अन्तर्राष्ट्रिय
-
२०७६ आषाढ १, आइतबार
विश्वकप क्रिकेट, भारत र पाकिस्तानबीच खेल शुरु
इङ्ल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भारत र पाकिस्तानबीचको खेल शुरु भएको छ । इङ्ल्यान्डको म्यान्चेस्टरमा भएको यस प्रतिस्पर्धामा पाकिस्तानले टस जिती पहिले क्षेत्ररक्षण रोजेको छ । भारतले ३ ओभरसम्मको खेलमा बिनाकुनै क्षति ११ रन बनाएको छ । भारतका रोहित शर्मा र केएल राहुलले व्याटिङ प्रारम्भ गरेका छन् । भारतीय टिममा कप्तान विराट कोहली, रोहित शर्मा, केएल राहुल, विजय...
-
२०७६ आषाढ १, आइतबार
न्यूजील्यान्डमा भूकम्प
न्यूजील्यान्डको ला–इस्पारेन्स रकलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ६।६ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार उक्त भूकम्प जमिनको सतहबाट करिब १११ किलोमिटर गहिराईमा गएको थियो । भूकम्पबाट सो स्थानमा कुनै क्षति भएको विवरण प्राप्त भएको छैन ।
-
२०७६ आषाढ १, आइतबार
कोपा अमेरिका फुटबल, अर्जेन्टिना स्तब्ध
लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गतको आफ्नो पहिलो खेलमा कोलम्बियासँग २–० गोल अन्तरले पराजित भएको छ । विगत २० वर्षमा पहिलो पटक कोलम्बियासँग अर्जेन्टिना पराजित भएको हो । यस खेलमा कोलम्बियाका लागि रोजर मार्टिनेज र डुभान जापाटाले खेलको उत्तरार्धमा गोल गर्नुभएको थियो । खेलमा पराजित भएपछि प्रतिक्रिया दिँदै मेस्सीले कोलम्बियासँग पराजित हुँदा दुःख लाग्नु...
-
२०७६ आषाढ १, आइतबार
अमेरिका हिँडेका २४ जना आप्रवासी ग्वाटेमालामा पक्राउ
मध्य अमेरिकी मुलुकहरु हैटी र गिनीबाट संयुक्तराज्य अमेरिकातर्फ हिँडेका २४ जना अवैध आप्रवासीलाई ग्वाटेमाला प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रवक्ता पाब्लो कास्टिल्लोले ग्वाटेमाला शहरको उत्तरी क्षेत्रको एक बस स्टेशनबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उनीहरुले होन्डुरसबाट ग्वाटेमाला प्रवेश गर्नेगरी बसमा यात्रा गरेको बताइएको छ । प्रवक्ता कास्टिल्लोले पक्राउ परेकामा छ जना महिना र एक जना...
-
२०७६ आषाढ १, आइतबार
कार बम विस्फोटनमा परी दशको मृत्यु, २६ घाइते
कार बम विस्फोटनमा परी सोमालियाको राजधानी मोगादिसुमा कम्तीमा दश जनाको मृत्यु भएको छ । घटनामा परी अन्य २६ जना घाइते भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । सोमाली प्रहरी आयुक्त बासिर अब्दी मोहमदले पत्रकारहरुलाई भन्नुभयो, “नौ जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन् ।” प्रहरी प्रमुखका अनुसार दुई ओटा विस्फोटनमध्ये दोस्रो कार विस्फोटन केएमफोर जक्सन नजिकै भएको थियो । सो...
-
२०७६ आषाढ १, आइतबार
साउदी अरब युद्ध चाहँदैन – युवराज सल्मान
साउदी अरबका युवराज मोहम्मद बिन सल्मान अल साउदले आफ्नो देशले क्षेत्रीय युद्ध नचाहेको बताउनु भएको छ । एक पत्रिकालाई आइतबार दिएको अन्तर्वार्तामा उहाँले कसैको दवावमा कुनै सम्झौता गर्न नडराउने पनि प्रष्ट पार्नुभयो । “यो अधिराज्य क्षेत्रीय युद्ध गर्न चाहँदैन, तर हाम्रो देश, जनता, सार्वभौमिकता र हाम्रो महत्वपूर्ण चासोको विरुद्धमा दिइने दवावबाट पछाडि हट्ने छैनौं,” अन्तर्वार्ताका क्रममा उहाँले भन्नुभएको...
