STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्तर्राष्ट्रिय

  • २०७६ जेठ १२, आइतबार

    कार्गो जहाजमा ग्यास चुहिएर दुर्घटना, मृतकको संख्या १० पुग्यो

    चीनको शानदोङ प्रान्तको लोङयान बन्दरगाहमा शनिबार एउटा सामान बोक्ने पानीजहाजबाट कार्बन डाइअक्साइड ग्यास चुहिएका कारण दश जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार फुजियान सिपिङ कम्पनीको जहाज मर्मतका क्रममा ग्यास चुहिएको हो । उक्त दुर्घटनामा अरु १९ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था स्थिर रहेको छ । ग्यास चुहिएको सम्बन्धमा जिम्मेवार...

  • २०७६ जेठ १२, आइतबार

    पश्चिम बंगालमा भूकम्प

    भारतको पश्चिम बंगाल राज्यको बान्कुडा जिल्लालाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ४।८ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार बिहान करिब १०।३९ बजे गएको उक्त भूकम्पबाट कुनै जनधनको क्षति भएको विवरण प्राप्त नभएको स्थानीय अधिकारीहरुले बताएका छन् । शनिबार पनि अन्दमान निकोबार क्षेत्रमा ५ र ४।८ म्याग्नीच्यूडका भूकम्पहरु गएका थिए ।

  • २०७६ जेठ १२, आइतबार

    हेलिकोप्टर दुर्घटनामा पाँच सैनिकसहित छ जनाको मृत्यु

    मेक्सिकोमा भएको हेलिकोप्टर दुर्घटनामा परी पाँच सैनिकसहित छ जनाको मृत्यु भएको छ । जंगलमा लागेको आगो निभाउन गएको हेलिकोप्टर शुक्रबार दुर्घटनामा परेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । देशको उत्तरी क्वेरेतारो प्रदेशमा पर्ने दुर्गम पहाडी क्षेत्रमा हेलिकोप्टर दुर्घटना भएको राष्ट्रपति अन्द्रेस म्यानुयल लोपेज ओब्राडोरले शनिबार जानकारी दिनुभयो । एमआई—१७ हेलिकोप्टर छिमेकी सान लुइस पोटोसी प्रदेशको...

  • २०७६ जेठ १२, आइतबार

    आचार्य बालकृष्णले पाए युएन स्वास्थ्यसेवा पदक

    भारतको पतन्जली आयुर्वेद लिमिटेडका व्यवस्थापन निर्देशक आचार्य बालकृष्णलाई स्वीट्जरल्यान्डको जेनेभामा “स्वास्थ्यसेवा सम्बन्धी युएनएसडीजी १० सर्वाधिक प्रभावशाली पुरस्कार” प्रदान गरिएको छ । आचार्य बालकृष्णले पतन्जली समूहका तर्फबाट उक्त पुरस्कार प्राप्त गर्नुभएको हो ।  पुरस्कार प्राप्त गरेपछि ट्वीट गर्दै आचार्य बालकृष्णले योग र आयुर्वेदलाई विश्वस्तरमा मूलप्रवाही गर्न योगदान गर्नेहरुप्रति आफूले...

  • २०७६ जेठ १२, आइतबार

    श्रीलंकामा पाँच शंकास्पद आतङ्कवादीका बैंक खातामा अवैध रकम

    श्रीलंकामा पाँच जना शंकास्पद आतङ्ककारीका बैंक खातामा एक अर्ब भारतीय रुपैयाँ भेटिएको एकजना वरिष्ट प्रहरी अधिकारीले बताएका छन् । उनीहरु श्रीलंकामा सक्रिय इस्लामिक चरमपन्थी संगठन नेसनल थहिद जमाथ एनटीजे सँग आबद्ध रहेको एक दिनअघि मात्र थाहा भएको थियो । एनटीजेसँग आबद्ध रहेको आशंकामा शुक्रबार ती पाँचै जनालाई होरोपाथानामा पक्राउ गरिएको थियो । डेली मिररका अनुसार श्रीलंकामा भएको पछिल्लो बम आक्रमणमा संलग्न...

  • २०७६ जेठ १२, आइतबार

    अफगानिस्तानमा सरकारी फौजको कारबाही जारी

    अफगानिस्तानको पूर्वी प्रान्तमा आइतबार गरिएको सैनिक कारबाहीमा कम्तीमा १५ जना तालिबान लडाकूको मृत्यु हुनुका साथै नौ जना घाइते भएका छन् । विशेष फौजका तर्फबाट जारी वक्तव्यमा अफगान फौजले आइतबार बिहान वार्दाक र पाक्टीका प्रान्तमा गरेको कारबाहीमा १५ जना तालिबानी लडाकूको मृत्यु भएको जनाइएको छ । सुरक्षा कारबाहीमा मारिएका लडाकूहरु विगतदेखि नै विभिन्न आपराधिक कार्यहरुमा संलग्न रहेका र मारिएका एक लडाकू...

