STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्तर्राष्ट्रिय

  • २०७६ जेठ ३१, शुक्रबार

    पाकिस्तानका सडक दुर्घटना कम्तीमा आठको मृत्यु

    पाकिस्तानको दक्षिणी प्रान्त सिन्धको मतिआरी क्षेत्रमा भएको एक सडक दुर्घटनामा कम्तीमा आठ व्यक्तिको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका स्थानीय सञ्चार माध्यमले शुक्रबार जानकारी दिएको छ । मतिआरी राजमार्गमा सामानले भरिएको एक ट्रकले यात्रुबाहक भ्यानलाई ठक्कर दिँदा आठ जनाको मृत्यु भएको हो । बिहीबार अबेर राति भएको यस सडक दुर्घटनामा मारिएका यी व्यक्तिहरुमा तीन महिला र दुई बालबालिकासमेत रहेका छन् ।...

  • २०७६ जेठ ३०, बिहिबार

    मालीको शान्ति प्रक्रिया नयाँ चरणमा

    मालीका लागि राष्ट्रसंघीय विशेषदूत महामत सालेह अन्नाडिफले पश्चिम अफ्रिकी मुलुक मालीमा जारी हिंसात्मक घटनामा नाटकीय रुपमा सुधार आएकाले शान्ति प्रक्रिया नै नयाँ चरणमा प्रवेश गरेको बताउनुभएको छ । अन्नाडिफले सन् २०१५ मा माली सरकार र सशस्त्र विद्रोहीबीच भएको शान्ति सम्झौताले ठोस प्रगतिका निम्ति अझै पनि अवसर प्रदान गरेको चर्चा गर्दै आगामी ६ देखि १२ महिनाभित्रै शान्ति प्रक्रिया नयाँ चरणमा प्रवेश गर्ने...

  • २०७६ जेठ ३०, बिहिबार

    भारतीय प्रधानमन्त्री मोदी बिस्केकमा

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कजाकिस्तानको राजधानी बिस्केक जानु भएको छ । उहाँ साङ्घाई सहयोग संगठन ९एससीओ०को सम्मेलनमा भाग लिन त्यहाँ जानु भएको भारतीय विदेश मन्त्रालयले बिहीबार जनाएको छ । भारतीय प्रधानमन्त्री मोदी गत महिना मात्र दोस्रो पटक भारतको प्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो । उहाँ एससिओ सम्मेलनमा पनि दोस्रो पटक भाग लिन लाग्नुभएको हो । गत वर्ष चीनमा सम्पन्न यस सम्मेलनमा मोदी जानु...

  • २०७६ जेठ ३०, बिहिबार

    भ्रष्टाचारले अफ्रिकी अर्थव्यवस्थामा असर

    इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले अफ्रिकी मुलुकका सरकारहरुलाई भ्रष्टाचार विरुद्ध सामूहिक रुपमा अभियान सञ्चालन गर्न आग्रह गर्नुभएको छ । उहाँले अफ्रिकी मुलुकहरुको अर्थतन्त्र ओरालो लाग्नुमा मुख्यतः भ्रष्टाचार नै जिम्मेवार रहेको पनि बताउनुभयो । इजिप्टको पर्यटकीय शहर शार्म अल–शेखमा आयोजित दुई दिने अफ्रिकी भ्रष्टाचार विरोधी मञ्च एएसीएफ को बैठकमा सम्बोधन गर्दै राष्ट्रपति सिसीले उक्त धारणा...

  • २०७६ जेठ ३०, बिहिबार

    ओमानका विदेशमन्त्री बग्दादमा

    ओमानका विदेश मन्त्री युसुफबिन अलावी इराक भ्रमणका लागि बुधबार बग्दाद आइपुग्नुभएको छ । उहाँले इराकी नेताहरुसँग दुई मुलुकबीचका साझा मुद्दाहरुका साथै मध्यपूर्वमा जारी तनाबलाई मत्थर पार्ने विषयमा छलफल गर्नुहुनेछ । इराकी राष्ट्रपति बरहाम सालिहसँग पनि उहाँले भेटवार्ता गर्नुभएको छ । इराकी राष्ट्रपतिको कार्यालयले दुई नेताबीच इराक र ओमानले क्षेत्रीय मुद्दाहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विषयमा...

  • २०७६ जेठ ३०, बिहिबार

    हवाई आक्रमणमा एघार लडाकू मारिए

    अफगानिस्तानका दक्षिणी प्रान्त हेल्मण्डको नाद अलि र मार्जा जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध गरेको हवाई कारबाहीको क्रममा ११ जना मारिएका सेनाद्वारा बिहीबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ । स्थानीय समयानुसार बुधबार अपराह्नमा गरिएको यस हवाई कारबाहीमा केही सङ्ख्यामा तालिबान लडाकू घाइते हुनुका साथै ती लडाकू लुकेर बसेका बासस्थान ध्वस्त पारिएको छ । यस कारबाहीको क्रममा सर्वसाधारण र...

