अन्तर्राष्ट्रिय
-
२०७६ जेठ ८, बुधबार
राजश्व प्रशासनमा थप प्रभावकारिता आएको छ ः अर्थमन्त्री
प्रतिनिधिसभाको आजाको बैठकले ‘राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले बैठकमा सो विधेयक प्रस्तुत गर्नुभएको थियो । विधेयमाथिको सैद्धान्तिक पक्षको छलफलमा सांसद भरतकुमार शाह, प्रेम सुवाल, दीव्यमणि राजभण्डारी, रामकुमारी झाँक्री,...
-
२०७६ जेठ ६, सोमबार
स्कूट एयरवेजको बिमान चेन्नाईमा आकस्मिक अवतरण
सिंगापुरतर्फ उडिरहेको स्कूट एयरवेजको बिमानमा खराबी देखिएपछि सोमबार बिहान चेन्नाई बिमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । विमानस्थल अधिकारीहरुले बिमानका पाइलटले बिमानभित्रको कार्गोमा धुँवा देखिएपछि आकस्मिक अवतरण गर्न अनुरोध गरेको बताएका छन् । उक्त बिमान तमिलनाडुको ट्रिचीबाट सिंगापुरतर्फ उडेको थियो । बिमानमा १६१ जना यात्रु र चालक दलका सदस्यहरु सवार थिए । बिमानका सबै यात्रु सकुशल रहेको पनि...
-
२०७६ जेठ ६, सोमबार
ब्राजिलमा गोली चल्यो, ११ जनाको मृत्यु
ब्राजिलको उत्तरी प्रान्त पारामा आइतबार अपराह्न एक समूहले गोली चलाउँदा कम्तीमा ११ जनाको ज्यान गएको छ । स्थानीय प्रहरीका अनुसार उक्त गोलीकाण्डमा अरु एक जना गम्भीर घाइते भएका छन् । स्थानीय समय अनुसार अपराह्न ४ बजे सात जना बन्दुकधारी बेलेम शहरको गुआमामा रहेको एक बारमा प्रवेश गरी गोली चलाएका थिए । हत्या भएकाहरुमा छ जना महिला र पाँच पुरुष छन् । प्रहरीले एक जना शंकास्पद बन्दुकधारीलाई पक्राउ गरेको छ ।...
-
२०७६ जेठ ६, सोमबार
इराकमा अमेरिकी दूतावास नजिक बिस्फोट
इराकको राजधानी बग्दादमा रहेको अमेरिकी राजदूतावास नजिकको ग्रीन जोनमा आइतबार बिस्फोटको आवाज आएको छ । स्पुटनिक समाचार समितिका अनुसार बिस्फोटबाट कुनै क्षति भएको छैन । इराकी अधिकारीहरुले उक्त घटनाका बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । तर, अमेरिकी दूतावास नजिकै ठूलो बिस्फोटको आवाज आएको स्थानीय संचार माध्यमहरुले जनाएका छन् । संयुक्तराज्य अमेरिकाले केही सरकारी कर्मचारीलाई इराक तत्काल छाड्न आदेश दिएको...
-
२०७६ जेठ ६, सोमबार
ताजकिस्तानको एक जेलमा ३२ को मृत्यु
ताजकिस्तानको एक जेलमा भएको भीडन्मा परी कम्तीमा ३२ व्यक्तिको मृत्यु भएको छ । जेलभित्र भएको यस दङ्गामा परी मारिएका यी व्यक्तिहरुमा २४ जना इस्लामिक स्टेट्स आतङ्ककारी समूहका सदस्य र तीन जना सुरक्षा गार्ड रहेका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । ताजकिस्तानको राजधानी डुशान्बेनजिकै रहेको यस कारगारामा आइतबार साँझ आइएस आतङ्ककारी समूहले शुरु गरेको भडपमा पाँच कैदी, तीन गार्ड र २४ जना आइएस आतङ्ककारी...
-
२०७६ जेठ ६, सोमबार
सिरियामा हवाई आक्रमण दश सर्वसाधारण मारिए
सिरियाको उत्तरपश्चिमी प्रान्त इद्लिबमा रुसको नेतृत्वमा सिरियाली शासकले गरेको हवाई आक्रमणमा परी कम्तीका १० सर्वासधारण मारिएका छन् । मारिएका यी व्यक्तिहरुमा पाँच बालबालिका रहेका एक मानव अधिकार समूहले सोमबार जानकारी दिएको छ । रुसले इद्लिबमा युद्धविराम भएको घोषणा गरेको केही समयपछि नै हवाई आक्रमण भएको थियो । सरकारी सुरक्षा बल र जिहादी समूहबीच भएको भीषण झडपपछि सो हवाई आक्रमण भएको सिरियाली अब्जरभेटरी...
