STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्तर्राष्ट्रिय

  • २०७६ आषाढ ६, शुक्रबार

    एक डलरमै हवाई यात्राको अवसर

    मेक्सिकोको भोलारिस नाम गरेको विमान कम्पनीले मध्य अमेरिकी आप्रवासीलाई घर फर्कन एक अमेरिकी डलरमै हवाई यात्राको अवसर घोषणा गरेको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा प्रबद्र्धनात्मक योजना बमोजिम यो सेवा उपलब्ध गराएको उल्लेख छ । स्वेच्छिक रुपमा घर फर्कन चाहने आप्रवासीलाई यो सुविधा उपलब्ध हुने कम्पनीको भनाई छ । आगामी जुन ३० तारिखसम्म दिइने यो सुविधा लिन चाहने आप्रवासीले मेक्सिकोका तिजुआना, सिउड्याड...

  • २०७६ आषाढ ६, शुक्रबार

    साउदी अरेबियालाई हतियार बिक्री रोक्न अमेरिकी सिनेटमा मतदान

    अमेरिकी सांसदहरुले यमनको गृहयुद्धमा अमेरिकी हतियार प्रयोग भएको भन्दै साउदी अरेबियालाई हतियार बिक्री रोक्न मतदान गरेका छन् । बेलायतले साउदी अरेबियालाई हतियार बिक्री स्थगन गरेको केही घण्टा नबित्दै अमेरिकी संसदले पनि यस्तो निर्णय गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने साउदी अ‍ेरेबियालाई अमेरिकी हातहतियार बिक्री गर्ने अडान राख्दै आउनुभएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले साउदी अरेबियासँग...

  • २०७६ आषाढ ४, बुधबार

    चीन उत्तर कोरिया सम्बन्ध नयाँ युगमा– चिनियाँ राष्ट्रपति सि

    चिनियाँ राष्ट्रपति एवम् चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि चिनफिङले चीन र उत्तर कोरियाबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ । उहाँले यी दुई देशबीचको सम्बन्धलाई थप नयाँ सम्बन्धका साथ अघि बढाउनका लागि आह्वान पनि गर्नुभएको बुधबार बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ । चिनियाँ राष्ट्रपति सि चिनफिङले यो सम्बन्धले दुई देश र यहाँका नागरिकलाई प्रत्यक्ष रुपमा लाभ पुग्नुका साथै विश्व तथा...

  • २०७६ आषाढ ४, बुधबार

    जापानमा भूकम्पको धक्का, १६ जना घाइते

    जापानको उत्तरी भेगमा बुधबार ६।४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीहरुले बताएका छन् । जापानको मौसम विज्ञान विभाले शुरुमा सुनामीको चेतावनी दिइए पनि परिस्थिति सहज बनेको जनाएको छ । समुद्रमा छालहरु एक मिटरभन्दा अग्ला देखिएका थिए । भूकम्प गएको अढाई घण्टापछि सुनामीको चेतावनी फिर्ता लिइएको थियो । जापानको राजधानी...

  • २०७६ आषाढ ३, मंगलबार

    अस्पतालमा गोली प्रहार पाँचको मृत्यु

    पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा एक अस्पतालभित्र दुई समूहबीच भएको झडपमा पाँच व्यक्तिको मृत्यु भएको छ । पञ्जाब प्रान्तको नान्काना साहिब जिल्लामा रहेको एक अस्पतालमा सो घटना भएको स्थानीय सञ्चार माध्यमले मङ्गलबार जानकारी दिएको छ । सोमबार अबेर राती जिल्ला प्रमुखकार्यालयहरुको अस्पतालमा दुई समूहबीच भएको विबाद चुलिएपछि एक अर्कालाई गरेको गोली प्रहारमा परी चार जनाको घटना स्थलमा नै मृत्यु भएको थियो । यस...

  • २०७६ आषाढ २, सोमबार

    पाकिस्तानमा नयाँ आइएसआई प्रमुख नियुक्त

    पाकिस्तानको सेनाले लेफ्टीनेन्ट जनरल फैज हमीदलाई पाकिस्तानको शक्तिशाली गुप्तचर निकाय आइएसआई को नयाँ महानिर्देशकमा नियुक्त गरेको छ । पाकिस्तानी सेनाले आइतबार जारी गरेको विज्ञप्तिमा आइएसआईका वर्तमान प्रमुख लेफ्टीनेन्ट जनरल आसिम मुनिरको स्थापनमा हमिदलाई नियुक्त गरिएको उल्लेख छ । लेफ्टीनेन्ट जनरल नवीद मुख्तारको अवकाश पछि नियुक्त हुनुभएका मुनिरलाई आठ महिनापछि नै हटाइएको छ । हमिदले यसअघि आइएसआईको...