  • २०७६ जेठ ३०, बिहिबार

    बेइजिङ सपिङ मलमा आक्रमण गर्नेलाई मृत्युदण्ड

    मध्य बेइजिङमा अवस्थित एक सपिङ मलमा गत वर्ष आक्रमण गर्ने एक व्यक्तिलाई बिहीबार एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । सो आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुका साथै अन्य १४ व्यक्ति घाइते भएका थिए । बेइजिङको जनअदालतले झु जिया नामक ती व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको हो । गत वर्षको फेब्रुअरी ११ मा सिचुङ जिल्लामा रहेको जोए सिटी मलमा झु त्यहाँ रहेका व्यक्तिलाई माथि आक्रमण गरेका थिए । निर्दोष...

  • २०७६ जेठ ३०, बिहिबार

    जापानका प्रधानमन्त्री इरान भ्रमणमा

    जापानका प्रधानमन्त्री शिन्जो आबेले इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीलाई बिहीबार इरानको राजधानी तेहरानमा भेट गर्नुभएको छ । प्रधानमन्त्री आबे संयुक्तराज्य अमेरिका र इरानबीच जारी द्वन्द्व र तनाबलाई मत्थर पार्ने उपायको खोजी गर्न इरानको भ्रमणमा हुनुहुन्छ । प्रधानमन्त्री आबेको यो भ्रमण सन् १९७९ को इस्लामिक क्रान्तिपछि पहिलो पटक भएको हो । अमेरिकासँग अतिनिकट सम्बन्ध रहेको जापानको इरानसँग...

  • २०७६ जेठ २८, मंगलबार

    आँधीबाट आठको मृत्यु

    पूर्वी भारतीय राज्य बिहारमा बिभिन्न भागमा आएको आँधी र चट्याङमा परी कम्तीमा आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका छन् । राज्यद्वारा सञ्चालित सञ्चार माध्यम अल इन्दिया रेडियो एआरआइ ले मङ्गलबार सो जानकारी दिएको छ । आँधी र चट्याङको सोमबार साँझ एक साथ आएको बताइएको छ । बिहार राज्यको गोपालगञ्जमा तीन,सिओहार एक, सितामार्हि एक र पूर्वी र पश्चिम चम्पारनमा एक, एकको जनाको मृत्यु भएको थियो...

  • २०७६ जेठ २८, मंगलबार

    व्यवसायका लागि अफ्रिकामा प्रशस्त अवसर

    अफ्रिकी यनियन एयू का पूर्वाधार तथा ऊर्जा आयुक्त अमानी अबुजाइदले अफ्रिकामा विदेशी व्यवसाय र साझेदारीका लागि अत्यन्त उपयुक्त अवसर रहेको बताउनुभएको छ । रुसको सेन्टपिटर्सबर्गमा हालै आयोजित रुस–अफ्रिका संवाद कार्यक्रममा सम्बोधन गर्दै आयुक्त अबुजाइदले पूर्वाधार, ऊर्जा, डिजिटलाइजेसन, कृषि, शिक्षा र विज्ञान प्रविधिका क्षेत्रमा लगानीका अवसर रहेको बताउनुभयो । विश्वव्यापी मामिलामा अफ्रिकाको आवाज एकै हुने...

  • २०७६ जेठ २८, मंगलबार

    खडेरी प्रभावित केन्याली नागरिकलाई चीनको सहयोग

    चीनले लामो खडेरीबाट सर्वाधिक प्रभाव परेकोकेन्याका लागि ११ हजार ८३५ टन चामल प्रदान गरेको चिनियाँ अधिकारीहरुले बताएका छन् । केन्याका लागि चिनियाँ राजदूत ऊ पेङले उक्त सहयोगको पहिलो खेप सुख्खा प्रभावित इलाकामा वितरण भइसकेको र बाँकी चामल पनि वितरणको क्रममा रहेको बताउनुभयो । राजदूत पेङले दोस्रो खेपका रुपमा अरु एक हजार ५०० टन चामल ढुवानीको कार्य भइरहेको जानकारी दिनुभयो । उहाँले चीनको सहयोगमा आएको चामल...

  • २०७६ जेठ २८, मंगलबार

    युक्रेनको मानसिक अस्पतालमा आगलागी, छ जनाको मृत्यु

    युक्रेनको ओडेसा शहरमा मानसिक रोगीहरुको उपचार गर्ने एक अस्पतालमा भएको आगलागीमा परी छ जनाको मृत्यु भएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । एक तले यस भवनमा सोमबार साँझ आगलागी भएको आकस्मिक सेवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आगलागीको कारण भने पत्ता लागेको छैन । यस आगलागीमा परी छ जनाको मृत्यु हुनका साथै घाइते भएका अन्य चार जनालाई उपचारार्थ अस्पताल भर्ना गरिएको विज्ञप्तिमा जनाइएको छ । यस...

Pages