STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्तर्राष्ट्रिय

  • २०७६ जेठ २, बिहिबार

    यमनमा जारी युद्धमा १२ जनाको मृत्यु

    यमनी सरकारी फौज र विद्रोही हुथी लडाकूबीच दक्षिणी प्रान्त अल–ढालियामा जारी युद्धमा पाँच सैनिक र सात जना विद्रोहीको मृत्यु भएको सैनिक अधिकारीहरुले जनाएका छन् । हुथी विद्रोहीहरु निरन्तर अघि बढेपछि सरकारी सेनासँग भिडन्त भएको हो । नाम बताउन नचाहने एक सैनिक अधिकारीका अनुसार विद्रोही र सेनाबीच घण्टौंसम्म गोली हानाहान भएको थियो । अल–ढालिया प्रान्तको क्वाताबा जिल्लालाई नियन्त्रणमा लिन विद्रोही हुथी...

  • २०७६ जेठ २, बिहिबार

    गाजामा ६५ प्यालेस्टिनी घाइते

    गाजापट्टी–इजरायली सीमाक्षेत्रमा इजरायली सेनासँग भएको भिडन्तमा बुधबार कम्तीमा ६५ जना प्यालेस्टिनी घाइते भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । गाजा स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति प्रकाशन गरी २२ जना बालबालिका समेत कम्तीमा ६५ जना घाइते भएको जनाएको छ । इजरायलसँग सीमा जोडिएको क्षेत्रमा प्यालेस्टिनी समुदायले निकालेको जुलुसलाई तितरबितर पार्नेक्रममा इजरायली सेनासँग भिडन्त भएको थियो । पूर्वी...

  • २०७६ बैशाख ३०, सोमबार

    अफगानिस्तानमा महिला पत्रकार मारिए

    अफगानिस्तानका एकजना चर्चित महिला पत्रकार तथा राजनीतिक सल्लाहकार मिना मङ्गलको हत्या भएको छ । उहाँलाई गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ । अफगानिस्तानका राजनीतिज्ञ तथा महिला अधिकारवादीहरूले यस हत्याको कडा शब्दमा निन्दा गरेका छन् । उनीहरुले ती महिलाका हत्यारालाई कारबाही माग गरेका छन् । साथै यस्ता हत्याका घटनामा संलग्नहरुलाई कानून बमोजिम कारबाहीका लागि पनि माग गरेका छन् । उहाँ विगतमा...

  • २०७६ बैशाख ३०, सोमबार

    पूर्व उप अर्थमन्त्रीलाई पन्ध्र बर्षको जेल सजाय

    चीनका पूर्व उप अर्थमन्त्री झाङ शाओचुङलाई सोमबार १५ बर्षको जेल सजायको फैसला गरिएको छ । लाखौ रुपैया अनियमिता गरेको आरोपमा उहाँलाई जेल सजायको फैसला भएको अधिकारीहरुले जानकारी दिएका छन् । उहाँले अवैध तरिकाले कमाएको सवै सम्पत्ति राज्यको कोषमा जम्मा गर्न पनि अदालतले आदेश दिएको समाचारमा जनाइएको छ । त्यस बाहेक उहाँलाई ६० लाख युआन जरिवाना पनि तोकिएको बेइजिङस्थित एक अदालतद्वारा जारी वक्तव्यमा उल्लेख छ...

  • २०७६ बैशाख ३०, सोमबार

    झडपमा छ तालिबानी मारिए

    अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा गएराति रातभर तालिबान लडाकू समूह र सुरक्षा अधिकारीबीच भएको झडपमा परी छ आतङ्ककारी मारिएका छन् । सो झडपमा परी तीन सरकारी सुरक्षा अधिकारीको मृत्यु भएको छ । यसैगरी यस झडपमा परी नौ आतङ्ककारी घाइते भएका स्थानीय प्रहरी अधिकारीले जनाएका छन् । फराह प्रान्तको प्रान्तीय शहर फराह सिटीको उत्तरी इलाकामा रहेको दुई ओटा गाउँमा रहेको प्रहरी चौकीमा उक्त झडप भएको थियो । सो...

  • २०७६ बैशाख ३०, सोमबार

    सवारी दुर्घटनामा परी कम्तीमा १४ को मृत्यु

    केन्यामा आइतबार राती भएको सवारी दुर्घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । देशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने गारिसामा भएको दुर्घटनामा परी अरु केही घाइते पनि भएका प्रहरी अधिकारीहरुले सोमबार जनाएका छन् । प्रहरीका अनुसार दश जनाको घटनास्थलमै र अरु चार जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । सिमेन्ट बोकेको एउटा ट्रकसँग यात्रु बोकेको बस ठोक्किएर दुर्घटना भएको बताइएको छ । घाइतेहरुलाई...

