अन्तर्राष्ट्रिय
-
२०७६ जेठ २३, बिहिबार
इजिप्टमा १४ जना आतङ्की मारिए
इजिप्टको सिनाईमा सरकारी फौजमाथिको आक्रमणमा संलग्न रहेका शंकास्पद १४ जना आतङ्ककारी मारिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तीमा आरिश शहरमा आक्रमण गरी भागेका आतङ्ककारी नै मारिएको उल्लेख छ । उनीहरु अल–मासाइद जिल्लास्थित एक खाली घरमा लुकेर बसेको अवस्थामा भेटिएको सुरक्षाफौजले जनाएको छ । उक्त घर खानतलासी गर्नेक्रममा सुरक्षाफौज र आतङ्ककारीबीच गोली हानाहान भएको थियो । सैनिक...
-
२०७६ जेठ २३, बिहिबार
विश्वकप क्रिकेट, अस्ट्रेलिया र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा
इङ्ल्यान्ड एन्ड वेल्समा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार अस्ट्रेलिया र वेस्ट इन्डिजबीच खेल हुँदैछ । नटिङ्घमको खेल मैदानमा वेस्ट इन्डिजले टस जिती पहिले क्षेत्र रक्षण गर्ने निर्णय गरेको छ । यसअघिका खेलमा वेस्ट इन्डिजले पाकिस्तानलाई र अस्ट्रेलियाले अफगानिस्तानलाई पराजित गरेका छन् । वेस्ट इन्डिजको टिममा जेसन होल्डर कप्तान, क्रिस गेल, साई होप, ई लेविस, एन पूरान, एस...
-
२०७६ जेठ २२, बुधबार
अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा प्रतिबन्ध
ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा मङ्गलबार प्रतिबन्ध लगाएको छ । अमेरिकी अर्थ विभागले अमेरिकी नागरिकको शैक्षिक भ्रमण, क्रुज पानीजहाज र निजी डुङ्गाबाट हुने क्युबा भ्रमण रोक्का गरिएको जनाएको छ । अमेरिकी यस प्रतिबन्धबाट क्युबाको अर्थतन्त्रमा निकै असर पार्ने अनुमान गरिएको छ किनभने सन् २०१९ को चार महिनामै करिब तीन लाख अमेरिकीले क्युबाको भ्रमण गरेका थिए । अघिल्लो वर्षको तुलनामा यो संख्या...
-
२०७६ जेठ २२, बुधबार
सुडान सङ्कटः सेनाको गोली लागि ६० जनाभन्दा बढीको मृत्यु
सुडानको सत्तारुढ सैनिक परिषदको आदेशमा सेनाले राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर चलाएको गोली लागि मृत्यु हुनेको संख्या ६० जनाभन्दा बढी पुगेको छ । परिषदले सत्ता हस्तान्तरणसम्बन्धी नागरिक मोर्चासँग गरेको सम्झौता भङ्ग गरी नौ महिनाभित्र आम निर्वाचन गर्ने घोषणा पनि गरेको छ । सुडानको सेनाप्रमुख अब्देल फताह अल–बुरहानले टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै क्षेत्रीय र अन्तर्राष्ट्रिय...
-
२०७६ जेठ २२, बुधबार
इन्डोनेसियामा डुङ्गा दुर्घटना सत्र वेपत्ता
इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तमा कार्गो जहाज दुर्घटना हुदाँ कम्तीमा १७ जना चालक दलका सदस्य वेपत्ता भएका इन्डोनेसियाको सरकारी स्रोतले बुधबार जानकारी दिएको छ । शनिबार भएको यस घटना चालक दलका एक सदस्यलाई भारतीय जहाजले उद्धार गरेपछि मात्र खुलाशा भएको थियो । सो दुर्घटनामा परेका याकोब नामक एक चालक दलका सदस्यलाई मङ्गबार उद्धार गरिएको थियो । यस कार्गो जहाजमा १८ व्यक्ति सवार रहेका र ती सवै चालक दलका...
-
२०७६ जेठ २२, बुधबार
इजिप्टमा आठ अर्धसैनिकको मृत्यु
सिनाई प्रायःद्वीपमा बुधबार आतङ्ककारीहरुले इजिप्टका आठ अर्धसैनिकको हत्या गरेका छन् । लामो समयदेखि जिहादी आतङ्ककारीहरुले यस शहरमा हिंसा मच्चाइरहेका छन् । चिकित्सकहरुले आक्रमणबाट आठ सुरक्षा अधिकारीको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको एएफपी समाचार समितिलाई जानकारी दिएका छन् । सुरक्षा अधिकरीहरुकाअनुसार आतङ्ककारी समूहले गोली चलाएपछि सुरक्षाबलले जवाफी कारबाही गरेको थियो । इजिप्टमा राष्ट्रपति...