-
२०७६ जेठ ३१, शुक्रबार
पाकिस्तानका सडक दुर्घटना कम्तीमा आठको मृत्यु
पाकिस्तानको दक्षिणी प्रान्त सिन्धको मतिआरी क्षेत्रमा भएको एक सडक दुर्घटनामा कम्तीमा आठ व्यक्तिको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका स्थानीय सञ्चार माध्यमले शुक्रबार जानकारी दिएको छ । मतिआरी राजमार्गमा सामानले भरिएको एक ट्रकले यात्रुबाहक भ्यानलाई ठक्कर दिँदा आठ जनाको मृत्यु भएको हो । बिहीबार अबेर राति भएको यस सडक दुर्घटनामा मारिएका यी व्यक्तिहरुमा तीन महिला र दुई बालबालिकासमेत रहेका छन् ।...
-
२०७६ जेठ ३१, शुक्रबार
सैनिक विमान दुर्घटनामा दुईको मृत्यु
मध्य भियतनामको खान्ह होआ प्रान्तमा तालिमका क्रममा शुक्रबार एक सैनिक विमान दुर्घटनाग्रस्त भएको छ । सो दुर्घटनामा दुई जना विमान चालकको मृत्यु भएको भियतनामी समाचार समितिले जानकारी दिएको छ । क्याम लाम जिल्लाको सुओई तान क्षेत्रमा भएको विमान दुर्घटनापछि आगलागी भएको सेनाले जनाएको छ । एक विमान चालकको घटनास्थलमा मृत्यु भएको र अन्य दुईमध्ये एकको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।
-
२०७६ जेठ ३१, शुक्रबार
चिनियाँ प्रिन्टिङ सेवा अफ्रिका पुग्यो
चीनको हुनान प्रान्तमा मुख्यालय रहेको सिन प्रिन्टिङ टेक्नोलोजी कम्पनीले आफ्नो व्यवसाय अफ्रिकामा विस्तार गर्न थालेको छ । सिन प्रिन्टिङको मुख्यालयबाट पहिलो चरणमा ३०० भन्दा बढी फोटोकपी मेसिन घानातर्फ पठाइएको छ । कम्पनीले ग्राफिक्स उत्पादन, प्रिन्टिङ र उपकरण बिक्री, मर्मत र भाडामा दिने समेतका विविध कार्यहरु गर्नेछ । सिन प्रिन्टिङका अध्यक्ष लुओ गुओक्सिङले अफ्रिकामा आधुनिक प्रिन्टिङ उपकरण र सेवाको ठूलो...
-
२०७६ जेठ ३१, शुक्रबार
केन्याको आर्थिक वृद्धि ६।३ प्रतिशत
केन्याको अर्थतन्त्र सन् २०१९ मा करिब ६।३ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । सरकारी अधिकारीहरुका अनुसार यो वृद्धि सन् २०१८ कै हाराहारी हो । केन्याका अर्थमन्त्री हेनरी रोटिचले विश्वको बदलिँदो आर्थिक परिदृश्यमा समेत केन्याको आर्थिक वृद्धि स्थिर रहनु सकारात्मक रहेको बताउनुभयो । उहाँले सन् २०१८ कै हाराहारीमा सन् २०१९ को आर्थिक वृद्धि हुनु निकै राम्रो हो भन्नुभयो । केन्यामा मौसम खराब रहेका कारण...
-
२०७६ जेठ ३१, शुक्रबार
युगान्डामा फैलिएको इबोलाप्रति डब्लुएचओको आकस्मिक बैठक
अफ्रिकी मुलुकहरु कङ्गो र युगान्डामा प्राणघातक रोग इबोलाका बिरामी देखिएपछि विश्व स्वास्थ्य संगठन डब्लुएचओ को शुक्रबार आपतकालीन बैठक बस्दैछ । बैठकले इबोलाको महामारीलाई अन्तर्राष्ट्रिय खतराका रुपमा घोषणा गर्ने या नगर्ने भन्ने निर्णय गर्नेछ । सन् २००५ मा गठन भएको संगठनको आपतकालीन समूहको बैठक यसअघि चार पटक बसेको छ । यसअघि सन् २००९ मा महामारीको रुप धारण गरेको एच१एन१ अर्थात् स्वाइनफ्लु, सन् २०१४ को...
-
२०७६ जेठ ३१, शुक्रबार
सैन्य कारबाहीमा बाह्र लडाकू मारिए
अफगानिस्तानको घाज्नी प्रान्तमा लुकेर बसेका तालिबान लडाकूविरुद्ध भएको सैन्य कारबाहीको क्रममा १२ जना लडाकू मारिएका सेनाद्वारा शुक्रबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ । स्थानीय समयानुसार बिहीबार अपराह्नबाट शुक्रबार बिहानसम्म जारी गरिएको यस कारबाहीमा केही सङ्ख्यामा तालिबान लडाकू घाइते हुनुका साथै ती लडाकू लुकेर बसेका बासस्थान ध्वस्त पारिएको छ । यस कारबाहीको क्रममा सर्वसाधारण र सुरक्षाबलतर्फ भने...


