अन्तर्राष्ट्रिय
-
२०७६ श्रावण २४, शुक्रबार
चिनियाँ बाबुआमाको दबाबमा छोराछोरी
धेरै चिनियाँ अभिभावक आफ्ना हुर्केबढेका छोराछोरीले जतिसक्दो चाँडो विवाह गरुन् भन्ने चाहन्छन् । यो उनीहरुको पहिलो प्राथमिकतामा पर्ने घरयासी विषय हुने गरेको एक अध्ययनले देखाएको छ । इन्टरनेट मार्फत वैवाहिक सेवा प्रदान गर्ने एक चिनियाँ कम्पनी बाईहेजियायुआनले सार्वजनिक गरेको एक प्रतिवेदनमा झण्डै ८० प्रतिशत चिनियाँ युवायुवतीले बाबुआमाको दबाब झेल्नु परेको उल्लेख छ । तर उनीहरु आफ्ना बाबुआमाले विवाहका लागि...
-
२०७६ श्रावण २४, शुक्रबार
जम्मु काश्मिरमा शुक्रबार कफ्र्यु कम गरिने
मुस्लिम समुदायको बाहुल्य रहेको समस्याग्रस्त काश्मिरमा शुक्रबार निषेधाज्ञा कफ्र्यु कम गरिने भारत सरकारले जनाएको छ । कफ्र्यु कम भएमा शुक्रबारको प्रार्थनामा जाने मुस्लिम समुदायलाई सहज हुने यस क्षेत्रका प्रहरी प्रमुखले एएफपीलाई बताउनुभएको छ । स्थानीयबासीलाई नजिकका मस्जिदमा भेला भएर शुक्रबारको नमाज पढ्न दिइने र यसमा कुनै प्रतिबन्ध नलगाइने काश्मिरका प्रहरी महानिर्देशक दिलबाग सिंहले बताउनुभयो । भारत...
-
२०७६ श्रावण २३, बिहिबार
अमेरिका र टर्की सुरक्षित क्षेत्र सम्झौता सिरियाद्वारा अस्वीकार
अमेरिका र टर्कीले उत्तरी सिरियामा सुरक्षित क्षेत्र स्थापना गर्ने सम्झौतालाई सिरियाली सरकारले अस्वीकार गरेको सिरियाको विदेश मन्त्रालयले बिहीबार जनाएको छ । सिरिया सरकारद्वारा सञ्चालित सञ्चार माध्यम सानाका अनुसार विदेश मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा संयुक्तराज्य अमेरिका र टर्कीले आफैँ शक्तिराष्ट्रको रुपमा चिन्हाएको र बुधबार भएको सम्झौताले अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रसंघीय बडापत्रको...
-
२०७६ श्रावण २३, बिहिबार
काश्मिर भारतको आन्तरिक मामिला – भारत
भारतीय विदेश मन्त्रालयले जम्मु काश्मिरका सम्बन्धमा लिइएको निर्णय भारतको आन्तरिक मामिला रहेको जनाएको छ । भारतले जम्मु काश्मिरका सम्बन्धमा रहेको संविधानको विशेष व्यवस्था गत सोमबार खारेज गरेको थियो । भारतको उक्त निर्णयप्रति विमति जनाउँदै पाकिस्तानले भारतको कदमलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने जनाइसकेको छ । पाकिस्तानले बुधबार भारतसँगको कुटनीतिक दर्जा घटाएको थियो भने भारतीय दूतलाई फिर्ता गर्ने तथा...
-
२०७६ श्रावण २२, बुधबार
भानुआटुमा शक्तिशाली भूकम्प
प्रशान्त महासागरीयद्वीप राष्ट्र भानुआटुमा बुधबार ५।९ रिक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी सर्वेक्षण संस्था युएसजिएस का अनुसार स्थानीय समयानुसार मङ्गलबार ९ः१४ बजे बिहान सो भूकम्प आएको थियो । यस भूकम्पको केन्द्रविन्दु भानुआटुको राजधानी शहर पोर्ट भिलाबाट ४३ किलोमिटर दक्षिणपूर्वमा रहेको इलाकाको १४९।८ किलोमिटर गहिराईमा रहेको थियो । यस भूकम्पको कारण हालसम्म मानवीय र भौतिक संपत्ति क्षतिको कुनै समाचार...
-
२०७६ श्रावण २१, मंगलबार
कायरोमा मोनोरेल बनाउन ४।५ अर्ब डलरमा सम्झौता
क्यानाडाली कम्पनी बम्बार्डियरले इजिप्टको राजधानी कायरोमा दुई वटा स्वचालित मोनोरेल लाइन बनाउन चार अर्ब ५० करोड अमेरिकी डलरमा सम्झौता गरिएको जनाएको छ । राजधानी कायरोको अति व्यस्त सवारी चापको व्यवस्थापनका लागि नयाँ मोनोरेलको निर्माणले ठूलो सहजता ल्याउने बताइएको छ । यी मोनोरेलबाट प्रतिघण्टा करिब ४५ हजार यात्रुलाई गन्तव्यसम्म पु¥याउने सकिने कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष ड्यानी डी पर्नाले...
