अन्तर्राष्ट्रिय
-
२०७६ आषाढ १३, शुक्रबार
जि–२० को शिखर सम्मेलन जापानको ओसाकामा शुरु
बीसवटा औद्योगिक राष्ट्रको समूह जि–२० को शिखर सम्मेलन शुक्रबार जापानको ओसाका शहरमा शुरु भएको छ । सो सम्मेलनको शुक्रबार बिहान ओसाका शहरमा जापानी प्रधानमन्त्री सिन्जो आबेले औपचारिक रुपमा उद्घाटन गर्नुभयो । सो सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी चिनफिङ बिहीबार जापानको ओसाका शहर आइपुग्नुभएको बताइएको थियो । विश्वमा हाल कतिपय विषयको व्यापारमा प्रमुख औद्योगिक राष्ट्रहरुका बीचमा मतान्तर कायम रहेकै...
-
२०७६ आषाढ १२, बिहिबार
म्याडागास्करमा भागदौड, १५ जनाको मृत्यु
म्याडागास्करको स्वतन्त्रता दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा भएको भागदौडमा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै अरु ७५ जना घाइते भएका छन् । म्याडागास्कर प्रहरीका अनुसार म्याडागास्करको ५९औं स्वतन्त्रता दिवसका अवसरमा महामसिना रंगशालामा भागदौड मच्चिएको थियो । म्याडागास्करका राष्ट्रपति आन्द्रे रजोलिना र आमन्त्रित मुख्य अतिथि रुवान्डाका राष्ट्रपति पल कागामे उक्त समारोहमा उपस्थित हुनुहुन्थ्यो ।...
-
२०७६ आषाढ १२, बिहिबार
जी२० शिखर सम्मेलनका लागि नेताहरु जापान आउनेक्रम शुरु
चिनियाँ राष्ट्रपति सी चिनफिङ बीसवटा औद्योगिक राष्ट्रहरुको समूह जी२० को शिखर सम्मेलनमा सहभागी हुन बिहीबार जापानको ओशाका आइपुग्नुभएको छ । विश्वव्यापी व्यापारका सन्दर्भमा प्रमुख आद्योगिक राष्ट्रहरुबीच मतान्तर रहेकै समयमा हुन लागेको यस सम्मेलनको पूर्वसन्ध्यामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप करवृद्धि गर्ने चेतावनी दिनुभएको छ । विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकहरु अमेरिका र चीनबीच...
-
२०७६ आषाढ १२, बिहिबार
उत्तरपश्चिम नाइजेरियामा २२ किसानको हत्या
नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतङ्ककारी समूह बोको हरामले गरेको आक्रमणमा परी २२ जना किसानको मृत्यु भएको प्रहरीले जनाएको छ । दमासाक शहरबाट ५० किलोमिटर टाढा रहेको नाम्गाम गाउँमा सोमबार किसानहरुको एक समूहलाई बोको हराम लडाकूले आक्रमण गरेको र सो आक्रमणमा परी २२ जनाको मृत्यु भएको सैनिक अधिकारीहरुले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् । गोली लागि घाइते भएका दर्जनौं महिला र बालबालिका...
-
२०७६ आषाढ ११, बुधबार
इरान अमेरिकासँग कहिल्यै युद्ध चाहँदैन– राष्ट्रपति रौहानी
इरानी राष्ट्रपति हसन रौहानीले इरानले अमेरिकासँग कहिल्यै पनि युद्ध चाहँदैन भन्नुभएको छ । उहाँले बुधबार सो धारणा राख्नुभएको इरानी सरकारी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । इरान र संयुक्त राज्य अमेरिकाबीच तनाव चुलिएका बेला इरानी राष्ट्रपति रौहानीको यो अभिव्यक्ति आएको छ । पछिल्ला केही महिनायता यी दुई देशबीचको तनाव चुलिएको बताइछ । इरानलाई कसैसँग पनि तनाव बढाउने कुनै इच्छा छैन– उहाँलाई उद्धृत...
-
२०७६ आषाढ ११, बुधबार
अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिए
अफगानिस्तानमा बुधबार नेटोआवद्व दुई अमेरिकी सैनिकको आतङ्ककारी आक्रमणमा मृत्यु भएको छ । अफगानिस्तानमा नेटोआवद्ध अमेरिकी सैनिक यो पछिल्लो हताहत अमेरिका र तालिबान लडाकूबीच नयाँ वार्ता गर्ने तयारी भइरहेको अवस्थामा भएको छ । अफगान सैनिकलाई सहयोगार्थ बसेका ती दुई सैनिक मारिएका विषयमा विस्तृत विवरण भने दिइएको छैन । तर सेप्टेम्बर १ भन्दा आगाडी हुने भनिएको शान्ति वार्ताको विषयमा छलफल गर्न अमेरिकी विदेश...