-
२०७६ जेठ २२, बुधबार
विश्वकप क्रिकेट, भारतको पहिलो खेल आज
इङ्ल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत मङ्गलबार भारत र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ । यस प्रतियोगितामा भारतको यो पहिलो खेल हो । विश्वकप जित्ने दाबेदार मानिएको भारतको टोली विराट कोहलीको कप्तानीमा रहेको छ । साउथह्याम्प्टनको खेल मैदानमा दक्षिण अफ्रिकाले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । ब्याटिङका लागि अनुकूल ठानिएको यस मैदानमा दक्षिण अफ्रिकालाई जितका लागि औसत...
-
२०७६ जेठ २२, बुधबार
जि २०’ मा मेक्सिको राष्ट्रपति नजाने
मेक्सिकोका राष्ट्रपति आन्डेस् म्यानुएल लोपेज आब्राडोरले जुनको अन्त्यमा हुन लागेको जि२० सम्मेलनमा भाग नलिने घोषणा गर्नुभएको छ । आगामी जुनको २८ र २९ मा जापानको ओसाका शहरमा हुन लागेको यस सम्मेलनमा आन्ड्रेस्ले नजाने घोषणा गर्नु भएको समाचारमा जनाइएको छ । राष्ट्रपति आन्ड्रेस्ले आफूले जि२० सम्मेलनमा भाग नलिने जानकारी गराउनुभएको यहाँका सञ्चारमाध्यमले जनाएका छन् । नियमित पत्रकार सम्मेलनका क्रममा उहाँले...
-
२०७६ जेठ २१, मंगलबार
नाइजेरियामा २० आतङ्ककारी मारिए
नाइजेरिया, चाड, क्यामरुन र नाइजरका सेनाले गरेको संयुक्त कारबाहीमा कम्तीमा २० जना आतङ्ककारीको मृत्यु भएको नाइजेरियाली सैनिक प्रवक्ताले बताएका छन् । नाइजेरियाली सैनिक प्रवक्ता टिमोथी एन्टीघाले जारी गर्नुभएको वक्तव्यमा आरिगे, माल्कोनोरी र टुमबुम रेगो क्षेत्रमा कारबाही गरिएको उल्लेख छ । लेक चाड क्षेत्रबाट इस्लामिक आतङ्कवादीलाई पूर्णरुपमा समाप्त पार्ने उद्देश्यले संयुक्त सैनिक कारबाही थालिएको प्रवक्ता...
-
२०७६ जेठ २१, मंगलबार
जापानमा भूकम्प
जापानको टोरिस् हिमा द्वीप क्षेत्रमा मङ्गलबार ६।१ म्याग्नीच्युडको भूकम्प गएको छ । मौसम विज्ञान निकायले उक्त जानकारी दिएको छ । यस भूकम्पको केन्द्रविन्दु आपपासको क्षेत्रमा ४ सय ४० किलो मिटर गहिराईमा रहेको जनाइएको छ । यस भूकम्पपछि सुनामीको सुचना जारी गरिएको छैन् । स्थानीय समयानुसार मङ्गबार अपराह्न १ः४५ मा उक्त भूकम्प गएको थियो । यस भूकम्पछि धनजनको क्षतिको कुनै समाचार प्राप्त नभएको बताइएको छ । जापान...
-
२०७६ जेठ २१, मंगलबार
सुडान सङ्कमा सेनाको गोली लागि ३० जनाभन्दा बढीको मृत्यु
सुडानको सत्तारुढ सैनिक परिषदले प्रदर्शनकारीसँग यसअघि भएको सत्ता हस्तान्तरणसम्बन्धी सम्झौता भङ्ग गरी नौ महिनाभित्र आम निर्वाचन गर्ने घोषणा गरेको छ । सुडानको राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर सेनाले चलाएको गोली लागि ३० जनाभन्दा बढीको मृत्यु भएको भोलिपल्टै सेनाले उक्त निर्णय सार्वजनिक गरेको हो । सुडानको सेनाप्रमुख अब्देल फताह अल–बुरहानले टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै...
-
२०७६ जेठ २१, मंगलबार
एक बन्दुकधारीद्वारा चार सुरक्षा अधिकारीको हत्या
लेबनानको राजधानी त्रिपोलीबाट उत्तरतर्फ एक बन्दुकधारीले गरेको आक्रमणमा परी चार सुरक्षाकर्मीको मृत्यु भएको सरकारी अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । यस आक्रमणमा परी दुई सैनिक र दुई आन्तरिक सुरक्षा अधिकारीको मृत्यु भएको थियो । सैनिक स्रोतले आफ्ना दुई सदस्य मारिएको पुष्टि गरेको थियो । बन्दुकधारीले के कारणले सो आक्रमण गरेको सो भन्ने तत्काल प्रष्ट भएको छैन । तर हाल मात्र कारागारबाट मुक्त भएका एक...


