । स्थानीय अधिकारीहरुका अनुसार एरिजोनामा एक जना प्राविधिकको पनि...
-
२०७६ श्रावण ३, शुक्रबार
जापानी दूतावास बाहिर कोरियाली वृद्धले गरे आत्महत्या
दक्षिण कोरियाको राजधानी सियोलस्थित जापानी राजदूतावास अघिल्तिर एक जना वृद्ध कोरियालीले आत्महत्या गरेका छन् । जापानसँग व्यापार तथा कुटनीतिक विवाद चर्किरहेकै बेला करिब ७० वर्षका एक कोरियाली वृद्धले आफैँलाई आगो लगाएर आत्महत्या गरेका छन् । कोरियाली प्रहरीले जापानी राजदूतावासको अघिल्तिर पार्क गरिएको कारमा आगो लागेको र उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाएको छ । प्रहरीले कारभित्र २० वटा ग्यास...
-
२०७६ श्रावण ३, शुक्रबार
काबुल विश्वविद्यालयमा बम विस्फोट, चारको मृत्यु
अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार बम विस्फोट भएको छ । यसमा परी चार जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् । स्थानीय समयाअनुसार शुक्रबार बिहान ७ः१० मा उक्त विस्फोट भएको प्रहरीले जनाएको छ । स्नातकोत्तर तहकोे परीक्षाका लागि विद्यार्थीको प्रवेश हुनेक्रममा विस्फोट भएको थियो । घाइते आठ जनामध्ये एक जना भने किशोरी रहेको जनाइएको छ । यस...
-
२०७६ श्रावण ३, शुक्रबार
अमेरिकी संसदले न्यूनतम ज्याला १५ डलर तोक्यो, सिनेट भने विपक्षमा
डेमोक्र्याटिक पार्टीको बर्चश्व रहेको अमेरिकी तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स” ले संघीय न्यूनतम ज्याला सन् २०२५ सम्ममा प्रतिघण्टा १५ अमेरिकी डलर बनाउने सम्बन्धी विधेयक पारित गरेको छ । तर रिपब्लीकन पार्टीको बर्चश्व रहेको माथिल्लो सदन सिनेटले भने उक्त विधेयक पारित नगर्ने सम्भावना छ । तल्लो सदनबाट पारित विधेयक माथिल्लो सदनबाट पनि पारित भएपछि राष्ट्रपतिले स्वीकृत गर्नुपर्ने संवैधानिक व्यवस्था छ...
-
२०७६ श्रावण २, बिहिबार
फेसएप को गोपनीयताको अनुसन्धान गर्न एफबीआई लाई आग्रह
अहिेले सामाजिक सञ्जाल मा फेसएप एकदमै धेरै प्रयोग भइरहेको छ । एस एप बाट एक जवान युवा मानिसको फोटोलाई बृद्ध फोटो बनाइदिन्छ । यो एप रसियन कम्पनीले बनाएको हो । तर अमेरिकी संसदको माथिल्लो सदनका प्रतिपक्षी दलका नेता शुमरले फेसएप माथि अनुसन्धान गर्न आग्रह गरेका छन् । योएप्सको गोपनीयतालाई लिएर अनेक प्रश्न उठिरहेको छ यसमाथि अनुसन्धान गर्न फेडेरल व्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) र फेडरल ट्रेड कमिसनसँग...
-
२०७६ श्रावण १, बुधबार
पेरुका पूर्व राष्ट्रपति अमेरिकामा पक्राउ
भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो संयुक्तराज्य अमेरिकामा मंगलबार बिहान पक्राउ परेको पेरुका सरकारी अधिकारीहरुले बताएका छन् । पेरुका महान्यायाधिवक्ताको कार्यालयले पेरुको अनुरोधमा टोलेडो अमेरिकामा पक्राउ परेको जनाएको छ । महान्यायाधिवक्ताले पूर्व राष्ट्रपति टोलेडोलाई स्वदेश फर्काउन अमेरिकी अधिकारीहरुसँग वार्ता भइरहेको बताएको छ । टोलेडो सन् २०१७ देखि...