-
२०७६ आषाढ ११, बुधबार
दक्षिण कोरियाका राष्ट्रपति र साउदी राजकुमारबीच भेटवार्ता
दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन र साउदी अरेबियका राजकुमार मोहमद बिन सलमानबीच सोलस्थित बुधबार भेटवार्ता भएको छ । दक्षिण कोरियाली राष्ट्रपति कार्यालय ब्लु हाउसले उक्त जानकारी दिएको छ । दुई दिने भ्रमणको क्रममा राजकुमार सलमान आज बिहान सबेरै दक्षिण कोरिया आइपुग्नु भएको थियो । सलमानले २१ वर्षपछि दक्षिण कोरियाको यो पहिलो भ्रमण भएको बताइएको छ । यसअघि १९९८ मा उहाँले दक्षिण कोरियाको भ्रमण गर्नु भएको...
-
२०७६ आषाढ १०, मंगलबार
रुसी, अमेरिकी अन्तरिक्ष यात्री सकुशल फिर्ता
अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट तीन जना अन्तरिक्ष यात्री मङ्गलबार सकुशल पृथ्वीमा फिर्ता भएका छन् । यसअघि अन्तरिक्ष यान प्रक्षेपणका क्रममा दुर्घटना भएपछि रुसको अन्तरिक्ष कार्यक्रमको भविष्यकै बारेमा आशंका उत्पन्न भइरहेका समयमा रुसी वैज्ञानिकहरुलाई सफलता प्राप्त भएको हो । कजाखिस्तानको झेखाजगान शहर नजिक अन्तरिक्ष यात्रीहरु सकुशल अवतरण गरेका थिए । पहिलो चरणमा पृथ्वीमा आइपुगेका अन्तरिक्ष...
-
२०७६ आषाढ १०, मंगलबार
ट्रम्पको भ्रमणअघि दुई कोरियाबीच वार्ता हुने सम्भावना न्यून
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण हुनुअघि दुई कोरियाबीच शीर्ष तहमा तत्काल वार्ता सम्भव नरहेको दक्षिण कोरियाली एकीकरण मन्त्री किम इयोन चुलले बिहीबार बताउनु भएको छ । संसदमा विदेश मामिला र एकीकरण सम्बन्धमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री किमले तत्काल दुबै कोरियाका नेताहरुबीच भेटवार्ता होला भन्ने आफूलाई नलागेको स्पष्ट गर्नुभयो । यसअघि...
-
२०७६ आषाढ १०, मंगलबार
कम्बोडियालाई बारुदी सुरुङ हटाउने उपकरण सहयोग
सशस्त्र हिंसात्मक युद्धबाट गुज्रिएको कम्बोडियालाई चीनले सोमबार बारुदी सुरुङ हटाउने उपकरण, भ्यान र मोटरसाइकल समेतका उपकरण सहयोग गरेको छ । चीनले उपलब्ध गराएका सामग्रीहरुमा बारुदी सुरुङ पत्ता लगाउने डिटेक्टर, बारुदी सुरुङ विस्फोटबाट हुनसक्ने क्षतिबाट बचाउन विशेष कपडा र हेल्मेट, भ्यान, मोटरसाइकल समेत रहेका छन् । कम्बोडियाका लागि चीनका राजदूत वाङ वेन्टियानले ती उपकरण कम्बोडियाली अधिकारीहरुलाई...
-
२०७६ आषाढ १०, मंगलबार
पूर्वी भारतमा सडक दुर्घटना छको मृत्यु ४५ घाइते
भारतको पूर्वी राज्य झारखण्डमा बिहीबार भएको एक सडक दुर्घटनामा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका छन् । बस मङ्गलबार एक खाल्डोमा खसेपछि सो दुर्घटना भएको जनाइएको छ । झारखण्डको गडवा जिल्लामा स्थानीय समयाअनुसार मङ्गलबार ३ः३० बजे बिहान सो दुर्घटना भएको जनाइएको छ । छतिसगढको छिमेकमा पर्ने अम्बिकापुर जिल्लाबाट गडवातर्फ गईरहेको सो बस दुर्घटना भएको जनाइएको छ । दुर्घटना भएको सो स्थानमा...
-
२०७६ आषाढ १०, मंगलबार
चिनियाँ कम्पनीलाई फाइभ–जीका २५ सम्झौता
चिनियाँ दूरसञ्चार कम्पनी जेडटीई कर्पोरेसनले विश्वभर उच्चगतिको इन्टरनेट सेवासम्बन्धी २५ वटा व्यावसायिक फाइभ–जी सम्झौता गरेको मंगलबार जनाएको छ । कम्पनीले फाइभ–जी सेवा प्रदान गर्न विश्वका ६० वटा मोबाइल सञ्चालन कम्पनीलाई सहयोग गरिरहेको पनि जनाएको छ । कम्पनीले हाल चाइना टेलिकम, चाइना मोबाइल, चाइना युनिकम, ओरेन्ज, टेलिफोनिका, इटालीको विन्ड ट्रे र इन्डोनेसियाको टेल्कमसेलसँग सहकार्य गरिरहेको छ ।...


