अन्तर्राष्ट्रिय
-
२०७६ श्रावण १४, मंगलबार
राष्ट्रसंघीय प्रमुखद्वारा नाइजेरिया घटनाप्रति निन्दा
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नाइजेरियामा भएको सर्वसाधारण नागरिकमाथिको साङ्घातिक हमलाको निन्दा गर्नुभएको छ । हालैमात्र नाइजेरियामा भएको आतंककारी हमलामा परी कम्तीमा पनि ६५ जना सर्वसाधारणको ज्यान गएको थियो । सर्वसाधारणको यसरी ज्यान लिनु मानवमाथिको जघन्य अपराध भएको उहाँले सोमबार एक विज्ञप्ति प्रकाशन गरी बताउनुभएको छ । उहाँका उपप्रवक्ता फहरान हकले प्रकाशन गर्नुभएको विज्ञप्तिमा...
-
२०७६ श्रावण १४, मंगलबार
चितुवाको छालासहित दुई पक्राउ
कैलालीको गोदावरी नगरपालिका, अत्तरिया क्षेत्रबाट दुई थान चितुवाको छालासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटीको बड्डीकेदार गाउँपालिकाका राजेन्द्र थापा र कैलालीको चुरे गाउँपालिकाका रामबहादुर विष्ट रहेका छन् । चितुवाको छाला बेचबिखन र ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालयको टोलीले छालासहित सोमबार उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ । छाला...
-
२०७६ श्रावण १४, मंगलबार
पाकिस्तानमा सैनिक विमान दुर्घटना, १८ जनाको मृत्यु
पाकिस्तानी शहर रावलपिन्डी नजिकको आवासीय क्षेत्रमा मङ्गलबार बिहान भएको सैनिक विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । सेनाको प्रमुख कार्यालयहरु रहेको रावलपिन्डी शहरको छिमेकमा रहेको एक गाउँमा सो विमान दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा मारिएका १३ जना सर्वसधारण र पाँच चालक दलका सदस्यसहित १८ जनाको शव अस्पताल लगिएको उद्धार टोलीका प्रवक्ता फारोक बुटाले बताउनु भएको छ ।...
-
२०७६ श्रावण १३, सोमबार
पहिरोमा परी ३८ को मृत्यु
चीनको गुइझोउ प्रान्तमा गत हप्ता आएको भिषण बाढी र त्यसपछि गएको पहिरोमा परी ज्यान जाने नागरिकको संख्या ३८ पुगेको जनाइएको छ । दक्षिणपश्चिमी चीनको सिचेङ काउन्टीमा गएको सो पहिरोका कारण सोमबार बिहानसम्म पनि १३ व्यक्ति बेपत्ता रहेका छन् । स्थानीय समयानुसार सोमबार बिहान ११ बजेसम्म उक्त पहिरोबाट ज्यान जाने नागरिकको संख्या ३८ पुगेको स्थानीय अधिकारीहरुले जानकारी दिएका हुन् । गत मङ्गबार नै सो क्षेत्रमा पहिरो...
-
२०७६ श्रावण १३, सोमबार
अमेरिकी गोलीकाण्ड, तीन जनाको मृत्यु, १५ जना घाइते
अमेरिकाको क्यालिफोर्निया शहर नजिक चलिरहेको खानेकुराको एक मेलाको क्रममा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा तीन सर्वसाधारणको मृत्यु भएको छ । ‘द गिलरोए गार्लिक फेस्टिबल’ नाम दिइएको यस मेलाको अन्तिम दिन आइतबार मेलामा सहभागी हुन आएका व्यक्तिमाथि गोली प्रहार हुँदा अरु पन्ध्र व्यक्ति घाइते भएका छन् । यस आक्रमणको क्रममा एक संदिग्ध बन्दुकधारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । सान जोसे शहरबाट ४८...
-
२०७६ श्रावण १३, सोमबार
बोको हरामको आक्रमणमा ५५ जनाको मृत्यु
नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतंककारी संगठन बोको हरामले गरेको आक्रमणमा कम्तीमा ५५ जना गाउँलेको मृत्यु भएको छ । बोर्नोका गभर्नर बाबागाना उमारा जुलुमले बोर्नो राज्यको नागान्जाई क्षेत्रका बाडु मलाम क्यारिरी, जावा र लामिसुला बुकार बुलाला गाउँमा बोको हरामले शनिबार बिहानैदेखि आतंकको अवस्था सिर्जना गरेको जानकारी दिनुभयो । पीडितसँग भेटघाटपछि संचारकर्मीसँग कुरा गर्दै गभर्नर बाबागानाले मानवीय...