-
२०७६ जेठ ६, सोमबार
सीमा आक्रमणमा सातको मृत्यु
मालीको बुर्किना फासोसँगैको सीमा क्षेत्रमा भएको एक आक्रमणमा परी सात व्यक्तिको मृत्यु भएको छ । सो आक्रमणमा परी चार सर्वसाधारण, दुई प्रहरी र एक सीमा शुल्क विभागका अकृधितको मृत्यु भएको सुरक्षा र सरकारी स्रोतले सोमबार जानकारी दिएको छ । मालीको कोउरीमा रहेको सीमाचौकीमा आइतबार राति सशस्त्र हतियारधारीहरु सो आक्रमण गरेका स्थानीय प्रहरीले जानकारी दिएको छ । आक्रमण गर्ने ती व्यक्तिहरुको परिचय भने खुल्न सकेको...
-
२०७६ जेठ ५, आइतबार
तान्जानियामा बाढीका कारण घरबारविहीन
तान्जानियामा आएको बाढीका कारण पाँच जनाको मृत्यु हुनुका साथै दुई हजार ५०० भन्दा बढी मानिस घरबारविहीन भएका छन् । जिल्ला प्रशासनका सचिव सालोम मागाम्बोले लेक मलावीसँग सीमा जोडिएको क्येला जिल्लाका विद्यालयहरु बन्द गरिएको जानकारी दिनुभयो । ठूलो वर्षाका कारण स्थानीय नदीको सतह बढेर गाउँतर्फ पसेपछि स्थानीय सर्वसाधारण अन्यत्र भाग्न विवश भएको पनि मागाम्बोले बताउनुभयो । उहाँले बाढीले गरेको क्षति व्यापक रहेको...
-
२०७६ जेठ ५, आइतबार
भारतमा आज अन्तिम चरणको निर्वाचन
भारतमा भइरहेको लोकसभाको निर्वाचन अन्तर्गत आइतबार अन्तिम तथा सातौँ चरणको मतदान भइरहेको छ । देशभरका सात प्रदेशका ५९ निर्वाचन क्षेत्रमा मतदान भइरहेको निर्वाचन आयोगका अधिकारीहरुले जानकारी दिएका छन् । आइतबारको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित ९१८ जना उम्मेदवार चुनावी मैदानमा रहनु भएको छ । प्रधानमन्त्री मोदी उत्तर प्रदेशको वाराणसीबाट उम्मेदवार बन्नु भएको छ । उहाँलाई भारतीय राष्ट्रिय...
-
२०७६ जेठ ५, आइतबार
न्यू क्यालेडोनियामा भूकम्प
अमेरिकी भौगर्भिक सर्भेले न्यू क्यालेडोनियाको पूर्वी तटीय इलाकामा ६।८ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ । उक्त भूकम्प जमिनको सतहबाट करिब १४ किलोमिटरमुनि बिहानीपख ११ बजेर २३ मिनेटमा आएको थियो । भूकम्पबाट जनधनको कुनै क्षति भएको विवरण प्राप्त भएको छैन । साथै कुनै सुनामीको चेतावनी पनि जारी गरिएको छैन । फ्रान्सको अधीनमा रहेको क्यालिडोनिया प्रशान्त महासागरीय क्षेत्रमा रहेको छ । यहाँ बारम्बार भूकम्प...
-
२०७६ जेठ ५, आइतबार
फिलिपिन्समा रेल दुर्घटना
फिलिपिन्सको क्युजोन नगरमा दुई वटा रेल ठोक्किएर दुर्घटनाग्रस्त हुँदा कम्तीमा २९ जना यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार लाइट रेल ट्रान्जिट लाइन २ रेल अर्को रोकिराखेको रेलसँग जुधेको थियो । घाइते यात्रुहरुलाई तत्काल उद्धार गरी अस्पताल भर्ना गरिएको र घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको रेलसेवाले जनाएको छ ।
-
२०७६ जेठ ५, आइतबार
मालीमा राष्ट्रसंघ शान्ति सैनिकको हत्या
अफ्रिकी राष्ट्र मालीमा तैनाथ राष्ट्रसंघीय शान्ति मिसनमा शनिबार भएको एक आक्रमणमा एक जना नाइजेरियाली शान्ति सैनिकको मृत्यु भएको छ । राष्ट्रसंघद्वारा जारी विज्ञप्तिमा टिमबक्तुमा अज्ञात आक्रमणकारीले शान्ति सैनिकमाथि गोली चलाएको उल्लेख छ । अर्का एक जना नाइजेरियाली शान्ति सैनिक पनि घाइते भएका छन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले उक्त आक्रमणप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँले उक्त...