  • २०७६ आषाढ २, सोमबार

    भेनेजुएलामा सडक दुर्घटना, १८ जनाको मृत्यु

    पश्चिम भेनेजुएलाको ग्रामीण इलाकामा आइतबार भएको एक बस दुर्घटनामा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । यस दुर्घटनामा १४ जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको थियो । सोही दुर्घटनामा घाइते भएका ३३ जना घाइते भिल्ला डेल रसारियो अस्पतालमा उपचारको लागि भर्ना गरिएको र तीमध्ये पनि चार जनाको थप मृत्यु भएपछि सो सङ्ख्या १८ पुगेको प्रहरीले जनाएको छ । कोलोम्बियाको सीमा क्षेत्रमा पर्ने...

  • २०७६ आषाढ २, सोमबार

    प्रधानमन्त्री मोदीले लिए लोकसभा सदस्यको सपथ

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तल्लो सदन लोकसभाको सदस्यका रुपमा सोमबार सपथ लिनुभएको छ । उहाँ उत्तर प्रदेशको वाराणसी क्षेत्रबाट लोकसभाको सदस्यमा निर्वाचित हुनुभएको थियो । सोमबार नै अस्थायी सभामुख चुनिनु भएका विरेन्द्र कुमारले प्रधानमन्त्री मोदीलाई संसद सदस्यको सपथ गराउनुभएको थियो । भारतीय लोकसभाको १७औं बैठक सोमबार नै शुरु भएको हो । संविधान अनुसार संसदीय दलको नेताको रुपमा मोदीले पहिलो सांसदको...

  • २०७६ आषाढ २, सोमबार

    २०० मेगावाट क्षमताको सौर्य ऊर्जा प्लान्ट स्थापनाको तयारी

    भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड भेल को अगुवाईमा दुई वटा नयाँ सौर्य ऊर्जा प्लान्ट स्थापना गरिने भएको छ । योसँगै भारतमा २०० मेगावाट विद्युत उत्पादन गर्न भेल सक्षम हुनेछ । भातरीय एनटीपीसी लिमिटेड र गुजरात स्टेट इलेक्ट्रिसिटी कर्पोरेसन जीसेल बाट भेलले करिब आठ सय करोड भारतीय रुपैयाँका दुई परियोजना सञ्चालन गर्नेछ । एनटीपीसीले तेलंगानाको रामागुन्डाममा १०० मेगावाटको सौर्य ऊर्जा प्लान्ट स्थापना गर्दैछ ।...

  • २०७६ आषाढ २, सोमबार

    कारबाहीमा चार आतङ्ककारी मारिएका

    अफगानिस्तानको कुन्दुज प्रान्तको चाद्रारा जिल्लामा लुकेर बसेका तालिवान लडाकूविरुद्ध सोमबार भएको सैन्य कारबाहीको क्रममा चार जना लडाकू मारिएका छन् ।  स्थानीय समयानुससार सोमबार विहान सबेरै ३ बजे सो कारबाही शुरु भएका थियो । सो इलाकामा पुनः कब्जा गर्ने क्रममा आतङ्ककारीहरुले केही गाउँहरुको समेत हत्या गरेका बताइएको छ । प्रान्तीय प्रहरी प्रवत्ता इनामसदिन रहमानी सोमबार सो जानकारी दिनु भएको छ ।  यस...

  • २०७६ आषाढ २, सोमबार

    कोपा अमेरिका, सुआरेज र काभानीको गोलले उरुग्वे विजयी

    ब्राजिलमा जारी दक्षिण अमेरिकाको प्रतिष्ठित कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा उरुग्वे विजयी भएको छ । उरुग्वेले १० खेलाडीमा सीमित भएको इक्वेडरलाई ४–० गोल अन्तरले पराजित गरेको हो । समूह ग को यस प्रतिस्पर्धामा उरुग्वेका तर्फबाट लुइस सुवारेज, एडिन्सन काभानी र निकोलास लोडेरोले एकएक गोल गरेका थिए । इक्वेडरका आर्टुरो मिनाले खेलको ७८औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।  उरुग्वेका...

  • २०७६ आषाढ २, सोमबार

    सिरियामा क्षेप्यास्त्र प्रहार, १२ जना सर्वसाधारणको मृत्यु

    सिरियाको उत्तरपश्चिमी एक गाउँमा विद्रोही लडाकूहरुले आइतबार गरेको क्षेप्यास्त्र प्रहारबाट कम्तीमा १२ जना सर्वसाधारणको मृत्यु भएको छ । सिरियाली सरकारी समाचार संस्था साना का अनुसार अल–कायदा सम्बद्ध हायात तहरिर अल–शामले उक्त आक्रमण गरेको हो । अलेप्पो शहरको दक्षिणमा रहेको अल–वादिही गाउँमा गरिएको क्षेप्यास्त्र आक्रमणबाट अरु १५ जना गाउँले घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ...

Pages