-
२०७६ श्रावण १२, आइतबार
जापानमा ६।५ म्याग्नीच्युडको भूकम्प
जापानमा आइतबार ६।५ म्याग्नीच्युडको भूकम्प आएको छ । देशको दक्षिणपूर्वी तटीय क्षेत्रमा स्थानीय समय अनुसार बिहान ३।३१ बजे भूकम्प गएको जापानको मौसम विज्ञानसम्वन्धी कार्यालयले जनाएको छ । जमिनको सतहबाट करिब ४२० किलोमिटर गहिराईमा भूकम्प गएका कारण सुनामीको खतरा नरहेको सम्भावना स्पष्ट गरेको छ ।
-
२०७६ श्रावण १०, शुक्रबार
‘उत्तर कोरियाको क्षेप्यास्त्रबाट खतरा छैन’
उत्तर कोरियाले बिहीबार गरेको नयाँ किसिमको क्षेप्यास्त्र परीक्षणबाट दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकालाई कुनै खतरा नरहेको बताइएको छ । दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य कमाण्डले शुक्रबार सो जानकारी गराएको समाचारमा जनाइएको छ । सो संयुक्त सैन्य अभ्यासको कमाण्डका सैनिक अधिकारीहरुले शुक्रबार सो कुरा बताएका हुन् । उत्तर कोरियाले बिहीबार बिहानै उत्तर कोरियाको वोनसानबाट दुई वटा नयाँ प्रकारका...
-
२०७६ श्रावण १०, शुक्रबार
फेडएक्सको दावी गलत ः चीन
संयुक्त राज्यअमेरिकामा हुवावेका सामानको गलत वितरण भएको भन्ने अमेरिकी बहुराष्ट्रिय कुरियर कम्पनी फेडएक्सको दावी सही नभएको चिनियाँ अधिकारीहरूद्वारा गरिएको एक अनुसन्धानले बताएको छ । अमेरिकी कम्पनी फेडएक्सले प्रसिद्ध चिनियाँ टेलिकम कम्पनी हुवावेका चीनमा आउनुपर्ने सामानको कम्तीमा १०० पाकेटलाई रोकेर राखेको हुनसक्ने अनुसन्धानले देखाएको छ । चिनियाँ अनुसन्धानकर्ताहरूले उक्त कम्पनीद्वारा सम्झौता विपरीत...
-
२०७६ श्रावण १०, शुक्रबार
इरानद्वारा कब्जामा लिएका नौ जना भारतीयलाई रिहा
इरानले यही जुलाई १४ मा पानामाको ध्वजावहाक तेल ट्याङ्करलाई कब्जामा लिँदा नियन्त्रणमा लिएका १२ जना भारतीय नागरिकमध्ये नौ जनालाई रिहा गरेको भारतीय विदेश मन्त्रालयले शुक्रबार जनाएको छ । इरानले तेल बोक्ने उक्त पानीजहाज एमटी रिआ लाई गैरकानूनीरूपमा बेचेको पेट्रोलियम पदार्थको तस्करी गरेको आरोपसहित कब्जामा लिएको थियो । इरानी सरकार, अमेरिका र बेलायतबीच आणविक सम्झौताबाट फर्कने र इरानलाई नयाँ नाकावन्दी...
-
२०७६ श्रावण ९, बिहिबार
आत्मघाती बम विस्फोटमा परी पाँच व्यक्तिको मृत्यु
अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । काबुलमा अन्य दुई बम विस्फोट पनि भएको जनाइएको छ । अमेरिकाको नेतृत्वमा तालिबान लडाकू समूहसँग शान्ती वार्ताको प्रयास जारी रहृेको यस अवस्थामा काबुललगायत पूरा अफगानिस्तानमा द्वन्द्व बढेको पाइएको छ । पूर्वी काबुलमा स्थानीय समयाअनुसार बिहीबार बिहान ८ः१० बजे मोटसाइकलमा आएको एक आत्मघाती आक्रमणकारीले...
-
२०७६ श्रावण ९, बिहिबार
उत्तर कोरियाद्वारा फेरि क्षेप्यास्त्र प्रहार
उत्तर कोरियाले नयाँ किसिमको क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सैनिक अधिकारीहरुले बताएका छन् । बिहीबार बिहानै उत्तर कोरियाको वोनसानबाट प्रहार गरिएका दुई वटा क्षेप्यास्त्रले करिब ४३० किलोमिटर यात्रा गरेर समुद्रमा खसेको थियो । दक्षिण कोरियाका सेनापतिले पछिल्लो क्षेप्यास्त्र नयाँ रहेको र यसअघि कहिल्यै नदेखिएको बताउनुभएको छ । दक्षिण कोरियाली र अमेरिकी गुप्तचर निकायहरुले गरेको विश्लेषणमा ती...