-
२०७६ श्रावण १, बुधबार
मुम्बईमा घर भत्किदा १४ जनाको मृत्यु
भारतको मुम्बईस्थित डोङ्ग्री नगरमा चार तले भवन भत्किँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा अरु नौ जना घाइते भएका छन् । भवनमा अरु पनि मानिस च्यापिएको आशंकामा कुकुरको सहायताले खोजी कार्य अझै जारी रहेको खोज तथा उद्धार केन्द्रले जनाएको छ । उक्त भवन मंगलबार बिहान ११ बजे भत्किएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडनवीसले उक्त घटनाप्रति...
-
२०७६ श्रावण १, बुधबार
टर्कीलाई अमेरिकाले लडाकू बिमान नबेच्ने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार टर्कीलाई अमेरिकी अत्याधुनिक लडाकू बिमान एफ–३५ बिक्री नगरिने बताउनुभएको छ । टर्कीले रुसबाट अत्याधुनिक एस–४०० हवाई प्रतिरक्षा प्रणाली खरिद गरेको भन्दै राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गर्नुभएको हो । ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भन्नुभयो, “हामीले लडाकू बिमान नबेच्ने जानकारी टर्कीलाई दिइसकेका छौं । हामी टर्कीलाई एफ–३५ लडाकू...
-
२०७६ श्रावण १, बुधबार
दक्षिण एसियाका ६० लाख मानिसलाई बाढीको खतरा
दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ । मनसुनी वर्षा र यसका कारणले पछिल्ला केही दिनमा आएको बाढीले गर्दा लाखौँ व्यक्ति प्रभावित पनि भइरहेको तथा अरु पनि कम्तीमा ६० लाख नागरिकलाई भारी वर्षाका कारण खतरा रहेको बताइएको हो । केही दिनयता दक्षिण एसियाका प्रायः देशहरुमा भिषण बाढी आएको छ । प्राप्त पछिल्लो समाचारअनुसार भारतको कुनै एउटा राज्यमा मात्र दश लाख नागरिक विस्थापित भएका...
-
२०७६ आषाढ ३१, मंगलबार
इन्डोनेसियामा भूकम्प
इन्डोनेसियाको बलीमा मंगलबार बिहानै ६।० म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ । इन्डोनेसियाली भूगर्भ केन्द्रका अनुसार स्थानीय समय अनुसार बिहान ७ बजेर १८ मिनेटमा भूकम्प गएको थियो । तर सुनामीको चेतावनी दिइएको छैन । इन्डोनेसियाली भूगर्भ केन्द्रका वाहु कुर्नियावानले भूकम्पले सुनामी निम्त्याउने सम्भावना नदेखिएकाले सुनामीको चेतावनी नदिइएको सिन्ह्वा समाचार समितिलाई बताउनुभयो ।...
-
२०७६ आषाढ ३१, मंगलबार
पाकिस्तानी आकाश विदेशी बिमानका लागि खुला
पाकिस्तानले मंगलबार सबै प्रकारका नागरिक उडानहरुका लागि पाकिस्तानी हवाई क्षेत्र पुनः खुला गरेको छ । पाकिस्तान र भारतबीच उत्पन्न तनाबका कारण पाकिस्तानले भारत समेत सबै मुलुकका गैरसैनिक बिमानको पाकिस्तानी आकाश हुँदै उडानहरुमा प्रतिबन्ध लगाएको थियो । पाकिस्तानी नागरिक उड्डयन प्राधिकरण सीएए ले सबै प्रकारका गैरसैनिक उडानहरुका लागि पाकिस्तानी हवाई क्षेत्र खुला गरिएको जनाएको छ । सीएएका प्रवक्ताले भारतसँग...
-
२०७६ आषाढ ३१, मंगलबार
लिबियाका आप्रवासी बन्दीगृह बन्द गर्न आग्रह
शरणार्थी सम्बन्धी संयुक्तराष्ट्र संघीय उच्चायुक्तको कार्यालय युएनएचसिआर ले अवैध आप्रवासीलाई नजरबन्द गर्न लिबियामा खोलिएका बन्दीगृहहरु बन्द गर्न आग्रह गरेको छ । युएनएचसिआरले ट्वीट गर्दै २०० जना आप्रवासीलाई तजौरामा नजरबन्द गर्न लागिएको भन्दै लिबियामा असुरक्षाका कारण यी सबै बन्दीगृह बन्द गर्न आह्वान गरेको हो । जुलाईमा लिबियाको राजधानी त्रिपोलीको पूर्वी भेगमा स्थापित यस्तै बन्दीगृहमा भएको...