-
२०७६ श्रावण २१, मंगलबार
लिबियाली हवाई आक्रमणमा ४० जनाभन्दा बढीको मृत्यु
युद्धग्रस्त लिबियाको दक्षिणी शहर मुर्जुकमा आइतबार साँझपख गरिएको हवाई आक्रमणमा ४० जनाभन्दा बढीको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार उक्त आक्रमणमा ५० जनाभन्दा बढी मानिस घाइते भएका छन् । मुर्जुक नगरपालिकाका परिषद सदस्य मोहमद ओमारले युद्धरत विभिन्न पक्षबीच मेलमिलाप गराउन आयोजना गरिएको बैठकस्थलमै हवाई आक्रमण भएको बताउनुभयो । आक्रमणमा ४० जनाभन्दा बढीको घटनास्थलमै मृत्यु भएको पनि उहाँले जानकारी...
-
२०७६ श्रावण २१, मंगलबार
भेनेजुएला सरकारको सम्पूर्ण सम्पत्ति रोक्का राख्ने ट्रम्पको आदेश
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिकामा रहेको भेनेजुएला सरकारको सम्पूर्ण सम्पत्ति रोक्का राख्न सोमबार आदेश दिनुभएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको कार्यशैलीको विपक्षमा रहनुभएका राष्ट्रपति ट्रम्पले भेनेजुएला सरकारसँग कुनै पनि कारोबार नगर्ने आदेशमा पनि हस्ताक्षर गर्नुभएको छ । अमेरिकी अखबार वालस्ट्रिट जर्नलका अनुसार विगत ३० वर्षको अन्तरालमा अमेरिकी महादेशभित्र अमेरिकाले...
-
२०७६ श्रावण २१, मंगलबार
भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन
भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन भएको छ । एक्कासि विरामी भएर मंगलबार राती दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएकी उनको निधन भएको हो । स्वराजले केही वर्ष पहिले किड्नी टन्सप्लान्ट गरेकी थिइन् । उनको निधन भएलगत्तै एम्स अस्पतालमा भारतीय नेता र कार्यकर्ताहरुको भीड बढेको छ । अस्पतालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षा मन्त्री राजनाथ सिंह, स्वास्थ्यमन्त्री हर्षबर्धन लगायतका...
-
२०७६ श्रावण २०, सोमबार
कायरोमा सवारी दुर्घटना, १९ जनाको मृत्यु
इजिप्टको राजधानी शहर कायरोको एक क्यान्सर इन्स्टिच्यूट नजिक भएको सवारी दुर्घटनामा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् । इजिप्टका सुरक्षा निकायहरुले आइतबार मध्यराति नेसनल ट्यूमर सेन्टर नजिक विपरीत दिशाबाट आएको एउटा कारले अरु तीनवटा सवारी साधनलाई ठक्कर दिएका कारण ठूलो बिस्फोट सहित दुर्घटना भएको बताएका छन् । उक्त घटनामा घाइते भएका अरु तीन जनाको अवस्था नाजूक रहेको छ ।...
-
२०७६ श्रावण २०, सोमबार
जम्मु काश्मिर टुक्रियो, लद्दाख छुट्टै केन्द्र शासित प्रदेश
भारत सरकारले सोमबार जम्मु काश्मिरका लागि संविधानमा गरिएको विशेष दर्जा खारेज गरेको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दको आदेशबाट संविधानको धारा ३७० खारेज गरिएको हो । मुस्लिम बाहुल्यता रहेको जम्मु काश्मिरलाई विशेष स्वायत्तता दिने संविधानको धारा ३७० खारेज गर्ने आदेशमा भारतीय राष्ट्रपतिले हस्ताक्षर गर्नु भएको गृहमन्त्री अमित शाहले राज्यसभालाई जानकारी दिनु भएको छ । अबका दिनमा जम्मु काश्मिर छुट्टै...
-
२०७६ श्रावण २०, सोमबार
श्रीलंकामा डेङ्गुबाट ४७ जनाको मृत्यु
श्रीलंकामा यस वर्षको सात महिनाको अवधिमा डेङ्गुका कारण ४७ जनाको मृत्यु हुनुका साथै दुई लाखभन्दा बढी संक्रमित भएको श्रीलंकाली स्वास्थ्य सूचना विभागले जनाएको छ । विभागका अनुसार जुलाईको अन्त्यसम्म दुई लाख ३४ हजारमा डेङ्गु देखिएको छ । राजधानी कोलम्बो जिल्लामा सबैभन्दा बढी सात हजार २६० जनामा डेङ्गु देखिएको छ भने कोलम्बो नजिकैको गाम्पाहामा तीन हजार र कालुतारामा दुई हजारभन्दा बढीमा यो रोग पाइएको छ ।...