  • २०७६ बैशाख ३०, सोमबार

    बेइजिङस्थित नयाँ विमानस्थलमा परीक्षण उडान

    चीनको राजधानी बेइजिङको एक नवनिर्मित विमानस्थलमा सोमबार बिहान परीक्षण उडान गरिएको छ । बेइजिङ दाछिङ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएपछि यात्रुसहित सफल परीक्षण उडान गरिएको अधिकारीले जानकारी दिएका छन् ।  चाइना साउथर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्स, एयर चाइना र छिमेन एयरलाइन्स गरी चार ओटा एयरलाइन्सले एउटा विमान परीक्षण उडान गरेका हुन् । “यो परीक्षण उडानले अब उडान सेवा नियमित गर्न...

  • २०७६ बैशाख २९, आइतबार

    चिलीमा बस दुर्घटना

    दक्षिण अमेरिकी राष्ट्र चिलीमा भएको बस दुर्घटनामा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अरु ३० जना घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार पुलम्यान कम्पनीको उक्त बस स्थानीय समय अनुसार शनिबार बिहान दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाको कारण अझै थाहा नभएको कम्पनीका व्यवस्थापक जोजे सिल्भाले जानकारी दिनुभयो । उक्त बस पुर्टो भारासतर्फ गइरहेको थियो । बसमा करिब ५२ जना यात्रु सवार थिए । प्रहरीले उक्त...

  • २०७६ बैशाख २९, आइतबार

    दक्षिण भारतमा बस दुर्घटनामा १५ जना मारिए

    भारतको आन्ध्र प्रदेशमा शनिबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । प्रहरीका अनुसार आन्ध्र प्रदेशको करनूल जिल्लामा यात्रुबाहक बस अर्को सवारी साधनसँग ठोक्किएको थियो । घाइतेहरुलाई उपचारका लागि नजिकका अस्पतालहरुमा भर्ना गरिएको छ । स्थानीय सञ्चार माध्यमले १३ जना यात्रुको घटनास्थलमै मृत्यु भएको र अरु दुई जनाको उपचारका क्रममा मृत्यु भएको जनाएका छन् । मृत्यु हुने अधिकांश व्यक्ति छिमेकी...

  • २०७६ बैशाख २९, आइतबार

    भारतमा आइतबार छैठौँ चरणको मतदान

    भारतमा भइरहेको तल्लो सदन लोकसभा नर्वाचन अन्तर्गत आइतबार छैठौं चरणको मतदान भइरहेको छ । आइतबार ५९ सिटका लागि भइरहेको निर्वाचनमा ७९७ जना उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ । यसअघि सन् २०१४ को लोकसभा निर्वाचनमा यी ५९ सिटमध्ये भारतीय जनता पार्टीले ४४ ठाउँमा जित हासिल गरेको थियो । यस चरणमा उत्तर प्रदेशका १४, हरियाणाका दश, मध्यप्रदेश, बिहार र पश्चिम बंगालका आठ–आठ, नयाँ दिल्लीका सात र झारखण्डका...

  • २०७६ बैशाख २९, आइतबार

    अफगानिस्तानमा १३ जना लडाकू मारिए

    अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा शनिबार भएको गोली हानाहानमा कम्तीमा १३ जना तालिबान लडाकूको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको विज्ञप्तिमा कान्दाहार प्रान्तको मरुफ जिल्लाको नदिर खान गाउँमा भिडन्त भएको जनाइएको छ । अफगानिस्तान प्रहरीतर्फ भएको क्षतिका बारेमा केही खुलाइएको छैन । तालिबान समूहले भने उक्त घटनाका बारेमा केही बताएका छैनन् । यसैबीच, उत्तरी बाघ्लान प्रान्तमा भएको एक...

  • २०७६ बैशाख २९, आइतबार

    सोनिया र प्रियंकाद्वारा दिल्लीमा मतदान

    भारतीय राष्ट्रिय काँग्रेसका प्रभावशाली नेतृद्वय सोनिया गान्धी र प्रियंका गान्धीले आइतबार दिल्लीमा मतदान गर्नुभएको छ ।  भारतमा भइरहेको लोकसभा निर्वाचन अन्तर्गतको छैठौँ चरणको मतदानका दिन उहाँहरुले मतदान गर्नुभएको हो ।  आमा सोनिया र छोरी प्रियंकासँगै प्रियंकाका श्रीमान् रोबर्ट वद्राले पनि मतदान गर्नु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । काँग्रेस महासचिव समेत रहनु भएकी प्रियंकाले लोकतन्त्र...

Pages