  • २०७६ जेठ १०, शुक्रबार

    हवाई आक्रमणमा चौध जना सर्वसाधारण मारिए – राष्ट्रसंघ

    राष्ट्रसंघले अफगानिस्तानमा गरिएका पछिल्ला हवाई आक्रमणमा कम्तीमा १४ जना सर्वसाधारण नागरिक मारिएको जनाएको छ । अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाले हवाई आक्रमणको संख्या बढाएसँगै सर्वसाधारणको मृत्युको संख्या पनि बढेको हो । अफगानिस्तानका लागि राष्ट्रसंघीय मिसन ९युनामा०ले गत मे २० तारिखमा हेल्मन्ड प्रान्त र मे २२ मा कुनार प्रान्तमा गरिएका अमेरिकी हवाई आक्रमणमा मारिएका १४ जनामा पाँच जना महिला र सात जना...

  • २०७६ जेठ १०, शुक्रबार

    विश्वकप फुटबलः सन् २०२२ मा ३२ टिम सहभागी हुने

    विश्व फुटबलको सर्वोच्च संस्था फिफाले कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबल प्रतियोगितामा ३२ टिमलाई मात्र समावेश गरिने घोषणा गरेको छ । कतार विश्वकपमा ४८ टिमलाई विश्वकप खेल्ने मौका दिइने यसअघिको निर्णय उल्ट्याउँदै ३२ टिमलाई मात्र समावेश गर्ने निर्णय गरिएको हो । फिफाले बढीभन्दा बढी टिमलाई समावेश गर्ने योजनालाई पनि हाल स्थगित गरेको छ । निकै छलफल र परामर्श पश्चात् टिम थप्ने प्रस्तावलाई रोकिएको फिफाले...

  • २०७६ जेठ १०, शुक्रबार

    अमेरिकामा आँधीले जनधनको क्षति

    अमेरिकाको मिजौरी राज्यमा आएको भिषण आँधीका कारण जनधनको ठूलो क्षति भएको अधिकारीहरुले जनाएका छन् । उद्धारकर्ताहरुले घरदैलोमा पुगेर स्थानीयबासीको उद्धार र खोजी कार्य जारी राखेको बताइएको छ । आँधीका कारण मिजौरीको गोल्डेन सिटीमा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मिजौरीको राजधानी शहर जेफरसन सिटीमा पनि क्षतिको आँकलन गर्ने कार्य जारी रहेको छ । राष्ट्रिय जलवायु सेवाले आँधीका कारण व्यापक क्षति गरेको...

  • २०७६ जेठ १०, शुक्रबार

    भारतीय कलाकार, केहीलाई जनताले पत्याए

    भारतको तल्लो सदन लोकसभा निर्वाचनमा उम्मेदवार बनेका बलिउडका केही चर्चित कलाकारहरु विजय भए भने कोही पराजय भएका छन् । कलाकारको रुपमा जनताको मनमा बस्न सफल भएका कतिपय कलाकार जनताबाट चुनिएर सांसद हुन सफल भएका छन् भने केही असफल भएका छन् । अभिनेता सनी देओल पहिलो पटक राजनीतिक मैदानमा उत्रिएका थिए । उनी भारतीय जनता पार्टीमा केही महिना अघि प्रवेश गरेर सोही पार्टीबाट पञ्जावको गुरदासपुर क्षेत्रका उम्मेदवारी...

  • २०७६ जेठ १०, शुक्रबार

    अफगानिस्तानमा विस्फोट दश सर्वसाधारण घाइते

    अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा भएको एक कारबम विस्फोटमा परी कम्ती १० सर्वसाधारण घाइते भएका छन् । प्रान्तीय प्रहरी प्रमुखले शुक्रबार सो जानकारी दिनु भएको छ । बिहीबार राति प्रान्तीय राजधानी कान्दाहार शहरको छिमेकमा पर्ने हिनो मिना क्षेत्रमा सो कारबम विस्फोट भएको थियो । यस बम विस्फोटमा परी छ बालबालिका र चार महिला घाइते भएका छन् । कैयौ घरहरु क्षतिग्रस्त भएको बताइएको छ । यस कारबम विस्फोटको...

  • २०७६ जेठ १०, शुक्रबार

    चीनमा डुङ्गा दुर्घटनामा परी दशको मृत्यु

    चीनको दक्षिणपश्चिमी प्रान्त गुइझाओमा बिहीबार अपराह्नमा भएको एक डुङ्गा दुर्घटनामा कम्ती दश व्यक्तिको मृत्यु भएको छ । स्थानीय समयानुसार शुक्रबार २ बजेसम्म यस दुर्घटनामा परेका १० व्यक्ति वेपत्ता रहेका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । यस दुर्घटनामा परेका ११ व्यक्तिलाई भने उद्धार गरिएको र घाइते भएका सवैलाई स्थानीय अस्पतालमा उपचारको लागि लगिएको छ । स्थानीय समयाअनुसार बिहीबार बेलुका ६ः३० मा...

Pages